Monday, January 31, 2011

सेना: सुरक्षाकर्मी कि राजनितिक दलको नेता

सेना अझै जनताको हुन सेकेको छैन, सेना अझै सरकारको मातहतमा छैन र सेना अझै ल...ोकतान्त्रीकरण भैसकेको छैन । किनकी कुनैपनी देशको सेनाले माथी उल्लेखित धारणा प्रष्ट्याइरहनु आवश्यक छैन । सेना भनेको स्वत: राष्ट्र, राष्ट्रीयताको रक्षाको पक्षमा नै उभिएको हुन्छ र उभिनु पर्दछ । अर्को कुरा, सेनाले बेलाबेलामा राजनितिक बिज्ञप्ती निकाल्ने, पत्रकार सम्मेलन गर्ने कार्यबाट अब नेपालमा सेनाले पनि राजनितिमा अनावश्यक हस्तक्षेप गरेर आफैँ राजनिती गर्न खोज्दैछ, गर्दैछ भन्ने कुराको आभाष हुन्छ ।
सेना समायोजनको बिषयमा राजनितिक दलहरुबिच महत्त्वपुर्ण छलफल र कदम चालिरहेको बेला अनावश्यक रुपमा पत्रकार सम्मेलन गरेर बक्तब्य निकालेर अप्रत्यक्ष रुपमा सेनाले आफ्नो असंतुष्टी ब्यक्त गरेको आभाष र संकेत ब्यक्त गर्दै छन् । किनकी सेना समायोजनको बिरुद्धमा बेला बेलामा सेनाबट बिरोध भैरहेको छ । सेना समायोजन १२ बुँदे सहमती र बिस्तृत शान्ती सम्झौतामा उल्लेख भए अनुसार नै गरिनु पर्दछ । यसमा सेनाले अनावश्यक रुपमा चासो ब्यक्त गर्नु भनेको शान्ती प्रकृयामा भाँजो हाल्न खोज्नु हो ।
सेनाले शाही शासनकालमा आफ्नो कर्तव्य, मुलकार्य र धर्मबाट बिमुख भै देश र जनताको रक्षा गर्नुको साटो देशमा संकटकाल निम्त्याएर अनाहकमा जनतालाई दु:ख दिने, समातेर बन्दी बनाइ बेपत्ता बनाउने, महिला र चेलीबेटिको इज्जत लुटी हत्या गर्ने, अनेक यातना दिने आदी अनेक कुकार्य गरेको नेपाली जनताहरुले अझै बिर्सेको छैन । नेपाल एकिकरणको क्रममा अनि बृटिश सेनासँग्को लडाइमा बहादुरी प्रदर्षन गरेर जती बिश्वास्, इज्जत र प्रतिष्ठा कमाएको थियो ति सबै शाही शासनकालमा गरेका कुकार्यद्वारा गुमाइसकेका छन् ।
नेपालको सिमानामा पर्ने नेपाली गाउँहरु दिन प्रतिदिन भारतद्वारा अतिक्रमण हुँदैछन् । त्यहाँ बसोबास गर्ने नेपाली जनताहरु भारतिय एसएसबिको यातना सहन बाध्य भएका छन् । आफुलाई सेना भन्ने कथित सेनाहरु चाँही देखेको नदेख्यै अनि सुनेको नसुन्यै जस्तो गरी त्यसतर्फ कुनै चासो देखाएका छैनन । किन ? भन्ने प्रश्नमा यदी उनिहरुको जवाफ्-"हामिलाई माथिबाट (सरकारबाट्) आदेश आएको छैन" भन्ने हुन्छ भने मेरो पनि उनिहरुलाई प्रश्न छ कि-"कहिले चाहिँ नेपाली सेनाले नेपाल सरकारको आदेशको पालना गरेको छ ?" नेपाली सेनाहरु सरकारबाट नभै आफ्नै मनोमानी ढङ्गबाट संचालन भएका छन् । फेरी यो त राष्ट्रीयताको सवालको कुरा हो, यसमा किन उनिहरुलाई आदेश चाहिने ? के उनिहरुले आफ्नै निर्णयबाट भारतिय एसएसबिको ज्यादतिको जवाफ दिन सक्दैनन ? भारत र भारतिय एसएसबिको ज्यादती बिरुद्ध बिज्ञप्ती निकालेर आवश्यक कारबाहिको कदम चाल्नुको साटो राजनितिक मामलामा हस्तक्षेप गर्ने कदम चालेको संकेत दिँदै बेला बेलामा राजनितिक बक्तब्य र प्रेस बिज्ञप्ती जारी गर्छन् । त्यसैले पनि नेपाली जनताहरुलाई नेपाली सेनाको अलिकती पनि बिश्वास छैन ।
राजनितिमा होईन राष्ट्रीयता चासो देखाउनु सेनाको काम र कर्तव्य हो । सिमा अतिक्रमण्, भारतिय एसएसबिबाट हुने गरेको ज्यादतिको बारेमा चासो राखेर सिमा र त्यहाँ बसोबास गर्ने जनताको सुरक्षामा चासो देखाउनु नै नेपाल र नेपाली जनताको लागी राम्रो हुनेछ भने स्वयम सेनाप्रती गुमेको नेपाली जनताको बिश्वास फेरी ब्युँतिने छ ।

