Wednesday, June 23, 2010

जन विचार

राष्ट्रिय सहमतीको सरकार निर्माण नहुनुको मुख्य कारण के होला ?
इन्द्रबहादुर परिया 'नयन'
जिल्ला सेक्रेटरी, एनेकपा माओवादी
एकिकृत नेकपा माओवादी पार्टी बाहेक अन्य राजनीतिक दलहरुभित्र दक्षिणपन्थी सोँच प्रतिगामी चिन्तन र राष्ट्रघाती भावना भएका नेताहरु हावी भएकाले समग्र पार्टीहरु नै स्वतन्त्र निर्णय राष्ट्रिय हितको निर्णय गर्न नसक्ने भएका छन् जसको कारण राष्ट्रिय सहमतीको सरकार बन्न नसकेको हो । देश बाहिरबाट निर्देशित र परिचालित भएका पार्टी र नेताहरुकै कारण राष्ट्रिय सहमतीको सरकार बन्न नसकेको हो ।
माइकल रामचन्द्र अर्याल
जिल्ला सभापती, नेपाली कांग्रेस
२०६७ जेठ १४ गते गरिएको तीन बुँदे सहमती कार्यान्वयन गर्न ठूला राजनीतिक दलले आनाकानी गर्नु नै राष्ट्रिय सहमतीको सरकार निर्माण हुन नसक्नु हो ।
केदार न्यौपाने
नेता, नेकपा एमाले
सर्वप्रथम त तीन दलको दृष्टीकोणमा फरक छ । संविधानका आधारभुत सिद्धान्त माथी सहमती नहुनु ठूला दलले आफू अनुकुल संविधान बनाउन खोज्नु एवम् साझा आन्दोलनको बलमा ल्याएको संविधान निर्माणलाई पार्टी विशेष बनाउन खोज्नु एउटा दलले अर्को दललाई सहमति र सहकार्य नभई क्रस गर्न खोज्नु नै मुख्य कारण हो । केही गरी संविधान बनेन भने शक्तिको आधारमा सरकार चलाउने खेलको सम्भावना देखिनु संविधान निर्माण प्रकि्रया आफैँमा विमेल भएको एवम् संविधानको मत नमिलेसम्म राष्ट्रिय सरकार निर्माण नहुने भएकाले यस्को मुख्य दोषि तीन ठूला राजनैतिक दल हुन् ।
भीमसेन महत
जिल्ला सचिव, नेकपा माले
विशेष गरी ठूला राजनीतिक दलको आ-आफ्नै खाले स्वार्थ जोडिएको छ । स्वभाविक रुपमा एकिकृत नेकपा माओवादी को नीतिगत भिन्नता छ । दश वर्षे जनयुद्धको बल एवम जनताको धेरै मत पाएकाले उसको अहमता हुनु एकातिर छँदैछ भने अर्कोतर्फ एमाले कांग्रेस संविधानप्रति उत्तरदायी नदेखिनु नै राष्ट्रिय सहमतीको सरकार निर्माण नहुनुको मुख्य कारण हो अर्कोतर्फ ठूला राजनीतिक दलको सैद्धान्तिक मत भिन्नता नै प्रमुख कारण हो ।

No comments:

Post a Comment