जनवाद संवादादाता
काठमाडौं, असार-एकीकृत नेकपा माओवादीले अबको आन्दोलन सडकमा नभएर सदन केन्द्रित हुने बताएको छ ।
काठमाडौंको कोटेश्वरस्थित पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा जारी पोलिटव्युरो बैठकका क्रममा साचारकर्मीलाई जानकारी दिँदै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । सहमति कार्यान्वयन नगरेर सरकारमा रहेका दलले राजनीतिक बेईमानी गरेकाले आन्दोलनको विकल्प नभएको उहाँको जोड रहेको थियो ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले जेठ १४ गते भएको सहमति कार्यान्वयन नगरे एकीकृत नेकपा माओवादीले सरकारको नीति तथा कार्यक्रम र बजेट पेश गर्न नदिने भएको छ । जेठ १४ गते प्रधानमन्त्रीले राजीनामा दिने र शान्ति र संविधान सुनिश्चित गर्न र संविधानसभाको म्याद थप्ने ३ दलबीच सहमति भएको थियो । उपाध्यक्ष श्रेष्ठले पार्टीको नेतृत्वमा सरकार बनाउन माओवादी एकढिक्का भएको पनि जानकारी स्पष्ट पार्नु भयो ।
हिजोको बैठकमा सबै सदस्यहरुले बोलिसकेपछि आज अध्यक्ष प्रचण्डले उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको जानकारीमा आएको छ ।
No comments:
Post a Comment