काठमाडौ, २० माघ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल देशको ३४ औ तथा गणतन्त्र नेपालको तेश्रो प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ । विहिबार व्यवस्थापिका संसदमा भएको निर्वाचनमा एकीकृत नेकपा माओवादी सहित अधिकाँश बामपन्थी दलको समर्थनमा खनाल प्रधानमन्त्री निर्वाचित हुनु भएको हो ।खनाल नेपालको चौथो कम्यूनिष्ट प्रधानमन्त्री बन्न सफल हुनु भएका छ । गत २०५१ सलमा एमालेकै मनमोहन अधिकारी पहिलो ,माओवादी अध्यक्ष प्रचण्ड दोश्रो र एमाले नेता माधव कुमार नेपाल तेश्रो कम्यूनिष्ट प्रधानमन्त्री बन्नुभएको थियो ।
व्यवस्थापिका संसदमा बामपन्थिहरुको ६० प्रतिसत भन्दा बढि मत भएपनि विगतमा सो मत एकै ठाँउमा खस्न सकेको थिएन । बामपन्थी भए पनि ५ मत रहेको नेपाल मजदुर किसान पार्टिले भने निर्वाचन बहिस्कार गरेको थियो ।
निर्वाचनका क्रममा उपस्थित भएका कुल ५ सय ५७ सभासद मध्य खनालले ३ सय ६८ मत ल्याउनु भएको छ । खनाललाई आफ्नै दलको १ सय ६ मत खसेको थियो, भने माओवादीको २३६ मत परेको थियो ।खनालको उमेदवारीलाई समर्थन गर्दै साना दलका तर्फवाट राष्ट्रिय जनमोर्चा, नेकपा माले, माले समाजवादी, नेकपा एकीकृत ,नेपाः राष्ट्रिय पार्टी, सदभावना पार्टी आनन्दिदेवी, राष्ट्रिय जनमुक्ती पार्टी, नेपाली जनता दल, लगायतले मतदान गरेका थिए । स्वतन्त्र सभासद बबन सिहले पनि खनालको उमेदवारीलाई समर्थन गर्नुभएको थियो ।
प्रधानमन्त्री निर्वाचनमा उमेदवारी दिनु भएका माओवादी अध्यक्ष प्रचण्डले आफ्नो उमेदवारी फिर्ता लिएर नेकपा एमालेलाई समर्थन गर्ने घोषणा गरेपछि खनालको पक्षमा सहज बहुमत जुटेको हो । व्यबस्थापिका संसदमा भएको निर्वाचनमा कागे्रस उमेदवार रामचन्द्र पौडेल र मधेशी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छेदार भने पराजित हुनुभएको छ । प्रधानमन्त्री चुनावमा विहिवारको सहित १७ औं हार वेहोर्दै पौडेलले १ सय २२ मत प्राप्त गर्नुभयो । तिन ठुला दल सरकार बनाउन असफल भएको आरोप लगाउदै उमेदवारी दिनुभएको फोरम लोकतान्त्रीकका विजय कुमार गच्छेदारले जम्म ६७ मत प्राप्त गर्नुभयो ।
गत साउन ५ गतेबाट शुरु भएको प्रधानमन्त्रीको निर्वाचनले १६ औं चरण पार गर्दा समेत परिणाम ननिस्कीएपछि केहि समय अघि नियमावलीमा प्रधानमन्त्रीको निर्वाचन सम्वन्धी व्यवस्था संसोधन भएको थियो । त्यसपछि भएको विहिबारको निर्वाचनको पहिलो चरणबाट देशले प्रधानमन्त्री पाएको हो ।
खनालको पक्षमा खसेको मत
· एकिकृत नेकपा माओवादी -२३६
· नेकपा एमाले- १०६
· नेकपा संयुक्त- ५
· नेकपा माले- ५
· नेकपा माले समाजवादी- ४
· राष्ट्रिय जनमोर्चा नेपाल- ४
· नेकपा एकिकृत- २
· राष्ट्रिय जनमुक्ती पार्टि- २
· नेपाली जनता दल- १
· नेपाल सद्भावना पार्टि आनन्दीदेवी- १
· नेपाः पार्टि- १
· स्वतन्त्रका बबन सिङ्ह-१
जम्मा ३६८

No comments:
Post a Comment