नक्कली लुम्बिनी बनाउने भारतीय प्रयासमा तुषारापात


तिलौराकोटमुनी शहरको अबशेष भेटियो

७ माघ, काठमाडौं । बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ ।
हालै एक बेलायती बिश्वबिद्यालयले गरेको अनुसन्धानमा कपिलवस्तुको तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको पत्ता लागेपछि बुद्धलाई आफ्नै पेवा बनाउने भारतीय प्रयास ब्रेक लागेको हो । हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्याधुनिक प्रबिधि प्रयोग गरी जहाजबाट गरिएको एक्स-रेले तिलौराकोटमुनि सहर नै रहेको पत्ता लागेको हो । बेलायती विश्वविद्यालय डरहामका विशेषज्ञले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार, ४ लेनको सडक, दुईतिर घर, सहर र उद्यानसमेत आधा किमि लम्बाइको व्यवस्थित बस्ती रहेको पुष्टि गरेको छ ।
एक महिनाअघि गरिएको अनुसन्धानबाट अहिलेसम्म पनि उपर्युक्त संरचना तिलौराकोटमा विद्यमान रहेको वेलायती टोलीले पत्ता लगाएको हो । उत्खनन नगरी बाहिरबाट हेर्दा नै यति धेरै संरचना पत्ता लागेकाले उत्खनन गर्दा अरू प्रशस्तै ऐतिहासिक सामग्री पाइने आशा गरिएको छ ।
त्यहाँ पाइने इँटालगायतका अन्य सामग्रीबाट पनि तिनीहरू कति सय वर्ष पुराना हुन् भनी पत्ता लगाउन सकिन्छ । बुद्धकालीन वा सोभन्दा पुरानो सहर, दरबार र अन्य संरचना जस्ताको तस्तै उत्खनन गरी प्रदर्शनयोग्य बनाउन ५ वर्ष लाग्ने अनुसन्धानमा संलग्नहरुले जनाएका छन् । यसअनुसार, ३ वर्ष उत्खनन, एक वर्ष संग्रहालयका रूपमा व्यवस्थापन र अर्को एक वर्षमा विश्वसामु यसको सार्वजनिकीकरण गरिने कार्यक्रम छ ।
के गर्दै छ भारतले ?

