Sunday, May 1, 2011

भारतीयद्धारा सीमा अतिक्रमण तीव्र, नेपालको ताल भारतीयको कब्जामा

कन्चनपुरको दक्षिणी सिमाना परासन गाविसमा पर्ने प्याराताललाई भारतीय पक्षले कब्जामा राखेको छ । भारतीय पक्षले नेपाली भुभागमा रहेको उक्त तालको आधा क्षेत्रमा २०३६ सालदेखि माछामार्ने ठेक्का दिँदै आएको छ ।

प्यारातालभन्दा डेढसय मिटर दक्षिणको भारतीय जंगलमा पन्चानब्बे र छियानब्बे नम्बरका सीमा स्तम्भ भेटिएपछि प्याराताल नेपालकै भएको पुष्टि भएको हो । तर नेपाली भुमिमा भएको पुष्टि भइसक्दा पनि भारतीय पक्षले सात किलोमिटर लामो प्यारातालको आधा क्षेत्र भारतको हो भन्दै माछा मार्ने ठेक्का दिँदै आएको छ । तालको आधा भागमा भने कन्चनपुर जिल्ला विकास समितिल बार्षिक १७ हजार रुपैयाँमा माछा मार्ने ठेक्का दिँदै आएको छ ।

सिमास्तम्भबारे स्थानय प्रशासनले अवलोकन गरी प्याराताल नेपाली भुभागमै पर्ने ठहर गरे पनि नेपाल सरकारले प्यारातालमा भारतीय पक्षले गर्ने गरेको ठेक्कापट्टा रोक्न पहल गरेको छैन ।

स्थानीयबासीका अनुसार भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले प्यारातालभन्दा एक सय मिटर पर परासन गाउँमा सीमास्तम्भ सारेका थिए । त्यसलगत्तै विरोधमा उत्रेका नेपालीहरुले भारतीय सीमा सुरक्षा बलले सारेको सीमा स्तम्भलाई पहिलेकै स्थानमा सारेका थिए ।

No comments:

Post a Comment