Sunday, May 1, 2011

नेटो सेनाको आक्रमणमा गद्धाफीका छोरा मारिए


१८ वैशाख काठमाडौं । नेटो सेनाको आक्रमणमा लिबियाली शासक मोअमर गद्धाफीका छोराको मृत्यु भएको छ ।
राजधानी त्रिपोलीमा भएको आक्रमणमा गद्धाफीका कान्छा छोरा २९ वर्षीय सैफ अल अरब गद्धाफी र तीन नाति मारिएको बीबीसीले जनाएको छ । जर्मनीमा अध्ययनतर सैफ हालै मात्र लिबिया फर्किएका थिए ।
आक्रमणमा परी भवन पूर्णरुपमा ध्वस्त भएको छ । भवनमा अहिले पनि विस्फोट हुन बाँकी एक बम रहेको छ । आक्रमणका समयमा उक्त भवनमा गद्धाफी समेत तर उहाँ सुरक्षित रहेको सरकारका प्रवत्ता मौसा इब्राहीमले बताउनु भएको छ ।
लिबिया सरकारले नेटो सेनाले नेताहरुको हत्या गर्ने उदेश्यले शक्तिशाली आक्रमण गरेको बताएको छ ।
नेटो सेनाले भने आफूहरुको आक्रमणको निसाना गद्धाफीको सैन्य केन्द्रहरु भएको बताएको छ । साथै उसले गद्धाफीका छोरा मादिएको समेत पुष्टि गरेको छैन ।

कोरिया भाषा परीक्षाको आवेदन खुल्ला


१९ वैशाख काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जानेहरुका लागि कोरियाली भाषा परीक्षाको आवेदन खुल्ला भएको छ ।
सोमबारदेखि वैशाख २२ गतेसम्म बिहान ९ देखि साँझ ६ बजेसम्म आवेदकहरुले फारम भर्न सक्नेछन् । काठमाडौं उपत्यकाबाट फारम भर्ने व्यक्तिले ग्लोबल बैंकमा २४ अमेरिकी डलर बुझाउनु पर्नेछ ।
फारम वितरणको लागि कीर्तिपुरमा रहेको ल्याबरोटरी माध्यमिक विद्यालय नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय वनकाली गौशाला र एन्फा टेक्निकल सेन्टर च्यासल बालकुमारीमा व्यवस्था मिलाइएको छ । उपत्यका बाहिर भने रुपन्देहीकॊ बुटवल प्रदर्शनी मण्डपमा फारम भर्ने व्यवस्था मिलाइएको श्रम तथा यातायात व्यवस्था मन्त्रालय वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
रोजगारीका लागि दक्षिण कोरिया जानेहरुलाई लक्षित गरेर आवेद फारम खोलिएको यो तेस्रोपटक हो । गत वर्ष आवेदन फाराम सङ्कलनदेखि परीक्षा साचालनसम्मको सबै जिम्मा त्रिभुवन विश्वविद्यालयलाई दिइएको भएपनि यस वर्ष नेपाल सरकार आफैले लिएको छ ।

बंगालीले रसियन महिलाको सामान चोरे


काठमाडौ, वैशाख १९ - एक बगंलादेशी नागरिकले रसियन महिलाको सामान चोरी गरेका छन् ।
नेपाल घुम्न आएका बंगलादेशी नागरिक कबीर लाल ईश्लामले बौद्ध स्थित हायात होटलमा बसेकी रसियन नागरिक यूलिया सिस्किनाको आइफोन, आइप्याड, ८ सय अमेरीकी डलर लगायतका सामान चोरी गरेको प्रहरीले जनाएको छ ।
 प्रहरीका अनुसार २ दिन अघि बंगलादेशबा आएका उनी ति सामान बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका थिए । होटलले प्रहरीमा उजुरी लेखाएपछि प्रहरीले उनलाई बिमानस्थलबाटै पक्राउ गरेको थियो । पहिले यूवती बसेको कोठामा छुटेका सामानहरु बंगलादेशी नागरिकले लुकाएर लिएर गएको प्रहरीले जनाएको छ ।

