- अस्था घिमिरे
महिला अधिकार आधुनिक विश्वमा सर्वाधिक प्रयोगमा आउने लोकपि्रय धारणा हो । अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि महिला अधिकारको कुरा घनिभूत रुपमा उठ्ने गरेको छ । आर्थिक तथा समाजिक क्रियाकलापमा सक्रिय तुल्याउनको लागि विगत लामो समय देखि विभिन्न किसिमका प्रयत्न हुरु हुादै आएका छन् । महिला अधिकारको आवाज उठ्न थालेको लगभग १०० वर्ष पुग्न लाग्यो । ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने वि.स १९७४ सालमा नारी जागृतिसंघको स्थापना गरिएको थियो । यो संघले संगठित रुपमा महिला अधिकारको ओकालत गरेको थियो भने राजनीतिक रुपमा समेत महिलालाई सक्रिय बनाउने उद्देश्यले २००४ साल र २००७ सालको पेरीफेरीमा सहिला संघ र अखिल नेपाल महिला संघको स्थापना गरिएको थियो । यसै बेलादेखि महिलाहरु हरेका किसिमका राजनीतिक आन्दोलनहरुमा प्रत्यक्ष रुपमा सहभागी भईराखेका छन् । अभूतपूर्व त्याग, बलिदान र समपर्णहरु गरिरहेका छन् । तर राजनीतिक क्रियाकलामा हुने सहभागिताको तुलनामा नेतृत्वतहमा भने महिलाको स्थान पुरुषको तुलनामा असाध्यै न्युन रहेको छ ।
नेपाली राजनीतिमा महिलाको योगदानको ऐतिहाासिक पृष्ठभूमि हेर्ने हो भने त्याग र समपर्णको गौरभशाली इतिहाास छ । लिच्छवी रानी राज्य वती देखिको इतिहाासलाई अध्ययन गर्ने हो भने पनि हामीले महिलाहरुको साहसी गाथाको बारेमा थाहापाउाछौ । उनले राजा धर्म देवको मृतुपश्चात सती प्रथा भएपनि सति नगई सामाजिक व्यवस्थालाई चनौती दिादै राज्य विस्तारको कार्यमा सम्लग्न भएकी थिइन् । उनी त परिन कुलिन घरानकी । राज खान दान र कुलिन घरानका मात्र होइन सर्वराधरण महिलाहरुले पनि राजनीतिमा पुर्याएको योगदान पनि कम गौरभशाली छैन । राष्ट्रियताको संरक्षण तथा राज्य विस्तारको अन्तिम चरणमा अंग्रेजहरुसागको युद्धमा महिलाहरुको सहसको अग्रेज शैनिकनिहरुले समेत प्रशंसा गरेका थिए । यति मात्र होइन राणा शासन विरोधी आन्दोलनको क्रममा राणाहरुलाई हायलकायल गराउन महिलाहरु पारिवारिक विद्राह गरेर राजनीतिमा लागेका थिए । २००७ देखि २०१७ सालसम्मको अवधिमा विभिन्न राजनीतिक दलका सदस्यको रुपमा तथा दलको भगिनी संगठनको रुपमा संगठित भई महिलाहरु राजनीतिमा क्रियाशिल रहे । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले दलहरुलाई बन्दज लगाई पञ्चायती व्यवस्थाको नाममा निरंकुस व्यवस्था थोपरे । यसको विरोमा थुप्रै महिलाहरु सडकमा उत्रिय र जेलनेल र सेनाको यातना समेत नि संकोच भोग्न तयार भए । प्रजातन्त्रको वहालीका लागि मात्र नभई तत्कालि जल्दाबल्दा समस्याहरु शैक्षिक समस्या मुल्य बृद्धी राष्ट्रिय स्वधिनताको सवाललाई लिएर आवाज उठाई रहे । प्रजातन्त्रको स्थापना देखि पुर्नस्थापनाको समयसम्म हेर्दा खेरी हरेक निणर्ाएक आन्दोलनहरुमा महिलाहरु अग्रणी स्थ्ाानमानै छन् । वि.