न्युयोर्क, वैशाख १२ - माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले नेपालमा चेलीबेटी बेचबिखन र वेश्यावृत्ति नयाँ ढंगले बढेको दाबी गरेकी छन् ।
अमेरिकामा आफूलाई अभिनन्दन गर्न आयोजित कार्यक्रममा उनले भनिन्, 'नेपालमा चेलीबेटी बेचबिखन र वेश्यावृत्ति नयाँ ढंगले बढेकोले हाम्रो कार्यक्षेत्र पनि विस्तारित भएको छ ।' उनले आफ्नो अभियानमा सरकारको भुमिका सन्तोषजनक नरहेको टिप्पणी गरिन् । कोइरालाले चेलीबेटी बेचबिखन र वेश्यावृत्ति भारतमा मात्र सीमित नभएर चीन र खाडी राष्ट्रहरुमा विस्तारित भएकोमा जानकरी दिइन् ।
अमेरिकाबासी नेपालीहरुले आयोजना गरेको सार्वजनिक अभिनन्दन कार्यक्रममा भाग लिन उनी यहाँ आएकी थिइन् । आइतबार वासिङ्टन डिसी क्षेत्रको एक कार्यक्रममा 'सिएनएन हिरो २०१० अवार्ड' का लागि कोइरालालाई सो अभिनन्दन गरिएको हो । नेपाली वोमन्स ग्लोबल नेटवर्क र अमेरिका-नेपाल एसोसिएसन अफ ग्रेटर वासिङ्टनले सो कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सुरुवात सिएनएनको अवार्ड घोषणा लगायत माइती नेपालीको गतिविधी समेटिएको वृतचित्र प्रर्दशनी गरिएको थियो ।
माइती नेपालको सहयोगका लागि बोष्टनमा गठित फ्रेन्ड्स अफ माईती नेपालकी प्रमुख बि्रजेट कोलिन्सले २० बर्षअघि अनुराधा कोइराला संग आफ्नो भेट भएको स्मरण गर्दै आफूहरु माइती नेपालको हिस्सा भएको उल्लेख गरिन् । स्मरण रहोस् कोलिन्स, कोइरालाको अमेरिकामा सबै खाले कार्यक्रमको व्यवस्थापक हुन् ।
अमेरिका-नेपाल एसोसिएसन अफ ग्रेटर वासिङ्टनका पदाधिकारीहरुले कोइरालालाई खाता र पुष्प गुच्छाले सम्मान गरेका थिए । कोइरालालाई सम्मान गर्नैहरुमा गैरआवसीय संघ, अमेरिकाको तर्फबाट अध्यक्ष सुमनराज तिमिल्सिना लगायत विभिन्न दर्जनौं संस्थाहरु थिए ।
प्रमुख अथितिको रुपमा अमेरिकाका लागि नेपाली राजदुत डा शंकर शर्माले सिएनएन हिरो अवार्डले कोइरालालाई संसारले चिनेको र नेपालीहरु प्रेरित भएको टिप्पणी गरे । राजदुत शर्माले भने, 'उहाँहरु अथक प्रयासका सगै सरकारका कडा नीति नियमका कारण चेलीबेटी बेचबिखनमा सुधार आएको छ ।'
वोमन्स ग्लोबल नेटवर्ककी विभा रन्जितको स्वागत मन्तत्व गरेकी थिइन भने गैरआवसीय संघकी उपाध्यक्ष विद्या रन्जितले अनराधा कोइरालाको बारेमा उपस्थित सबैलाई जानकारी गराइन् ।
No comments:
Post a Comment