इन्द्र ब. परियार-नयन
एकादेशको प्रजातन्त्रवादी पार्टी नेपाली कांग्रेस अहिले विदेशी दलालमा परिणत भइसक्यो । सोही बेलाको अब्बल दर्जाको क्रान्तिकारी कम्युनिष्ट पार्टी एमाले भाई कांग्रेसमा परिणत भइसक्यो ।
यसरी कांग्रेसले राष्ट्रियतामाथि धावा बोल्यो भने एमालेले जनतन्त्र अर्थात् किसान मजदुरमाथि नै घात गर् यो । अहिले यी दुबै पार्टीहरु अब्बल दर्जाका शोषक वर्गीय पार्टीमा रुपान्तरित भई हिजोका पाचहरुका ठाउँमा पदस्थापन भएका छन् र पाचायती निरंकुशताको अनुशरण गर्दैछन् । त्यो भनेको प्रथमतः अग्रगमनको राजनीतिलाई निषेध गर्नु हो ।
जनता सँधै अग्रगमनको पक्षधर हुन्छन् र परिवर्तन खोजिरहन्छन् । जनताले सधैँ न्याय समानता र स्वतन्त्रता चाहन्छन् । जुन राजनैतिक पार्टीले यि मुद्दाहरु संबोधन गर्छ त्यसलाई नै जनताले समर्थन र साथ दिइरहन्छन् । यो इतिहाससिद्ध तथ्य हो । हिजो राणा शासनको विरुद्ध उभिँदा कांग्रेस अग्रगमनको पक्षधर देखिएको थियो र त जनताले साथ दिए । हिजो पाचायती व्यवस्थाको विरुद्ध वर्गसंघर्ष गर्ने एमाले कम्युनिष्ट जस्तो देखिएको थियो र त जनताले काखी च्यापे । तर आज ति पार्टीहरु दक्षिणपन्थी दलाल र घोर प्रतिगामी कित्तामा बिलय भइरहेका छन् । जसको कारण राष्ट्रप्रेमी जनतन्त्रप्रेमी पक्षधर जनता राष्ट्रियता र जनतन्त्रको झण्डा बोकी अविराम जनतामा गुहार माग्ने माओवादीलाई साथ र समर्थन गर्न राजी भए जुन तथ्य दशवर्षे जनयुद्ध र संविधानसभा चुनाव हुँदै त्यस यताको राष्ट्रिय स्वाभिमानको आन्दोलनमा देखिँदै आएको छ । यही अग्रगमनको राजनीतिलाई निषेध गर्न निर्वाचनमा पराजित भएका कठपुतली भ्यागुताहरु डिलमुनी बसेर भावी जनताको संघीय गणतन्त्रको कान्ला उक्लिने निरर्थक उप्रुाइ गरिरहेका छन् तसर्थ अग्रगमनका पृष्ठपोषकहरु एकठाउँमा उभिएर पश्चगामी तथा प्रतिगामी राजनीतिलाई निषेध गर्न टड्कारो आवश्यकता बनिसकेको छ ।
दोस्रो भनेको शान्ति प्रकि्रयालाई भङ्ग गर्नु हो । किनभने कांग्रेस एमाले लगायतका संसदीय पार्टीहरुले पूर्व राजासँग मिलेर माओवादीका नाममा हजारौँ जनताको रगत पिएको स्वाद अझै बिसे्रका छैनन् र अझै कुनै न कुनै तरिकाद्वारा जनताको रगत पिइरहने अभिलाषामा छन् । तर रक्त पिपासु कठपुतली सरकारलाई शान्ति प्रकि्रया नै बाधक बनिदियो । त्यसैले उनीहरु कुनै पनि बहानामा शान्ति प्रकि्रया भङ्ग गर्ने दिनानुदिनको षड्यन्त्रमा तल्लिन छन् । यसको अलावा माओवादी पार्टी मुलुकमा युद्ध होइन शान्ति चाहिन्छ िहंसा होइन राष्ट्रमा सिर्जना चाहिन्छ भनेर कठपुतलीहरुको अन्याय र अत्याचारको सिमा हदभन्दा बढी सहेर बसेको छ । यो धैर्यताको बाँध अब फुट्नुपर्ने भएको छ । तसर्थ सम्पूर्ण शान्तिगामी शक्तिहरु मिलेर धैर्यताको बाँध फुटाऔँ र शान्ति विरोधी तत्त्वहरुलाई चिहानमा पुर् याई सुख र शान्तिको निर्माण गरौँ ।
तेस्रो भनेको जनताको संघिय गणतान्त्रिक संविधान बन्न नदिनु हो । नेपाली इतिहासमै पहिलो चोटी महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनपछि नेपालका बहुजाति र बहुक्षँेत्रले आ-आफ्नो स्वशासन सहित संघियताको सुनिश्चितता हुने महिला दलित मुस्लिम लगायतका लिङ्ग तथा समुदायको क्षतिपूर्ति सहित विशेषाधिकारको ग्यारेन्टी हुने संविधान निर्माणको महान संघारमा हामी उत्पीडित नेपाली उभिएका छौँ । तर २४० वर्षे शाह वंशीय सामन्ती राजतन्त्रका हिमायती संसदिय फोहरी खेलका नायक पार्टीहरुले संविधान सभालाई बाध्यताबस माने तापनि जनताको संघिय गणतान्त्रिक संविधान