Sunday, May 1, 2011

आज मजदुरले अधिकार पाएको दिन तर, नेपालमा यो दिवस


यस दिन बाट मजदुरले एक दिनमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जन गर्न पाउनुपर्ने हक स्थापना गरेका हुन ।

काठमाडौं, १८ बैशाख / आज अग्रेजी महिनाको मे १ तारिख आर्थात एक सय २२ औं अन्तर्राष्ट्रिय मजदुर दिवस । आज मजदुर वर्गले बलिदानीपूर्ण संघर्षबाट आफ्नो अधिकार स्थापित गरको ऐतिहासिक दिन । आजको दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्वमा सन् १८८९ बाट मजदुर दिवसको परम्परा सुरु भएको हो । यस दिन बाट मजदुरले एक दिनमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जन गर्न पाउनुपर्ने हक स्थापना गरेका हुन । नेपालमा भने सन् १९४७ मा विराटनगर जुट मिलका मजदुरले पारिश्रमिक बृद्वि तथा कार्यथलो सुधारको माग राख्दै औद्योगिक हडताल गरेपछि त्यही दिनबाट मजदुर आन्दोलन सुरु भएको मानिन्छ । आफ्नो अधिकार पाएको दिनलाई मध्यनजर गर्दै नेपालमा पनि श्रमिकले मे-१ लाई मजदुर दिवसका रुपमा मनाउने गरेका छन् । नेपालमा करिव एक करोड १५ लाख मजदुर रहेको अनुमान छ । बढ्दो लोडसेडिङ आर्थिक तरलता प्रविधी अनि व्यवसायमा हुने राजनीतिकरणले समेत मजदुर मारमा पर्दै आएका छन् । यसैबीच प्रधानमन्त्री झलनाथ खनाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति सुशील कोइरालालगायतले मे दिवसको अवसरमा एक सन्देश दिदै यो ऐतिहासिक दिनको सुखद अवसरमा सबैमा बधाइ र शुभकामना व्यक्त गर्नुभएको छ । आजकॊ दिनको ऐतिहासिक महत्वलाई दृष्टिगत गरॆर तथा सम्पूर्ण मजदुर वर्गप्रति सम्मान व्यक्त गर्दै सरकारले लोकतन्त्र प्रातिीभएपछि नेपालमा पनि मे-१ का दिन सार्वजनिक बिदा मनाइदै आइरहेका छौ ।

No comments:

Post a Comment