(समाचार टिप्पणी)
१९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओवामाले आतंकबादी संगठन अलकादयका प्रमुख ओसामा बिन लादेनको अमेरिकी सैनिकको कारवाहीमा मृत्यु भएको घोषणा गरिरहँदा ओसामाको निधनका बिषयमा थुप्रै प्रश्न खडा भएका छन् ।
गएराती अबेर अमेरिकी राष्ट्रपतिले आफ्नो निर्देशनमा अमेरिकी सैनिकको टुकडीले पाकिस्तानमा ओसामाको हत्या गरेको घोषणा गरेका थिए । त्यसलगत्तै अमेरिकीहरुले खुसीयाली मनाउन थाले । बिश्वभरका संचारमाध्यमले ओसामाको निधनमात्रै हैन उनका बिगत, अलकायदाको भबिष्य र चुनौतीका बिषयमा राम्रै कभरेज गरे ।
तर, लादेनको मृत्युलाई पुष्टी गर्न अमेरिकी अधिकारीहरुले मिडियासामु जे पेश गर्नुपर्दथ्यो त्यसो गरेनन् । ओसामाको शव आफ्नो नियन्त्रणमा रहेको ओवामाले घोषणा गरेपनि सोमबार दिनभर अमेरिकी सेनाले न त उनको मृत शरिर सार्बजनिक गरेको न त कारवाहीका तस्वीहरु नै । यसले ओसामाको मृत्युप्रति नै प्रश्न उठाएको छ ।
आशंका त्यतिखेर अझ बढ्यो जतिखेर अमेरिकी अधिकारीहरुले ओसामाको अत्येष्टी मुस्लिम परम्पराअनुसार गरिसकेको दावी गरे । ओसामाको तस्वीर वा मृत शरिर सार्वजनिक नगरि किन अत्येष्टिको हतारो गरियो भन्ने प्रश्नको जवाफ अमेरिकी अधिकारीहरुले दिएका छैनन् । अमेरिकी राष्ट्रपतिले नै सम्बोधन गरेर ओसामालाई मारेको दावी गरेका कारण शंकाको मात्रा केही कम भएपनि मारिएका प्रमाण सार्बजनिक नहुँदा यो कतै चालवाजी मात्र त हैन भन्ने प्रश्न खडा भएको छ ।
अमेरिका जसले आत्मसमर्पण गरेका इराकी शासक सद्दाम हुसेनलाई टेलिभिजन च्यानलको अगाडी लाइभ मृत्युदण्ड दियो उसले किन मारिएका सद्दामको भौतिक शरिर वा त्यसको तस्वीर सार्बजनिक गर्न सकेन वा आबश्यक ठानेन ? आतंकबादी नै भएपनि अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा रहेको लादेनको शवलाई उनका परिवारजनको जिम्मा लगाउनुपर्दथ्यो । त्यसो सम्भव नभएपनि बिश्वका जनतालाई उनी मारिएको जानकारी दिन तस्वीर त सार्बजनिक गर्न सकिन्थ्यो होला ।
अर्कोतर्फ पाकिस्तानी अधिकारीसँगको मिलेमतोमा गरिएको यो कारवाहीबारे पाकिस्तानी एजेन्सीहरुलाई जानकारी छैन् । अहिलेसम्म पाकिस्तानले आफ्नो संलग्नतामा ओसामामाथि कारवाही गरिएको पुष्टी गरेको छैन् । जसले गर्दा शंका गर्ने ठाउँ बढेको छ ।
आफ्नै अगुवाईमा लिबियामा हवाई आक्रमण गरिरहेको अमेरिकाले दुई दिनअघि मात्र शासक मुअम्मर गद्दाफीका छोरा र नातीको हत्या गरेको थियो । त्यो समाचारलाई ओझेल पार्न वा अन्य कुनै प्रयोजनले लादेन मारिएको समाचार त सार्वजनिक गरिएको हैन भन्ने प्रश्नपनि उठन थालेको छ । अमेरिकी राष्ट्रपतिको ओवामाको लोकपि्रयता घटिरहेका बेला आगामी बर्ष हुने चुनावलाई प्रभावित पार्न समाचार ल्याइएको पनि अनुमान गर्न थालिइएको छ । लादेनको भौतिक शरिर वा तस्वीरसमेत सार्वजनिक नगरि उनको शवलाई अत्येष्टी गरेपछि यी आशंकालाई बल पुगेको छ ।लादेनको भनिएको तस्वीर नै नक्कली
लादेन मारिएको समाचार सँगसँगै उनको तस्वीर पनि बिभिन्न मिडियामा सार्बजनिक भए । मृत लादेनको तस्वीर भन्दै बिभिन्न पश्चिमा संचारमाध्यम प्रसारण गरेको यो तस्वीर पनि नक्कली भएको खुलेको छ ।
पाकिस्तानी टेलिभिजनद्वारा प्रसारित सो तस्वीर नक्कली भएको गार्जियन डटको डटयुकेले जनाएको छ ।
मृत भनिएको लादेनको उक्त तस्बिर विगत दुई वर्षदेखि इन्टरनेटमा रहेको खुलासा भएको छ । क्षतविक्षत अनुहारमा आधा खुलेको आँखा र घुमि्रएको कपालसहितको उक्त तस्बिर यसअघि नै दि मेल, टाइम्स, टेलिग्राफ, सन, मिररलगायतका वेबसाइटले अनलाइनमा सार्वजनिक गरेको खुल्न आएको छ । आश्चर्यको कुरा के छ भने लादेनको नक्कली तस्बिर सार्वजनिक भएलगत्तै माथि उल्लेखित वेबसाइटले लादेनको पहिलेको मृत तस्बिर हटाएका छन् ।
लादेनको भनिएको तस्बिर सक्कली वा नक्कली भन्ने यकिन नहुँदै सर्वप्रथम मध्यपूर्वबाट संचालित अनलाइन न्यूजपेपर थिमडायलाइनडटओआरजीले सार्वजनिक गरेको बुझिएको छ । ‘दि डेलिमेल’ ले पनि लादेनको सोही नक्कली तस्बिर सार्वजनिक गरेको थियो ।
गार्जियनका अनुसार सो तस्वीर निकै पहिलेदेखि नै लादेनको मृत्यु भएको अमेरिकी दावीलाई पुष्टी गर्न प्रयोग हुँदै आएको थियो । अहिले बाहिर आएको तस्बिर रोएटर्स न्यूज एजेन्सीले सन् १९९८ मा प्रयोग गरेको वास्तविक तस्विरमा आधारित रहेको मानिएको छ । लादेनको नक्कली मृत तस्बिर बनाउन प्रयोग गरिएको अर्को तस्बिर ‘हानामार्विना’ ले यसअघिनै बाहिर ल्याइएको थियो । दुई भिन्नै तस्वीरलाई सफ्टवेयरमार्फत मिलाइ सार्वजनिक गरिएपनि अमेरिकी अधिकारीहरुले अहिलेसम्म वास्ताविक तस्वीर वा शव सार्वजनिक गर्न सकेका छैनन् ।लादेनको भनिएको तस्बिर सक्कली वा नक्कली भन्नेबारे निक्योल नहुदै सर्वप्रथम मध्यपूर्वबाट संचालित अनलाइन न्यूजपेपर थिमडायलाइनडटओआरजीले सार्वजनिक गरेको बुझिएको छ । ‘दि डेलिमेल’ ले पनि लादेनको नक्कली तस्बिर सार्वजनिक गरेको थियो ।
No comments:
Post a Comment