Friday, May 6, 2011

भारतका सबैप्रकारका सामग्रीहरुको बहिष्कार गरौँ


- प्रसन्न
हुन त भन्छन अरुलाई अर्ती दिन सजिलो हुन्छ आँफैले अपनाउन गाह्रो हुन्छ । तर तिनै व्यक्तिहरुको नाम ईतिहासमा लेखिन्छ जसले असजिला अवस्था र चुनौतीहरुलाई पनि आत्मसात गर्ने हिम्म्मत गर्छ । नेपाल को स्वाभिमानका लागि हाम्रा पुर्खाहरुले जे जती गरे त्यसको केही अंस मात्र पनि हामीले गर्न सके देशको अस्मिता जोगाउन पर्याप्त हुनेथियो । अहिले नेपालका सिमानाहरु मिचिदै गएको र नेपालका हरेक गतिबिधिहरुमा भारतीय हस्तक्षेप भैरहेको अवस्थामा हामीले बन्दुक बोकेर लड्न नै जानुपर्छ भन्ने छैन अरु सकारात्मक सोचले पनि प्रतिवाद गर्न सक्छौ जस्तो मलाई लाग्छ । जसरी अहिले हामीमा भारतीय हस्तक्षेप बिरुद्ध भावनाहरु जाग्रित भैरहेका छन यसलाई मर्न दिनुहुदैन र यो उर्जालाई आ-आफ्नो ठाँउ बाट नेपालको हित हुने गरी प्रयोग गर्नसक्नुपर्छ । युद्ध पनि गर्न पर्ने हुनसक्छ । 
१) साँस्कृतिक अतिक्रमण सबैभन्दा डरलाग्दो अतिक्रमण हो यस्ले मनिसलाई नजानिदो तरिकाले मोडिरहेको हुन्छ । तसर्थ भारतीय सिनेमा, सस्ता टेलि-सेरियल र भारतको गुणगाण मात्रै गाउने डकुमेन्ट्रिहरु तथा गीतहरु बहिस्कार गरौ । भारतीय सिनेमा नेपालका हलहरुमा चलाऊन नदिऊँ ।
२) हामीलाई हिन्दी भाषा आउछ भन्दैमा कुनै ईण्डियन (खासगरी बिदेशमा) भेट्यो भने हिन्दी बोल्ने कार्य नगरौ ।
३) सकेसम्म नेपाली सामानको नै उपयोग गरौ ।
४) बिदेशमा बस्ने नेपालीहरुले आफ्नो कोठा तथा काम गर्ने वा पढ्ने टेबल मा अनिवार्य नेपालको झन्डा तथा नक्सा राख्ने गरौ । कसैले सोधेमा नेपालको बारेमा स्पष्टसित वर्णन गरौ । त्यो बेला भारतले अतिक्रमण गरेर दु:ख दिने गरेको कुरा समेत उल्लेख गरौ, भारतीय बिस्तारबाद को खुलेरै बिरोध गरौ ।
५) आजभोलि धेरैजसो नेपालीहरुले व्यक्तिगत तथा संस्थागत ब्लग तथा वेबसाईटहरु बनाउनुभएको होला । आ-आफ्ना ब्लगको मुख्य पृष्‍ठमा नेपालको झन्डा तथा नक्सा राखौ ।
६) सीमा अतिक्रमणको बिरोधमा बिदेशमा बस्ने नेपालीहरुले आ-आफ्नो काम गर्ने वा पढ्ने विश्वविद्यालयको सार्वजनिक सुचना पाटिमा यो घटनाको भर्त्सना गरेर बिग्यप्ती टांस्नुहोस् । त्यो दुइजना मात्रै बिदेशिले पढ्यो भने पनि उसले अरु ४ जनालाई भारतको कालो नियत बारे बताउछ ।
७) नेपालमा बसेका सबै नेपालीहरुले भारतीय अतिक्रमणको बिरोधमा चलिरहेका आन्दोलनलाई पूर्ण समर्थन गर्दै सशक्त सहभागिता जनाऔँ ।
हामी यस्तो कार्य गरौ कि जसले नेपालको नाम अन्तरराष्ट्रिय जगतमा साकारात्मक रुपमा पुगोस साथै भारतले गरेको हस्तक्षेप सबैले थाहा पाओस । तर हामीले उत्तेजनामा आएर गलत काम भने गर्नु हुँदैन। यसले उनिहरुलाई झन ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भनेजस्तो हुन्छ । जस्तो कि विरोध गर्ने भन्दैमा भारतीय राज्दूतवासमा जवर्जस्ती प्रवेश गर्न खोज्नु अथवा उनिहरु चढेको गाडीमा ढुङ्गामुढा गर्नु भने हुँदैन । यसो गर्दा भोली सुरक्षाको लागि भन्दै भारतीय सेना लैनचौर अगाडि ल्याइदियो भने झनै अप्ठेरो स्थिती आउछ । उनिहरुले चाहेको पनि त्यस्तै नै हो । पहिले नै नेपाली एअरपोर्टमा भारतीय सेना राख्न खोजेकै हो । अहिले हामीले नेपालको वर्तमान सरकारलाई पनि निरन्तर दवाव दिदै जानुपर्छ ।
अन्तमा वीर अमर सिंह थापाको एउटा वाणी सम्झन चाहन्छु – “म बाघको डमरू हुँ सिनो खाने कुकुर होइन ”
जय होस् !