बुद्ध भारतमै जन्मिएका हुन भन्ने भारतीय दावीलाई पुष्टी गर्न तथा बिश्व समुदायलाई भ्रममा पार्न भारतले नक्कली लुम्बिनी र तिलौराकोट पनि बनाउन थालेको छ । बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले उत्तरप्रदेशको अलिगढवामा धमाधम निर्माणकार्य गरिरहेको छ जुन २०१२ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । नेपालको कपिलवस्तुसँग सीमा जोडिएको अलिगढवामा नक्कली कपिलवस्तु निर्माणकार्य अन्तिम अवस्थामा छ । उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लाअन्तर्गत पीपरहवा क्षेत्रलाई भारतले कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । विश्वशान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका भए पनि उनको जन्म नेपालको लुम्बिनीमा भएको थियो । उनी तिलौराकोटमा राजा शुद्धोधनको दरबारमा जन्मिएका थिए ।
तर, भारतले भने शुद्धोधनको दरबार तिलौराकोट, गौतमबुद्धको मावली देवदह र उनको जन्मस्थल लुम्बिनी सारा भारतमै बनाउन थालेको छ । अलिगढवामा बुद्धसित सम्बन्धित विभिन्न निर्माणकार्य तीब्र गतिमा भइरहेका छन् । निर्माणकार्यमा ट्रयाक्टरमात्र होइन, ५० औँ मजदुर खटिएका छन्
नक्कली लुम्बिनीको सुरक्षार्थ खटिएका अलिगढवाका राकेश भारतीले बुद्ध नेपालमा होइन, भारतमै जन्मिएको दाबी गरे । उनका अनुसार त नेपालले भारतीय सम्पदाको नक्कल गरेर लुम्बिनी र तिलौराकोट बनाएको हो । ‘बुद्धसँग सम्बन्धित धेरै प्रमाण भारतसँग छन्, नेपालले त नक्कल गरेको हो । अब भारतले बुद्ध गन्तब्यलाई थप आकर्षक बनाउँदै छ त के खराबी भयो ?’ उनले भने ।
माइतीबाटै र्फकंदै गरेकी आमा मायादेवीको कोखबाट बाटो(लुम्बिनीमा) जन्मिएका बुद्ध २९ वर्षको उमेरमा दरबार छाडेको नेपाली संस्कृतिविद्हरूको दाबी छ । ‘हामीलाई त थाहा भएन, देवदह, तिलौराकोट र लुम्बिनी सारा यतै बन्दै छन’ अलिगढमा काम गर्दै भेटिएका भारत नौगढका एक मजदुरले भने । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । निर्माण पुरानो देखाउन पुराना भारतीय घरमा प्रयोग भएका इँटा किन्नसमेत भारतले करोडौँ रुपैयाँ लगानी गरिसकेको अलिगढवाका स्थानीय वासिन्दाले बताए । तर, कसैले पनि आप\mनो नाम भने बताउन चाहेनन् ।
कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको सडकदूरीमा अलिगढवा राज्यअन्तर्गत पीपरहवामा यो निर्माण भइरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाइएको छ । राजा शुद्धोधनका पालाका भेटिएका माटाका भाडालगायतका अधिकांश वस्तु तथा ठाउँसमेत भारतले नक्कल गर्दै उतै बनाइरहेको छ । माटाका भाँडा र वस्तुमा पुरानोजस्तै देखिने लेप पनि लगाइँदै छ ।
नेपाल सरकारले औपचारिक रूपमा विरोध नगरेका कारण भारतले नक्कली कपिलवस्तुमा प्रत्येक डिसेम्बर २९, ३० र ३१ तारिखमा विभिन्न कार्यव|mम गरी बुद्धमहोत्सव मनाउँदै आएको छ । देवदह, लुम्बिनी र तिलौराकोटलाई व्यवस्थित गर्न भारतले दसवर्षे नीति ल्याएको छ ।

Saturday, January 22, 2011

जनमुक्ती सेनालाई औपचारिक रुपमै बिशेष समितिको मातहतमा राख्नु ठिक हो ?


