Sunday, December 5, 2010

थोत्रे घरको ठाउँमा नयाँ बनाउने

हिँड मेरा दाई हो झम्पल बोकेर
हिँड मेरी दिदी हो डोको बोकेर
कोही काठपात बोक्ने कोही ईंट ओसार्ने
सबको हातले सबको साथले घर भत्काउने
(थोत्रे घरको ठाउँमा नयाँ बनाउने) - २
(यो झरीमा थोत्रे घर ढल्न बेर छैन
घरमा बस्ने हाम्रो ज्यान जान बेर छैन) - २
थोत्रे घर भत्काउन नयाँ जग बसाउन
जुक्ती जान्दो ज्यानले सक्दो सबले सघाउने
(जीवन रक्षा गर्न घर बनाउने) - २

हिँड मेरा दाई हो माटो मुछ्नलाई
हिँड मेरा दिदी हो ढुङ्गा बोक्नलाई
कोही माटो बोक्ने कोही गाह्रो लाउने
सबको हातले सबको साथले घर बनाउने
(हामी सबको निम्ति घर बनाउने) - २
(काम गर्दा कुनै हातमा चोट लाग्न सक्छ
श्रमदेखि डराएर कोही भाग्न सक्छ) - २
कोही विरोध गर्छन् कोही साथ दिन्छन्
ज्यानको बाजी लगाइकन पूरा गराउने
(हाम्रो आफ्नै निम्ति घर बनाउने) - २

1 comment:

  1. यो गीतको रचनाकार, सङ्गीतकार अनि गायक को हुन्? गीतको लिङ्क भए कृपया साझा गरिदिनु होस्।

    ReplyDelete