Wednesday, June 23, 2010

अवैध धन्दाको राजधानी बन्दैछ पदमपोखरी, प्रशासनले कारवाही गर्दैन ः स्थानीय बासिन्दा

रमेश विवश बाजारा/कुमार गौतम
हेटौँडा असार-नेपालको बहुचर्चित स्थान मध्ये मकवानपुरको पदमपोखरी पनि नेपाली जनताको लागि अपरिचित क्षेत्र होइन । हरेक स्थानको आ-आफ्नो पृष्ठभूमी हुन्छन् जस अनुसार हेटौँडा नगरपालिकासँग सिमाना जोडिएको पदमपोखरी एक दशक पहिला चेलिबेटी बेचविखनमा नेपालकै बहुचर्चित क्षेत्रभित्र परेको थियो । समाजका असल नागरिकको पहलमा त्यस क्षेत्रलाई चेलिबेटी बेचविखन क्षेत्रबाट छुटकारा दिलाउन राष्ट्रिय स्तरमै ठूलै समय एवम् पहलकदमी चालेको यथार्थता प्रष्ट छ ।
अहिले पछिल्लो समयमा पदमपोखरी अवैध धन्दाको राजधानी बन्दैछ । लागु औषध सेवन गर्नेदेखि लागु औषध व्यापार गर्नेको ठूलो ग्याङ् छ पदमपोखरीमा । जिल्लामा ग्याङ् फाइट गरेर जिल्लाबासीमाझ आतङ्क फैलाउने कार्यमा मात्र नभई स्थानीय व्यापारीसँग हप्ता उठाउने कार्यमा पनि त्यस क्षेत्र अग्रपङक्तीमा रहँदै आएको छ । पदमपोखरीलाई अवैध धन्दाको अखडा बनाई कारोबार गर्नेहरु अधिकांशसँग चाइनिज पेस्तोल नलकटुवा बन्दुक रहेको जानकारीमा आएको छ । यहाँ अवैध हतियारहरुको प्रशस्त कारोबार हुन्छ । लागुऔषध ओसारपसारको मुख्य राजमार्ग नै मान्छन् पदमपोखरीलाई । स्थानीय जनता त्यहाँका चुल्ठेमुन्द्रे ग्याङस्टरहरुसँग त्राहित्राही भएर बाँच्न विवश छन् । दैनिकीजसो लुटपाटका घटना हुन्छन् । चोरी डकैतीको सिलसिला क्रमिक रुपले बढ्दो छ । स्थानीय बासिन्दाले ढुक्कको श्वास फेर्ने कहिले त मकवानपुर जिल्ला र जिल्ला बाहिर दिन प्रतिदिन मोटरसाइकल चोरी हुने प्रकि्रया बढ्दो छ । चोरी भएका अधिकांश मोटरसाईकल पदमपोखरी नै पुग्ने गरेको जानकारीमा आएको छ । मोटरसाईकल चोरीमा पदमपोखरीको नाम अग्रपङ्क्तीमा आउने गरेको छ ।
मकवानपुर जिल्लामा प्रशासनको पहुँच नपुगेको भन्न मिल्दैन । यहाँ जिल्ला इलाका वडा मात्र नभई बिकट भेगमा पनि प्रहरी चौकीहरु प्रशस्त छन् । तर प्रशासनले गर्ने कामप्रती सन्तुष्टी व्यक्त गर्नेहरु कमै पाइन्छ । पदमपोखरी र त्यस क्षेत्रभित्र फस्टाएको अवैध धन्दाको बारेमा पदमपोखरी प्रहरी चौकीका इाचार्ज हरिकुमार श्रेष्ठ भन्नुहुन्छ "पदमपोखरीमा लागु औषध सेवन र व्यापारको घटना अहिलेसम्म जानकारीमा आएको छैन ।" श्रेष्ठकै अनुसार पदमपोखरीमा कुनै त्यस्ता गैरकानूनी कि्रयाकलाप भएको छैन । तर यस कुरालाई जिल्लाबासी र त्यहाँका स्थानीय बासिन्दा मान्न तयार छैनन् । पदमपोखरीमा चोरीका मोटरसाइकल प्रशस्त भएको तर ति मोटरसाइकलहरुलाई नियन्त्रणमा लिने प्रयास नभएको कुरा श्रेष्ठ आफैँले स्वीकार्नु भयो ।
श्रेष्ठले भन्नुभयो "चोरीका बाइक छ्यापछ्याप्ती छन् तर तिनलाई कारवाही गर्न माथिबाट आदेश आएको छैन ।" वहाँले गुनासो गर्नुहुन्छ "राजनैतिक दवावका कारण पनि हामीले त्यस्ता अपराधीलाई कारवाही गर्न सकेका छैनौँ ।"
श्रेष्ठ भन्नु हुन्छ "पदमपोखरीमा कुनै त्यस्तो गैरकानूनी कार्य भएको छैन ।" तर स्थानीय बासिन्दा भन्छन् "त्यस्ता गैरकानूनी काम गर्ने समूहलाई प्रहरीले आश्रय दिएको छ । त्यसकारण कारवाही गर्न मान्दैन प्रहरी प्रशासन ।" खास कुरा के हो त यस्ता गैरकानूनी कार्यमा संलग्नहरुसँग प्रहरीको साँठगाँठ हो होइन भने यस्ता आपराधिक कार्य हुने अखडामा किन ध्यान जाँदैन प्रहरीको त्यहाँका प्रहरी जवान प्रायः क्यारेमबोर्ड खेल्नमै व्यस्त हुन्छन् । तर श्रेष्ठ भन्छन् "हामी जम्मा आठ जवान मात्र छन् । नियमित गस्ती गर्ने स्रोतको कमी छ ।"
प्रहरी चौकी आसपासमा गैरकानूनी रुपमा भित्रिएका अवैध हातहतियार प्रदर्शन गर्दै हिँड्छन् ग्याङ्स्टरहरु । जनताले देख्छन् तर प्रशासनले किन देख्दैन गाँजा चरेस नाइट्राभ्याट नाइट्रोसन फे_िन्सडाइल जस्ता लागु औषध मात्र नभई अति मूल्यवान ब्राउन सुगरको समेत सेवन एवम् कारोबार हुने गरेकोमा जनताको नजर पुग्छ तर प्रशासनको नजर किन पुग्दैन राष्ट्रिय स्तरकै मस्ट वान्टेड डनु हरुको भेला हुन्छन् तर प्रशासन कारवाही होइन संरक्षण दिन्छ आखिर किन के प्रशासन गुण्डाराजहरुको सेवक हो होइन भने कारवाही खोई सिमित व्यक्तिका कारण पदमपोखरी इतिहासमै बदनामीको शिकार भयो तर आफू सिमित रहेन । यसले पदमपोखरी मात्र नभई सम्पूर्ण मकवानपुरबासीलाई पनि उही बदनामीको संज्ञा नदेला भन्न सकिन्न । त्यसैले आफु र आफ्नो समाज निर्माणमा हामी सबै सहकार्य गरौँ ।

करेन्ट सट हुँदा एक घाइते


जनवाद संवाददाता
हेटौँडा असार-नेपाल विद्युत प्राधिकरणको मुल गेट अगाडी रहेको तीन तले भरमा ६६ केभी प्रशारण लाईन सट हुँदा उक्त घरमा निर्माण सम्बन्धी काम गर्ने बारा पिपरा निवासी एक मजदुर गम्भिर घाइते भएका छन् ।
दिउँसो पानी परिरहेको समयमा नरेन्द्रबहादुर महर्जनको तीन तले घरको छतमा काम गरिरहेका मजदुरले उक्त घरको छतमा रहेको फलामको पाइपलाई एकातिर तह लगाएर राख्न खोज्दा उक्त पाइपले विरगाजतिर लगिएको ६६ केभीको प्रशारण लाइनको तारलाई छुँदा करेन्ट लागेको थियो । करेन्ट लागी सख्त घाइते भएका उक्त मजदुरलाई हेटौँडा अस्पतालले उपचारको लागि भरतपुर रिफर गरेको थियो । हाल घाइतेको भरतपुर अस्पतालमा उपचार भैरहे पनि उसको स्वास्थ्य अवस्था भने चिन्ताजनक नै रहेको अस्पताल स्रोतले जनाएको छ । पानी परेको समयमा रकेन्ट सट भएका कारण उक्त घरको अधिकांश विद्युतिय उपकरण जलेर नष्ट भएको छ भने करेन्ट सट हुँदा भयङ्कर ठूलो विष्फोटको आवाज आई उक्त घरको छतको ढलान लगाएत केही स्थानहरु चर्किएको छ । विद्युत प्राधिकरण अगाडी भएको यस घटनाको जिम्मेवार पक्ष को त विद्युत प्राधिकरण या घर मालिक या स्वयम् पिडित पक्ष ६६ केभी को विद्युत लाईन प्रवाह भएको तारदेखि उक्त घरको छतको दुरी जम्म डेढ मिटर मात्र छ । उक्त घर मालिकलाई ६६ केभी प्रशारण लाइनसँगै जोडेर घर निर्माण गर्न अनुमती कस्ले दियो उक्त घर मालिकलाई घटना घटेको एक हप्ता बितीसक्दा पनि उक्त घटनाको जिम्मेवारी कसले लिने भन्ने कुराको तथ्य जानकारी अझै बाहिर आएको छैन । उक्त घटनाको जिम्मेवार कसले लिने र घटनामा घाइते भएको मजदुरलाई क्षतीपूर्ती कसले दिने
घटनाको विषयलाई लिएर विद्युत् प्राधिकरणमा बुझ्न जाँदा प्राधिकरणका लेखाप्रमुखले ूप्रशारणलाइन प्रवाह भएको तारको २५ मिटर वरीपरी घर बनाउन प्रशासनले पनि रोक लगाएको छ । तर के गर्नु घर बनाउनेहरुले टेर्दैनन् ।ू प्राधिकरणका कर्मचारी हरुका अनुसार पहिलेदेखि नै प्रशारण लाइनको तार भएको वरपर घर बनाउन नपाउने सूचना जारी गरेर प्रशासनबाट नै अनुमतीमा रोक लगाएको कारण उक्त घटनाको दोषी प्राधिकरण नरहने बताएका छन् ।६६ केभी विद्युत प्रवाह भएको जोखिमपूर्ण र खतरनाक स्थानमा घर बनाउने घर मालिक उक्त स्थानमा घर बनाउनको लागि नक्सा पास गर्ने निकाय र उक्त स्थानमा घर बन्न लाग्दा पनि निर्माण कार्य रोक्न पहल नगरी मुक दर्शक बनेर बस्ने प्रशासन तथा स्वयम् विद्युत् प्राधिकरण यि चारै पक्ष पूर्ण रुपमा दोषी देखिएको छ यस घटना घट्नुमा ।
आगामी दिनहरुमा फेरी पनि यस्ता घटनाहरु घट्न नदिन सम्बन्धित सबै पक्ष सजग र सचेत हुनु अवाश्यक छ ।

