Friday, April 29, 2011

कसले भन्ने नेपालमा सर्वाधिक बिक्रि हुने राष्ट्रिय दैनिक


वैशाख ११ -  अनुजा बानियाँले बसमा ९१ लाख रुपैयाँ र हीराको हार भेट्टाई पुरुषोत्तम पोखरेललाई फिर्ता दिएको समाचार कान्तिपुरमा बुधबार प्रकाशित भएको थियो । उक्त समाचार पैसा फिर्ता लिन पुरुषोत्तमसँगै गएको भनिएका निजकी छोरी सुधा, छोरा अनिल र मीतछोरी अनिता कार्की तथा अनुजा स्वयंको भनाइमा आधारित थियो । समाचार तयारीका क्रममा कान्तिपुरसँग सम्पर्कमा आएका यी पात्र नक्कली रूपमा खडा गराइएको खुल्न आएको छ । भोजपुर घर भई धरान बस्दै आएकी अनुजाले पैसा फिर्ता दिएको भनिएका पुरुषोत्तम पोखरेल कतै भेटिएनन् । अनुजाको नम्बरसँग सम्पर्क भएका टेलिफोनहरूको विवरण झिकाई कान्तिपुरले अनुसन्धान गर्दा उनले भनेजस्तो काठमाडौंमा पुरुषोत्तम नाम गरेका व्यक्तिसँग कुरा भएको पनि पाइएन ।  पत्यारिलो ढंगले उपलब्ध गराइएको समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टि भएको छ । नियोजित परिस्थिति र नक्कली पात्रहरूका कारण भ्रमपूर्वक गलत समाचार र विचार सम्प्रेषण हुन गएकामा कान्तिपुर सम्पूर्ण पाठकसँग क्षमाप्रार्थी छ ।
यो हो बैशाख १२ गतेको कान्तिपुर दैनिकले गरेको क्षमायाचना । पुष्टि नै नभई प्रकाशित समाचारको बारेमा क्षमा माग्नु राम्रो पक्ष हो तर गल्ति गरेर माफि माग्नुभन्दा सामाचार प्रकाशनपुर्व नै ध्यान दिएको भए हुन्थ्यो नि यसबाट नेपालि मिडियामा अब गल्ति गर्ने र माफि माग्ने परम्परा विकास हुनेछ किनकि सबैभन्दा सर्बप्रियको धम्कि दिने माध्यमवाटै यस्तो हुनै नसक्ने गल्ति भएको छ ।
कान्तीपुरले किन मागी माग्यो ? यसको उत्तर सहज छ तर कारण गहन । आफ्नो हेडरमा  सर्वाधिक बिक्रि हुने भनि राख्ने र सबैभन्दा विश्वसनिय दावी गर्ने कान्तिपुरले त्यस अनुसारको स्तर चाही मेन्टन नगर्नु कमजोरी होइन सरासर बेइमानी पाठकहरु प्रति । होइन भने देशकै ठुला मिडियालाई जोकसैले पनि गुमराहामा पारेर आफनो सोझो गर्न सक्ने भयो नि होइनर ?  जहिले पनि बिद्रोही मनोबिज्ञानको फाइदा लिने बानी परेको यसको संयन्त्र  खोजमुलुक समाचारमा चुक्नु अनौठो भने होइन । तर यति ढिलो आएर माफी चाही किन माग्यो त कान्तीपुरले ? सबैलाई लागेको होला :
 १. बिश्वसनिय स्रोत नभएकाले
 २. प्रहरीले पुष्टी नगरेकाले ।
तर यो दुबै गलत हुन भन्ने कुरामा शंका हुनै सक्दैन, किनभने  अवसरवादी र बार्गेनिङ मिसिएको पत्रकारीता गर्ने संग थप खोजबिन गर्ने ह्याउ हुदैन ।
पत्रकारलाई  राम्रै  पाठ पनि दिईन अनुजाले
