Pages

Wednesday, June 16, 2010

विश्वकपको समुह चरणको खेल जारी


गत जेठ २८ गतेदेखि दक्ष्ािण्ा अपि्रmकामा जारी १९आै“ विश्वकप फुटबल अन्तर्गत हालसम्म भएका खेलहरूमा दक्ष्ािण्ा कोरिया, अजर्ेन्टिना, जर्मनी, घाना, स्लोभानिया, नेदरल्याण्ड, जापान र पोचर्ुगलले विजयी सुरूवात गरेका छन्‍ । दक्ष्ािण्ा कोरियाले यस संस्करण्ाको पहिलो खेलमा युरोकप विजेता गि्रसलार्इ २–० गोल अन्तरले पराजित गर्‍यो भने दुर्इ पटकको विश्वकप विजेता अजर्ेन्टिनाले नाइजेरियालार्इ १–० ले पराजित गर्‍यो । तीन पटकको विश्व विजेता जर्मनीले एसीयाली राष्ट्र अन्तर्गत खेलेका अष्ट्रेलियालार्इ ४–० गोल अन्तरले पराजित गर्‍यो । घानाले सर्वियालार्इ १–० ले पराजित गर्‍यो भने स्लोभानियाले पनि अल्जेरियालार्इ १–० ले पराजित गर्‍यो । सोमबारै भएको अर्को खेलमा जापानले क्यामरूनलार्इ १–० ले पराजित गर्‍यो भने नेदरल्याण्डले डेनमार्कलार्इ २–० ले पराजित गर्‍यो । त्यस्तै मंगलबार भएका दुर्इ खेल बराबरीमा टु¨ीएको छ । आइतबार राती भएको जर्मनी र अष्ट्रेलिया विचको खेलमा एकतर्फी रूपमा हाबी भएको जर्मनीले आठौं मिनेटमा लुकास पोडोलस्कीको गोलमा अग्रता लिएको हो । यस्तै पहिलो हाफको सत्ताइसौं मिनेटमा मिरोस्लाव क्लोसले गोल गरेपछि जर्मनीले २–० को अग्रता लियो । अष्ट्रेलियाले गोल गनर्े केही राम्रा अवसर गुमाएको थियो । यस्तै गए राति नै भएको खेलमा समुह 'डी' मा रहेको अपि्रmकी राष्ट्र घानाले १० खेलाडीमा सिमित सर्विया माथी १–० को रोमाञ्चक जित दर्ता गर्‍यो । उत्क ृष्ट लयमा मैदान उत्रिएका दुबै टोलीबीच पहिलो हाफमा गोल हुन सकेन । दोस्रो हाफमा दुबै टोली आत्रmमक रूपममा मैदान उत्रीए । दक्ष्ाीण्ा अपि्रmकी मैदानमा खेल भएका कारण्ा पनि घानालार्इ अपि्रmकी समर्थको ठूलो समर्थन थियो । दोस्रो हाफको मध्यतिर १० खेलाडीमा सिमित सर्वियाका डिफेन्डरले डिबक्स भित्र हेण्ड गर्दा घानाले पाएको पेनाल्टीको अवसरलार्इ गोलमा परिण्ात गर्‍यो । यस्तै आइतबार साँभm नै भएको अर्को खेलमा समुह 'सी' मा रहेको स्लोभानियाले अल्जेरीयामाथी १–० को एेतिहासीक जित हात पार्‍यो । उनासीआैँ मिनेटमा कप्तान रोवर्ट कोरेनले बीस यार्डबाट गरेको प्रहारले गोलको दिशा लि“दा स्लोभानियाले समुह 'सी' को शिर्ष्ा स्थानमा रहन सफल भयो । हालसम्म सम्पन्न भएका खेलहरूमा दक्ष्ािण्ा अपि्रmका विरूद्ध मेक्सिको १–१, उरूग्वे विरूद्ध प्रmान्स ०–० र इङ्‍ग्ल्याण्ड विरूद्ध अमेरिका १–१, स्लोभाकिया र न्यूजिल्याण्ड १–१, पोचर्ुगल र आइभोरी कोस्ट ०–० गरी पा“च वटा खेल बराबरीमा सकिएको छ । यो समाचार तयार हु“दासम्म ब्राजिल र उत्तर कोरियाको खेल हुन बा“की छ भने विश्वकप फुटबल अन्तर्गत आज ००:१५ बजे ब्राजिल र उत्तर कोरियाबिच हुने छ । त्यस्तै दोस्रो खेल १७:१५ बजे होन्डुरस र चिली बिच हुने छ भने तेस्रो खेल १९:४५ बजे स्पेन र स्वीट्‍जरल्याण्डबीच हुने छ ।

No comments:

Post a Comment