सम्पादकिय

सन्चार क्षेत्रलाई राजनैतिक वन्दी नबनाइयोस्
हाम्रो देशको विगत र वर्तमान पत्रकारिताको इतिहासलाई हेर्दा पत्रकारहरुलाई उपयोग गरेर फाइदा लुट्नेमा सबैभन्दा बढी राजनैतिक दलका नेता र कार्यकर्ताहरु बढी पाइन्छ । राजनैतिक दलले आ-आफ्नो कर्तुतहरु लुकाउन आफु निकटको साचार क्षेत्रलाई उपयोग गर्ने गरेको कुरा समय-समयमा चर्चामा आइरहेको छ । साचारकर्मीको भाव दर्द र कला कौशलताको फाइदा लुट्दै नयाँ इतिहास लुट्ने दौरानमा कुनै पनि राजनीतिक दल अछुतो भने पक्कै छैन । के साचारकर्मी र स्वतन्त्र प्रेस कुनै न कुनै राजनीतिक दलको पेवा हो त होइन भने किन यहाँ पार्टी विशेष समाचारको प्रभाव पर्छ साचारकर्मी र साचार क्षेत्र भनेको सत्य तथ्य सूचनालाई हरेक ठाउँउमा स्वार्थ विहिन रही सम्प्रेषण गर्ने दायित्व हो । तर लाग्छ यहाँ पक्कै पनि त्यो हुन सकिरहेको छैन । राजनीतिक पार्टी विशेष र राजनैतिक व्यक्ति विशेषको परिधिमा रही समाचार सम्प्रेषण गर्दा समाजलाई सत्य तथ्य समाचार सम्प्रेषण नहुन सक्छ । साचारकर्मी भनेको वौद्धिक अभ्यासी हो । कुनै दलको कार्यकर्ता होइन न त कुनै व्यक्तिको पेवा पनि तर यहाँ त्यो हुँदैन । यहाँका प्रकाशन नेता र दलसँग नङ् र मासुको सम्बन्ध राख्छन् । यहाँ खराब नेताको गुणगान लेखिन्छ जय जकार लेखिन्छ तर ग्रामिण भेगका समाचारले स्थान पाउँदैन । हामी देश र जनताको भलो चाहने मान्छे कुनै दल र नेताको लंगौटी बनेर कलम चलाउने प्रकि्रयाको खुलेरै विरोध गर्छौं । हामी कुनै दल र नेता विशेष भन्दा समाज रुपान्तरणलाई बढी प्राथमिकता दिन्छौं भ्रष्टाचार रहित समाजको निर्माणमा सदा लेखिरहने छौँ । जनताको भाव मर्म र विचारले रचिएको नयाँ जनवाद निर्माणमा सदा कलम चलाइरहने छौँ । हामी इतिहास बदल्ने सोँच र संकल्पलाई सदा सम्मान गर्दछौं । कुनै राजनीतिक दल र दल विशेष नेताको राम्रालाई राम्रै र नराम्रालाई खेदो खन्नेछौँ भन्ने प्रतिवद्धता पनि जाहेर गर्दछौँ । प्रकाशनको दौरानमा हुने कुनै पनि वाधा व्यवधानलाई आत्मसाथ गर्दै सत्य तथ्य समाचार प्रकाशन गर्न एवम् सूचनाको पहुँच नपुगेका बस्तीमा सूचनाको दियो बाली निरन्तर पुगिरहन कुनै पनि संघर्ष हाम्रा लागि मान्य छ । अहिले साचार क्षेत्रलाई राजनैतिक एवम् दल विशेष नेताले आफ्नो वन्दी बनाइरहेको स्पष्ट हुन्छ । अतः जनवाद यि नेता एवम् राजनैतिक दलबाट टाढा रही समाजमा यथार्थ सूचना प्रवाह गर्न सबैलाई हातेमालो अभियानमा सहकार्य गर्न हार्दिक अनुरोध गर्दछु ।

संविधान निर्माणको सवाल शोषक र शोषितवर्ग बिचको राजनैतिक संघर्ष हो ।


इन्द्र ब. परियार-नयन
एकादेशको प्रजातन्त्रवादी पार्टी नेपाली कांग्रेस अहिले विदेशी दलालमा परिणत भइसक्यो । सोही बेलाको अब्बल दर्जाको क्रान्तिकारी कम्युनिष्ट पार्टी एमाले भाई कांग्रेसमा परिणत भइसक्यो ।
यसरी कांग्रेसले राष्ट्रियतामाथि धावा बोल्यो भने एमालेले जनतन्त्र अर्थात् किसान मजदुरमाथि नै घात गर् यो । अहिले यी दुबै पार्टीहरु अब्बल दर्जाका शोषक वर्गीय पार्टीमा रुपान्तरित भई हिजोका पाचहरुका ठाउँमा पदस्थापन भएका छन् र पाचायती निरंकुशताको अनुशरण गर्दैछन् । त्यो भनेको प्रथमतः अग्रगमनको राजनीतिलाई निषेध गर्नु हो ।
जनता सँधै अग्रगमनको पक्षधर हुन्छन् र परिवर्तन खोजिरहन्छन् । जनताले सधैँ न्याय समानता र स्वतन्त्रता चाहन्छन् । जुन राजनैतिक पार्टीले यि मुद्दाहरु संबोधन गर्छ त्यसलाई नै जनताले समर्थन र साथ दिइरहन्छन् । यो इतिहाससिद्ध तथ्य हो । हिजो राणा शासनको विरुद्ध उभिँदा कांग्रेस अग्रगमनको पक्षधर देखिएको थियो र त जनताले साथ दिए । हिजो पाचायती व्यवस्थाको विरुद्ध वर्गसंघर्ष गर्ने एमाले कम्युनिष्ट जस्तो देखिएको थियो र त जनताले काखी च्यापे । तर आज ति पार्टीहरु दक्षिणपन्थी दलाल र घोर प्रतिगामी कित्तामा बिलय भइरहेका छन् । जसको कारण राष्ट्रप्रेमी जनतन्त्रप्रेमी पक्षधर जनता राष्ट्रियता र जनतन्त्रको झण्डा बोकी अविराम जनतामा गुहार माग्ने माओवादीलाई साथ र समर्थन गर्न राजी भए जुन तथ्य दशवर्षे जनयुद्ध र संविधानसभा चुनाव हुँदै त्यस यताको राष्ट्रिय स्वाभिमानको आन्दोलनमा देखिँदै आएको छ । यही अग्रगमनको राजनीतिलाई निषेध गर्न निर्वाचनमा पराजित भएका कठपुतली भ्यागुताहरु डिलमुनी बसेर भावी जनताको संघीय गणतन्त्रको कान्ला उक्लिने निरर्थक उप्रुाइ गरिरहेका छन् तसर्थ अग्रगमनका पृष्ठपोषकहरु एकठाउँमा उभिएर पश्चगामी तथा प्रतिगामी राजनीतिलाई निषेध गर्न टड्कारो आवश्यकता बनिसकेको छ ।
दोस्रो भनेको शान्ति प्रकि्रयालाई भङ्ग गर्नु हो । किनभने कांग्रेस एमाले लगायतका संसदीय पार्टीहरुले पूर्व राजासँग मिलेर माओवादीका नाममा हजारौँ जनताको रगत पिएको स्वाद अझै बिसे्रका छैनन् र अझै कुनै न कुनै तरिकाद्वारा जनताको रगत पिइरहने अभिलाषामा छन् । तर रक्त पिपासु कठपुतली सरकारलाई शान्ति प्रकि्रया नै बाधक बनिदियो । त्यसैले उनीहरु कुनै पनि बहानामा शान्ति प्रकि्रया भङ्ग गर्ने दिनानुदिनको षड्यन्त्रमा तल्लिन छन् । यसको अलावा माओवादी पार्टी मुलुकमा युद्ध होइन शान्ति चाहिन्छ िहंसा होइन राष्ट्रमा सिर्जना चाहिन्छ भनेर कठपुतलीहरुको अन्याय र अत्याचारको सिमा हदभन्दा बढी सहेर बसेको छ । यो धैर्यताको बाँध अब फुट्नुपर्ने भएको छ । तसर्थ सम्पूर्ण शान्तिगामी शक्तिहरु मिलेर धैर्यताको बाँध फुटाऔँ र शान्ति विरोधी तत्त्वहरुलाई चिहानमा पुर् याई सुख र शान्तिको निर्माण गरौँ ।
तेस्रो भनेको जनताको संघिय गणतान्त्रिक संविधान बन्न नदिनु हो । नेपाली इतिहासमै पहिलो चोटी महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनपछि नेपालका बहुजाति र बहुक्षँेत्रले आ-आफ्नो स्वशासन सहित संघियताको सुनिश्चितता हुने महिला दलित मुस्लिम लगायतका लिङ्ग तथा समुदायको क्षतिपूर्ति सहित विशेषाधिकारको ग्यारेन्टी हुने संविधान निर्माणको महान संघारमा हामी उत्पीडित नेपाली उभिएका छौँ । तर २४० वर्षे शाह वंशीय सामन्ती राजतन्त्रका हिमायती संसदिय फोहरी खेलका नायक पार्टीहरुले संविधान सभालाई बाध्यताबस माने तापनि जनताको संघिय गणतान्त्रिक संविधान निर्माणमा बाधक देखिएका छन् जुन कुरा कठपुतली सरकारका प्रधानमन्त्रीले नै जनतालाई भेंडाबाख्रा सरह ठानी जे भन्दा जे बोल्दा पनि हुन्छ भन्दै कठपुतली मुकुण्डो उघार्दै "संविधानसभा हामीले चाहेकै थिएनौ" भनेर संस्थागत र प्रतिनिधी शब्दरुपी विष वमन गरेकैबाट पुष्टी भैसकेको छ । तसर्थ यो कठपुतली सरकार रहुन्जेल संविधानसभाको म्याद थपिसके पनि संविधान बन्दैन भन्ने कुरा घाम जत्तिकै छर्लङ्गै छ जसको कारण जनताको संघीय गणतान्त्रिक संविधान चाहने शक्तिहरु एकै ध्रुवमा गोलबद्ध हुनुपर्ने आवश्यकता बनेको छ ।
चौँथो भनेको कठपुतली सरकारलाई निरन्तरता दिनु हो । "कहीँ नभएको जात्रा हाँडीगाउँमा" भनेको जस्तै अहिले विश्वमै नभएको जात्रा नेपालमा भएको छ । किनभने सरकार चलाउन शान्ति कायम गर्न र जनताको संविधान निर्माण गर्न एकिकृत नेकपा माओवादी लाई जनताले संधिवानसभा मार्फत प्राधिकार सुम्पेका थिए । अहिले जनताबाट जितेको पार्टी सडकछाप जस्तै भएको छ र जनताले लत्याई रछ्यानमा पुर् याएको भाइरसहरु सरकार र सत्तामा पुगेका छन् । त्यसैले नेपालमा माथिको उखान लागु भएको छ । यो उखान लागु भएको देखेर पूर्व राजा ज्ञानेन्द्र पनि दङग परेका छन् र यही मौका छोपी देशलाई विनासकारी धार्मिक साम्प्रदायिक युद्धतिर धकेल्न धार्मिक दौडाहामा बुर्कुसी मारिरहेका छन् । यसो गर्न पूर्व राजालाई यि कथित लोकतन्त्रका हिमायती कठपुतली सरकारको देन र आशिर्वाद नै छ । यो संसदिय पार्टीहरुको सके राजतन्त्रलाई पुनस्र्थापित गराएर शोषकवर्गीय सत्ता र कठपुतली सरकार बचाउने कसरत र नसके विदेशीलाई यो सुन्दर राष्ट्र सुम्पिने धृष्टता नै हो । त्यसैले "आए आँप गए झटारो" भने जस्तै बचे लुटको स्वर्ग नत्र राष्ट्र नै स्वाहा पार्ने राष्ट्रघाती चिन्तन र प्रवृत्ती हावी रहुन्जेल न राष्ट्रिय सहमती नै बन्छ न भएका सहमतीहरु नै कार्यान्वयन हुन्छ । यो त क्रान्तिकारी शक्तिलाई अलमलाउने र जनतालाई निराश बनाउने चाल तथा कठपुतली सरकार टिकाउने दाउ मात्र हो । तसर्थ राष्ट्रिय सहमतिका साधकहरुले कठपुतली सरकारलाई गेट आउट गराउन दरिलो मोर्चा कस्न जरुरी छ ।
निकास
रक्तपातपूर्ण राजनीति महान जनयुद्ध गरे पनि रक्तपातविहिन शान्तिपूर्ण राजनीति गरे पनि एनेकपा माओवादी ले निरन्तर राष्ट्रियतालाई शिरैमा राख्दै आएको छ । जनतन्त्रलाई मनमै सजाएको छ । जनजीविकाको ग्यारेन्टी गर्न किसान मजदुरलाई राजनैतिक साधना दिलाएकै छ । तर यतिले मात्र पूर्ण विजय संभव छैन । किनभने यतिबेला शान्तिपूर्ण राजनैतिक संघर्ष चरम उत्कर्षमा पुग्दैछ तथा शोषकवर्ग र शोषितवर्ग बिचको शान्तिपूर्ण राजनीतिक संघर्ष करिब करिब अन्त्य पनि हुँदै छ । किनकी नेपालका दलाल नेता र पार्टीहरुलाई भारतीय विस्तारवादले सिधै नेतृत्त्व प्रदान गरेको छ जसको कारण शान्ति र संविधान निर्माणमा सोझै असर परेको छ । यसरी रुप पक्षमा शान्ति र संविधान निर्माणमा झगडा भएको जस्तो देखिए पनि सारमा अध्यक्ष क। प्रचण्डले भन्नु भएको जस्तै रुपमा देशभित्रका दलहरु भित्र लडाईं भए जस्तो तर भित्री कुरा भारतिय विस्तारवादसँग नै राष्ट्रियताको सवालमा पैंठेजोरी परेको छ । तसर्थ यो राष्ट्रिय स्वाभिमानकै लडाईं भएकोले अब एउटा वर्ग विशेषको मात्र सवाल रहेन । यो सम्पूर्ण राष्ट्रवादीहरुको सवाल हो । त्यसैले समूहगत जातिगत दलगत स्वार्थदेखि माथि उठेर राष्ट्रिय स्वाभिमानलाई लक्ष्य बनाई नेपाल आमालाई बचाउन राष्ट्रवादी मोर्चा बलियो बनाउनै पर्ने भएको छ ।