पाकिस्तानमा ओसामा बिन लादेनको मृत्यु


१९ वैशाख, काठमाडौं । अमेरिकाले सर्बाधिक खोजी गरेका अन्तराष्ट्रिय आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा विन लादेन अमेरिकी सेनाको कारवाहीमा मारिएका छन् । अमेरिकी सेनाले पाकिस्तानको इस्लामावादस्थित अब्बोत्ताबादमा गरेको लादेन मारिएको अमेरिकी राष्ट्रपति बराक ओबामाले पुष्टी गर्नुभएको छ । ओबामाले हृवाइट हाउसमा पत्रकार सम्मेलन आयोजना गरि लादेन मारिएको पुष्टी गर्नुभएको छ ।
‘म आज अमेरिकी जनता र विश्वलाई यो बताउन चाहन्छु कि.., ओसामा बिन लादेन मारिए’, आज मेरो निर्देशनमा बिन लादेनविरुद्ध अमेरिकी सेनाले आक्रमण गरेको हो । भिडन्तपछि उनीहरुले ओसामालाई मारे र उनको शवलाई नियन्त्रणमा लिए।’
लादेनसँगै अन्य तीन जना पनि मारिएका छन् । मारिनेहरुमध्ये एकजना उनका छोरा पनि रहेको बताइएको छ । अहिले उनको शव अफगानिस्तान लगिएको छ र पत्रकारहरुलाई उनको शव हेर्न बोलाइएको छ ।
अमेरिकी सेनाले लादेनको मृत्युपछि उनको क्षतविक्षत भएको शवको तस्वीर भने सार्वजनिक गरिरहेको छ । उनको टाउँकोमा गोली लागेको छ भने आँखा क्षतविक्षत भएको तस्वीरमा देखिन्छ ।
लादेनमाथि सन् २००१ सेप्टम्बर ११ मा ट्वीन टावरमा हवाई आक्रमणमा गरेको आरोप छ । अमेरिकाको इतिहासमा सवैभन्दा बढी खोजी गरिएका लादेन इस्लामाबादमा लुकेर बसेको जानकारी पाएपछि ओबामाले उनलाई पक्रन सेनालाई निर्देशन दिएका थिए । पाकिस्तानसँगको सहकार्यमा लादेनको हत्या गरिएको जानकारी दिँदै ओवामाले सहयोग गरेकामा पाकिस्तान सरकारलाई समेत धन्यवाद दिनुभयो ।
लादेन मारिएको समाचार आएपछि गएराती अबेरसम्म ह्वाइटहाउस वरपर भेला भएर अमेरिकीहरुले खुसी मनाएका थिए भने अन्य ठाउँमा पनि अमेरिकीहरुले खुसी मनाइरहेका छन् ।
लादेनको मृत्युले पुरै अल कायदाको थ्रेट कम नभएको भन्दै राष्ट्रपति बराक ओबामाले बताएका छन् । अलकादयले आक्रमण गर्न सक्ने भयका कारण बिश्वभर रहेका अमेरिकी नियोगहरुमा उच्च सर्तकर्ता अपनाइएको छ ।
कसरी मारिए ?
अमेरिकी अधिकारीहरुको हवाला दिंदै अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार पाकिस्तानको राजधानी इस्लामावादबाट करिब सय किलोमिटर उत्तरमा रहेको अब्बोत्ताबादको बिलाल क्षेत्रको ओसामा रहेको भवनामा चार वटा हेलिकप्टरले हवाई आक्रमण गरेका थिए । अमेरिकी सैनिकको समूहले उनी रहेको घरमा आक्रमण गरेको थियो ।
सो क्रममा करिव चालिस मिनेटसम्म भिडन्त भएको थियो । सो क्रममा एक हेलिकोप्टर दुर्घटनाग्रस्त भएपनि अमेरिकी सेनाले आक्रमणमा नभई प्राबिधिक कारणले दुर्घटना भएको दावी गरेको छ । अमेरिकी सेनाको आक्रमणमा लादेनसहित अन्य तीन जना मारिएको बताइएको छ ।
बिन लादेन मारिएको घर पाकिस्तानको अब्बोत्ताबादमा छ । तीन तला अग्लो यो घर वरपरका घरहरुभन्दा आठ गुणा अग्लो छ भने १५ फिट अग्लो पर्खालमाथि काँडेतारले घेरिएको छ ।

आजदेखि कक्षा १२ को परीक्षा

काठमाडौं, १९ बैशाख । उच्च माध्यमिक शिक्षा परिषदद्वारा सन्चालित कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । बैशाख ३० गतेसम्म चल्ने परीक्षाको पहिलो दिन अहिले अनिवार्य अंग्रेजी विषयको परीक्षा चलिरहेको छ । परिषदका अनुसार परीक्षामा देशभरका तीन लाख ८७ हजार ८ सय १२ परीक्षार्थी सहभागी हुने छन् ।