स २०४६ सालमा कांग्रेस र ७ बामपन्थी मिलेर गरेको गरेको विभिन्न आन्दोलनमा महिलाको भूमिका अग्रभागमानै रह्यो । नेपालमा चलेको वर्गिय मुक्ति आन्दोलन 'जनयुद्ध'मा महिला सहभागीता र क्रियाशिलता देखेर विश्वनै चकित भएको थियो । नेपालका महिलाको साहस र वीरताको अगाडि साम्राज्यवाद समेत नतमस्तक भएको थियो । जनयुद्धको क्रममा नेपाली महिलाहरुले कल्पनानै नगरेका सहसी कामहरु गरे । वर्ग दुस्मनको हातबाट बन्दुक खोस्ने, आमने सामने लडाईमा भौतिक रुपमानै भिड्ने मात्र होइन जेल ब्रेक र शैन्य कमाण्ड कमाण्ड समेत गरे । सम्भव नभएको काम समेत सम्भव बनाई दिए ।
यति हुादा हुादै पनि नेतृत्व विकासमा भने प्रयाप्त मात्रामा महिलाहरु अगाडि बढ्न सकेका छ्रैनन् । महिलाहरुले विभिन्न किसिमको समस्याको सामना गरिहनु परेको छ । नेपालमा राजनीतिक दलहरुले महिलाको राजनीतिमा सक्रियता बढाउने कुरा गरेतापनि अहिलेसम्म उच्च प्राथमिकताको साथ कार्यक्रमहरु ल्याउन सकेका छैनन् । राजनीतिक दलको स्वर्थको परिधिमा मात्र आधारित भई राजनीति गर्ने गराउने परिपाटीले गर्दा महिलाको राजनीतिक सक्रियता आवश्यकताको तुलनामा न्युन छ । कानुन वा वा किताबमा जे-जे लेखिए पनि सामाजिक व्यवहारले महिलालाई पुरुष सरह अधिकारको ग्यारेण्टी गरेको छैन ।
के हो त समस्या ?
नेपाली समाज पितृसतात्मक समाज हो, यो समाजमा महिलाहरु खास गरि चार प्रकारको बन्दनमा बााधिएका हुन्छन् । राजनीति सत्ता, समाजिक सत्ता, सास्कृतिक सत्ता र वर्गिय सत्ता । जसको कारण महिलाहरु वर्षौ देखि उपेक्षित छन् । दास युगदेखि अहिलेसम्म आउादा महिलाहरु पुरुष भन्दा पछाडि पर्दै आए जबदेखि समाजमा निजी सम्पतिको उत्पति भयो तबदेखि महिलाहरु हारेको वर्गमा परिणत भए । युगौदेखि उपेक्षित, अपहेलित, शोषित र निरिह जीवन विताउादै आएका महिलाहरुको यो समस्यात एकातिर छन् नै त्यस माथि पनि पुरुषहरु भन्दा बेग्लै खालको शारिरीक समस्याहरु प्ानि छन् । व्यक्तिगत तथा सामाजिक जीवनमा महिला माथी हुने लैङ्गकि विभेद, स्वतन्त्रको स्वईच्छाचारि दमन आम महिला विरुद्ध हुने हिंसा, असमानता, बेचविखान गालि/वेईजति, अपमान, कुटपिट, शारिरिक शोषण, चरित्र हत्या आदि कारणले महिलाको समग्र विकासमानै अवरोध ल्याएको छ भने यसले मानशिक र शारिरीक अथवा मनोवैज्ञानिक रुपमा कमजोर बनाएको छ र महिलाको राजनीतिक सहभागितालाई न्युन पारेको छ । त्यसैले निर्णय प्रकृया जस्तो महत्वपूर्ण सवालमा समेत महिलाको उल्लेखनिय सहभागिता नभएको कारण प्रभाव कम हुने समस्याहरु देखिएका छन् । अहिलेको स्थितिलाई हेर्दा राजनीतिमा महिला सहभागीता र नेतृत्व विकासको सवाल भने अत्यन्त युन रहेको छ ।