ठूलाबडाको बोली बन्दूकको गोली

शिवराज बस्ताकोटी
दश वर्षे जनयुद्ध र ६२-६३ को जनआन्दोलनबाट के उपलब्धि भयो त जनताले के पाए जनताले देशको लागि के गुमाए नेताले के पाए देशको के गुमाए वास्तवमा भन्ने नै हो भने जनताले जति गुमाए जति जनता गुमे बेपत्ता भए घाइते भए विस्थापित भए कसको लाग भए कि भए यी विषयहरु संगै नेताहरु किन यतिभातीँ अन्जा भैरहेछन् कति शहिद परिवार बेपत्ता परिवार घाइते परिवामाथि के गुजि्ररहेछ कहिकतै कुनै नेताहरुलाई चासो छैन ।
यहाँ देशले के पायो जनताले के पाए नेताहरुले के पाए यस बोरमा सबैको ध्यान जानु जरुरी छ । आखिर फाइदा कसलाई पुगिरहेछ दश वर्षे जनयुद्ध जन-आन्दोलन यी दुवै अवस्थामा जनता नै मरे चाहे जनता हुन आखिर गरिब मात्र मरे । निर्धन मात्र जनता हुन् आखिर गरिब मात्र मरे । निर्धन मात्र मरे । तर हिजो जनआन्दोलन जनयुद्धमा जसले दमन गर्न आफ्नो हैकम शासन सत्ता चलाउन प्रयास गरे आज देश परिवर्तन भयो गणतन्त्र आयो देशले एउटा करबट बदल्यो तैपनि जनता त्यहि करबटमा झन् झ्न च्यापिदै निसासिएर जीवन धान्न बाध्य हुनु परेको छ ।
के राजसंस्था फाल्नु मात्रै उपलब्धि हो त होइन किनभनेम हिजा ज्ञानेन्द्रकै आसेपासे भरौटे चरौटे बैठके हुक्के चिलिमे फुल चढाउने देखि लिएर मोहोर चढाउने यात्रा तय गरेकाहरुले नै राजा ज्ञानेन्द्रलाई पाखा लगाउने भुमिका निर्वाह गरे किन गरे भने अव जनताको राजसंस्थाप्रति विश्वास टुट्यो भन्ने यिनलाई विश्वास भयो । विश्वास टुटाउने भूमिका पनि यिनैबाट भयो तव फेरि बाँदर छलाङ हानेर स्वयम्भुका बाँदरझैँ जन आन्दोलनको हाँगा समाउँदै आन्दोलनमा पछि-पछि भाषण गर्ने बेला अघि अघि बढ्दै छेपारे छेपारोको जस्तो गरी राजनीतिक रंग फेर्दै जनताको माझमा विगतलाई विस्रन आग्रह गर्दै वतर्मानमा कटिबद्ध लाग्ने छौं भन्दै भविष्यमा देश र जनताप्रति हुने कुनै पनि गद्धारी गर्ने छैंनौं भनी शपथ खाए । जनताले पनि पत्याए । नेपालका जनता महान् विचारका छन् भन्ने कुरा विश्वसामु देखाइदिए तर यी राजनीतिक पिपाशुहरुले जनतालाई त के विश्वलाई पनि आफ्नो राम्रो पहिचान दिन पनि सकेनन् ।
अव त नेपाली जनताले त के विश्वले नै यिनको विश्वास गर्ने अवस्था पनि रहेन दुई दुई वर्षसम्म तछाड मछाड सम्पत्ति फिर्ता विघटन समायोजन प्याकेज सहमतिका लागि सहमति भन्दा-भन्दै विदेश भ्रमण चाकरी चाप्लुसी उद्घाटनमा मात्र व्यस्त रहे राज्य कुन खाडमा पुगिसक्यो यिनलाई के थाहा ।
भनाइ नै छ आगे चेते चेते नाई पिछे चेते होते नही । अव पनि यस्तै गरी अघि बढ्दै गए भने १ वर्ष पनि कति हो र माथि कै भनाइ लागु नहोला भन्न सकिन्न र जनता हिजो जति ढुक्क थिए अव त्यति ढुक्क र विश्वास गर्ने ठाउँ पनि यी नेताहरुले राखेनन् । शब्द परिवर्तन गर्दैमा ढाँचा परिवर्तन गर्दैमा देश परिवर्तन हुँदैन सोच परिवर्तन हुनुपर्छ । आफै परिवर्तन हुन सकिरहेका छैनन् यो देशमा जहिले पनि विश्वमै यथासोचमा रहन चाहने र अग्रगमन परिवर्तन चाहने हककै लडाइँ हुन्छ यहाँ परिवर्तनको संघारमा राष्ट्र पुग्न थाल्यो कि कतै कतैबाट भित्रै प्रवेश गरेर भए पनि राष्ट्रलाई नै यथास्थितिमा राख्न चाहनेमहरुले कुनै न कुनै रुपमा भाँजो हाल्ने जुन प्रवृत्ति छ त्यसले गर्दा उनीहरु अग्रगमनमा एउटा खुट्टा राख्छन् अर्काे खुट्टा दिमाग र यथास्थितिलाई नै छोड्न नसक्ने झैं दोधारे अवस्थामा नै स्थापित हुन चाहन्छ । भित्र एउटा कुरा सोच्छन् बाहिर व्यवहार बोली अर्को हुन्छ ।
यहाँ बाहिर गणतन्त्रको घण्टी बजाउने भित्रभित्रै अकैै्र ऐसआराम हो वा विगतलाई छोड्न नसक्ने ती नेताहरुलाई आफैमा गणतन्त्रप्रति विश्वास नभए जस्तो छ । यो संविधान सभा यो नयाँ संविधान निर्माणमा जब यो देशका प्रमुखहरुकै चाहना रहनेछ कसैलाई खुसी पार्न गणतन्त्रको पुजारी बन्नकै लागि मात्र हो भने अव जनताले कसरी विश्वास गर्ने बुढाबुढीले भन्छन् ठूलाको इमान्दारको बोली बन्दुकको गोली सानाको बोली आज आए भोली भोली आए । भोली आए भने जस्तो यहाँ देखिएन । यहाँ त ठीक उल्टो हुँदैछ यो देशका नेताहरुको चर्तिकला देख्दा इमान्दार पनि बेइमानी हुने सम्भावना बढ्दै गयो । ठुलाको जिब्रो त चिप्लिन्छ भने हाम्रो किन चिप्लिन्न भन्न सक्ने अवस्था सिर्जित हुने भयो । यो एउटा
राष्ट्रको महा रोग भयो माफ माग्नु क्षमा माग्नु जति महान् हुन्छ त्यति जिब्रो चिप्लियो भन्नु महान् हुँदैन ।
सवारी हाँक्दा यात्रुहरुलाई मेसिनरी पार्टपुर्जा टुट्यो फुट्यो स्टेरिङ फेल भयो ब्रेक लागेन वा बेरिङ गयो एक्सीलेटरको तार छिन्यो गियर खराव भयो भन्यो भने यात्रुहरु पनि चुप लाग्छन् दुर्घटनालाई स्वीकारर्द छन् । यदी ब्रेकमा गोडा राखेको चिप्लियो उता हेरेको स्टेरिङ कन्ट्रोल भएन र चिप्लियो भने क्षमा दिइदैनन् उल्टै झपार्छन् भने यो राष्ट्रलाई हाँकेर हिँडेका राष्ट्र चालकले बोली चिप्लियो जिब्रो नै लर्बरायो भन्नु कहाँ सम्मको गैर जिम्मेवारीपन हो । यहाँ जनतातते चिप्लो हुँदैछ । भैसक्यो शहिदका सपना चिप्लिए घाइते बेपत्ता परिवारको आशा भरोसा चिप्लियो जनताका चाहना चिप्लिए संविधानको समयावधि चिप्लियो यहाँ कहाँ को के कुरामा चिप्लिएनन् र जिब्रो न चिप्लियोस् जनताले गणतन्त्र आए पछि यी सबै नेताहरुले सत्ता चलाए पछि दिगो शान्ति नयाँ संविधान बन्ला देशले कोल्टो फेर्ला भन्ने त परै जावोस् । झन् कुकुर बिरालो जस्तै आफ्नै पार्टीभित्रै दबाएर ड्याङरर कुकुर भुकाइ गर्छन् भने यिनले देश बनाउँछ न देश र जनतालाई माया मान्छन् भन्ने कुरालाई अव कसरी र कसले विश्वास गर्ने कमसेकम यी नेताहरुले कति ठाउँमा कुकुर बिरालो संगै कति मिलेर बसेको देख्नु पर्ने हो देखनन् कि खोई कुन्नी जब माथि नै त्यस्तो हुन्छ भने तल कार्यकर्ता जनतामा के प्रभाव पर्ला । यिनले सोचेका छन् त बुद्धिको बिर्काे खुले पो त
- पोखरा कास्की