संबिधान सभाको चुनावको परिणाम सार्वजनिक भएर माओवादी मुलुककै ठुलो पार्टिको रुपमा स्थापित भयो । सरकार माओवादिकै नेतृत्वमा बन्ने सुनिश्चित थियो र कुनैपनी हालतमा बन्नै नै थियो । तर पनि स्वर्गिय गिरिजाले एउटै कुराको अडान लिएको थियो-त्यो हो "दुइ तिहाइ नभै साधारण बहुमतले पनि सरकार ढाल्न सकिने" त्यो माग पुरा नभै गिरिजाले राजिनामा दिनै मानेको थिएन । र माओवादी बाहेक अरु सबै दल मिल्दा पनि दुइ तिहाइ नपुग्ने अवस्था अहिले पनि छ । त्यसैले माओवादिको सरकार बनेको अवस्थामा माओवादिको सरकार ढाल्ने तागत कसैमा थिएन । र गिरिजाले माओवादिलाई सत्तामा धेरै दिन टिक्न नदिने चाल चलिसकेको थियो । त्यसैले गिरिजाले २ तिहाइ नभै सामान्य बहुमतले पनि सरकार ढाल्न सकिने प्रस्तवमै अडान लिएको थियो । र समान्य बहुमतले पनि सरकार ढाल्न मिल्ने प्रस्ताव स्विकार गर्नु भनेको माओवादिको लागी आत्माघआती निर्णय थियो । तर पनि प्रधानमन्त्री बन्ने हतारमा पछिको बाटोको कुनै सोँच बिचार नै नगरि कमरेड प्रचण्डले अन्त्यमा सामान्य बहुमतले पनि सरकार ढाल्न सकिने प्रस्ताव स्विकार गर्नु भएको थियो । जसको परिणाम अहिले माओवादिले मात्र होईन सम्पुर्ण नेपाली जनताले भोग्नु परेको छ ।
यदी माओवादिले पनि दुइ तिहाइमै अडान लिएको भए त सत्ता त कुनै पनि हालतमा माओवादिकै थियो नि त्यतिबेला पनि । अनि अहिलेसम्म पनि माओवादिकै सरकारले निरन्तरता पाइरहेको हुने थियो । तर हतारमा समर्थन जनाउनुले देश र जनताले अहिले ठुलो दुर्घटना ब्यहोर्नु परेको छ । कतै जनसेनालाई अहिलेको यस्तो कहालिलाग्दो अवस्थामा बिशेष समितिको मातहतमा राख्ने निर्णय पनि यस्तै आत्मघाती त हुने होईन ?
जबकी सेना समायोजन बिशेष समितिमा कथित सेना, सशस्त्र प्रहरी र जनपद प्रहरिका अफिसरहरु छन र स्वयम भिम रावल यसका संयोजकका रुपमा रहेका छन् अनि उनिहरु सबै सेना समायोजनका बिरोधी पनि हुन भन्ने कुरा सबैलाई प्रष्टै थाहा छ । फेरी किन यस्तो आत्मघाती निर्णय लियो पार्टिले ?
अब सेना समायोजन बिशेष समितिले गर्ने प्रमुख कार्यहरु पक्कै पनि,
१) जनमुक्ती सेनाको हतियारको परिमाण संख्या विवरण माग्ने,
२) शिविरका सबै हतियार माग्ने र नदिए सेना लगाएर कब्जा गर्ने
३) जनमुक्ती सेनालाई निशस्तृकरण गर्ने
४) सबै शिविरका सेनाहरुलाई आ-आफ्नो घर फिर्ता पठाइदिने
५) प्रतिकार गर्न खोज्ने जनसेनालाई हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्धा चलाएर जेल चलान गर्ने
६) देशमा राष्ट्रपतिय या सैनिक शासन लाद्ने
७) देशलाई अनिर्णयको बन्दी बनाउने ।
मेरा यि सबै अनुमान शतप्रतिशत सही नहोलान तर केहि त पक्कै पनि गर्न खोजेका छन नालायक नपुंसक सरकार र सत्तासिन दलहरुले । हामी यि कुराहरुप्रती सजग हुनै पर्छ ।
अहिलेको अवस्थामा सबैभन्दा ठुलो नै हतियार हो । हतियारको खेलमा बिपक्षी निश्चय पनि निरिह हुनै पर्छ । तर अब त माओवादिसँग न सेना हुनेछ, न हतियार । अनि मैले भनेका कुरा नहोला भन्न सकिन्छ र ?
मेरो बिचारमा जनयुद्ध पुरा भएको छैन्, यो त अधुरो नै छ । माओवादिले युद्धा बिराम गर्नु हुँदैन थियो अनि सरकारमा जाने, चुनावमा भाग लिने हतार गर्नु हुँदैन । मेरो बुझाइमा क्रान्तिकारी पार्टिले कहिले पनि चुनावमा भाग लिँदैन बरु सोझै सत्तामा आक्रमण गरेर सत्ता कब्जा गर्ने । तर यि सबै काम माओवादिबाट अझै हुन सकेको छैन ।
यदी जनयुद्ध संबिधानसभाको चुनाव र गणतन्त्र प्राप्तिको लागी मात्र हो भने भारतमा त धेरै पहिले नै संबिधानसभाको चुनाव भएर गणतन्त्र आइसकेको छ । तर त्यहाँ माओवादी जनयुद्ध जारी नै छ । नेपालको गणतन्त्रको कुरा गर्ने हो भने यो अवस्था पहिलेको भन्दा कहाली लाग्दो छ । के युद्धबिराम गर्नु ठिक थियो ?

