Friday, February 4, 2011

पौडेल र गच्छेदार होईन भारत पराजित- टाइम्स अफ इन्डिया

काठमाडौं, २१ माघ। भारतीय संस्थापन पक्ष निकट मानिने टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले हिजो भएको प्रधानमन्त्री निर्वाचनमा काँग्रेसका रामचन्द्र पौडेल र फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारको हार भारतको हार भएको उल्लेख गरेको छ । एकीकृत नेकपा माओवादीको समर्थनमा एमाले अध्यक्ष झलनाथ खनालको विजयलाई भारतीय पत्रिका टाइम्स अफ इन्डियाले प्रचण्डको नाटकीय त्याग र भारतको पराजयको रुपमा ब्याख्या गरेको छ । भारतीय संस्थापन निकट मानिने टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले विहीबारको चुनावलगत्तै लेखेको छ, \'यो दुई दल काङ्ग्रेस र फोरम लोकतान्त्रिकको भन्दा भारतको हार हो ।\'

सो अनलाइनका अनुसार माओवादी र एमालेको यस्तो गठबन्धन होला भन्नेमा भारतलाई यकिन समेत नभएको बताएको छ । अनलाइनले भारतीय विदेशसचिव निरुपमा राव नेपाल भ्रमणमा आउँदासम्म माओवादी र एमालेबीच यसखालको गठबन्धन होला भन्ने कल्पना पनि नगरिएको उल्लेख गरेको छ । प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिँदा नै भारतविरोधी प्रतिक्रिया दिएको स्मरण गर्दै पत्रिकामा लेखिएको छ, \'प्रचण्डले आफू सत्ताबाट बाहिरिनुअघि भारतलाई इंगित गर्दै आफ्नो सत्ता बहिर्गमन भारतको विरुद्ध भएको प्रतिक्रिया दिएका थिए ।\'