"जनवाद" जनवादकै निम्ति बनोस्


कौशल पाण्डे
सिङ्गो देश जनवाद प्राप्तीको नयाँ अभियानमा लागिरहेको बेलामा "जनवाद" नै हातमा लिएर संगीन जी जस्ता जागरुक युवाहरु पत्रकारिता क्षेत्रमा देखिनु भएको छ । यसबाट के आशा गर्न सकिन्छ भने निश्चय पनि जनवाद प्राप्तिको लागि उठिरहेका जनताको अभियानले यसबाट साथ पाउने छ ।
एकथरी मानिसहरु पत्रकारिता पेशाबारे टिप्पणी गर्दा ज्यादै गाह्रो पेशा हो भन्ने गर्छन् । पेशाको दृष्टीकोणले हेर्दा अरु-अरु पेशाभन्दा यो अली फरक त होला तैपनि यो पेशा त पेशै हो । अरु पेशा भन्दा यो पेशामा पाइने भिन्नता भनेको यसले बढी सामाजिक अन्तरकि्रयामा भाग लिनु पर्दछ । सामाजिक अन्तरकि्रयामा भाग लिनुको अर्थ पत्रकारितामा लाग्नेले बढी मात्रामा समाजलाई बुझ्ने अवसर प्राप्त गर्दछ । इमान्दारिपूर्वक पत्रकारिता गर्नेले त समाजभित्र रहेका तमाम अन्तरविरोधहरु राम्ररी केलाउन र बुझ्न सक्छ । त्यसैले एउटा सक्षम पत्रकारले सामाजिक अगुवाको भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरामा दुई मत नहोला । पत्रकारहरु बौद्धिक अभ्यासी हुन् । बौद्धिक अभ्यास गर्ने क्रममा उनीहरुले आफु बसेको समाजको बनौट बारे पनि थाहा पाउनु पर्ने हुन्छ । वर्गीय समाजमा विभिन्न सामाजिक वर्गहरु स्वभाविकै रुपमा हुने गर्दछ । पत्रकारितामा लाग्नेहरुले समाजमा विद्यमान वर्गहरुमध्ये कुन चाहिँ वर्गको हित हुने गरी चल्ने भन्ने बारे यकिन गर्न सक्नु पर्छ । यसको निम्ति एउटा सक्षम पत्रकार हुन र तदनुरुपको वौद्धिक अभ्यासलाई अगाडी बढाउन उनीहरुले आफू कुन दर्शनमा उभिएर प्रस्तुत हुने हो यसबारे स्पष्ट हुनु जरुरी छ । त्यसैले मलाई के लाग्छ भने पत्रकारहरुले आफ्नो जीवन दर्शन किटान गर्नैपर्छ र आफ्नो मान्यता र आस्था निर्धारण गर्नैपर्दछ । एकथरी पत्रकारिता क्षेत्रमा लागेकाहरु आफूलाई विशेष मानिस भएको बुझ्ने गर्दछन् । वास्तवमा यस्तो धारणा राख्नेहरुले जीवनलाई नबुझेकै हुन् । अझ कोहीकोही त समाजमा हुने नहुने काम गरेर ढाडे पल्टिएकाहरुको अगाडी गिडगिडाउन पाउँदा आफूले पराक्रम गरेको पनि ठान्ने गर्छन् । साँच्चि नै भन्नुपर्दा अहिलेको बजारमा त्यस्तैहरुको बिगबिगी भएको जस्तो पनि देखिन्छ । केलाएरै हेर्ने हो भने त्यो केही पनि होइन । मुख्य कुरा त तपाईंले गरेको पत्रकारिताबाट जनताको मनमा ठाउँ पाएको हुनुपर्छ । मलाई लाग्छ तपाईं युवाहरु पनि यही कुरा बुझेर नै यस क्षेत्रमा लाग्न खोज्नु भएको छ । यसमा तपाईंहरु सफल हुनुहोस् । तपाईंहरुको कामबाट हामी अली अघीकाहरु बढी से बढी आशावादी हुन सक्ने स्थिती बन्यो भने त्यो नै तपाईंहरुको सफलता हो ।
अन्तमा यदाकदा पत्रिका निकाल्नु मात्रै ठूलो कुरा होइन त्यसलाई निरन्तरता दिनु महत्त्वपुर्ण कुरा हो । यो कुरा तपाईंहरुले पनि बुझ्नु भएको छ । जनहितलाई नै आधार बनाएर तपाईंहरु काम
गर्नुहोस् । जनताले यो "जनवाद" रुपी विरुवालाई निश्चय पनि गोडमेल गर्ने छ र एकदिन न एकदिन तपाईंहरु निश्चय पनि फक्रनु हुनेछ ।

जन विचार

राष्ट्रिय सहमतीको सरकार निर्माण नहुनुको मुख्य कारण के होला ?
इन्द्रबहादुर परिया 'नयन'
जिल्ला सेक्रेटरी, एनेकपा माओवादी
एकिकृत नेकपा माओवादी पार्टी बाहेक अन्य राजनीतिक दलहरुभित्र दक्षिणपन्थी सोँच प्रतिगामी चिन्तन र राष्ट्रघाती भावना भएका नेताहरु हावी भएकाले समग्र पार्टीहरु नै स्वतन्त्र निर्णय राष्ट्रिय हितको निर्णय गर्न नसक्ने भएका छन् जसको कारण राष्ट्रिय सहमतीको सरकार बन्न नसकेको हो । देश बाहिरबाट निर्देशित र परिचालित भएका पार्टी र नेताहरुकै कारण राष्ट्रिय सहमतीको सरकार बन्न नसकेको हो ।
माइकल रामचन्द्र अर्याल
जिल्ला सभापती, नेपाली कांग्रेस
२०६७ जेठ १४ गते गरिएको तीन बुँदे सहमती कार्यान्वयन गर्न ठूला राजनीतिक दलले आनाकानी गर्नु नै राष्ट्रिय सहमतीको सरकार निर्माण हुन नसक्नु हो ।
केदार न्यौपाने
नेता, नेकपा एमाले
सर्वप्रथम त तीन दलको दृष्टीकोणमा फरक छ । संविधानका आधारभुत सिद्धान्त माथी सहमती नहुनु ठूला दलले आफू अनुकुल संविधान बनाउन खोज्नु एवम् साझा आन्दोलनको बलमा ल्याएको संविधान निर्माणलाई पार्टी विशेष बनाउन खोज्नु एउटा दलले अर्को दललाई सहमति र सहकार्य नभई क्रस गर्न खोज्नु नै मुख्य कारण हो । केही गरी संविधान बनेन भने शक्तिको आधारमा सरकार चलाउने खेलको सम्भावना देखिनु संविधान निर्माण प्रकि्रया आफैँमा विमेल भएको एवम् संविधानको मत नमिलेसम्म राष्ट्रिय सरकार निर्माण नहुने भएकाले यस्को मुख्य दोषि तीन ठूला राजनैतिक दल हुन् ।
भीमसेन महत
जिल्ला सचिव, नेकपा माले
विशेष गरी ठूला राजनीतिक दलको आ-आफ्नै खाले स्वार्थ जोडिएको छ । स्वभाविक रुपमा एकिकृत नेकपा माओवादी को नीतिगत भिन्नता छ । दश वर्षे जनयुद्धको बल एवम जनताको धेरै मत पाएकाले उसको अहमता हुनु एकातिर छँदैछ भने अर्कोतर्फ एमाले कांग्रेस संविधानप्रति उत्तरदायी नदेखिनु नै राष्ट्रिय सहमतीको सरकार निर्माण नहुनुको मुख्य कारण हो अर्कोतर्फ ठूला राजनीतिक दलको सैद्धान्तिक मत भिन्नता नै प्रमुख कारण हो ।

