सुनसरी (महेन्द्रनगर), वैशाख २२ / एक १५ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गर्ने दाजुलाई भगाएको आरोपमा महिला र बालबालिकामा हुने हिंसा र यौन शोषण विरुद्ध अभियान पारालिगल कमिटी सुनसरीका अध्यक्ष इनु अधिकारीको घर विहीबार आक्रोसित स्थानीय बासिन्दाले जलाएको प्रहरीले जनाएको छ ।
सुनसरीको महेन्द्रनगर १ चक्रघट्टी बस्ने ४९ वर्षीय गणेश अधिकारीले आफ्नो घरमा राखेको १५ वर्षया एक घरेलु कामदार किशोरीलाई सात महिना देखि यौन दुर्व्यवहार गरेको सार्वजनिक भएको १० दिन विति सक्दा पनि प्रहरीले पक्राउ नगरी उल्टै संरक्षण गरेको विषयमा इलाका प्रहरी कार्यालयमा भेला भएको भिड मध्ये उच्छृंखल व्यक्तिले इनु अधिकारीको घर जलाएको प्रहरी निरिक्षक राजेन्द्र थापाले बताए ।
एक साता देखि तनाव ग्रस्त बनेको महेन्द्रनगर विहिबार पनि दिनभर तनाव ग्रस्त भयो । स्थानीय बासिन्दा र पिडितपक्षले किशोरीलाई यौन दुर्व्यवहार गर्ने अभियुक्त अधिकारीलाई तत्काल पक्राउ गर्नु पर्ने र हिरासतमा रहेकी उनकी दिदि इनु अधिकारीलाई पनि प्रहरीले विहीबार विहान छाडेकोमा पक्राउ गर्नु पर्ने भन्दै इप्रका घेराउ गर्नेक्रममा अधिकारीको घर जलेको थियो । इप्रकाबाट अधिकारीको घर २५ मिटरको दुरीमा रहेको छ ।
एकतले सेन्टरवेरा गरेको खरको छानोको घरमा आगलागी पछि प्रहरीले करिव ५ लाखको क्षति भएको जनाएको छ । अधिकारीले किशोरी माथि यौन दुव्र्यवहार गर्ने भाईलाई भगाएको आरोपमा गाउलेले दुुइ दिन अघि पक्रेर प्रहरीलाई जिम्मा दिएका थिए । तर विहीबार विहानै उनलाई पनि प्रहरीले भगाए भन्दै उपस्थित गर्न माग गर्दा गर्दै उनको घर जलेको थियो ।
प्रहरीले आक्रोशित भिड मध्येको कसैले आगो लगाएको आशंका गर्दै भिड तितरवितर पार्न लाठिचार्ज गरेको थियो । भिड तितर वितर पार्ना प्रहरीले चारसयको हाराहारीमा भेला भएका भिडमा दुई सेल अश्रुु ग्यास प्रहार गरेको थियो । प्रहरीले दुुइ दर्जन पक्राउ गरेको छ । प्रहरी सहित तीन दर्जन स्थानीय बासिन्दा सामान्य घाइते भए ।
एक श्रीमती र दुुई सन्तानका पिता अधिकारीबाट लगातार यौन दुव्र्यवहार सहन नसके पछि पिडित किशोरीले आत्महत्या गर्न बैशाख ११ गते किटनाशक औषधी सेवन गरे पछि यो घटना सार्वजनिक भएको हो ।
स्थानीय विद्यालयमा कक्षा नौ अध्ययरत उनलाई अधिकारीले यौन दुव्र्यवहार गरे नगरेको बारे परीक्षणका लागि शुुक्रबार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याए पछि चिकित्सकले स्लाव र सुहाव निकालेर प्रहरीको जिम्मा लगाएको छ । त्यसको रिपोर्ट भने आइसकेको छैन ।
किशोरीले अधिकारीले आफुलाई यौन दुर्व्यवहार गर्ने गरेको बताए पनि शारिरीक सम्पर्क भने नगरेको बताइन् । उनले भनिन्, 'शरीरमा हात लगाउने गरेका थिए । बेलुका सुतेको बेला मच्छरदानी च्यापेर सुतेको हुन्थें तर विहान उठ्दा एका तिर पुरै खुलेको हुुन्थ्यो ।' पीडित किशोरीले विभिन्न डर त्रास र लाजकोकारण सवै कुरा भन्न नसकेको उनकी आमा गोमा भुजेलले बताइन् ।
No comments:
Post a Comment