सबैभन्दा होँचा नेपाली खगेन्द्र थापा मगर
बाग्लुङ जिल्लाको दक्षिण क्षेत्रमा रहेको दुल्लुबासकोट-६ उर्लेनीमा वि। सं। २०४९ असोज २८ गते शुक्रबारका दिन रुपकुमार थापामगर र धनमाया थापामगरको कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्मेका खगेन्द्र थापामगर विगत चार वर्षदेखि सम्पूर्ण नेपाली बिच मात्र नभइ विश्वमा नै चर्चामा आएका छन् । उनलाई यसरी चर्चामा ल्याउने कारण भने उनको उचाई र तौल हो । जन्मिदा यिनको तौल मात्र ६०० ग्राम र स्वरुप अण्डाकार थियो । यही तौल र उचाईको कारणले आज उनी विश्व सामु परिचित भएका छन् । गिनिज बुकमा नाम लेखाउन सफल भएका खगेन्द्र जन्मेको ८ बर्षपछि हिँड्न शुरु गरेका थिए भने ११ वर्षपछि भने उनको शारीरिक संरचना बढ्ने क्रम नै रोकियो । यतिबेला उनको उचाई २२ इन्च र तौल साँढे चार किलो छ जबकी उनी अहिले १८ वर्षका छन् ।
श्री सरस्वती बोर्डिङ स्कुल नागढुङ्गा-८ पोखरामा एल।sे।जी।मा अध्ययनरत उनी २०६६ फागुन ९ गते युरो टेलिभिजनको सिफारिसमा गिनिज बुकमा नाम लेखाउनको लागि इटाली गए । आफूलाई गिनिज बुक अफ द वल्र्ड रेकडमा ुसंसारकै होँचो किशोरु को रुपमा प्रमाणित गरेर विश्व इतिहासमा नै नेपालको नाम उच्च पारेका छन् । देश विदेशका विभिन्न कार्यक्रम तथा महोत्सवहरुमा आफूलाई प्रस्तुत गरिसकेका खगेन्द्रको हँसिलो मुहार छिटो घुलमिल हुने स्वभाव सम्मानजनक व्यवहारले गर्दा सबैको माझ उनी अझ छाएका छन् । चुलबुले स्वभाव र हँसाउने कलाले अरुलाई उनी सजिलै आफूतिर आकर्षित गर्न सक्छन् । उनको यहि कला र प्रतिभाको कारणले गर्दा उनी फेरी एकपटक इटाली जाने भएका छन् ।
गिनिज बुक अफ द वल्र्ड रेकर्डका लागि उनको प्रतिस्पर्धामा चीनका २१ वर्षका पिङपिङ थिए । उनको उचाई २९ इन्च र तौल १० किलो रहेको थियो । पिङपिङले यो संसार छोडेसँगै आफूले राखेको रेकर्ड गुमाएका छन् ।
प्रस्तुती ः रमेश विवश बाजारा
No comments:
Post a Comment