फरक दृष्टी

नेपालको राजनीति वृत्तमा अत्याधिक चर्चा पाएको अक्षर : स
नेपाली राजनीति वृत्तमा आजकल देवानागरीको स अक्षरले एउटा तरङ्ग नै ल्याएको छ । बहुदलीय व्यवस्थामा जसले जसरी प्रयोग गरेपनि हुने जसरी विश्लेषण गरे पनि हुने अक्षर ुसु ले जनतालाई भने अन्योलमा पारेको छ । यति धेरै बजार पाएको स को अर्थ सहमति सरकार वा संविधान हो भन्ने कुराको चुरो फुकाउन निकै नै गाह्रो भएको छ जनतालाई । यो अक्षर जनतालाई घुमाउने कुनै तान्त्रिक मन्त्र पो हो की भन्ने लाग्न थालेको छ राजनीतिक दलहरु र त्यसका शीर्षनेताहरुका दिनहुँ जसो फेरिने अभिव्यक्तिले । देवानागरिको स अक्षर प्रतिको दलहरुको बुझाइमा वास्तविकता जनताप्रतिको धोका सिवाय केहि बन्न नसकेको आभास छ जनतालाई । दलहरुको इतिहास भुल्ने प्रवृत्ती र सत्ता मोहकै कारण दलहरुबाट बारम्बार बलात्कृत बनेको यो स अक्षरले जनतालाई कहिलेसम्म लठ्याइरहने हो त्यो भने हेर्न बाँकी नै छ । हुन त राजनीतिमा सबैभन्दा चर्चा पाएको स को मर्मलाई दलहरुले आत्मसाथ गर्नसके जारी गतिरोधको अन्त्य पनि स अक्षरनै हुने कुरा पनि नकार्न सकिन्न । यद्यपि दलहरुको लिँडेढिपि र जुङ्गाको लडाइका कारण सङकटमा परेको स माथि थप प्रहार हुने खतरा पनि उत्तिकै छ । जसले सिङ्गो मुलुक र मुलुकवासिको भविष्य समेत खाडलमा पार्दैछ ।
मुलुकमा धेरै खाले परिवर्तनहरु भए जसमध्ये पछिल्लो परिवर्तन माओवादीले सुरु गरेको १२ वर्षे शसस्त्र जनयुद्ध होस् वा १९ दिने ऐतिहासिक जनआन्दोलनको मुख्य उपलब्धि थियो संविधानसभा । संविधानसभाबाट जनताले अपेक्षा गरे अनुसारकै संविधान जारी हुने र मुलुकमा स्थिरता र दिगो शान्ति कायम हट्नेछ भन्ने जनताको तिब्र आशा संविधानसभाको दुई वर्ष समयावधि बिचमा बहुचर्चित स को अपब्याख्याकै कारण विश्वासमा परिणत हुन सकेन । फेरि अनेक अनर्थ भोगेको अक्षर ुसु ले संविधानसभाले मृत्युवरण गर्दै गर्दा फेरि एउटा ऐतिहासिक मौका पायो र मृत्युकै मुखमा पुगेको संविधानसभाले पुनर्जीवन पायो । तर यसरी फेरि अर्को पटक मध्यरातमा ठाऊँ पाएको स ले सूर्योदयसँगै अनेक लााछना बेहोर्न पुग्यो । तर अझै स अक्षरको खोल ओडेर हामी नेपाली जनतालाई झुक्याइ रहेका यी नेताहरुलाई अझै पनि यसरी खुल्ला छोडिदिने हो भने यो देशमा न त सहमतिको वातावरण नै बन्छ न त सरकार परिवर्तनको शिलशिला नै रोकिन्छ न त देश र जनताले नयाँ संविधान नै पाउँछन् ।
यही स अक्षरको अर्थले देशमा हरेक दिन असुरक्षा िहंसा लुटपाट अपहरण र धम्कीका घटनाले प्रश्रय पाइरहँदा समेत दलहरुलाई देशको बिग्रँदो अवस्था प्रति एक रत्ती चिन्ता छैन । देशका नेताहरु र जनताहरु स को अर्थ खोज्ने काममा व्यस्त भएको यस अवस्थामा यी अपराधिक कार्यले फस्टाउने एउटा राम्रो अवसर पाइरहेको छ । हरेक दिन देश झन् झन् दयनीय अवस्थातिर जाकिरहेको छ । देशलाई निकास दिने र नयाँ संविधान दिने नाउँमा देशलाई यी नेताहरुले दलदलको खाडलमा धकेलेका छन् ।
अझै पनि स को अर्थमा नै अल्झिरहने हो भने यो देशमा एउटा अर्को बिद्रोह हुने सम्भावनालाई पनि नकार्न सकिँदैन । यसरी सधैँ विद्रोहबाट के देशको अवस्थामा परिवर्तन आउँला अनि नेपाली जनता कसरी यो विश्व सामु आफूलाई नेपाली हुनुको गर्वका साथ प्रस्तुत गर्लान् त्यो भने अन्योलको नै विषय छ ।

मकवानपुरमा फस्टायो कुरिलो खेती

जनवाद संवाददाता
हेटौंडा-जिल्ला बनस्पति कार्यालय हेटौडाले असार मसान्तसम्ममा १० हजार कुरिलोको विरुवा उत्पादन गर्ने भएको छ ।
चालु आर्थिक बर्षमा कुरिलोका ३० हजार विरुवा उत्पादन गर्ने लक्ष्यको एकतिहाई मात्रै करिब दशहजार विरुवा उत्पादन हुने भएको हो । ूकुरिलो खेतिका लागि मकवानपुर जिल्ला अत्यन्तै सम्भावनायुक्त भएकोले बनस्पति कार्यालयले यति ठुलो परिमाणमा विरुवा उत्पादन गर्ने लक्ष्य लिएको थियो कार्यालय प्रमुख वेदनिधी शर्माले भन्नु भयो ूतर हामीले लक्ष्य अनुसारको उत्पादन गर्न सकेनौं ।
उनका अनुसार कृषि कार्यालयले उत्पादन गरिएको कुरिलोका विरुवा छिट्टै कृषकलाई वितरण गर्नेछ । वनस्पति कार्यालयले जिल्लाका फापरबारी हाँडिखोला क्षेत्रलाई कुरिलो सम्भावित क्षेत्रमा राखेको छ । त्यसैगरि अन्य क्षेाकका किसानलाई पनि यसतर्फ आर्कषित गराउन कृषि कार्यालय लागेको छ ।

राहत शिक्षक आन्दोलनमा

जनवाद संवादादाता
हेटौँडा-राहत शिक्षक संघर्ष समिति मकवानपुरको आह्वानमा मकवानपुर जिल्लाका सम्पूर्ण राहत शिक्षकहरुले असार ३ र ४ गते गत कार्तिक ११ को सम्झौता कार्यान्वयनका दवावस्वरुप हातमा कालो पट्टी बाँधी विरोध जनाएका थिए । राहत संघर्ष समितिले असार ४ गते नै एभोकाडो होटल गई शिक्षा मन्त्रालयका सचिव क्षेत्रीय शिक्षा निर्देश जिल्ला शिक्षा अधिकारी लगायतका पदाधिकारीहरुसँग भेटी ज्ञापनपत्र समेत पेस गरेका छन् ।
यसै सन्दर्भमा उक्त समितिले असार ४ गते हेटौँडा क्याम्पसमा पेसागत हकहितसम्बन्धी विभिन्न शिक्षक पेसागत संघसङ्गठनहरुसँग अन्तरकि्रया सम्पन्न गर् यो । संघर्ष समितिका अध्यक्ष देवीराम लामाको सभाध्यक्षतामा सम्पन्न उक्त अन्तरकि्रया समितिका सचिव डी।पी।गौतमले गरेका थिए । समितिका सहसचिव हरि पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका उक्त अन्तरकि्रयामा समितिका उपाध्यक्ष गोविन्द पोखरेलले अन्तरकि्रयाको औचित्यबारे प्रकाश पारेका उक्त कार्यक्रममा शिक्षक युनियन मकवानपुरका उपाध्यक्ष मुकुन्द न्यौपानेले राहत शिक्षक संघर्ष समिति र यसका आन्दोलनको औचित्य भएको बताएका थिए । यसैगरी नेपाल शिक्षक सङ्गठन का उपाध्यक्ष भवनाथ नेपाल नेपाल शिक्षक संघका सचिव मदन लामिछाने अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष तारानाथ खतिवडा लगायतकाहरुको उपस्थिति रहेको थियो ।
आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान १०ः०० बजे जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी कार्यक्रम रहेको छ ।