सुस्तादेखि कञ्चनपुरसम्म सीमा मिचेकै हो


सुस्तादेखि कञ्चनपुरसम्म भारतले सीमा मिचेकै हो- यो निश्कर्ष निकालेको छ संविधान सभाको एउटा समितिको टोलीले। त्यो समितिमा सत्तारुढ कांग्रेस, एमाले र मालेका आठ सभासदहरु सदस्य छन्। तिनै सभासदहरुले स्थलगत भ्रमण गरेपछि यस्तो निश्कर्ष निकालेका हुन्। नेपाल र भारतकाबीच विद्यमान सीमा विवादको स्थलगत रुपमा अध्ययन गरी प्रतिवेदन तयार पार्न सो टोली गठन गरिएको थियो।
भ्रमण सकिएपछि आयोजित पत्रकार सम्मेलनमा टोलीका संयोजक पद्मलाल विश्वकर्माले टोलीको निश्कर्ष यसरी सुनाए-
• सुस्तादेखि ब्रम्हदेव मण्डीसम्मको सीमा क्षेत्रको अध्ययनकाक्रममा सीमा क्षेत्रमा बस्ने नेपाली जनतामा सरकारको उपस्थिति नदेखिएको
• दशगजा क्षेत्रसमेत मिचिएको,
• कतिपय सीमास्तम्भ हराएको वा तोडफोड गरिएको,
• नेपालको भूमि अतिक्रमण भएको,
• भारतीय पक्षबाट सीमा क्षेत्रमा बनाइएका विभिन्न ठाउँका बाँधका कारण वर्षायाममा नेपाली भूमि डुवान भई स्थानीयवासी प्रभावित हुने गरेको
• सीमा क्षेत्रमा आवतजावत गर्ने नेपालीहरूप्रति भारतीय अधिकारीबाट दुर्व्यवहार हुने गरेको,
• सीमावर्ती क्षेत्रमा दुवैतर्फबाट अपराधिक क्रियाकलाप हुने गरेकोमा यसको नियन्त्रणका लागि भारतीय सीमा क्षेत्रमा सीमा सुरक्षाबल (एसएसबी) ठूलो सङ्ख्यामा तैनाथ गरिएको तर नेपालको सीमामा सशस्त्र प्रहरीबल अत्यन्त न्यून सङ्ख्यामा मात्र तैनाथ रहेको पाइएको
• भारतले एक किलोमिटरको फरकमा सिमानामा सुरक्षा पोस्ट राखेकोमा नेपालका फाटफुट मात्र छन्। नेपालले पनि भारतकै अनुपातमा सुरक्षा पोस्ट राखे सीमा अतिक्रमण र ज्यादतीमा कमी आउने
• केही वर्ष अघिसम्म आधा आधा उपयोग गर्दै आएको कञ्चनपुर, पारासनको प्याराताल भारतले एकलौटी बनाएको, लडाएर राखिएको १९५ नम्बरको पिल्लर हराए थप नेपाली भूमी अतिक्रमण हुने खतरा रहेको
• नेपाल–भारतको संयुक्त प्राविधिक टोलीले सन् २००७ मा तयार पारेको सीमा क्षेत्रको नक्सा विवादास्पद, सरकारले मान्यता दिन हुँदैन। पुनः नक्शाङ्कन र सत्यापन गर्न आवश्यक। प्राविधिक टोलीबाट १८६० सालको आधारमा नयाँ नक्सांकन गरी नेपालका तर्फबाट हस्ताक्षर गरिनुपर्ने
सीमाविद् बुद्धिनारायण श्रेष्ठले यसो भने-
• सीमा क्षेत्रमा केही मूल सीमास्तम्भ भेटिएन
• केही स्तम्भ कु–ठाउँमा गाडिएको,
• केही स्तम्भ हराएको,
• दशगजा क्षेत्र स्पष्ट नभएको,
• सीमा स्तम्भ गाड्दा दुबै देशका सीमावर्ती जनतालाई पुरानो नक्साको दस्तावेजको जानकारी नदिइएको,
• सीमावर्ती क्षेत्रका जनताको जग्गाधनीपूर्जाको प्रमाण नभएको,
• दुबै देशका स्थानीय अधिकारीबीच सम्पर्क र समन्वयको अभाव रहेको,
• सशस्त्र प्रहरी पोष्ट तैनाथ नगरिएको जस्ता कारणले सीमा क्षेत्रको छेउछाउको भूमि मिचिएको।
• १ किलोमिटरमा भारतीय सुरक्षाकर्मी २५ जना छन् भने नेपालका तर्फबाट १ जना मात्र यसले मनोबलमा निकै असर गर्छ, यो संख्या बराबर पारिनुपर्छ।’
संसदीय टोलीले यही पुस १० गतेबाट सीमा क्षेत्रको स्थलगत अध्ययन कार्य सुरु गरी हिजो सकाएको हो।
अध्ययनका क्रममा संसदीय टोली, नवलपरासीको सुस्ता क्षेत्र, रुपन्देही मर्चवार क्षेत्रको खुर्दलोटन बाँध, कपिलवस्तुको कृष्ण नगर, बाँकेको फत्तेहपुर र होलिया, तथा लक्ष्मणपुर बाँध, बर्दियाको राजापुर र चौगुर्दी, कञ्चनपुरको ब्रह्मदेवमण्डी, वनवासा, गाचौकी, शुक्लाफाँटा, त्रिभुवनवस्ती, पराशन र कैलालीको भजनी, लालबोझी र डोकेबजार पुगेको थियो।
(पूरानो फाइलबाट प्रकाशित)