झलनाथ खनाल गणतान्त्रीक नेपालको तेस्रो प्रधानमन्त्री

काठमाडौ, २० माघ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल देशको ३४ औ तथा गणतन्त्र नेपालको तेश्रो प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ । विहिबार व्यवस्थापिका संसदमा भएको निर्वाचनमा एकीकृत नेकपा माओवादी सहित अधिकाँश बामपन्थी दलको समर्थनमा खनाल प्रधानमन्त्री निर्वाचित हुनु भएको हो ।खनाल नेपालको चौथो कम्यूनिष्ट प्रधानमन्त्री बन्न सफल हुनु भएका छ । गत २०५१ सलमा एमालेकै मनमोहन अधिकारी पहिलो ,माओवादी अध्यक्ष प्रचण्ड दोश्रो र एमाले नेता माधव कुमार नेपाल तेश्रो कम्यूनिष्ट प्रधानमन्त्री बन्नुभएको थियो । 
व्यवस्थापिका संसदमा बामपन्थिहरुको ६० प्रतिसत भन्दा बढि मत भएपनि विगतमा सो मत एकै ठाँउमा खस्न सकेको थिएन । बामपन्थी भए पनि ५ मत रहेको नेपाल मजदुर किसान पार्टिले भने निर्वाचन बहिस्कार गरेको थियो ।
निर्वाचनका क्रममा उपस्थित भएका कुल ५ सय ५७ सभासद मध्य खनालले ३ सय ६८ मत ल्याउनु भएको छ । खनाललाई आफ्नै दलको १ सय ६ मत खसेको थियो, भने माओवादीको २३६ मत परेको थियो ।खनालको उमेदवारीलाई समर्थन गर्दै साना दलका तर्फवाट राष्ट्रिय जनमोर्चा, नेकपा माले, माले समाजवादी, नेकपा एकीकृत ,नेपाः राष्ट्रिय पार्टी, सदभावना पार्टी आनन्दिदेवी, राष्ट्रिय जनमुक्ती पार्टी, नेपाली जनता दल, लगायतले मतदान गरेका थिए । स्वतन्त्र सभासद बबन सिहले पनि खनालको उमेदवारीलाई समर्थन गर्नुभएको थियो ।
 प्रधानमन्त्री निर्वाचनमा उमेदवारी दिनु भएका माओवादी अध्यक्ष प्रचण्डले आफ्नो उमेदवारी फिर्ता लिएर नेकपा एमालेलाई समर्थन गर्ने घोषणा गरेपछि खनालको पक्षमा सहज बहुमत जुटेको हो । व्यबस्थापिका संसदमा भएको निर्वाचनमा कागे्रस उमेदवार रामचन्द्र पौडेल र मधेशी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छेदार भने पराजित हुनुभएको छ । प्रधानमन्त्री चुनावमा विहिवारको सहित १७ औं हार वेहोर्दै पौडेलले १ सय २२ मत प्राप्त गर्नुभयो । तिन ठुला दल सरकार बनाउन असफल भएको आरोप लगाउदै उमेदवारी दिनुभएको फोरम लोकतान्त्रीकका विजय कुमार गच्छेदारले जम्म ६७ मत प्राप्त गर्नुभयो ।
 गत साउन ५ गतेबाट शुरु भएको प्रधानमन्त्रीको निर्वाचनले १६ औं चरण पार गर्दा समेत परिणाम ननिस्कीएपछि केहि समय अघि नियमावलीमा प्रधानमन्त्रीको निर्वाचन सम्वन्धी व्यवस्था संसोधन भएको थियो । त्यसपछि भएको विहिबारको निर्वाचनको  पहिलो चरणबाट देशले प्रधानमन्त्री पाएको हो । 
खनालको पक्षमा खसेको मत
·    एकिकृत नेकपा माओवादी -२३६
·    नेकपा एमाले- १०६
·    नेकपा संयुक्त- ५
·    नेकपा माले- ५
·    नेकपा माले समाजवादी- ४
·    राष्ट्रिय जनमोर्चा नेपाल- ४
·    नेकपा एकिकृत- २
·    राष्ट्रिय जनमुक्ती पार्टि- २
·    नेपाली जनता दल- १
·    नेपाल सद्भावना पार्टि आनन्दीदेवी- १
·    नेपाः पार्टि- १
·    स्वतन्त्रका बबन सिङ्ह-१
 जम्मा ३६८