सोलारको कारण गाउँ झलमल्ल

जनवाद संवादादाता
हेटौँडा-पश्चिम मकवानपुरको बिकट भार्ता गाविसका दुईवटा गाउँका ५१ घरपरिवारमा सौर्यउर्जा जडान गरिएको छ ।
जिल्ला विकास समिति तथा स्थानीय सामुदायिक वन समूहको संयुक्त लगानीमा भार्ता-७ रुपराङ र दुगराङ गाउँमा सौर्यउर्जा जडान गरिएको हो ।
जिल्लामै सबैभन्दा कम साक्षरता प्रतिशत रहेको भार्ता गाविसमा सौर्यउर्जा वितरण गरिएपछि बालबालिकाको पढाईमा सहयोग पुग्ने स्थानीय युवा महेश चेपाङले बताउनुभयो । भार्तामा अल्पसंख्यक चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको छ । सौर्यउर्जा जडान गरेपछि रुपराङ र
दुगराङका बासिन्दाले ३ वटा सौर्य चीम रेडियो र क्यासेट जस्ता विद्युतीय उपकरण प्रयोग गरेको सौर्य उर्जा बिस्तार समितिका अध्यक्ष राम बहादुर थिङले बताउनुभयो ।
जिल्ला विकास समिति मकवानपुरले सौर्य उर्जा बिस्तार कार्यक्रमको लागि २ लाख ६० हजार आर्थिक सहयोग तथा स्थानीय सामुदायिक वनको २ लाख २९ हजार लगानीपछि सौर्य उर्जा जडान गरिएको गाउँ विकास समितिका सह लेखापाल टंकबहादुर मुक्तानले बताउनुभयो । अन्धकारमा बसेका बासिन्दाहरु सोलार जडान पछि खुशी भएका छन् ।

मकवानपुरमा सवारी दुर्घटना दुईको मृत्यु

जनवाद संवादादाता
हेटौँडा-पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-११ थानाभर्याङमा मंगलबार विहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
काठमाण्डौंबाट बीरगाजका लागि छुटेको बा२ख २४७४ नम्बरको बस र सोही दिशातर्फ आईरहेको ना३ख ८६८९ नम्बरको टि्रपरमा ठक्कर खाँदा २ जना तराई मुलका पुरुषकॊ घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखुत हुन नसकेको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते बसका चालक मकवानपुर चुरियामाई-४ का २८ बर्षिय सिाजव थिङ बारा सिमरा-६ का १९ बर्षिय पुरुषोतम लम्साल गुणाह-७ का २० बर्षिय श्यामबाबु शाह भारत राँचीका ३० बर्षिय सुमरा यादवको भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अन्य घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार भएको छ भने घटनामा संलग्न टि्रपर र चालकलाई बीरगंजबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

माओवादी र एमाले सहमतीय प्रणालीमा सहमती


जनवाद संवादादाता
काठमाडौं, असार-सत्तारुढ प्रमुख दल एमाले र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी सहमतीय प्रणालीको पक्षमा सहमत भएका छन् । बहुमतीय राजनीतिले देशलाई बन्धक बनाएको भन्दै दुई दल सहमतीय प्रणालीमा सहमत भएका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नयाँ बजारमा मङ्गलबार बिहान भएको दुई दलका शीर्षनेताहरुबीचको बैठकमा यस्तो सहमति भएको हो । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै एमाले अध्यक्ष झलनाथ खनालले सहमतीय प्रणाली अनिवार्य भएकाले बहुमतीय प्रणाली त्याग्ने सहमति भएको बताए । राष्ट्रिय संयुक्त सरकार नबनाई शान्ति प्रकि्रया र नयाँ संविधानले टुङ्गो नपाउने हुँदा सहमतिका आधारमा नयाँ राष्ट्रिय संयुक्त सरकार बनाउनु पर्नेमा दुबै दल सहमत भएको उनको भनाइ छ । उनले तीन वुँदे सहमति कार्यान्वयनका लागि सबै पार्टीहरु जिम्मेबार हुनुपर्नेमा जोड दिए । बैठकमा सहभागि माओवादीका सचिव पोष्टबहादुर बोगटीले छलफल सकारात्मक भए पनि तत्काल निकास निस्कने जस्तो नभएको जानकारी दिए । उनले सहमतिका लागि एमालेभन्दा कांग्रेस नै बाधक भएको टिप्पणी गरे । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सहमति नहुने अडानमा रहेको माओवादी र सेना समायोजन शान्ति प्रकि्रयाको स्पष्ट खाका तयार नभएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने अडानमा रहेको एमालेका शीर्षनेताबीच मङ्गलबार छलफल भएको हो । दुई दलको शीर्षनेताबीच हुने छलफलमा एमाले अध्यक्ष झलनाथ खनाल नेता भरतमोहन अधिकारी र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बरिष्ठ उपाध्यक्ष मोहन बैद्य सचिव पोष्टबहादुर बोगटी लगायतका नेता सहभागि भएका थिए ।

अबको आन्दोलन सदन केन्द्रित : श्रेष्ठ


जनवाद संवादादाता
काठमाडौं, असार-एकीकृत नेकपा माओवादीले अबको आन्दोलन सडकमा नभएर सदन केन्द्रित हुने बताएको छ ।
काठमाडौंको कोटेश्वरस्थित पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा जारी पोलिटव्युरो बैठकका क्रममा साचारकर्मीलाई जानकारी दिँदै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । सहमति कार्यान्वयन नगरेर सरकारमा रहेका दलले राजनीतिक बेईमानी गरेकाले आन्दोलनको विकल्प नभएको उहाँको जोड रहेको थियो ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले जेठ १४ गते भएको सहमति कार्यान्वयन नगरे एकीकृत नेकपा माओवादीले सरकारको नीति तथा कार्यक्रम र बजेट पेश गर्न नदिने भएको छ । जेठ १४ गते प्रधानमन्त्रीले राजीनामा दिने र शान्ति र संविधान सुनिश्चित गर्न र संविधानसभाको म्याद थप्ने ३ दलबीच सहमति भएको थियो । उपाध्यक्ष श्रेष्ठले पार्टीको नेतृत्वमा सरकार बनाउन माओवादी एकढिक्का भएको पनि जानकारी स्पष्ट पार्नु भयो ।
हिजोको बैठकमा सबै सदस्यहरुले बोलिसकेपछि आज अध्यक्ष प्रचण्डले उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको जानकारीमा आएको छ ।

महासचिव र केन्द्रीय सदस्य पार्टीबाट निश्काषित

जनवाद संवादादाता
काठमाडौं, असार-अर्धभूमिगत रहेको दाबी गर्ने मोहनबिक्रम िसंहको पार्टी नेकपा मसालले आºना पोलिटव्युरो सदस्य तथा राटि्रय जनमोर्चाका महासचिव डिलाराम आचार्य र केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेलाई पार्टी सदस्य समेत नरहने गरी निश्कासन गरेको छ ।
पार्टी भित्र गुटवन्दी गरेको आरोप लगाउँदै उहाँहरुलाई ६ महिनाको लागि निलम्बन गरिएको सो पार्टीले जनाएको छ । महामन्त्री मोहनविक्रम िसंहले पार्टी मातहतका निकायलाई सर्कुलर जारी गर्दै आचार्य र न्यौपाने अबदेखि पार्टीका नेता नरहेकोले सम्बन्ध नराख्न निर्देशन दिनुभएको छ ।
आचार्य र न्यौपानेले पछिल्ला एक वर्षदेखि सरकार र माओवादीलाई हेर्ने दृष्टिकोणमा पार्टी भित्र अलग धारणा राख्दै आउनु भएको थियो । अन्तरसंघर्ष चर्किदै गएपछि उहाँहरुले छुट्टै भेला गरी कारबाही गर्न महामन्त्री िसंहलाई चुनौती दिनुभएको थियो । स्रोतका अनुसार उहाँहरुले पार्टी भित्र छुट्टै संयन्त्र बनाउनु भएको छ ।

गैंडाको खागसहित दुई महिला पक्राउ

जनवाद संवादादाता
चितवन, असार-विश्वमै दुर्लभ एक सिङ्गे गैंडाको खागसहित चितवनको मुग्लीन बजारबाट दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मकवानपुर डाँडाखर्क गाविस-४ की ३८ वर्षीया पेमा लामा र ३५ वर्षीया अनिता तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दारेचोक गाविस-४ मुग्लीन बजारमा गएराति साढे १२ बजे पैदल हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरीएको हो । प्लाष्टीकको झोला भित्र कागजले बेरेको अवस्थामा तामाङको साथबाट खाग बरामद भएको हो । उनीहरुको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा चितवन राष्ट्रिय निकुाजमा गैंडाको चोरी शिकारी बढेपछि प्रहरीले चेकजाँचलाई तिब्रता दिएको छ ।

लेखामा हाजिर हुन गच्छादारलाई निर्देशन

जनवाद संवादादाता
काठमाडौं, असार-आवास र खानेपानीका लागि धनुषा जिल्लामा मात्रै बढी रकम छुट्याएको भन्दै व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले आज भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारसँग स्पष्टिकरण लिँदैछ ।
यसअघिको बैठकमा अनुपस्थित भएपछि गच्छादारलाई आज अनिवार्य उपस्थितीको लागि निर्देशन दिइएको थियो । अहिले जारी बैठकमा मन्त्री गच्छेदार पुगिसक्नु भएको छ । आज खर्च रकमान्तरण र स्रोतान्तरण स्थिति बारे जानकारी लिईने समितिका एक सदस्यले जानकारी दिनु भयो । बैठकमा सभासदहरुले मन्त्री गच्छेदारले गरेका अनियमतिताको बारेमा पनि सोधपुछ गर्ने छन् । वर्तमान सरकारका मन्त्रीहरुले आºनो जिल्ला र क्षेत्रमा मात्रै विकासका योजना पारेको र लाखौ भष्ट्राचार गरेको आरोप लाग्दै आएको छ ।

पढ्न नपठाउनेलाई कारवाही हुने

जनवाद संवाददाता
काठमाण्डौं, असार-सरकारले आउँदो आर्थिक वर्षदेखि देशभर आधारभूत शिक्षालाई अनिवार्य
गराउने भएको छ ।आधारभूत शिक्षा बाल अधिकारु भन्ने नाराका साथ शैक्षिक ऐनमा संसोधन गरी शैक्षिक सुनिश्चितता गर्न लागिएको शिक्षा विभागका निर्देशक हरिबोल खनालले जानकारी दिनुभयो । खनालका अनुसार बालबालिकालाई विद्यालय पठाउने अभिभावकलाई प्रोत्साहन र नपठाउनेलाई कारवाही स्वरुप जरिवाना समेत गर्ने नीति ल्याइने छ । यो नीति लागू भएपछि सबै बालबालिका विद्यालयमा भर्ना भई शिक्षित हुने विभागको विश्वास छ । सरकारले आधारभूत तहसम्म निःशुल्क शिक्षा प्रदान गरे पनि प्रभावकारी नभएपछि अनिवार्य गर्न लागिएको हो । सरकारले कक्षा एकदेखि आठसम्मलाई आधारभूत तहको रुपमा लिएको छ ।

