Sunday, May 1, 2011

पाकिस्तानमा ओसामा बिन लादेनको मृत्यु


१९ वैशाख, काठमाडौं । अमेरिकाले सर्बाधिक खोजी गरेका अन्तराष्ट्रिय आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा विन लादेन अमेरिकी सेनाको कारवाहीमा मारिएका छन् । अमेरिकी सेनाले पाकिस्तानको इस्लामावादस्थित अब्बोत्ताबादमा गरेको लादेन मारिएको अमेरिकी राष्ट्रपति बराक ओबामाले पुष्टी गर्नुभएको छ । ओबामाले हृवाइट हाउसमा पत्रकार सम्मेलन आयोजना गरि लादेन मारिएको पुष्टी गर्नुभएको छ ।
‘म आज अमेरिकी जनता र विश्वलाई यो बताउन चाहन्छु कि.., ओसामा बिन लादेन मारिए’, आज मेरो निर्देशनमा बिन लादेनविरुद्ध अमेरिकी सेनाले आक्रमण गरेको हो । भिडन्तपछि उनीहरुले ओसामालाई मारे र उनको शवलाई नियन्त्रणमा लिए।’
लादेनसँगै अन्य तीन जना पनि मारिएका छन् । मारिनेहरुमध्ये एकजना उनका छोरा पनि रहेको बताइएको छ । अहिले उनको शव अफगानिस्तान लगिएको छ र पत्रकारहरुलाई उनको शव हेर्न बोलाइएको छ ।
अमेरिकी सेनाले लादेनको मृत्युपछि उनको क्षतविक्षत भएको शवको तस्वीर भने सार्वजनिक गरिरहेको छ । उनको टाउँकोमा गोली लागेको छ भने आँखा क्षतविक्षत भएको तस्वीरमा देखिन्छ ।
लादेनमाथि सन् २००१ सेप्टम्बर ११ मा ट्वीन टावरमा हवाई आक्रमणमा गरेको आरोप छ । अमेरिकाको इतिहासमा सवैभन्दा बढी खोजी गरिएका लादेन इस्लामाबादमा लुकेर बसेको जानकारी पाएपछि ओबामाले उनलाई पक्रन सेनालाई निर्देशन दिएका थिए । पाकिस्तानसँगको सहकार्यमा लादेनको हत्या गरिएको जानकारी दिँदै ओवामाले सहयोग गरेकामा पाकिस्तान सरकारलाई समेत धन्यवाद दिनुभयो ।
लादेन मारिएको समाचार आएपछि गएराती अबेरसम्म ह्वाइटहाउस वरपर भेला भएर अमेरिकीहरुले खुसी मनाएका थिए भने अन्य ठाउँमा पनि अमेरिकीहरुले खुसी मनाइरहेका छन् ।
लादेनको मृत्युले पुरै अल कायदाको थ्रेट कम नभएको भन्दै राष्ट्रपति बराक ओबामाले बताएका छन् । अलकादयले आक्रमण गर्न सक्ने भयका कारण बिश्वभर रहेका अमेरिकी नियोगहरुमा उच्च सर्तकर्ता अपनाइएको छ ।
कसरी मारिए ?
अमेरिकी अधिकारीहरुको हवाला दिंदै अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार पाकिस्तानको राजधानी इस्लामावादबाट करिब सय किलोमिटर उत्तरमा रहेको अब्बोत्ताबादको बिलाल क्षेत्रको ओसामा रहेको भवनामा चार वटा हेलिकप्टरले हवाई आक्रमण गरेका थिए । अमेरिकी सैनिकको समूहले उनी रहेको घरमा आक्रमण गरेको थियो ।
सो क्रममा करिव चालिस मिनेटसम्म भिडन्त भएको थियो । सो क्रममा एक हेलिकोप्टर दुर्घटनाग्रस्त भएपनि अमेरिकी सेनाले आक्रमणमा नभई प्राबिधिक कारणले दुर्घटना भएको दावी गरेको छ । अमेरिकी सेनाको आक्रमणमा लादेनसहित अन्य तीन जना मारिएको बताइएको छ ।
बिन लादेन मारिएको घर पाकिस्तानको अब्बोत्ताबादमा छ । तीन तला अग्लो यो घर वरपरका घरहरुभन्दा आठ गुणा अग्लो छ भने १५ फिट अग्लो पर्खालमाथि काँडेतारले घेरिएको छ ।

No comments:

Post a Comment