मधेस टुक्र्याउने गच्छदारको धम्की


अहिलेसम्मका प्रत्यक कृयाकलाप हेर्दा लाग्छ मधेशवादी दलका नेताहरु नेपाली होईनन््, उनिहरुको पुर्खा भारतिय हो । भारतको सवालमा उठ्ने प्रत्यक मुद्धाहरुमा दिने अभिब्यक्ती भारतको पक्षमा हुन्छ, चाहे त्यो सुगौली सन्धिको बिषयमा होस्, चाहे भारतसँग बिगतमा गरेका असमान सन्धिका सवालमा होस्, चाहे भारतिय एसएसबिले नेपाली सिमाका भुभाग अतिक्रमण गरी त्यहाँ...का नेपाली जनतामाथी गरेको अत्याचारको सवालमा होस््, चाहे भाषाको सवालामा होस्, चाहे पशुपतिनाथको मन्दिरमा नियुक्त गरिने भट्टको सवालमा होस्, चाहे नागरिकता बितरण तथा निर्बाचन आयोगले परिचय पत्रको लागी संकलन गरेको नामावलिको सवालमा होस्, यि भारतिय दलाल मधेसी नेताहरु भारतकै पक्षमा वकालत गर्ने गरेका छन््, जुन कुरा हामिले देख्दै, सुन्दै र भोग्दै आइरहेका छौँ । यती हुँदाहुँदै पनि यिनिहरु मध्यकै कसैलाई प्रधानमन्त्रीको कुर्सी जिम्मा लाईदिनु भनेको नेपालको सत्ता भारतको हातमा सुम्पिनु सरह हो । यस्तो अवस्थामा यो गच्छदारले यस्तो प्रतिकृया दिनु भनेको राष्ट्रघाती सिवाय अरु केहि हुन सक्दैन । देश टुक्राउन खोज्नेलाई राष्ट्रघातिको सज्ञा दिँदै जेल चलान गरी मृत्युदण्ड सम्मको सजाय दिइन्छ । तर के नेपालको सरकारले यस्तो अभिब्यक्ती दिने गच्छदारलाई कारबाही गर्ला ? सम्पुर्ण नेपाली जनताले दवाव दिनु अत्याश्यक छ । प्रधानमन्त्रीको चुनाव हारेपछी आक्रोस ब्यक्त गर्दै गच्छादारले दिएको समाचार पढ्नुहोस :
मधेस टुक्र्याउने गच्छदारको धम्की
काठमाडौं, २० माघ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा प्रधानमन्त्रीका उम्मेदवार बनेका विजयकुमार गच्छदारले मधेस टुक्रिन सक्ने धम्की दिनुभएको छ । मधेस आफुहरुको कारण नभई ठुला तीन दलकै कारण टुक्रिन सक्ने खतरा रहेको गच्छदारको भनाई छ । व्यवस्थापिका संसदमा आफ्नो उमेदवारी बारे औचित्य पेश गर्न सम्बोधन गर्ने क्रममा उहाँले ठुला तीनप्रति आक्रोश व्यक्त गर्नुभएको थियो । उहाँले ठुला तीन दलले नै आफुलाई मत दिनुपर्ने जिकिर समेत गर्नुभएको थियो नभए मधेस टुक्रिएको दोष उनीहरुलाई नै जानेसम्मको धम्की उहाँको थियो ।
मधेसको छोरो, एउटा जनजातीको छोरा र थारुको छोरालाई प्रधानमन्त्रीमा पहाडे मानसिकताका नेताहरुले मत दिन्छन् कि दिन्नन्, हिमाल नरहे, पहाड नरहे नेपाल नरहने बुझेका नेताहरुले मधेस नरहे नेपाल रहन्छ कि रहदैन, त्यो ख्याल गरेका छैनन, मधेस जोगाउनकोलागि पनि मलाई मत दिनु पर्छ, गच्छदारले सम्बोधनको क्रममा भन्नुभयो ।

गच्छदार भारतीय योजनामा उम्मेदवार बनेका थिए- बबन सिंह

काठमाडौं, २१ माघ । स्वतन्त्र सभासद् बबन सिंहले गच्छदार भारतीय योजनामा प्रधानमन्त्रीको उम्मेदवार बनेको खुलासा गरेका छन् । व्यवस्थापिका सदनमा बिहीबार प्रधानमन्त्री निर्वाचन अघि बोल्दै सिंहले गच्छदार मधेसी समुदायको नेता नभई लुटेरा र हत्यारा भएको बताए । उनले भने, \'गच्छदारजी लोकतन्त्रको ठेकेदार होइन, म चेतावनी दिन चाहन्छु, तपाई मधेसी जनतालाई नठग्नुस् ।\'
सिंहले गच्छदारले मधेसी जनतालाई गोलीले भुट्न आदेश दिएको स्मरण गर्दै भने, \'गच्छदारजी मधेस आन्दोलनका क्रममा आन्दोलनकारीका टाउकामा गोली हान्न आदेश दिने व्यक्ति हो ।\' मधेसका लागि आन्दोलनमा लाग्नेलाई गोली हान्न आदेश दिने मानिसले मधेसी भन्न नसुहाउने तर्क उनको थियो । उनले भने- उहाँले मधेस आन्दोलनको कुरा गर्नु धेरै लज्जाको विषय हो, त्यसले मधेस आन्दोलनकै अपमान हुन्छ ।\' सिंहले उपेन्द्र यादव भने मधेस आन्दोलनको नेता भएको बताए ।
सिंहले गच्छदारले शान्ति र संविधानका लागि नभई पद र कुर्सीका लागि पार्टी फुटाएको दाबी गरे । गृहमन्त्री बन्ने सपना चक्नाचुर भएपछि गच्छदार आगो भएको भनाइ सिंहको थियो । उनले गच्छदारको सत्तालिप्सालाई व्यङ्ग्य गर्दै आगामी सरकारमा पनि कुनै एक मन्त्री पद दिन आग्रह गरे । 