Thursday, January 20, 2011

नेपालीलाई अर्को एउटा अनौठो विश्व किर्तिमान


न्युयोर्क, माघ ५ - एउटा अनौठो विश्व किर्तिमानमा नेपाल नामाकिंत भएको छ । दुई नेपाली किशोरहरुले लगातार ३३ घण्टा हात मिलाएर (हयान्ड सेकिङ ) विश्व किर्तिमान कायम गरेका छन् । काठमाडौं धर्मस्थलीका रोहित तिमिल्सिना र उनका सहोदर भाइ सन्तोष तिमिल्सिनाले न्युयोकको टाईम्स स्क्वायरको प्रतिस्पर्धामा न्युजिल्याण्डका  अलस्टेयर गाल्पिन र डन पुडोर्नको जोडीसंग बराबर हुँदै सो विश्व किर्तिमान राखेका छन् ।
नेपाली टोलीका संयोजक चन्द्रप्रकाश शर्माले इकान्तिपुरलाई दिएको जानकारी अनुसार दुवै टोलीले आफुहरुलाई घाटा नहुने जनाएपछि आयोजकले प्रतिस्पर्धालाई बराबरीमा टुङगाएको थियो ।
हयान्ड सेकिङले पन्ध्र घण्टा नाघेपछि दुवै टोलीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण दिईएको छ । विजेता रोहितले भने- 'मुलुकलाई विश्व माझ चिनाउने हाम्रो प्रयास सफल भएको छ ।'
वर्ल्ड लनगेस्ट हयाण्ड सेक २०११ नाम दिईएको प्रतिस्पर्धामा चार टोलीबाट फाईनलमा दुई टोली पुगेका थिए । प्रतिस्पर्धा गत शुक्रबार राती बाट शुरु भएर ३३ घण्टा पछि आईतबार समाप्त भएको थियो । हात मिलाईरहेको नेपाली टोलीलाई हौसला दिन न्युयोर्कबासी नेपालीहरुको पनि उपस्थित थियो भने कार्यक्रमलाई स्थानीय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । कठाङ्ग्रिदो जाडो मौसममा हात मिलाईरहेको नेपाली जोडीलाई नेपालीहरुले मम लगायत खानपिन आफैले खुवाएका थिए ।
यसैबर्ष विश्वकै सबैभन्दा साना मानिको बिश्व किर्तिमान नेपालकै खगेन्द्र थापा मगरले हात पारेका थिए ।

एमाले अध्यक्ष खनाललाई आफ्नै कार्यकर्ताले चड्काए

दश दिनभित्रमा मुलुकले नयाँ सरकार पाउने- अध्यक्ष खनाल
सुनसरी, ६ माघ । एमाले अध्यक्ष भलनाथ खनाललाई आज दिउँसो सुनसरीको इटहरीमा एमालेकै पूर्व कार्यकर्ताले थप्पड हानेका छन् । पार्टी कार्यक्रममा सहभागी हुन इटहरी नगरपालिका सभाहलमा पुग्नु भएका खनाललाई सुनसरी भरौल-१ का देवीप्रसाद रेग्मीले एक थप्पड हानेका हुन् । सभाहलमा पार्टी प्रवेश गर्नेहरुलाई टिका र माला लगाइरहेको समयमा रेग्मीले मञ्चमै पुगेर खनाललाई थप्पड हानेका थिए ।  एमाले पुर्व कार्यकर्ता रेग्मीले व्यक्तिगत स्वार्थमा लागेर देश बिगार्ने नेताहरु तिमीहरु नै हौ भन्दै थप्पड हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

रेग्मीलाई इलाका प्रहरी कार्यालय इटहरीले तत्कालै नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणम रहेका रेग्मीले मर्नुभन्दा बुहलाउनु निको भनेर नेताहरुलाई सबक सिकाउन थप्पड हानेको बताएका छन् । घटनापछि एमालेको कार्यक्रम भने यथावत सञ्चालन भइरहको जनाइएको छ । त्यसअघि विराटनगर विराटनगर विमानास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष खनालले दश दिनभित्रमा मुलुकले नयाँ सरकार पाउने बताउनु भएको छ ।

अध्यक्ष खनालले सहमति नभए बहुमतीय प्रणालीबाटै भएपनि मुलुकले चाडै नयाँ सरकार पाउने दावी गर्नुभयो । शान्ति र संविधानको सुनिश्चितताका लागि सहमतीय सरकारभन्दा उत्तम अर्को विकल्प नहुने उल्लेख गर्दै अध्यक्ष खनालले बहुमतीय प्रणाली दोस्रो विकल्प मात्र भएको बताउनु भयो । उहाँले सहमतिको सरकारको पक्षमा एमाले रहेको भएपनि त्यो अवस्था नआए मुलुकलाई सरकारविहिन भने नबनाउने बताउनु भयो । सहमतीय सरकार निर्माणको लागि तीन दल गम्भीर रहेकोले मुलुकले सहमतीय सरकार पाउने अपेक्षा राख्दै अध्यक्ष खनालले अन्तिम समयमा सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो ।