यतिबेला अनुजामात्रै होइन,उनले समाचार लेख्ने पत्रकार, सम्बन्धित मिडिया र झुठा पत्रकारिता  गर्नेलाइ  विवाद र वहसको कठघरामा उभ्याइन् ।  काम नाराम्रो गरेको भएपनि  अनुजा प्रकरणले नेपाली पत्रकारीता जगतमा हावाका भरमा समाचार लेख्ने पत्रकारलाई  ठुलौ झापड दिएको छ ।  कुनै पनि समाचार कसैले भनेकै आधारमा लेख्ने कि नलेख्ने ? कसैले टेलिफोन गरेर दिएको सुचनालाई पत्याउनै कि नपत्याउने ? घटनाको पुष्टि गर्ने पर्याप्त तथ्य एवं आधारहरु छन् कि छैनन् ? लगायतका कुराहरुमा ज्यादै संवेदनशील हुनुपर्ने पाठ सिकाएको छ ।
अरुभन्दा छिटो समाचार लेखेर क्रेडिट पाउने लालसाले पत्रकारहरुलाई समाचारको वास्तविकताभन्दा पर पुर्याइरहेको हुन्छ र पाठकहरुमा भ्रम, आशंका उत्पन्न गरिरहेको हुन्छ ।त्यसैले अव हावापत्रकारहरुले संख्यात्मक भन्दा पनि गुणात्मक, स्तरीय र खोजपुर्ण एवं सत्य, तथ्यमा आधारित समाचार लेख्नुपर्छ भन्ने पाठ पनि यो घटनाले सिकाएको छ ।
प्रहरिले कारवाहि कसरि गर्ने 
 कान्तिपुरको ध्वाँसमा एक धक्का दिने र राष्ट्रपतिलाई  पनि पङगु बनाउन सफल यी महान व्यक्ति अनुजा बानियाँलाइ  कारवाहि त हुनैपर्छ तर  कस्तो कारवाही दिने भन्ने बारेमा प्रहरि पनि अलमल मा छ  किन कि यो घटना पहिलो भएको र   अहिलेसम्म कसैले पनि उजुरी गर्न नआएकाले अनुसन्धान र कारवाही अगाडी बढाउन नसकिएको सुनसरी प्रहरीले जनाएको छ । एक प्रहरी अधिकृतले भने-’अनुजाले ढाँटेको बिषयमा कि त पत्रिकाले नै उजुरी हाल्नुपर्यो कि त अरु कसैले । पत्रिकामा समाचार छापिएकै आधारमा उनलाई नियन्त्रणमा लिएर छानविन गर्न मिल्दैन, कागजी आधार त चाहियो नी ।’
 लगभग यो घटना अन्त्यतिर छ तर  यस प्रोपागाण्डामा सहभागि हुने सबैलाई कारवाहि हुनुपर्छ यहि भन्छौ हामि । माफि अनुजाले पनि माग्न सक्छिन तर दिने वा नदिने र झुटो समाचारलाई प्रकाशन गरि आफ्ना प्रिय पाठकलाई झुटो सन्देश प्रवाह गर्ने मिडिया पनि त कारवाहि को दायरामा आउनु आजको आवश्यकता हो । यदि होईन भने गलत समाचार प्रवाह गर्दै माफि माग्दै गर्नेहरुको सुचि लामै बन्छ । यसकारण आफ्नो विश्वसनियता त गुमेकै छ तर अन्य माध्यमलाइ भुसुना ठान्ने र आफ्ना समाचार नै सत्य हुन्छन् भन्ने मनोबृत्ति यस गल्तिबाट त्याग्दा पनि राम्रै होला नत्र भोलि विहान कस्ले भन्छ  , नेपालमा सर्वाधिक बिक्रि हुने राष्टिय दैनिक ?
 बिभिन्न मिडियामा अनुजाका खबर आइरहदाँ नेपालिहेडलाइन्स त्यसको अर्को पाटो ( सत्य तथ्य पाटो ) समातेर अडिग रह्यो र सकरात्मक कुरा आउदैन भनि  गरिएका गालि प्रति कुनै वास्ता नगरि बसेर आफ्ना पाठकलाई सत्यता को गहिराईमा पुर्यायो । अन्तत :  गालि गर्नेलाई पनि झापड मार्न सक्यो प्रकरणको पर्दाफासबाट  यस प्रकारको सफलातालाई हामिले एक खुड्किलोको रुपमा मानेका छौ । यसबाट पनि हावापत्रकारिता गर्नेलाइ पाठ बन्न सकोस ् । र आगामि दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्दता पाठकमाझ हृदयदेखिनै गर्दछौ साथै पत्रकारितामा भएको यस शुरुवातमा सबैको स्वागत रहोस , आसा गरौँ..................