Monday, January 31, 2011

सेना: सुरक्षाकर्मी कि राजनितिक दलको नेता

सेना अझै जनताको हुन सेकेको छैन, सेना अझै सरकारको मातहतमा छैन र सेना अझै ल...ोकतान्त्रीकरण भैसकेको छैन । किनकी कुनैपनी देशको सेनाले माथी उल्लेखित धारणा प्रष्ट्याइरहनु आवश्यक छैन । सेना भनेको स्वत: राष्ट्र, राष्ट्रीयताको रक्षाको पक्षमा नै उभिएको हुन्छ र उभिनु पर्दछ । अर्को कुरा, सेनाले बेलाबेलामा राजनितिक बिज्ञप्ती निकाल्ने, पत्रकार सम्मेलन गर्ने कार्यबाट अब नेपालमा सेनाले पनि राजनितिमा अनावश्यक हस्तक्षेप गरेर आफैँ राजनिती गर्न खोज्दैछ, गर्दैछ भन्ने कुराको आभाष हुन्छ ।
सेना समायोजनको बिषयमा राजनितिक दलहरुबिच महत्त्वपुर्ण छलफल र कदम चालिरहेको बेला अनावश्यक रुपमा पत्रकार सम्मेलन गरेर बक्तब्य निकालेर अप्रत्यक्ष रुपमा सेनाले आफ्नो असंतुष्टी ब्यक्त गरेको आभाष र संकेत ब्यक्त गर्दै छन् । किनकी सेना समायोजनको बिरुद्धमा बेला बेलामा सेनाबट बिरोध भैरहेको छ । सेना समायोजन १२ बुँदे सहमती र बिस्तृत शान्ती सम्झौतामा उल्लेख भए अनुसार नै गरिनु पर्दछ । यसमा सेनाले अनावश्यक रुपमा चासो ब्यक्त गर्नु भनेको शान्ती प्रकृयामा भाँजो हाल्न खोज्नु हो ।
सेनाले शाही शासनकालमा आफ्नो कर्तव्य, मुलकार्य र धर्मबाट बिमुख भै देश र जनताको रक्षा गर्नुको साटो देशमा संकटकाल निम्त्याएर अनाहकमा जनतालाई दु:ख दिने, समातेर बन्दी बनाइ बेपत्ता बनाउने, महिला र चेलीबेटिको इज्जत लुटी हत्या गर्ने, अनेक यातना दिने आदी अनेक कुकार्य गरेको नेपाली जनताहरुले अझै बिर्सेको छैन । नेपाल एकिकरणको क्रममा अनि बृटिश सेनासँग्को लडाइमा बहादुरी प्रदर्षन गरेर जती बिश्वास्, इज्जत र प्रतिष्ठा कमाएको थियो ति सबै शाही शासनकालमा गरेका कुकार्यद्वारा गुमाइसकेका छन् ।
नेपालको सिमानामा पर्ने नेपाली गाउँहरु दिन प्रतिदिन भारतद्वारा अतिक्रमण हुँदैछन् । त्यहाँ बसोबास गर्ने नेपाली जनताहरु भारतिय एसएसबिको यातना सहन बाध्य भएका छन् । आफुलाई सेना भन्ने कथित सेनाहरु चाँही देखेको नदेख्यै अनि सुनेको नसुन्यै जस्तो गरी त्यसतर्फ कुनै चासो देखाएका छैनन । किन ? भन्ने प्रश्नमा यदी उनिहरुको जवाफ्-"हामिलाई माथिबाट (सरकारबाट्) आदेश आएको छैन" भन्ने हुन्छ भने मेरो पनि उनिहरुलाई प्रश्न छ कि-"कहिले चाहिँ नेपाली सेनाले नेपाल सरकारको आदेशको पालना गरेको छ ?" नेपाली सेनाहरु सरकारबाट नभै आफ्नै मनोमानी ढङ्गबाट संचालन भएका छन् । फेरी यो त राष्ट्रीयताको सवालको कुरा हो, यसमा किन उनिहरुलाई आदेश चाहिने ? के उनिहरुले आफ्नै निर्णयबाट भारतिय एसएसबिको ज्यादतिको जवाफ दिन सक्दैनन ? भारत र भारतिय एसएसबिको ज्यादती बिरुद्ध बिज्ञप्ती निकालेर आवश्यक कारबाहिको कदम चाल्नुको साटो राजनितिक मामलामा हस्तक्षेप गर्ने कदम चालेको संकेत दिँदै बेला बेलामा राजनितिक बक्तब्य र प्रेस बिज्ञप्ती जारी गर्छन् । त्यसैले पनि नेपाली जनताहरुलाई नेपाली सेनाको अलिकती पनि बिश्वास छैन ।
राजनितिमा होईन राष्ट्रीयता चासो देखाउनु सेनाको काम र कर्तव्य हो । सिमा अतिक्रमण्, भारतिय एसएसबिबाट हुने गरेको ज्यादतिको बारेमा चासो राखेर सिमा र त्यहाँ बसोबास गर्ने जनताको सुरक्षामा चासो देखाउनु नै नेपाल र नेपाली जनताको लागी राम्रो हुनेछ भने स्वयम सेनाप्रती गुमेको नेपाली जनताको बिश्वास फेरी ब्युँतिने छ ।