सहमति नजुटेमा बन्ने बहुमतीय सरकारले पनि शान्ति र संविधानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँको भनाई थियो । सहमतीय सरकारको नेतृत्वबारे सोधिएको प्रश्नमा भने अध्यक्ष खनालले कुनै प्रतिक्रिया दिनुभएन । सुनसरीको इटहरीमा हुने पार्टीको कार्यक्रममा सहभागी हुने खनाल पूर्व आउनु भएको हो ।

दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले गोली चलायो

बिरेन्द्रको बंश नाश गर्ने ज्ञानेन्द्र र पारसलाई कडा भन्दा कडा सजाय दिनुपर्छ ।
नारायणहिटी हत्याकान्डका एक 'प्रत्यक्षदर्शी'ले दीपेन्द्र शाहको नकाव लगाएका व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) म...ा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो । दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु कारागारमा रहेका लम्तेरी मगरले दिएको लामो बयन । उनले यतिसम्म भने, 'दीपेन्द्रको ढाडमा ६ राउन्ड र बायाँ कन्चटमा एउटा ब्रस्ट फायर भएको हो ।' आफूलाई नेपाली सेनाको तत्कालीन हवल्दार र दरबार हत्याकान्डका प्रत्यक्षदर्शी बताउने लालबहादुर लम्तेरी मगरको बयान हरेक महिनाको अन्तिम शुक्रबार 'गुड फ्राइडे' मनाउने क्रममा त्यस रात (१९ जेठ २०५८) भोजमा सरिक तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका पाँचैजना र नातेदारको पनि हत्या भएको थियो । सरकारले पहिले स्वचालित हतियार पड्किएको बताएको थियो भने पछि दीपेन्द्रले गोली चलाएर आफ्नै बाबु, आमा, भाइ र बहिनी मारेको प्रतिवेदन सार्वजनिक गरेको थियो । दीपेन्द्रले गोली चलाएका होइनन्, षड्यन्त्रपूर्वक वंश नै नाश गरेर दीपेन्द्रलाई दोषी बनाइएको हो भन्ने चर्चा जनमानसमा भए पनि घटनाका कुनै पनि प्रत्यक्षदर्शीले दीपेन्द्र हत्यारा होइनन् भनेर बयान दिएका थिएनन् । 'दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार बनाएको हतियारधारीले' गोली चलाएको थियो भन्ने लम्तेरी घटनाको पहिलो 'प्रत्यक्षदर्शी' हुन् । उनका अनुसार नकावधारी तत्कालीन शाहजादा पारस शाहसँगै भित्र आएका थिए । 'भोज चलिरहेको बेला पारस गाडीमा बाहिरए,' लम्तेरीले भने, 'केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको मुखुन्डोधारी भित्र आएको हो ।' लम्तेरीले घटना हुँदा दीपेन्द्र आफ्नै खोपीमा रहेको पनि बताए । 'मलाई नै थाहा छ- दीपेन्द्र सरकार नसा लागेर खोपीमा सुतेका थिए, नकावधारीले पहिलो गोली त्यहीँ चलाएका हुन्, त्यसपछि चारैतिरबाट गोली चल्यो, मचाहिँ केराघारीमा ल्यान्ड पोजिसनमा बसेर बचेँ ।' लम्तेरी मगरका अनुसार दीपेन्द्र आफ्नै खोपीमा मरेका हुन् । 'दुईजना एडिसीले लास उठाएर सैनिक प्रहरीको गाडीमा छाउनी पुर्‍याएका हुन् । दीपेन्द्र त्यतिबेलै मरिसकेका थिए,' उनले भने । वीरेन्द्र र नीराजनको लास आफूले पनि उठाएको उनले बताए । 'मैले पनि वीरेन्द्र र नीराजन सरकारको लास उठाएको हुँ,' उनले भने, 'वीरेन्द्र सरकारको लास लिएर सैनिक अस्पताल जानेमा म पनि थिएँ । सैनिक प्रहरीको गाडीमा म पछाडि बसेको थिएँ । बाटोमा वीरेन्द्रले सानो स्वरमा दुख्यो, दुख्यो भनेको मैले सुनेको हुँ । अस्पताल पुगेपछि के भयो थाहा छैन ।' गोलीको वषर्ात्पछि सन्नाटा छाएको घटनास्थलमा पारस खालीखुट्टामै आएको उनले बताए । 'ल अब हस्पिटल लैजानुपर्‍यो भनेका थिए पारसले,' लम्तेरीले भने, 'पारस र उनका परिवारलाई केही पनि भएको थिएन ।' खोपीमा सुतेका दीपेन्द्र त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै हत्यारा हुन् भन्दै प्रतिवेदन आएपछि आश्चर्यमा परेको बताए । दीपेन्द्र निर्दोष हुन् भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए । 'घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र एउटा सिपाही भएर दरबारको प्रमुख सचिवालयमा बिन्तीपत्र हाल्यौं,' लम्तेरीले भने, 'हामीले बेनामी बिन्तीपत्रमा दीपेन्द्रबाट घटना भएको होइन, यसको निष्पक्ष छानबिन होस् भन्यौं ।' आफ्नो अभिभावकजस्तो मान्छे दीपेन्द्र मारिएपछि 'त्यतिसम्मको दुस्साहस' गरेको उनले बताए । तर 'कतैबाट पोल खुलेपछि २९ जेठमै आफ्नै हाकिमहरूद्वारा समातिएको' उनले बताए । 