Saturday, January 22, 2011

जनमुक्ती सेनालाई औपचारिक रुपमै बिशेष समितिको मातहतमा राख्नु ठिक हो ?


संबिधान सभाको चुनावको परिणाम सार्वजनिक भएर माओवादी मुलुककै ठुलो पार्टिको रुपमा स्थापित भयो । सरकार माओवादिकै नेतृत्वमा बन्ने सुनिश्चित थियो र कुनैपनी हालतमा बन्नै नै थियो । तर पनि स्वर्गिय गिरिजाले एउटै कुराको अडान लिएको थियो-त्यो हो "दुइ तिहाइ नभै साधारण बहुमतले पनि सरकार ढाल्न सकिने" त्यो माग पुरा नभै गिरिजाले राजिनामा दिनै मानेको थिएन । र माओवादी बाहेक अरु सबै दल मिल्दा पनि दुइ तिहाइ नपुग्ने अवस्था अहिले पनि छ । त्यसैले माओवादिको सरकार बनेको अवस्थामा माओवादिको सरकार ढाल्ने तागत कसैमा थिएन । र गिरिजाले माओवादिलाई सत्तामा धेरै दिन टिक्न नदिने चाल चलिसकेको थियो । त्यसैले गिरिजाले २ तिहाइ नभै सामान्य बहुमतले पनि सरकार ढाल्न सकिने प्रस्तवमै अडान लिएको थियो । र समान्य बहुमतले पनि सरकार ढाल्न मिल्ने प्रस्ताव स्विकार गर्नु भनेको माओवादिको लागी आत्माघआती निर्णय थियो । तर पनि प्रधानमन्त्री बन्ने हतारमा पछिको बाटोको कुनै सोँच बिचार नै नगरि कमरेड प्रचण्डले अन्त्यमा सामान्य बहुमतले पनि सरकार ढाल्न सकिने प्रस्ताव स्विकार गर्नु भएको थियो । जसको परिणाम अहिले माओवादिले मात्र होईन सम्पुर्ण नेपाली जनताले भोग्नु परेको छ ।
यदी माओवादिले पनि दुइ तिहाइमै अडान लिएको भए त सत्ता त कुनै पनि हालतमा माओवादिकै थियो नि त्यतिबेला पनि । अनि अहिलेसम्म पनि माओवादिकै सरकारले निरन्तरता पाइरहेको हुने थियो । तर हतारमा समर्थन जनाउनुले देश र जनताले अहिले ठुलो दुर्घटना ब्यहोर्नु परेको छ । कतै जनसेनालाई अहिलेको यस्तो कहालिलाग्दो अवस्थामा बिशेष समितिको मातहतमा राख्ने निर्णय पनि यस्तै आत्मघाती त हुने होईन ?
जबकी सेना समायोजन बिशेष समितिमा कथित सेना, सशस्त्र प्रहरी र जनपद प्रहरिका अफिसरहरु छन र स्वयम भिम रावल यसका संयोजकका रुपमा रहेका छन् अनि उनिहरु सबै सेना समायोजनका बिरोधी पनि हुन भन्ने कुरा सबैलाई प्रष्टै थाहा छ । फेरी किन यस्तो आत्मघाती निर्णय लियो पार्टिले ?
अब सेना समायोजन बिशेष समितिले गर्ने प्रमुख कार्यहरु पक्कै पनि,
१) जनमुक्ती सेनाको हतियारको परिमाण संख्या विवरण माग्ने,
२) शिविरका सबै हतियार माग्ने र नदिए सेना लगाएर कब्जा गर्ने
३) जनमुक्ती सेनालाई निशस्तृकरण गर्ने
४) सबै शिविरका सेनाहरुलाई आ-आफ्नो घर फिर्ता पठाइदिने
५) प्रतिकार गर्न खोज्ने जनसेनालाई हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्धा चलाएर जेल चलान गर्ने
६) देशमा राष्ट्रपतिय या सैनिक शासन लाद्ने
७) देशलाई अनिर्णयको बन्दी बनाउने ।
मेरा यि सबै अनुमान शतप्रतिशत सही नहोलान तर केहि त पक्कै पनि गर्न खोजेका छन नालायक नपुंसक सरकार र सत्तासिन दलहरुले । हामी यि कुराहरुप्रती सजग हुनै पर्छ ।
अहिलेको अवस्थामा सबैभन्दा ठुलो नै हतियार हो । हतियारको खेलमा बिपक्षी निश्चय पनि निरिह हुनै पर्छ । तर अब त माओवादिसँग न सेना हुनेछ, न हतियार । अनि मैले भनेका कुरा नहोला भन्न सकिन्छ र ?
मेरो बिचारमा जनयुद्ध पुरा भएको छैन्, यो त अधुरो नै छ । माओवादिले युद्धा बिराम गर्नु हुँदैन थियो अनि सरकारमा जाने, चुनावमा भाग लिने हतार गर्नु हुँदैन । मेरो बुझाइमा क्रान्तिकारी पार्टिले कहिले पनि चुनावमा भाग लिँदैन बरु सोझै सत्तामा आक्रमण गरेर सत्ता कब्जा गर्ने । तर यि सबै काम माओवादिबाट अझै हुन सकेको छैन ।
यदी जनयुद्ध संबिधानसभाको चुनाव र गणतन्त्र प्राप्तिको लागी मात्र हो भने भारतमा त धेरै पहिले नै संबिधानसभाको चुनाव भएर गणतन्त्र आइसकेको छ । तर त्यहाँ माओवादी जनयुद्ध जारी नै छ । नेपालको गणतन्त्रको कुरा गर्ने हो भने यो अवस्था पहिलेको भन्दा कहाली लाग्दो छ । के युद्धबिराम गर्नु ठिक थियो ?