वैशाख ११ - अनुजा बानियाँले बसमा ९१ लाख रुपैयाँ र हीराको हार भेट्टाई पुरुषोत्तम पोखरेललाई फिर्ता दिएको समाचार कान्तिपुरमा बुधबार प्रकाशित भएको थियो । उक्त समाचार पैसा फिर्ता लिन पुरुषोत्तमसँगै गएको भनिएका निजकी छोरी सुधा, छोरा अनिल र मीतछोरी अनिता कार्की तथा अनुजा स्वयंको भनाइमा आधारित थियो । समाचार तयारीका क्रममा कान्तिपुरसँग सम्पर्कमा आएका यी पात्र नक्कली रूपमा खडा गराइएको खुल्न आएको छ । भोजपुर घर भई धरान बस्दै आएकी अनुजाले पैसा फिर्ता दिएको भनिएका पुरुषोत्तम पोखरेल कतै भेटिएनन् । अनुजाको नम्बरसँग सम्पर्क भएका टेलिफोनहरूको विवरण झिकाई कान्तिपुरले अनुसन्धान गर्दा उनले भनेजस्तो काठमाडौंमा पुरुषोत्तम नाम गरेका व्यक्तिसँग कुरा भएको पनि पाइएन । पत्यारिलो ढंगले उपलब्ध गराइएको समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टि भएको छ । नियोजित परिस्थिति र नक्कली पात्रहरूका कारण भ्रमपूर्वक गलत समाचार र विचार सम्प्रेषण हुन गएकामा कान्तिपुर सम्पूर्ण पाठकसँग क्षमाप्रार्थी छ ।
यो हो बैशाख १२ गतेको कान्तिपुर दैनिकले गरेको क्षमायाचना । पुष्टि नै नभई प्रकाशित समाचारको बारेमा क्षमा माग्नु राम्रो पक्ष हो तर गल्ति गरेर माफि माग्नुभन्दा सामाचार प्रकाशनपुर्व नै ध्यान दिएको भए हुन्थ्यो नि यसबाट नेपालि मिडियामा अब गल्ति गर्ने र माफि माग्ने परम्परा विकास हुनेछ किनकि सबैभन्दा सर्बप्रियको धम्कि दिने माध्यमवाटै यस्तो हुनै नसक्ने गल्ति भएको छ ।
कान्तीपुरले किन मागी माग्यो ? यसको उत्तर सहज छ तर कारण गहन । आफ्नो हेडरमा सर्वाधिक बिक्रि हुने भनि राख्ने र सबैभन्दा विश्वसनिय दावी गर्ने कान्तिपुरले त्यस अनुसारको स्तर चाही मेन्टन नगर्नु कमजोरी होइन सरासर बेइमानी पाठकहरु प्रति । होइन भने देशकै ठुला मिडियालाई जोकसैले पनि गुमराहामा पारेर आफनो सोझो गर्न सक्ने भयो नि होइनर ? जहिले पनि बिद्रोही मनोबिज्ञानको फाइदा लिने बानी परेको यसको संयन्त्र खोजमुलुक समाचारमा चुक्नु अनौठो भने होइन । तर यति ढिलो आएर माफी चाही किन माग्यो त कान्तीपुरले ? सबैलाई लागेको होला :
१. बिश्वसनिय स्रोत नभएकाले
२. प्रहरीले पुष्टी नगरेकाले ।
तर यो दुबै गलत हुन भन्ने कुरामा शंका हुनै सक्दैन, किनभने अवसरवादी र बार्गेनिङ मिसिएको पत्रकारीता गर्ने संग थप खोजबिन गर्ने ह्याउ हुदैन ।
पत्रकारलाई राम्रै पाठ पनि दिईन अनुजाले
यतिबेला अनुजामात्रै होइन,उनले समाचार लेख्ने पत्रकार, सम्बन्धित मिडिया र झुठा पत्रकारिता गर्नेलाइ विवाद र वहसको कठघरामा उभ्याइन् । काम नाराम्रो गरेको भएपनि अनुजा प्रकरणले नेपाली पत्रकारीता जगतमा हावाका भरमा समाचार लेख्ने पत्रकारलाई ठुलौ झापड दिएको छ । कुनै पनि समाचार कसैले भनेकै आधारमा लेख्ने कि नलेख्ने ? कसैले टेलिफोन गरेर दिएको सुचनालाई पत्याउनै कि नपत्याउने ? घटनाको पुष्टि गर्ने पर्याप्त तथ्य एवं आधारहरु छन् कि छैनन् ? लगायतका कुराहरुमा ज्यादै संवेदनशील हुनुपर्ने पाठ सिकाएको छ ।
