Wednesday, June 23, 2010

अनुपको डेमोक्रेसी इज ब्ल्याक उत्कृष्ठ


अमेरिकी सरकारले आयोजना गरेको विश्वव्यापी डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगितामा नेपालका अनुप पौडेल बिश्वविजेता बनेका छन् ।
विश्वका २२ सय प्रतिनिधिबाट १८ उत्कृष्ट युवाभित्र पर्न सफल उनी विजेता बनेका हुन् । प्रतियोगितामा विश्वका ८९ देशका २ हजार २ सय प्रतिस्पर्धीको सहभागीता थियो । काभ्रेको महादेवस्थान गाविसका २० वर्षिय पौडेलले बनाएको ुडेमोक्रेसी इज ब्ल्याकु नामक वृत्तचित्रमा चारवटा फरक-फरक रङ्गहरुको मिश्रण गरी डेमोक्रेसीलाई परिभाषित गरिएको छ । चार रङ मिलेर कालो बन्छ भन्ने तथ्यलाई देखाइएको भिडियोमा नीलोलाई बुबा संकेत दिँदै स्वतन्त्रता हरियोलाई दिदी-बहिनीको संज्ञा दिँदै शान्ति पहेलो रङलाई दाजुभाइको संकेतको रुपमा ऐक्यबद्धता र रातोलाई आमाको संज्ञा दिँदै मायाको रुपमा भिडियोमा प्रस्तुत गरिएको छ । वृत्तचित्र १ मिनेट ३० सेकेन्ड लामो छ । विजेता बनेपछि उनी आºनो भिडियो देखाउनका लागि अमेरिकाको न्युयोर्क लगायत क्षेत्रमा जाने अवसर पाउने र सो भिडियो त्यहाँका चलचित्र भवनहरुमा समेत देखाइने पौडेलले बताए । ओस्कार कलेज अफ फिल्म स्टडिजमा स्नातक तहमा अध्ययन गदै गरेका पौडेल एसियन डेभलपमेन्ट बैंकले फिलिपिन्समा आयोजना गरेको जलवायु परिर्वतन सम्बन्धी भिडियो प्रतियोगितामा पनि प्रथम भएका थिए ।

No comments:

Post a Comment