नक्कली लुम्बिनी बनाउने भारतीय प्रयासमा तुषारापात


तिलौराकोटमुनी शहरको अबशेष भेटियो

७ माघ, काठमाडौं । बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ ।
हालै एक बेलायती बिश्वबिद्यालयले गरेको अनुसन्धानमा कपिलवस्तुको तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको पत्ता लागेपछि बुद्धलाई आफ्नै पेवा बनाउने भारतीय प्रयास ब्रेक लागेको हो । हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्याधुनिक प्रबिधि प्रयोग गरी जहाजबाट गरिएको एक्स-रेले तिलौराकोटमुनि सहर नै रहेको पत्ता लागेको हो । बेलायती विश्वविद्यालय डरहामका विशेषज्ञले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार, ४ लेनको सडक, दुईतिर घर, सहर र उद्यानसमेत आधा किमि लम्बाइको व्यवस्थित बस्ती रहेको पुष्टि गरेको छ ।
एक महिनाअघि गरिएको अनुसन्धानबाट अहिलेसम्म पनि उपर्युक्त संरचना तिलौराकोटमा विद्यमान रहेको वेलायती टोलीले पत्ता लगाएको हो । उत्खनन नगरी बाहिरबाट हेर्दा नै यति धेरै संरचना पत्ता लागेकाले उत्खनन गर्दा अरू प्रशस्तै ऐतिहासिक सामग्री पाइने आशा गरिएको छ ।
त्यहाँ पाइने इँटालगायतका अन्य सामग्रीबाट पनि तिनीहरू कति सय वर्ष पुराना हुन् भनी पत्ता लगाउन सकिन्छ । बुद्धकालीन वा सोभन्दा पुरानो सहर, दरबार र अन्य संरचना जस्ताको तस्तै उत्खनन गरी प्रदर्शनयोग्य बनाउन ५ वर्ष लाग्ने अनुसन्धानमा संलग्नहरुले जनाएका छन् । यसअनुसार, ३ वर्ष उत्खनन, एक वर्ष संग्रहालयका रूपमा व्यवस्थापन र अर्को एक वर्षमा विश्वसामु यसको सार्वजनिकीकरण गरिने कार्यक्रम छ ।
के गर्दै छ भारतले ?