नेपाल चुप बसेकोले नै सीमा मिचिएको

नेपालको पूर्वी भागमा भारतले धमाधम सीमा मिचेको मिच्यै छ। किन त्यसरी सीमा मिचेको होला त ? सीमा निरीक्षण गर्न गएका सभासद्‍हरुले फर्केर एउटा निश्कर्ष निकालेका छन्- नेपाल चुप बसेकोले ! सीमा दिनदिनै अतिक्रमण हुँदा पनि नेपालको प्रतिवाद गर्ने क्षमता कमजोर भएकोले नै भारतको मनोबल बढेको उनीहरुको ठहर छ। राष्ट्रिय सरोकार समाजले आयोजना गरेको नेपालको पूर्वी सिमाना अतिक्रमण र निरीक्षण विषयको कार्यक्रममा सभासदहरूले भने, विगत एक दशकदेखि नै भारतले नेपाली सीमा अतिक्रमण गर्न थालेको हो। तर नेपाल मौन रह्यो। यसैबाट भारतीय सरकारको मनोबल बढेको हो। 

सभासद् सावित्रीकुमार काफ्लेले भारतीय पक्षबाट सीमास्तम्भभन्दा दुई मिटर परको नेपाली भूमिमा भारतीय चेकपोस्ट बनाइनु, नेपाली भूमिमा भलिबल मैदानलगायत भारतीय जनताको बासस्थानसमेत बनाएर नेपालको सीमा अतिक्रमण गरिरहँदा समेत सरकार चुप लागेर टुलुटुलु हेरिमात्र बसेको बताए।
सभासद् कमला थापाले निरीक्षणका क्रममा सीमाक्षेत्रका नेपालीहरुले गरेको सङ्घर्ष हेर्दा हामी राजधानीमा रहेका जनताभन्दा त्यहाँका जनता नै सच्चा नेपाली भएको भान हुने बताइन्। उनका अनुसार सीमाक्षेत्रमा रहेका नेपाली जनतालाई भारतीय सेनाले पटक-पटक कुट्ने पिट्ने गरी त्यो क्षेत्र छाड्न दबाब दिइरहेका रहेछन्।
अर्का सभासद् सन्तबहादुर नेपालीले सीमास्तम्भ क्षेत्रको २० मिटरसम्मको भूमि दुवै देशले उपभोग गर्न नपाउने नियम भएपनि भारतले सो नियमको उल्लङ्घन गर्दा पनि नेपाल सरकारले आपत्ति नजनाउनु नै सीमा अतिक्रमणको मुख्य कारण भएको बताए।
संविधान सभाको एउटा समितिको बैठकमा सभासदहरुले दिनदिनै सीमा मिचिँदा सेना के हेरिरहेको भन्दै तत्कालिन प्रधानसेनापति रुक्माङ्गद कटवालसित प्रश्‍न राख्‍दा उनले भनेका थिए- "अहिले नेपालमा सैनिक सरकार छैन। त्यसैले सेना आफै खुकुरी लिएर उत्रने हैन, सरकारले आदेश दिएपछि बल्ल काम गर्छ।"
सरकारको त के कुरा, बालुवाटारभित्र जोसुकै प्रधानमन्त्री बसून्, चुँ गर्न सक्ने हैन यो विषयमा। एकअर्कालाई गाली नगरी ठण्डा दिमागले सोचौँ त, कसरी समाधान होला यो समस्या ?