इजरायलमा लुम्विनी समाज गठन

समाचार एजेन्सी:
गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विदेशमा परिचित गराउने उद्देश्यले लुम्बिनी समाज इजरायल गठन गरिएको छ । चिरिाजबी पाण्डेको अध्यक्षता २५ सदस्यीय समाज गठन गरिएको हो । समाजको उपाध्यक्षमा मीना मैनाली सचिबमा विष्णुप्रसाल भट्टराई सहसचिबमा मिलन थापा र कोषाध्यक्षमा नारायण चापागाइँ हुनुहुन्छ । सदस्यहरुमा शिव केसी गोपाल पौडेल दिनेश श्रेष्ठ राजन रिजाल आक्रोश काºले कृष्ण चापगाइँ र मनोज प्रधान हुनुहुन्छ । यसैगरी साबित्रा घिमिरे सुधन देबकोटा संगीता नेपाल मुकुन्द घिमिरे केशव कार्की माया खनाल जुना चापागाइँ र धना गुरुङ पनि लुम्बिनी समाज इजरायलको सदस्यमा चयन हुनु भएको छ । समाजका अन्य सदस्यहरुमा कि्रश क्षेत्री सुशीला लुइँटेल प्रकाश आचार्य गोपाल कुँवर गोमा उप्रेती लगायत पनि हुनुहुन्छ ।
भेलाले ६ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । समितिमा तेन्जिन शेर्पा विशाल ज्ञवाली छेसाङ लामा नमराज खड्का विष्णु तिम_िल्सना र ऋतु गिरी हुनुहुन्छ ।

ब्यक्ती परिचय


सबैभन्दा होँचा नेपाली खगेन्द्र थापा मगर
बाग्लुङ जिल्लाको दक्षिण क्षेत्रमा रहेको दुल्लुबासकोट-६ उर्लेनीमा वि। सं। २०४९ असोज २८ गते शुक्रबारका दिन रुपकुमार थापामगर र धनमाया थापामगरको कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्मेका खगेन्द्र थापामगर विगत चार वर्षदेखि सम्पूर्ण नेपाली बिच मात्र नभइ विश्वमा नै चर्चामा आएका छन् । उनलाई यसरी चर्चामा ल्याउने कारण भने उनको उचाई र तौल हो । जन्मिदा यिनको तौल मात्र ६०० ग्राम र स्वरुप अण्डाकार थियो । यही तौल र उचाईको कारणले आज उनी विश्व सामु परिचित भएका छन् । गिनिज बुकमा नाम लेखाउन सफल भएका खगेन्द्र जन्मेको ८ बर्षपछि हिँड्न शुरु गरेका थिए भने ११ वर्षपछि भने उनको शारीरिक संरचना बढ्ने क्रम नै रोकियो । यतिबेला उनको उचाई २२ इन्च र तौल साँढे चार किलो छ जबकी उनी अहिले १८ वर्षका छन् ।
श्री सरस्वती बोर्डिङ स्कुल नागढुङ्गा-८ पोखरामा एल।sे।जी।मा अध्ययनरत उनी २०६६ फागुन ९ गते युरो टेलिभिजनको सिफारिसमा गिनिज बुकमा नाम लेखाउनको लागि इटाली गए । आफूलाई गिनिज बुक अफ द वल्र्ड रेकडमा ुसंसारकै होँचो किशोरु को रुपमा प्रमाणित गरेर विश्व इतिहासमा नै नेपालको नाम उच्च पारेका छन् । देश विदेशका विभिन्न कार्यक्रम तथा महोत्सवहरुमा आफूलाई प्रस्तुत गरिसकेका खगेन्द्रको हँसिलो मुहार छिटो घुलमिल हुने स्वभाव सम्मानजनक व्यवहारले गर्दा सबैको माझ उनी अझ छाएका छन् । चुलबुले स्वभाव र हँसाउने कलाले अरुलाई उनी सजिलै आफूतिर आकर्षित गर्न सक्छन् । उनको यहि कला र प्रतिभाको कारणले गर्दा उनी फेरी एकपटक इटाली जाने भएका छन् ।
गिनिज बुक अफ द वल्र्ड रेकर्डका लागि उनको प्रतिस्पर्धामा चीनका २१ वर्षका पिङपिङ थिए । उनको उचाई २९ इन्च र तौल १० किलो रहेको थियो । पिङपिङले यो संसार छोडेसँगै आफूले राखेको रेकर्ड गुमाएका छन् ।
प्रस्तुती ः रमेश विवश बाजारा

आयोजक राष्ट्र र बिश्वकप बिजेता फ्रान्स बाहिरियो

दक्षिण अपि्रुकामा जारी विश्वकप फुटबलको बुधबार विहान सम्पन्न उत्तर कोरिया विरुद्धको खेलमा ब्राजिल विजय भएको छ । प्रतियोगिता अन्तर्गत पछिल्लो खेलमा कमजोर रक्षापंक्तिको फाईदा उठाउँदै ब्राजिलले २-१ गोल अन्तरले जित हात पार् यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको तीन वटै गोल दोस्रो हाफमा भएका थिए । खेलको ५५ औँ मिनेटमा ब्राजिलका माईकोनले पहिलो गोल गर्दै अग्रता दिलाए । ब्राजिलका लागि ७२ औँ मिनेटमा इलानोले दोस्रो तथा निर्णायक गोल गरे । दक्षिण कोरियाका लागि भने एक मात्र सान्त्वना गोल अन्तिम समयमा जीले गरे ।
बिहीबार भएको खेलमा गोन्जालो हिगुइनको ह्याटि्रकको मद्धतले अर्जेन्टिनाले आºनो दोस्रो खेलमा दक्षिण कोरियालाई ४-१ गोलको अन्तरले पराजित गर्दै विजय यात्रालाई निरन्तरता दिएको छ । यसअघि प्रतियोगितको आºनो पहिलो खेलमा अर्जेन्टिनाले अपि्रुकी जाईन्ट नाईजेरियामाथि जीत हात पारेको थियो । दक्षिण अपि्रुकामा जारी विश्वकप फुटबलको विहीबारको खेलमा हिगुइनले खेलको ३३ ७६ र ८० औँ मिनेटमा गोल गरेर १९ औँ संस्करणमा ह्याटि्रक गर्ने पहिलो खेलाडी बन्न सफल भएका छन् । आत्माघाती गोलको मद्धतबाट खाता खोलेको अर्जेन्टिनाले पहिलो हाफसम्म २-१ गोलको अग्रता लिएको थियो । जीतसँगै अजेन्टिनाले अघिल्लो चरण प्रवेश लगभग पक्कापक्की भएको छ भने हारसँगै दक्षिण कोरियाको अघिल्लो चरण प्रवेश गर्ने यात्रा कठिन बनेको छ ।
दोस्रो खेलमा गि्रसले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस खेलमा भएको हारसँगै नाइजेरिया समूह चरणको खेलबाटै बाहिरिने पक्का भएको छ भने नाइजेरिया र दक्षिण कोरियाले अर्को चरण प्रवेश गर्नको लागि कडा संघर्ष गर्नुपर्ने देखिएको छ । ९० को दशकमा उत्कृष्ट खेल प्रदर्शका कारण सुपर किङ्गसको संज्ञा पाएको नाईजेरियान टोलीको फर्म त्यसबेलाको जस्तो सशक्त देखिएन । यसअघी पहिलो खेलमा अर्जेन्टिनासँग १-० गोल अन्तरको पराजय व्यहोरिसकेको छ ।
यस्तै शुक्रबार भएको पहिलो खेलमा तीन पटकको विजेता जर्मनी सर्बियासँग १-० गोलले पराजित भएको छ । पहिलो हाफको ३८औँ मिनेटमा मिलन युवानोभिकले गरेको गोल नै सर्वीयालाई ऐतिहासिक जित दिलाउन पर्याप्त भयो । आºनो पहिलो खेलमा घानासँग पराजित भएको सर्बियाले विश्वकप दावेदार राष्ट्र जर्मनीलाई हराएपछि पोर्टरंगशालामा सर्बियाका समर्थकहरुमा खुशियाली छाएको थियो । सर्बियासँगको पराजयसँगै जर्मनीलाई अघिल्लो चरणमा प्रवेशका लागि कठिन हुने भएको छ । यस समुहमा जर्मनी घाना र सर्बियाको तीन-तीन अंक छ ।
यस्तै शुक्रबार नै भएको खेलमा स्लोभेनिया र अमेरिका विचको खेल रोमााचक तवरले २-२ गोलमा रोकिएको छ । खेलको पहिलो हाफसम्म दुई सून्य गोलले अग्रता लिएको स्लोभेनियाको जीत्ने सपनालाई अमेरिकाले दोस्रो हाफको ४८औँ र ८२औँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याएपछि अधुरो बन्न पुग्यो ।
शनीबार भएको खेलमा अल्जेरियाले इंग्ल्याण्डलाई बराबरीमा रोकेको छ । इंग्ल्याण्डले अल्जेरियालाई खेलभर दवावमा राखेपनि अल्जेरियाका खेलाडीहरुले त्यसलाई असफल पारेपछि खेल गोलरहित बराबरीमा रोकिएको हो । अल्जेरियासँग गोल रहित बराबरीमा रोकिए पछि इंग्ल्याण्ड लगायत यस ग्रुपमा रहेका सबै टीम अघिल्लो चरणमा प्रवेशका दावेदार भएका छन् ।
त्यस्तै शनिबार भएको दोस्रो खेलमा दोस्रो हाफको ५३औँ मिनेटमा वेस्ली नेजरको एक गोलको मद्धतले जापानलाई नेदरल्याण्डले १-० ले पराजित गरेको छ । जीतसँगै नेदरर्याण्डले अघिल्लो चरणको प्रवेशलाई सहज बनाएको छ भने जापानलाई अघिल्लो चरण प्रवेशका लागि कठिन भएको छ । समूहुँईु को आºनो पहिलो खेलमा यी दुवै टीम विजयी भएका थिए । पहिलो खेलमा नेदरल्याण्डले डेनमार्कलाई हराएको थियो भने जापानले क्र्यामरुनलाई हराएको थियो ।
आइतबार भएको खेलमा न्यूजिल्याण्डले चारपटकको विश्वकप विजेता एवं डिफेन्डिङ च्याम्पियन इटालीलाई बराबरीमा रोकेको छ । दक्षिण अपि्रुकाको नेल्सपि्रट रंगशालामा आइतबार राति भएको दोस्रो खेलको पहिलो हाफको सातौं मिनेटमा शान स्मेल्जले पहिलो गोल गरेर न्यूजिल्याण्डलाई अग्रता दिलाएको थियो । इटालीका भाइनसेन्जो आइक्वाइन्टालले खेलको २९औँ मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा रोकिएको हो ।
आइतबार नै भएको अर्को खेलमा पाराग्वे विजयी भएको छ । स्लोभाकियालाई २-० गोल अन्तरले पराजित गर्दै पाराग्वेले अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । स्लोभाकियसँग भोगेको पराजयसँगै पाराग्वेको अघिल्लो चरण प्रवेशका लागि कठिन बनेको छ । खेलको पहिलो हाफको २७औँ मिनेटमा इनरेक्वू भेराले पहिलो गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ८५औँ मिनेटमा रीभेरोसले अर्को गोल गरेपछि पाराग्वेको जीत सुनिश्चित भएको हो ।
सोमबार भएको खेलमा ब्राजिलले आइभोरीकोष्टलाई ३-१ गोलले पराजित गर्दै आºना अपराजित यात्रा कायम राखेको छ । पहिलो हाफको २५औँ मिनेटमा लुईसको गोलको मद्धतले ब्राजिलले अग्रता लिएको थियो । दोस्रो हाफको ५०औँ मिनेटमा लुईसले नै दोस्रा गोल गरेर टीमलाई दुई शून्यको अग्रता दिलाएको थियो । खेलको ६३औँं मिनेटमा इलानोले अर्को एक गोल थपेर टीमलाई तीन शून्यको अग्रता दिलाएका थिए । आइभोरीकोस्टका डिडियर ड्रोग्वाले खेलको ७९औँ मिनेटमा सान्त्वना एक गोल गरे पनि त्यो जीतका लागि अपर्याप्त रह्यो ।
मंगलबार भएको खेलहरुमा उरुग्वे र आयोजक राष्ट्र विजयी भएका छन् । उरुग्वेले मे_िक्सकोलाई १-० ले पराजित गर् यो भने दक्षिण अपि्रुकाले ९८ का विश्वकप विजेता प्रुान्सलाई २-० ले पराजित गर् यो । यो हार सँगै प्रुान्सको विश्वकप यात्रा लगभग समाप्त भएको छ भने यस ग्रुपका अन्य उरुग्वेको लागि अर्को दोस्रो चरणको ढोका खुलेको छ । त्यस्तै मे_िक्सको र दक्षिण अपि्रुकाले ४-४ अङ्क प्राप्त गरेको छ । यसरी हेर्दा दोस्रो स्थानको लागि मे_िक्सको र दक्षिण अपि्रुको अङ्क बराबर रहे तापनि गोल अन्तरको आधारमा मे_िक्सको अघिल्लो चरणमा प्रवेश गरेको छ भने आयोजक राष्ट्र दक्षिण अपि्रुका पनि पहिलो चरणबाटै बाहिरिएको छ ।
समाचार तयार पार्दा सम्म नाइजेरिया विरुद्ध दक्षिण कोरिया र गि्रस विरुद्ध अर्जेन्टिना मैदानमा उत्रिने तयारीमा रहेको थियो ।