अरुभन्दा छिटो समाचार लेखेर क्रेडिट पाउने लालसाले पत्रकारहरुलाई समाचारको वास्तविकताभन्दा पर पुर्याइरहेको हुन्छ र पाठकहरुमा भ्रम, आशंका उत्पन्न गरिरहेको हुन्छ ।त्यसैले अव हावापत्रकारहरुले संख्यात्मक भन्दा पनि गुणात्मक, स्तरीय र खोजपुर्ण एवं सत्य, तथ्यमा आधारित समाचार लेख्नुपर्छ भन्ने पाठ पनि यो घटनाले सिकाएको छ ।
प्रहरिले कारवाहि कसरि गर्ने
कान्तिपुरको ध्वाँसमा एक धक्का दिने र राष्ट्रपतिलाई पनि पङगु बनाउन सफल यी महान व्यक्ति अनुजा बानियाँलाइ कारवाहि त हुनैपर्छ तर कस्तो कारवाही दिने भन्ने बारेमा प्रहरि पनि अलमल मा छ किन कि यो घटना पहिलो भएको र अहिलेसम्म कसैले पनि उजुरी गर्न नआएकाले अनुसन्धान र कारवाही अगाडी बढाउन नसकिएको सुनसरी प्रहरीले जनाएको छ । एक प्रहरी अधिकृतले भने-’अनुजाले ढाँटेको बिषयमा कि त पत्रिकाले नै उजुरी हाल्नुपर्यो कि त अरु कसैले । पत्रिकामा समाचार छापिएकै आधारमा उनलाई नियन्त्रणमा लिएर छानविन गर्न मिल्दैन, कागजी आधार त चाहियो नी ।’
लगभग यो घटना अन्त्यतिर छ तर यस प्रोपागाण्डामा सहभागि हुने सबैलाई कारवाहि हुनुपर्छ यहि भन्छौ हामि । माफि अनुजाले पनि माग्न सक्छिन तर दिने वा नदिने र झुटो समाचारलाई प्रकाशन गरि आफ्ना प्रिय पाठकलाई झुटो सन्देश प्रवाह गर्ने मिडिया पनि त कारवाहि को दायरामा आउनु आजको आवश्यकता हो । यदि होईन भने गलत समाचार प्रवाह गर्दै माफि माग्दै गर्नेहरुको सुचि लामै बन्छ । यसकारण आफ्नो विश्वसनियता त गुमेकै छ तर अन्य माध्यमलाइ भुसुना ठान्ने र आफ्ना समाचार नै सत्य हुन्छन् भन्ने मनोबृत्ति यस गल्तिबाट त्याग्दा पनि राम्रै होला नत्र भोलि विहान कस्ले भन्छ , नेपालमा सर्वाधिक बिक्रि हुने राष्टिय दैनिक ?
बिभिन्न मिडियामा अनुजाका खबर आइरहदाँ नेपालिहेडलाइन्स त्यसको अर्को पाटो ( सत्य तथ्य पाटो ) समातेर अडिग रह्यो र सकरात्मक कुरा आउदैन भनि गरिएका गालि प्रति कुनै वास्ता नगरि बसेर आफ्ना पाठकलाई सत्यता को गहिराईमा पुर्यायो । अन्तत : गालि गर्नेलाई पनि झापड मार्न सक्यो प्रकरणको पर्दाफासबाट यस प्रकारको सफलातालाई हामिले एक खुड्किलोको रुपमा मानेका छौ । यसबाट पनि हावापत्रकारिता गर्नेलाइ पाठ बन्न सकोस ् । र आगामि दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्दता पाठकमाझ हृदयदेखिनै गर्दछौ साथै पत्रकारितामा भएको यस शुरुवातमा सबैको स्वागत रहोस , आसा गरौँ..................
No comments:
Post a Comment