गुण्डाका नाइकेका पक्षमा राजनीतिक दबाब


काठमाडौं, वैशाख १६ - संगठित अपराधीहरूसँग ठूला नेताको कुन हदसम्म साँठगाँठ छ भन्ने यथार्थ जेलमा रहेका ठूला गुण्डाका निम्ति उनीहरूले गर्ने उच्चस्तरका दबाब र सिफारिसबाट प्रष्ट हुन्छ ।
जापानमा कुनै निर्वाचित जनप्रतिनिधिहरूको गुण्डासँग संलग्नता रहेको प्रमाणसहितको समाचार प्रकाशित भए राजनीतिज्ञको जनमत एकाएक समाप्त हुन्छ । त्यस्तो समाचार प्रकाशन भएलगत्तै कैयौं राजनीतिज्ञहरूले आत्माहत्या गर्ने गर्छन् तर नेपालमा बढीभन्दा बढी गुण्डा पाल्ने नेता शक्तिशाली हुने प्रचलन बढ्दै गएको छ ।  
कारागार व्यवस्थापन विभागले हालै जेलभित्र लडाइँ गर्ने चक्रेमिलन समूहका पाँच सदस्यलाई काठमाडौंबाट बाहिर सार्ने निर्णय गरेको थियो । निर्णय सार्वजनिक नहुँदै त्यसलाई रोक्न गृह प्रशासनले दैनिक सयौं फोनको दबाब झेलिरहेको छ । 'कुरै नगर्नुस्, सामान्य नेता मात्रै हुन् र, मन्त्री भन्दा माथिको दबाब आइरहेको छ, आफै बुझ्नुस् ती को, को  हुन् ?' गृह मन्त्रालयका एक अधिकृत भन्छन्, 'नेपालका केही राजनीतिज्ञहरू अपराधीलाई संरक्षण गर्न कुन हदसम्म उत्रन्छन् भन्ने योभन्दा अर्को उदाहरण हुँदैन । 
 चक्रेमिलनसँगै केन्द्रीय कारागारमा रहेका सामान्य गुण्डाहरूको हकमा यस्तो दबाब छ भने चक्रेमिलन, दीपक मनाङे, चरी लगायतका हकमा जेल प्रशासनले कति दबाब झलिरहनुपरेको होला ?, आफै अनुमान गर्न ती अधिकृत भन्छन्, 'जेलको मुख्य ढोकामै निर्माण व्यवसायीलाई बोलाएर पटक-पटक बैठक गरी दुई करोड फिरौती माग्ने हिम्मत यो समूहले एक्लो प्रयासमा गरेको छैन ।
अधिकांश गुण्डाहरू दोहोरो स्वार्थ र संरक्षणका लागि प्रभावशाली नेता र पार्टी निकट पुगेका हुन् । मिलन र चरी सत्तारुढ दल एमाले निकट छन् भने मनाङे सानो पार्टीका युवा नेता छन् ।
जेल सरुवा हुन लागेकाहरू हालै जेलभित्रै एक-अर्काविरुद्ध हानाहान गर्नेहरू हुन् । चक्रेमिलनको समूहलाई छिन्नभिन्न पार्न कारागार प्रशासनले सार्न लागेका पाँच जनालाई पाँच जिल्लामा पठाउने तयारी गरेको छ । स्रोतका अनुसार जेल सार्ने निर्णयको सूचीमा परेकामा लक्ष्मण थापा मगर, हवल्दार भन्ने रोशन मगर, निरे भन्ने निराजन पौडेल, साँढे भन्ने कैलाशकुमार सिंह र नवराज लामा छन् । विभागले लक्ष्मणलाई सिन्धुपाल्चोक, रोशनलाई दोलखा, निराजनलाई गोरखा र नवराजलाई धादिङ पठाउने अन्तिम तयारी गरेको छ ।
काठमाडौंबाट जेल सारेको साता दिन नबित्दै केही कानुन व्यवसायीहरूले अदालतबाट 'कैदी/बन्दीलाई उपस्थिति गराउने' आदेश गराएर काठमाडौं ल्याउन बाध्य बनाउने गरेको गृहका अधिकारीहरू बताउँछन् । डनलाई काठमाडौं ल्याउन योजनाबद्ध रूपमा आएको आदेशलाई नकार्न कारागार प्रशासनले काठमाडौंमा एक दिन उपस्थित गराएर भोलिपल्ट सम्बन्धित जिल्ला पठाइदिने गरेको उदाहरण पनि दर्जनौं छन् ।
कारागार प्रशासनलाई पछिल्लो समयमा काठमाडौंका चर्चित डन 'शुक्रे' टाउको दुखाइ भएको छ । ललितपुरको नख्खु जेलभित्रैबाट शृंखलाबद्ध लुटपाट र फिरौतीको घटना घटाएपछि वीरगन्ज स्थानान्तरण गरिएका शुक्रेले त्यहाँ पनि अराजकता मच्चाएपछि रामेछाप लगिएको थियो । रामेछापको जेलभित्रैबाट ठेक्कापट्टामा गुण्डा पठाई फिरौती मागेर हैरान पारेको सूचना पाएपछि कारागार प्रशासनले उनलाई पुनः गोप्यरूपमा तराईको कुनै जिल्लामा स्थानान्तरणको तयारी गरिररहेको छ । गोप्यरूपमा सार्ने सुराक पाएका राजनीतिज्ञहरूले शुक्रेलाई रामेछापमै राख्न या काठमाडौं ल्याउन चर्को दबाब दिंदै आएको अधिकृतहरू बताउँछन् ।