'पहिले दरबारमा आतंक मच्चाएको भन्दै समातियो, पछि एउटा होटलमालिकलाई मारेको भन्ने झुटो केस चलाएर मुद्दा हालियो ।' आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे भएको दाबी गर्दै उनले भने, 'म सांगीतिक क्षेत्रको मान्छे, बाजा बजाउन, नाच्न, गाउन र खेल खेल्न सधैं अघि सर्थें, त्यसैले पनि दीपेन्द्र सरकारका लागि म निकै प्यारो मान्छे थिएँ ।' उनले दीपेन्द्रलाई मुड भएको बेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए । 'गीत सुन्नुपर्‍यो भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम हुन्थ्यो । म खोपीमै जान्थें । गीत सुनाएर खुसी पार्थें,' उनले भने । उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई गाडीले किचेर मारेको आरोपमा तत्कालीन राजा वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए । 'तर पारसको चुनौतीका कारण उनी (वीरेन्द्र) पछि हटे,' उनले भने । लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ मारिनुअघि श्रुतिले चलाएको कारको ठक्करले दरबारभित्रै तनहुँ घर भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए । 'ऊ ड्युटीमै उभिएको बेला गाडीको ठक्करले मर्‍यो । पछि बाहिर तालिमका बेला एम्बुसमा परेर मारियो भनेर परिवारलाई क्षतिपूर्ति दिइयो ।' पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर भएको लम्तेरीले बताए । दरबार हत्याकान्ड दीपेन्द्रले नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा पक्राउ गरिएका लालबहादुर सोह्रखुट्टेस्थित आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या अभियोगमा जेल परेका हुन् । उनी जन्मकैदको सजाय नख्खु जेलमा बसेर भोगिरहेका छन् । 'म निर्दोष छु,' उनले भने, 'मलाई जेल हाल्ने कुनै आधार थिएन, तर म गरिबको छोरोलाई कानुनले पत्याएन ।' उनको मुद्दा हेरेका अधिवक्ता भूमिनन्द चुँडालले पनि लम्तेरी निर्दोष रहेको जिकिर गरे । 'लालबहादुरलाई जेल हाल्नुपर्ने कुनै आधार छैन,' उनले भने, 'उनलाई हत्याको अभियोग लगाइएको छ, तर त्यसको कुनै पनि प्रमाण छैन । ऊ सफाइ पाउनुपर्ने मान्छे हो ।' नख्खु कारागारका जेलर चन्द्रप्रसाद देवकोटाले लालबहादुर कर्तव्य ज्यान मुद्दामा जेलमा रहेको बताए । देवकोटाका अनुसार उनी २ भदौ २०५८ देखि जेल छन् । जेलको रेकर्डअनुसार लम्तेरी पुरानो गोरखगणका सैनिक हुन् । लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट नक्कली कागजात बनाएर पुरानो गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर जेलमा हालिएका बताए । लम्तेरीको बयान म लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो । २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ । म खेलाडी पनि थिएँ, गीत-संगीतमा त च्याम्पियन । 'रोयल फेमिली'सँग एकदमै नजिक । दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि म कसरी भनौं ! कतिसम्म भने मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो । दरबारमा काम गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो । केही पर्‍यो भने पैसा पाइहाल्थें । दीपेन्द्र सरकारले त मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, पैसा दिने, बडो माया गर्ने । जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्‍यो, मैले अनाहकमा दुःख पाएँ । महिनाको अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर 'गुड प|mाइडे' मनाउने चलन थियो । १९ जेठ २०५८ मा पनि जलपान आयोजना भयो दरबारमा । त्यो दिन म पनि बाहिरी ड्युटीमा थिएँ । दौरा, सुरुवाल, कोट र कालो टोपी लगाएर पेस्तोल भिरेर म ड्युटी गरिरहेको थिएँ । त्यतिबेला मलाई याद छ- नेपाल टेलिभिजनमा सन्तोष पन्तको 'हिजो आजका कुरा' कार्यक्रम आउँथ्यो । अबेरसम्म जलपान भइरहेको थियो । त्यहीबीचमा पारस गाडीमा बाहिरिए । एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे । यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो । दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै खोपीमा सुतेको मलाई पनि थाहा छ । भित्र जान हामीलाई अनुमति थिएन । आदेशबिना दायाँबायाँ गर्न पनि नपाइने । दरबारको ड्युटी फेरि निकै कडा हुन्छ क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र सरकारको खोपीमा भयो । त्यहाँ सात फायर भएपछि त जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो । बाहिर पनि । दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले गोली चलायो । वीरेन्द्रका परिवारलाई ताकी-ताकी हान्यो उसले । दीपेन्द्रलाई त ब्रस्ट फायर भयो । बाहिरसमेत गोली चलेपछि ज्यान जोगाउन मुस्किल भो । म त्रिभुवन सदनअगाडि बगैंचामा लुकें । गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन । उनले आउनेबित्तिकै भने- ल भाइ हो, हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र लास उठाउन थालियो । म पनि लास उठाउन गएको थिएँ । मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ । ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ । चिउँडो त पंखामा झुन्डिएको रहेछ । अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए । धीरेन्द्रको बारेमा मलाई थाहा भएन । वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर म पनि छाउनी अस्पताल गएको थिएँ । म सम्झिन्छु, अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए । सैनिक अस्पताल पुर्‍याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, ऐश्वर्यको मुख नभएकोले प्लास्टिक सर्जरी भयो । हामीले धेरै हेर्न पाएनौं । हामी त हाकिमको आदेशअनुसार अस्पतालबाट फक्र्यौं । त्यसपछि के गरियो थाहा भएन । मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो । तर, दीपेन्द्रलाई दोषी बनाएपछि मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार गर्‍यौं र ४ बजेतिर प्रमुख सचिवालयमा दर्ता गर्‍यौं । सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि । बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौं । हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ । हामीले भनेका थियौं- दरबार हत्याकान्डमा युवराज दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै उनीमाथि भएको हो । त्यसकारण निष्पक्ष छानबिन होस् । बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो । २९ जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मल निवास (सदन- हाम्रो भाषामा) को फौज आएर मलाई समात्यो । मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो । जबकि मेरो दोष केही पनि थिएन । आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो । एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो । त्यसपछि मलाई एक महिनाजति झुलाइयो । कहिले सैनिक हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो । दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो । पछि थाहा भयो, मलाई पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र, सैनिक प्रहरीमा रहेको मेरो कागजात सबै खतम पारिएछ । एक महिनाअघि समातेर मलाई एक महिनापछि भएको घटनामा फसाइयो । २ साउन २०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या भएको रहेछ । मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर मारेका रहेछन् । पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । तर, कुन केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि म त एक महिनाअघि नै पक्राउ परिसकेको थिएँ । मलाई ५ भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो । जेलमा बसेर मुद्दा लडें । सुरुमा वकिल भूमिनन्द चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन २०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर गर्‍यो । र, म जेल परें । म हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी छुटाउन पहल गरिरहेका छौँ । तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो । बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई पनि समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन । यो पनि लेखिदिनुस्- दरबार हत्याकान्डमा सैनिकहरू पनि मारिएका छन् । मलाई यकिन विवरण त छैन, तर छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ, तर हत्याकान्डमा सैनिक मारिएका छन् । सत्यतथ्य खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ । सबै कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने दरबार हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