पुरातनबादी सोच र सस्कारको कारणले संगठनात्म फिल्डमा पनि कुनै पार्टीको नेतृत्व तहसम्म महिलालाई निधक्कका साथ जिम्मा दिन र पहिलो भुमिका निर्वाह गराउन हिच्किचाउने खालको चिन्तन हावी रहेको छ भने विवाहित महिला कार्यकर्तालाई श्रीमानको पछुवाको रुपमा बुझ्ने ढोस जिम्मा नदिने सामान्ति प्रवृत्ति विद्यमान छ । भने महिलाकार्यकर्ताहरु गर्ववति भएमा अथवा सन्तान जम्माएमा कमिटिबाट हटाईदिने जसको परिणाम राजनीतिक जिवननै अन्यौलतामा पुग्ने स्थिति र पुन राजनीति सुरु गर्नु पर्दा सुन्यताबाट सुरु गर्नु पर्ने र नेतृत्व विकासमा अवरोध भैरहने अदि कारणले गर्दा महिलाको नेतृत्व विकासमा समस्या उत्पन्न भएको छ । दोस्रो कुरा भनेको महिला कार्यकर्ता आफु स्वयं पनि कतिपय विषय वस्तुहरुमा पछाडी पर्ने गरेको छन् । जस्तैः पुरुष भन्दा जन्मजात कमजोर भएको र प्रकृतिलेनै ठगेको अनुभुति गर्ने र कार्यक्षेत्रमा निधक्क जान हिचकिचाउने, विवाह पछि वैचारिक र राजनीतिक फुर्तिमा कमि आउने, आफ्नो कार्यफिल्डलाई कम महत्व दिने हरेक प्रक्रियामा आफुलाई कमजोर भएको महसुस गर्ने र कनै पनि पक्षमा आफुलाई अडिक राख्न नसक्ने । श्रममा खट्न मन नपराउने , हिनता बोधको सिकार हुने खास गरि सहायक काममा रमाउने र भावनामा डुब्ने आदि- काम महिला आफैमा भर पर्ने समस्या हुन् ।
मातृ सत्ताको अन्य पछि सबै भन्दा पहिला उत्पीडित हुने वर्ग भनेको महिला नै हो र जब सम्म आदा जनसंख्या ओगटेको महिलाको पूर्ण मुक्ति हुादैन तबसम्म कुनै सब्य समाजको कल्पना गर्न सकिदैन । त्यस्तै कुनै पनि राजनीतिक पार्टीमा महिला नेतृतवको अभावमा भएको राजनीतिक पार्टी निर्माण जति प्रगतिशिल भए पनि त्यो क्रान्तिकारी पार्टी हुन सक्दैन । त्यसैले हामीले यो विशिष्ट समस्यालाई वैचारिक, राजनीतिक, व्यवहारिक रुपले हल गरेर लानु आवश्यकछ ।
हामिलाई थाहा छ कुनै देश विकाश हुनको लागि महिला मुक्तिको आवश्यक पर्दछ । जुन देशमा महिलाहरु उत्पीडित र अशिक्षित छन् त्यस देशमा विकासको कल्पना समेत गर्न सकिदैन । यो कुराको महसुस हुादा हुादै पनि यसको लागि खासै व्यवहारिक पहल हुन सकिराखेको छैन । राजनीतिमा महिला सहभागीता र नेतृत्व विकास भने अहिलेसम्म पनि हाम्रो समाजमा निक्कै खड्कने गरेको छ । वास्तवमा ती समस्या बुझेर बेलैमा समाधानबारे सोच्न सकेनौ भने महिला मुक्तिको कुरो नारामा मात्र सिमित हुनेछ ।
हुनत बदलिदो राजनीतिक घटना क्रमहरुसंगै हरेक मानिसको चेतनामा पनि परिवर्तन आएको छ । राष्ट्रिय अन्तराष्ट्रिय रुपमा हरेक क्षेत्रमा महिला सहभागिताका लागि आवाज उठिरहेको छ । समानता र स्वतन्त्रताको लागि हरेक ठाउाबाट प्रयासहरु भएका छन् ।
के हुन सक्छ त, समस्याको समाधानको उपाय ?