बुद्ध भारतमै जन्मिएका हुन भन्ने भारतीय दावीलाई पुष्टी गर्न तथा बिश्व समुदायलाई भ्रममा पार्न भारतले नक्कली लुम्बिनी र तिलौराकोट पनि बनाउन थालेको छ । बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले उत्तरप्रदेशको अलिगढवामा धमाधम निर्माणकार्य गरिरहेको छ जुन २०१२ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । नेपालको कपिलवस्तुसँग सीमा जोडिएको अलिगढवामा नक्कली कपिलवस्तु निर्माणकार्य अन्तिम अवस्थामा छ । उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लाअन्तर्गत पीपरहवा क्षेत्रलाई भारतले कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । विश्वशान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका भए पनि उनको जन्म नेपालको लुम्बिनीमा भएको थियो । उनी तिलौराकोटमा राजा शुद्धोधनको दरबारमा जन्मिएका थिए ।
तर, भारतले भने शुद्धोधनको दरबार तिलौराकोट, गौतमबुद्धको मावली देवदह र उनको जन्मस्थल लुम्बिनी सारा भारतमै बनाउन थालेको छ । अलिगढवामा बुद्धसित सम्बन्धित विभिन्न निर्माणकार्य तीब्र गतिमा भइरहेका छन् । निर्माणकार्यमा ट्रयाक्टरमात्र होइन, ५० औँ मजदुर खटिएका छन्
नक्कली लुम्बिनीको सुरक्षार्थ खटिएका अलिगढवाका राकेश भारतीले बुद्ध नेपालमा होइन, भारतमै जन्मिएको दाबी गरे । उनका अनुसार त नेपालले भारतीय सम्पदाको नक्कल गरेर लुम्बिनी र तिलौराकोट बनाएको हो । ‘बुद्धसँग सम्बन्धित धेरै प्रमाण भारतसँग छन्, नेपालले त नक्कल गरेको हो । अब भारतले बुद्ध गन्तब्यलाई थप आकर्षक बनाउँदै छ त के खराबी भयो ?’ उनले भने ।
माइतीबाटै र्फकंदै गरेकी आमा मायादेवीको कोखबाट बाटो(लुम्बिनीमा) जन्मिएका बुद्ध २९ वर्षको उमेरमा दरबार छाडेको नेपाली संस्कृतिविद्हरूको दाबी छ । ‘हामीलाई त थाहा भएन, देवदह, तिलौराकोट र लुम्बिनी सारा यतै बन्दै छन’ अलिगढमा काम गर्दै भेटिएका भारत नौगढका एक मजदुरले भने । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । निर्माण पुरानो देखाउन पुराना भारतीय घरमा प्रयोग भएका इँटा किन्नसमेत भारतले करोडौँ रुपैयाँ लगानी गरिसकेको अलिगढवाका स्थानीय वासिन्दाले बताए । तर, कसैले पनि आप\mनो नाम भने बताउन चाहेनन् ।
कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको सडकदूरीमा अलिगढवा राज्यअन्तर्गत पीपरहवामा यो निर्माण भइरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाइएको छ । राजा शुद्धोधनका पालाका भेटिएका माटाका भाडालगायतका अधिकांश वस्तु तथा ठाउँसमेत भारतले नक्कल गर्दै उतै बनाइरहेको छ । माटाका भाँडा र वस्तुमा पुरानोजस्तै देखिने लेप पनि लगाइँदै छ ।
नेपाल सरकारले औपचारिक रूपमा विरोध नगरेका कारण भारतले नक्कली कपिलवस्तुमा प्रत्येक डिसेम्बर २९, ३० र ३१ तारिखमा विभिन्न कार्यव|mम गरी बुद्धमहोत्सव मनाउँदै आएको छ । देवदह, लुम्बिनी र तिलौराकोटलाई व्यवस्थित गर्न भारतले दसवर्षे नीति ल्याएको छ ।

Saturday, January 22, 2011

जनमुक्ती सेनालाई औपचारिक रुपमै बिशेष समितिको मातहतमा राख्नु ठिक हो ?


