देश बन्न सपना चाहिन्छ, स्रोत साधन होइन, यही पुष्टी गर्छ सुडानी गृहयुद्धले । सुडानमा सुरु भएको गृहयुद्धको चरण र अहिलेको नेपालको राजनीतिक अवस्था उस्तै उस्तै देखिन थालेको छ । सुडानको राजनीतिक घटना क्रमबाट अहिले नेपाली राजनेताले पाठ सिक्नु जरुरी छ ।
िसंगापुर र सुडान दुई देशलाई हेर्ने हो भने राजनीतिक व्यबस्थापनले मुलुकको मुहारमा कस्तो परिवर्तन ल्याउन सक्छ भन्ने प्रष्ट पार्दछ । लि क्वानको सपनाले ५० वर्षमा िसंगापुर आर्थिक समृद्विको चरम चुलीमा छ भने सुडानचाही राजनीतिक खिचातानीका कारण अनिश्चितताको भूमरीमा छ ।
सुडानको हिरा मोती र जवाहरको लागि शक्तिसम्पन्न राष्ट्रहरुबीच हारालुछ भइरहँदा सुडानमा भने एक छाक खान समेत नपाउने स्थितीमा छ । देशमा पर्याप्त प्राकृतिक स्रँेत हुँदापनि त्यसको समुचीत प्रयोग हुन नसक्दा सुडानमा कुपोषणका कारण बर्षेनी हजारौं बालबालिकाहरु अकालमै मरिरहेका छन् । िसंगापुरको सपनाले धेरै देशलाई चिमोटिरहँदा सुडानमा भएको वेथिती आधुनिक इतिहासकै लागि टाउको दुखाइ बनिरहेको छ । २१ औ शताब्दीको विश्व एक-अर्कामा विज्ञान प्रबिधि र विकासको प्रतिष्पर्धामा रहेपनि सुडान भने मानव इतिहासमै कलंकीत बनाउने शैलीमा गृहयुद्वको झिनाझप्टीमा अल्झेको छ ।
राजनीतिक खिचातानी र शक्ति बाँडफाँड प्रभावकारी हुन नसक्दा देश र जनताले कस्तो नियती भोग्नुपर्छ भन्ने नियतीको साक्षँी हो सुडान । अनि जातिय नाराले देशलाई कस्तो अबस्थासम्म पुर् याउँछ भन्ने जान्नका लागि सुडानको इतिहास नै काँफी छ । सर्वसाधरणको आम नरसंहारले एक्काइसौं शताब्दीको बिश्वलाई नै स्तव्ध पार्ने युद्वको औपचारीक अन्त्यपछि सुडान टुकि्रयो ।
ठूलो देश र जनसंख्या अहिले गहना मानिन्छ । केही बर्ष अघिसम्म धेरै जनसंख्या र ठूलो भुगोल भएको भनेर अभागी राष्ट्रको संज्ञा पाएको चीनले गरेको आर्थिक फड्कोले यही भन्छ । तर अपि्रुकी तथा अरब राष्ट्रहरु मध्य सबैभन्दा ठूलो राष्ट्र सुडानमा भने त्यस्तो पनि देखिँदैन । अनेक शक्ति संघर्ष र जातिय युद्वको खिचातानीले देश भौगोलीक हिसाबमा समेत बिखण्डन भयो । सन् १९४६ मा उत्तर र दक्षिणी सुडान एक अर्कामा गाभिनु र उत्तरलाई अधिक शक्ति प्रदान गरिएसगै सुडानी गृहयुद्वको बिजारोपण भएको थियो ।
आफूहरुलाई सत्ता शक्ति र स्रोतको बाँडफाँडबाट उपेक्षित गरिएको भन्दै सन् १९५५ मा राष्ट्र स्वतन्त्र भए लगत्तै दक्षिणले विद्रोहको उद्घोष गर् यो । स्रोत र साधनमाथिको पहँुच र स्वायत्तताको माग गर्दै भएको १७ वर्षे गृहयु¢मा करिब पाच लाख मानिसले ज्यान गुमाएका थिए । सन् १९७२ मा भएको शान्ति सम्झौताले गृहयु¢को अन्त्य त गरेको छ । तर त्यसले यु¢का प्रमुख कारक मुद्दाहरुलाई सम्बोधन गर्न सकेन ।
असमान तवरले क्षेत्रहरुको विभाजन राष्ट्रव्यापी रुपमा सरिया कानुन लादिनु जस्ता अपरिपक्व निर्णय तथा कार्यान्वयन फेरि दोस्रो गृहयु¢को मुख्य कारण बन्यो । वर्षौ लामो गृहयु¢ पछि ११ वर्ष शान्तिको सास फेर्न पाएका सुडानी जनता सन् १९८३ देखि एकपटक फेरि अर्को यु¢को भुमरीमा पि_िल्सन बाध्य भए ।
दक्षिणी सुडान स्वतन्त्रता आन्दोलन र सुडान सरकार बीच २२ वर्षसम्म चलेको दोस्रो गृहयु¢मा २० लाख सुडानीहरुले ज्यान गुमाए भने ४० लाख मानिस घरबार बिहिन भएका थिए । सन् २००५ दुई पक्षँबिच राजधानी खार्तुममा भएको बृहत शान्ति सम्झौताले राष्ट्रव्यापी प्रजातान्त्रिक शासनको विकास तथा तेलबाट उठेको राजस्व वितरण गर्ने भन्दै यु¢को औपचारिक अन्त्य गरेको थियो । कहिल्यै निको नहुने घाउ जस्तै गरी भएको जातिय र राजनीतिक लडाईले सुडानको इतिहास रक्तरन्जीत बनेको छ । जनमत संग्रहबाट देश त टुकि्रयो तर जातिय समस्या भने अझै समाधान हुन सकेको छैन् ।
नेपालमा जारी राजनीतिक तरलता र जातीय जागरणले पनि भोलि सुडान कै नियति भोग्नु नपर्ला भन्न सकिदैन । यसबाट नेपालका जनता र नेताले पाठ सिक्नु जरुरी छ ।
सुडानको जस्तो नियती भोग्न नपरोस नेपाल र नेपाली जनताले । जबसम्म ओलि, माकुने, कोइराला, गच्छदार जस्ता भारतिय विस्तारवादको चाकडी गर्ने दलाल नोकर पुँजिपतिहारउ नेपालमा जिवित छन् यो समस्याअ नआउँला भन्न सकिन्न । त्यसैले यस्ता नेताअहरुलाई सखाप पार्नैको लागी भए पनि जनबिद्रोह अत्याश्यक भैसकेको छ ।
ReplyDelete