निर्माणमा बाधक देखिएका छन् जुन कुरा कठपुतली सरकारका प्रधानमन्त्रीले नै जनतालाई भेंडाबाख्रा सरह ठानी जे भन्दा जे बोल्दा पनि हुन्छ भन्दै कठपुतली मुकुण्डो उघार्दै "संविधानसभा हामीले चाहेकै थिएनौ" भनेर संस्थागत र प्रतिनिधी शब्दरुपी विष वमन गरेकैबाट पुष्टी भैसकेको छ । तसर्थ यो कठपुतली सरकार रहुन्जेल संविधानसभाको म्याद थपिसके पनि संविधान बन्दैन भन्ने कुरा घाम जत्तिकै छर्लङ्गै छ जसको कारण जनताको संघीय गणतान्त्रिक संविधान चाहने शक्तिहरु एकै ध्रुवमा गोलबद्ध हुनुपर्ने आवश्यकता बनेको छ ।
चौँथो भनेको कठपुतली सरकारलाई निरन्तरता दिनु हो । "कहीँ नभएको जात्रा हाँडीगाउँमा" भनेको जस्तै अहिले विश्वमै नभएको जात्रा नेपालमा भएको छ । किनभने सरकार चलाउन शान्ति कायम गर्न र जनताको संविधान निर्माण गर्न एकिकृत नेकपा माओवादी लाई जनताले संधिवानसभा मार्फत प्राधिकार सुम्पेका थिए । अहिले जनताबाट जितेको पार्टी सडकछाप जस्तै भएको छ र जनताले लत्याई रछ्यानमा पुर् याएको भाइरसहरु सरकार र सत्तामा पुगेका छन् । त्यसैले नेपालमा माथिको उखान लागु भएको छ । यो उखान लागु भएको देखेर पूर्व राजा ज्ञानेन्द्र पनि दङग परेका छन् र यही मौका छोपी देशलाई विनासकारी धार्मिक साम्प्रदायिक युद्धतिर धकेल्न धार्मिक दौडाहामा बुर्कुसी मारिरहेका छन् । यसो गर्न पूर्व राजालाई यि कथित लोकतन्त्रका हिमायती कठपुतली सरकारको देन र आशिर्वाद नै छ । यो संसदिय पार्टीहरुको सके राजतन्त्रलाई पुनस्र्थापित गराएर शोषकवर्गीय सत्ता र कठपुतली सरकार बचाउने कसरत र नसके विदेशीलाई यो सुन्दर राष्ट्र सुम्पिने धृष्टता नै हो । त्यसैले "आए आँप गए झटारो" भने जस्तै बचे लुटको स्वर्ग नत्र राष्ट्र नै स्वाहा पार्ने राष्ट्रघाती चिन्तन र प्रवृत्ती हावी रहुन्जेल न राष्ट्रिय सहमती नै बन्छ न भएका सहमतीहरु नै कार्यान्वयन हुन्छ । यो त क्रान्तिकारी शक्तिलाई अलमलाउने र जनतालाई निराश बनाउने चाल तथा कठपुतली सरकार टिकाउने दाउ मात्र हो । तसर्थ राष्ट्रिय सहमतिका साधकहरुले कठपुतली सरकारलाई गेट आउट गराउन दरिलो मोर्चा कस्न जरुरी छ ।
निकास
रक्तपातपूर्ण राजनीति महान जनयुद्ध गरे पनि रक्तपातविहिन शान्तिपूर्ण राजनीति गरे पनि एनेकपा माओवादी ले निरन्तर राष्ट्रियतालाई शिरैमा राख्दै आएको छ । जनतन्त्रलाई मनमै सजाएको छ । जनजीविकाको ग्यारेन्टी गर्न किसान मजदुरलाई राजनैतिक साधना दिलाएकै छ । तर यतिले मात्र पूर्ण विजय संभव छैन । किनभने यतिबेला शान्तिपूर्ण राजनैतिक संघर्ष चरम उत्कर्षमा पुग्दैछ तथा शोषकवर्ग र शोषितवर्ग बिचको शान्तिपूर्ण राजनीतिक संघर्ष करिब करिब अन्त्य पनि हुँदै छ । किनकी नेपालका दलाल नेता र पार्टीहरुलाई भारतीय विस्तारवादले सिधै नेतृत्त्व प्रदान गरेको छ जसको कारण शान्ति र संविधान निर्माणमा सोझै असर परेको छ । यसरी रुप पक्षमा शान्ति र संविधान निर्माणमा झगडा भएको जस्तो देखिए पनि सारमा अध्यक्ष क। प्रचण्डले भन्नु भएको जस्तै रुपमा देशभित्रका दलहरु भित्र लडाईं भए जस्तो तर भित्री कुरा भारतिय विस्तारवादसँग नै राष्ट्रियताको सवालमा पैंठेजोरी परेको छ । तसर्थ यो राष्ट्रिय स्वाभिमानकै लडाईं भएकोले अब एउटा वर्ग विशेषको मात्र सवाल रहेन । यो सम्पूर्ण राष्ट्रवादीहरुको सवाल हो । त्यसैले समूहगत जातिगत दलगत स्वार्थदेखि माथि उठेर राष्ट्रिय स्वाभिमानलाई लक्ष्य बनाई नेपाल आमालाई बचाउन राष्ट्रवादी मोर्चा बलियो बनाउनै पर्ने भएको छ ।
No comments:
Post a Comment