संबिधान सभाको चुनावको परिणाम सार्वजनिक भएर माओवादी मुलुककै ठुलो पार्टिको रुपमा स्थापित भयो । सरकार माओवादिकै नेतृत्वमा बन्ने सुनिश्चित थियो र कुनैपनी हालतमा बन्नै नै थियो । तर पनि स्वर्गिय गिरिजाले एउटै कुराको अडान लिएको थियो-त्यो हो "दुइ तिहाइ नभै साधारण बहुमतले पनि सरकार ढाल्न सकिने" त्यो माग पुरा नभै गिरिजाले राजिनामा दिनै मानेको थिएन । र माओवादी बाहेक अरु सबै दल मिल्दा पनि दुइ तिहाइ नपुग्ने अवस्था अहिले पनि छ । त्यसैले माओवादिको सरकार बनेको अवस्थामा माओवादिको सरकार ढाल्ने तागत कसैमा थिएन । र गिरिजाले माओवादिलाई सत्तामा धेरै दिन टिक्न नदिने चाल चलिसकेको थियो । त्यसैले गिरिजाले २ तिहाइ नभै सामान्य बहुमतले पनि सरकार ढाल्न सकिने प्रस्तवमै अडान लिएको थियो । र समान्य बहुमतले पनि सरकार ढाल्न मिल्ने प्रस्ताव स्विकार गर्नु भनेको माओवादिको लागी आत्माघआती निर्णय थियो । तर पनि प्रधानमन्त्री बन्ने हतारमा पछिको बाटोको कुनै सोँच बिचार नै नगरि कमरेड प्रचण्डले अन्त्यमा सामान्य बहुमतले पनि सरकार ढाल्न सकिने प्रस्ताव स्विकार गर्नु भएको थियो । जसको परिणाम अहिले माओवादिले मात्र होईन सम्पुर्ण नेपाली जनताले भोग्नु परेको छ ।
यदी माओवादिले पनि दुइ तिहाइमै अडान लिएको भए त सत्ता त कुनै पनि हालतमा माओवादिकै थियो नि त्यतिबेला पनि । अनि अहिलेसम्म पनि माओवादिकै सरकारले निरन्तरता पाइरहेको हुने थियो । तर हतारमा समर्थन जनाउनुले देश र जनताले अहिले ठुलो दुर्घटना ब्यहोर्नु परेको छ । कतै जनसेनालाई अहिलेको यस्तो कहालिलाग्दो अवस्थामा बिशेष समितिको मातहतमा राख्ने निर्णय पनि यस्तै आत्मघाती त हुने होईन ?
जबकी सेना समायोजन बिशेष समितिमा कथित सेना, सशस्त्र प्रहरी र जनपद प्रहरिका अफिसरहरु छन र स्वयम भिम रावल यसका संयोजकका रुपमा रहेका छन् अनि उनिहरु सबै सेना समायोजनका बिरोधी पनि हुन भन्ने कुरा सबैलाई प्रष्टै थाहा छ । फेरी किन यस्तो आत्मघाती निर्णय लियो पार्टिले ?
अब सेना समायोजन बिशेष समितिले गर्ने प्रमुख कार्यहरु पक्कै पनि,
१) जनमुक्ती सेनाको हतियारको परिमाण संख्या विवरण माग्ने,
२) शिविरका सबै हतियार माग्ने र नदिए सेना लगाएर कब्जा गर्ने
३) जनमुक्ती सेनालाई निशस्तृकरण गर्ने
४) सबै शिविरका सेनाहरुलाई आ-आफ्नो घर फिर्ता पठाइदिने
५) प्रतिकार गर्न खोज्ने जनसेनालाई हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्धा चलाएर जेल चलान गर्ने
६) देशमा राष्ट्रपतिय या सैनिक शासन लाद्ने
७) देशलाई अनिर्णयको बन्दी बनाउने ।
मेरा यि सबै अनुमान शतप्रतिशत सही नहोलान तर केहि त पक्कै पनि गर्न खोजेका छन नालायक नपुंसक सरकार र सत्तासिन दलहरुले । हामी यि कुराहरुप्रती सजग हुनै पर्छ ।
अहिलेको अवस्थामा सबैभन्दा ठुलो नै हतियार हो । हतियारको खेलमा बिपक्षी निश्चय पनि निरिह हुनै पर्छ । तर अब त माओवादिसँग न सेना हुनेछ, न हतियार । अनि मैले भनेका कुरा नहोला भन्न सकिन्छ र ?
मेरो बिचारमा जनयुद्ध पुरा भएको छैन्, यो त अधुरो नै छ । माओवादिले युद्धा बिराम गर्नु हुँदैन थियो अनि सरकारमा जाने, चुनावमा भाग लिने हतार गर्नु हुँदैन । मेरो बुझाइमा क्रान्तिकारी पार्टिले कहिले पनि चुनावमा भाग लिँदैन बरु सोझै सत्तामा आक्रमण गरेर सत्ता कब्जा गर्ने । तर यि सबै काम माओवादिबाट अझै हुन सकेको छैन ।
यदी जनयुद्ध संबिधानसभाको चुनाव र गणतन्त्र प्राप्तिको लागी मात्र हो भने भारतमा त धेरै पहिले नै संबिधानसभाको चुनाव भएर गणतन्त्र आइसकेको छ । तर त्यहाँ माओवादी जनयुद्ध जारी नै छ । नेपालको गणतन्त्रको कुरा गर्ने हो भने यो अवस्था पहिलेको भन्दा कहाली लाग्दो छ । के युद्धबिराम गर्नु ठिक थियो ?