परीक्षाकालागि देशभर ८ सय ८१ परीक्षा केन्द्र कायम गरिएको छ । यसैगरी जेठ १ गतेदेखि सुरु हुने कक्षा ११ को परीक्षाको सबै तयारी पूरा भएको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ । परीक्षालाई मर्यादित र व्यवस्थितरुपमा सम्पन्न गर्न जिल्ला परीक्षा समन्वय समितिलाई पूर्ण अधिकार दिइएको उच्च माध्यमिक शिक्षा परिषदका परीक्षा नियन्त्रक दुर्गा भण्डारी जानकारी दिनुभयो ।

भारतीयद्धारा सीमा अतिक्रमण तीव्र, नेपालको ताल भारतीयको कब्जामा

कन्चनपुरको दक्षिणी सिमाना परासन गाविसमा पर्ने प्याराताललाई भारतीय पक्षले कब्जामा राखेको छ । भारतीय पक्षले नेपाली भुभागमा रहेको उक्त तालको आधा क्षेत्रमा २०३६ सालदेखि माछामार्ने ठेक्का दिँदै आएको छ ।

प्यारातालभन्दा डेढसय मिटर दक्षिणको भारतीय जंगलमा पन्चानब्बे र छियानब्बे नम्बरका सीमा स्तम्भ भेटिएपछि प्याराताल नेपालकै भएको पुष्टि भएको हो । तर नेपाली भुमिमा भएको पुष्टि भइसक्दा पनि भारतीय पक्षले सात किलोमिटर लामो प्यारातालको आधा क्षेत्र भारतको हो भन्दै माछा मार्ने ठेक्का दिँदै आएको छ । तालको आधा भागमा भने कन्चनपुर जिल्ला विकास समितिल बार्षिक १७ हजार रुपैयाँमा माछा मार्ने ठेक्का दिँदै आएको छ ।

सिमास्तम्भबारे स्थानय प्रशासनले अवलोकन गरी प्याराताल नेपाली भुभागमै पर्ने ठहर गरे पनि नेपाल सरकारले प्यारातालमा भारतीय पक्षले गर्ने गरेको ठेक्कापट्टा रोक्न पहल गरेको छैन ।

स्थानीयबासीका अनुसार भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले प्यारातालभन्दा एक सय मिटर पर परासन गाउँमा सीमास्तम्भ सारेका थिए । त्यसलगत्तै विरोधमा उत्रेका नेपालीहरुले भारतीय सीमा सुरक्षा बलले सारेको सीमा स्तम्भलाई पहिलेकै स्थानमा सारेका थिए ।

आज मजदुरले अधिकार पाएको दिन तर, नेपालमा यो दिवस


यस दिन बाट मजदुरले एक दिनमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जन गर्न पाउनुपर्ने हक स्थापना गरेका हुन ।

काठमाडौं, १८ बैशाख / आज अग्रेजी महिनाको मे १ तारिख आर्थात एक सय २२ औं अन्तर्राष्ट्रिय मजदुर दिवस । आज मजदुर वर्गले बलिदानीपूर्ण संघर्षबाट आफ्नो अधिकार स्थापित गरको ऐतिहासिक दिन । आजको दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्वमा सन् १८८९ बाट मजदुर दिवसको परम्परा सुरु भएको हो । यस दिन बाट मजदुरले एक दिनमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जन गर्न पाउनुपर्ने हक स्थापना गरेका हुन । नेपालमा भने सन् १९४७ मा विराटनगर जुट मिलका मजदुरले पारिश्रमिक बृद्वि तथा कार्यथलो सुधारको माग राख्दै औद्योगिक हडताल गरेपछि त्यही दिनबाट मजदुर आन्दोलन सुरु भएको मानिन्छ । आफ्नो अधिकार पाएको दिनलाई मध्यनजर गर्दै नेपालमा पनि श्रमिकले मे-१ लाई मजदुर दिवसका रुपमा मनाउने गरेका छन् । नेपालमा करिव एक करोड १५ लाख मजदुर रहेको अनुमान छ । बढ्दो लोडसेडिङ आर्थिक तरलता प्रविधी अनि व्यवसायमा हुने राजनीतिकरणले समेत मजदुर मारमा पर्दै आएका छन् । यसैबीच प्रधानमन्त्री झलनाथ खनाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति सुशील कोइरालालगायतले मे दिवसको अवसरमा एक सन्देश दिदै यो ऐतिहासिक दिनको सुखद अवसरमा सबैमा बधाइ र शुभकामना व्यक्त गर्नुभएको छ । आजकॊ दिनको ऐतिहासिक महत्वलाई दृष्टिगत गरॆर तथा सम्पूर्ण मजदुर वर्गप्रति सम्मान व्यक्त गर्दै सरकारले लोकतन्त्र प्रातिीभएपछि नेपालमा पनि मे-१ का दिन सार्वजनिक बिदा मनाइदै आइरहेका छौ ।