नेतृत्व भनेको योजना निर्माण र विचारको केन्द्रीकरण हो भने समस्या समाधानको उपाय पनि हो । यो स्तरमा महिला कार्यकर्तालाई उठाउनको लागि संबन्धित संगठन पार्टी कमिटी र सिंगो पार्टीले केहि महत्वपूर्ण योगदान गर्नु आवश्यक छ । निर्णय नीतिनिमाण जस्ता प्रकृयामा महिलाको सहभागिता र प्रभाव र अहम् भुमिका निर्वाह नगरे सम्म महिलाको समग्र विकासमा बाधा अड्चन आईरहने स्पष्ट छ । त्यसैले आजको आवश्यकता भनेको महिला अथवा राजनीतिक महिला माथी हुने सबै खालको विभेदको अन्य व्यवहारिक एवं कानुनी रुपमानै अन्य गरि नेतृत्व तहसम्म महिलाको सहभागितालाई सुनिश्चित पार्नु पर्छ । जस्तो कि महिलाहरुको विशिष्ट समस्या पहिचन गर्ने, पार्टी संगठनको विभिन्न वैठक र समिक्षा राखिरहने र महिला कार्यकर्ताहरुमा देखा परेका कमजोरी र सच्याउनु पर्ने कुराहरुमा सचेत गराउने गर्नु पर्छ । भने विवाह पश्चात महिला कार्यकर्तालाई श्रीमानको पछुवाको रुपमा हेर्नु भन्दा पनि उनिहरुलाई छुट्टै सांगठनिक जिम्मेवारी दिनु पर्छ । संगठनबाट हटाउने निस्कृय बनाउने भन्दा पनि त्यसका विरुद्ध संघर्ष चलाउनु लगाउनु पर्छ र विशेष प्रशिक्षण र स्कुलिङको व्यवस्था गर्दै दिमागलाई ताजा बनाई राख्नु पर्छ । भने अर्को महत्वपूर्ण कुरो भनेको प्रजनन् कार्य -सन्तान जन्माउने कामं) हो । त्यसैले सन्तान जन्माउनु महिलाको सामाजिक कर्तव्य पनि हो । मानव समाजको निरन्तरताको लागि । त्यसको कदर गरिनुको सट्टा त्यस बापत महिलालाई राजनीतिबाट विचलित गराईन्छ । विशेष सुविदा दिनुको साटो अपहेलित गरिन्छ । महिला कायकर्ता गर्ववति भएमा वा सन्तान जन्माएमा उसलाई कमिटीबाट हटाउने होईन कि बरु केहि समय विदा दिने अथवा विदाको समयमा अध्ययन, लेखन, कला, साहित्य श्रीजना वा वसेर गर्ने काममा जोड्ने र निश्चित अवधि पछि फिल्डमा खटाउने गर्नु पर्छ । महिलालाई सक्षम र समृद्ध बनाउनको लागि राज्यको नीति निर्माण तहमा महिलालाई ल्याएनु अपरिहार्य छ । किनकी हरेक चिजको नेतृत्व राजनीतिले गर्छ । जब सम्म राजनीतिक रुपमा महिलालाई सक्षम बनाउन सकिदैन तबसम्म हरेक क्रियाकलाममा सक्षम बनाउन सकिदैन ।
यसरी वर्षौ देखि उत्पीडनले टुटेको कडिलाई जोड्न फेरी महिलालाई पनि पुरुष सरह सक्षम र सबल बनाउनको लागि र हरेक फिल्ड, विभाग देखि सम्पुर्ण क्षेत्रमा महिलाको अधिकारको सुनिश्चित गर्न सम्बन्धित पार्टीले योजना बनाई अभियानको रुपमा थालनी गर्यो भने अवश्य अवको १०/१५ वर्ष भित्र महिला नेतृतव विकासमा समस्या मात्र होइन नेपाली समाजमा विद्यमान रहेको महिला मुक्तिको समस्या समेत हल हुने सम्भावना देखिन्छ ।
अखिल-क्रान्तिकारी)
नेवाः राज्य समिति सदस्य