Thursday, February 17, 2011

अन्तिम जनबिद्रोहको आवश्यकता


२००७ सालको आन्दोलनले मात्र १०४ बर्षे जहाँनिया राणा शासनको अन्त्य गर्न सफल भयो । तर त्यो भन्दा निरंकुश बन्यो पन्चायती ब्यबस्था । त्यसैले २०३६ अनि ०४६ सालमा फेरी अर्को आन्दोलन गर्नुपर्‍यो । त्यो आन्दोलनले पनि पन्चायती ब्यबस्थालाई मात्रै ढाल्यो तर बहुँदालिय ब्यबस्थामा त्यो भन्दा पनि महाशोषक र सामन्ती नेताहरुको जन्म भयो । तिनै नेताहरुको कारणले माओवादिले २०५२ मा जनयुद्ध गर्‍यो, तिनै सामन्ती नेताहरुको कारण ज्ञानेन्द्र शक्तिशाली बन्ने मौका पायो । ज्ञानेले चालेको प्रतिगामी कदमको बिरुद्धमा तत्कालिन सात दलका नेताहरुले आन्दोलनको घोषणा गरे पनि जनताले उनिहरुलाई साथ दिएनन््, उल्टै उनिहरुलाई ज्ञानेले नजरवन्दमा राख्यो । किनकी जनताले तिनिहरुको नाङ्गो नाच र काला कर्तुत बहुदलिय ब्यबस्था सुरु भएदेखी नै हेर्दै आएका थिए । त्यसैले उनिहरुले आखिरमा माओवादिलाई गुहार्न बाध्य हुनुपर्‍यो ।
जनता आफैले तत्कालिन सात दलको बिरुद्धमा आन्दोलन गर्नु पर्ने बेला आइसकेको बेलामा ज्ञाने यती निरंकुश बन्न पुग्यो कि माओवादिको सपोर्ट र सात दलको अगुवाइमा राजतन्त्रको बिरुद्धमा भयङ्कर आन्दोलन गरे । ०६२-६३ को आन्दोलन पनि सफल भयो । तर त्यो पनि ज्ञाने र राजतन्त्रको बिरुद्धमा मात्रै भयो । लोकतान्त्रीक गणतन्त्र नेपालमा त झन् त्यस्ता ज्ञाने धेरै जन्मिए खड्ग ओलि, माकुने र कांग्रेसको रुपमा ।
००७ साल देखी ०६२-६३ को आन्दोलनसम्मको घटनावृत्तलाई हेर्दा तत्कालिन ब्यबस्थाको बिरुद्धमा आन्दोलन मात्र चर्काएयो तर त्यो भन्दा पनि जटिल ब्यबस्थालाई निम्त्याएको जस्तो मात्र देखिएको छ । प्रत्यक चोटिको आन्दोलन सिमित शोषक्, सामन्ती र दलाल प्रबृत्तिका नेताहरुको स्वार्थको लागी मात्र गरेको देखियो । आन्दोलनमा ज्यान गुमाउने, घाइते र अपाङ्ग हुने चाहिँ नेपाली जनता अनि त्यसको सफलताको स्वाद लिने चाहिँ ति दलाल्, भ्रष्ट नेता भएका छन् । प्रत्यक आन्दोलनले शाषक मात्रै फेरिएको छ, शाषनको शैली र ढाँचा फेरिएको छैन । नेपालमा यत्रा ठुला-ठुला आन्दोलनहरु सफल भैसकेका छन् तर भ्रष्टाचार्, अनियमितता र महँगी झन् झन् आकासिँदै गएको छ ।
यहाँ त गाडिलाई मात्र परिवर्तन गरिएको छ, चालक त आखिर उहि पुरानै । चालकले राम्रोसँगा स्याहार गरेर चलाए न गाडी पनि राम्रोसँग गुड्छ । चालकले नै गाडिलाई भिरबाट गुल्ट्याउन खोज्छ भने गाडी मात्र फेरेर केहि हुँदैन । अहिलेसम्मका आन्दोलनहरुले पनि त्यस्तै मात्र काम गरेको देखिएको छ । ब्यबस्था मात्र फेरियो तर हालिमुहाली त उहि पुरानोकै बढी छ । ति चालक भनेका ओलि, माकुने, रामचन्द्र, सुजता लगाएतका छन् । अब हामिले तिनै चालकलाई हटाउने मात्रै होईन सखाप नै पार्नको लागी अन्तिम पटक फेरी भयङ्कर ठुलो जनबिद्रोह गर्नु अत्यावश्यक छ । यदी अब पनि पनि उनिहरुलाई त्यसै छाडिने हो भने कुनै पनि बेला फेरी अर्को षड्यन्त्रको जालो बुन्न सक्छन्, किनकी उनिहरुको शिरमा त भारतिय विस्तारवादको हात परेको छ । त्यसैले जबसम्म ओलि, माकुने र कांग्रेस रुपी चालक नेपालमा रहन्छन् तबसम्म गाडी रुपी हाम्रो देशको  शासन सत्ता कहिल्यै पनि राम्रोसँग चल्न सक्दैन र एकदिन यसलाई भिरबाट गुल्ट्याएरै छाड्नेछन् तिनिहरुले ।
त्यसैले यस्ता नेताहरुलाई नेपाली भुमी र नेपालको इतिहासबाट सदाको लागी खत्तम पार्नको लागी अब फेरी नेपालमा जनबिद्रोह अत्यावश्यक भैसकेको छ । जनबिद्रोहको लागी ब्यक्तिगत र दलगत स्वार्थलाई त्यागेर राष्ट्रीयता र स्वाधिनताको रक्षाको लागी हामी सबै नेपाली जनताले हातमा हात र काँधमा काँध मिलाएर जनबिद्रोहको थालनी अहिले, आजैबाट गरौँ ।