रङ्गमन्च

अनुपको डेमोक्रेसी इज ब्ल्याक उत्कृष्ठ


अमेरिकी सरकारले आयोजना गरेको विश्वव्यापी डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगितामा नेपालका अनुप पौडेल बिश्वविजेता बनेका छन् ।
विश्वका २२ सय प्रतिनिधिबाट १८ उत्कृष्ट युवाभित्र पर्न सफल उनी विजेता बनेका हुन् । प्रतियोगितामा विश्वका ८९ देशका २ हजार २ सय प्रतिस्पर्धीको सहभागीता थियो । काभ्रेको महादेवस्थान गाविसका २० वर्षिय पौडेलले बनाएको ुडेमोक्रेसी इज ब्ल्याकु नामक वृत्तचित्रमा चारवटा फरक-फरक रङ्गहरुको मिश्रण गरी डेमोक्रेसीलाई परिभाषित गरिएको छ । चार रङ मिलेर कालो बन्छ भन्ने तथ्यलाई देखाइएको भिडियोमा नीलोलाई बुबा संकेत दिँदै स्वतन्त्रता हरियोलाई दिदी-बहिनीको संज्ञा दिँदै शान्ति पहेलो रङलाई दाजुभाइको संकेतको रुपमा ऐक्यबद्धता र रातोलाई आमाको संज्ञा दिँदै मायाको रुपमा भिडियोमा प्रस्तुत गरिएको छ । वृत्तचित्र १ मिनेट ३० सेकेन्ड लामो छ । विजेता बनेपछि उनी आºनो भिडियो देखाउनका लागि अमेरिकाको न्युयोर्क लगायत क्षेत्रमा जाने अवसर पाउने र सो भिडियो त्यहाँका चलचित्र भवनहरुमा समेत देखाइने पौडेलले बताए । ओस्कार कलेज अफ फिल्म स्टडिजमा स्नातक तहमा अध्ययन गदै गरेका पौडेल एसियन डेभलपमेन्ट बैंकले फिलिपिन्समा आयोजना गरेको जलवायु परिर्वतन सम्बन्धी भिडियो प्रतियोगितामा पनि प्रथम भएका थिए ।

अन्तिम चरणमा स्वाभिमान

काठमाण्डौ, असार-शुक्रवार मदन घिमिरेको निर्माण र निर्दशनमा बन्दै गरेको चलचित्र ुस्वाभिमानु को छायाङ्कन अन्तिम चरणमा पुगेको छ । २०५० मा ुआमाको मायाु बाट निर्देशन थालेका घिमिरेको यो अठारौं सिनेमा हो जसको कथा पनि उनैले लेखेका छन् । चलचित्रमा राजेश हमाल सुमन िसंह झरना थापा सौजन्य सुब्बा रामकेशर बोगटी मुकुन्द थापा हिउँवाला गौतम रवीन्द्र खड्का उमेश खड्का रवि गिरी लगायतका कलाकारको अभिनय रहेको छ । महेश खड्काको संगीतमा राजेशपायल राई अाजु पन्त दीपक लिम्बू प्रविशा अधिकारीले स्वर दिएका छन् । यस चलचित्रको गीतमा कृष्णहरि बराल दिनेश अधिकारी र महेश खड्काको शब्द रहेको छ ।

साहसिको गितको वर्ल्ड प्रीमिएर

भोजबहादुर गुरुङद्वारा निर्मित चलचित्र साहसी को दुई आँखाको नानी माथी बोलको गीतको वल्र्ड पि्रमियर गरिएको छ । लोकनाथ सापकोटाको शब्द र संगीत रहेको यस गीतमा राजेशपायल राई र अन्जना गुरुङको स्वर रहेको छ । गीतमा चलचित्रका निर्माता भोजबहादुर गुरुङ र स्नेहा शर्माले अभिनय गरेका छन् । गीतको नृत्य निर्देशक अजय बिष्ट हुन् । वासुदेव पोखरेलद्धारा निर्देशित यो चलचित्र मास्रल आर्टमा आधारित छ । चलचित्रमा राजेश हमालको प्रमुख भुमिका रहेको छ । चलचित्रमा नायक हमाल चिनियाँ मास्रल आर्ट खेल उसु अन्तर्गत पर्ने ताइची को प्रमुख कोचका रुपमा प्रस्तुत भएका छन् ।
नेपाल भ्रमण वर्ष सन् २०११ लाई सफल बनाउन चलचित्रलाई विदेशी भूमिबाट प्रदर्शन गर्ने तयारी भईरहेको छ । चलचित्रलाई केहि दिनमै हङकङबाट प्रथम प्रदर्शन गिरंदै छ । हङकङमा प्रदर्शन भएपश्चात् अस्ट्रेलिया बेलायत बेल्जियम अमेरिका जापान मलेसिया लगायतका विश्वका प्रमुख देशका प्रमुख सहरहरुमा प्रदर्शन हुने निर्माता भोजबहादुरले जानकारी गराए ।

मनिषा सम्राटसँग विवाह बन्धनमा


काठमाण्डौ, असार-शनिवार लामो समयको चर्चा परिचर्चा पछि वलिउड नायिका मनिषा कोइराला शनिबार
महाराजग~ाजका सम्राट दाहालसंग विवाह बन्धनमा बाँधिएकी छिन् ।
पाचेबाजा सहित गोकर्णस्थित फरेस्ट रिसोर्ट पुगेका नवदुलाहाले मनिषाको सिउँदोमा सिन्दुर हालेपछि हिन्दू परम्परा अनुसार दुबै जना विवाह बन्धनमा बाँधिएका हुन् । पारिवारिक पुरेत रामचन्द्र घिमिरेले उनीहरुबीच मंगलवाचन गरी परम्परागत वैवाहिक विधि सम्पन्न गरेका थिए । सम्राट सहितको टोली तीन सय जनाभन्दा बढी सम्मिलित जन्ती लिएर नवदुलही मनीषालाई लिन थली गाविसस्थित गोकर्ण फरेस्ट रिसोर्ट पुगेको थियो । नवदुलाहा र दुलहीलाई आशिर्वाद दिन वलिउडका कलाकारहरुसमेत आएका छन् भने मुलुकका धेरै राजनीतिक व्यक्तिहरुको समेत उपस्थिति थियो । मनिषा पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी हुन् । ३९ बर्षिया कोइराला भारतीय फिल्मी उद्योग बलिउडमा प्रख्याती कमाएका नेपाली कलाकार हुन् । ३३ बषिर्य सम्राट भने व्यवसायी हुन् ।