Thursday, January 20, 2011

नेपालीलाई अर्को एउटा अनौठो विश्व किर्तिमान


न्युयोर्क, माघ ५ - एउटा अनौठो विश्व किर्तिमानमा नेपाल नामाकिंत भएको छ । दुई नेपाली किशोरहरुले लगातार ३३ घण्टा हात मिलाएर (हयान्ड सेकिङ ) विश्व किर्तिमान कायम गरेका छन् । काठमाडौं धर्मस्थलीका रोहित तिमिल्सिना र उनका सहोदर भाइ सन्तोष तिमिल्सिनाले न्युयोकको टाईम्स स्क्वायरको प्रतिस्पर्धामा न्युजिल्याण्डका  अलस्टेयर गाल्पिन र डन पुडोर्नको जोडीसंग बराबर हुँदै सो विश्व किर्तिमान राखेका छन् ।
नेपाली टोलीका संयोजक चन्द्रप्रकाश शर्माले इकान्तिपुरलाई दिएको जानकारी अनुसार दुवै टोलीले आफुहरुलाई घाटा नहुने जनाएपछि आयोजकले प्रतिस्पर्धालाई बराबरीमा टुङगाएको थियो ।
हयान्ड सेकिङले पन्ध्र घण्टा नाघेपछि दुवै टोलीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण दिईएको छ । विजेता रोहितले भने- 'मुलुकलाई विश्व माझ चिनाउने हाम्रो प्रयास सफल भएको छ ।'
वर्ल्ड लनगेस्ट हयाण्ड सेक २०११ नाम दिईएको प्रतिस्पर्धामा चार टोलीबाट फाईनलमा दुई टोली पुगेका थिए । प्रतिस्पर्धा गत शुक्रबार राती बाट शुरु भएर ३३ घण्टा पछि आईतबार समाप्त भएको थियो । हात मिलाईरहेको नेपाली टोलीलाई हौसला दिन न्युयोर्कबासी नेपालीहरुको पनि उपस्थित थियो भने कार्यक्रमलाई स्थानीय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । कठाङ्ग्रिदो जाडो मौसममा हात मिलाईरहेको नेपाली जोडीलाई नेपालीहरुले मम लगायत खानपिन आफैले खुवाएका थिए ।
यसैबर्ष विश्वकै सबैभन्दा साना मानिको बिश्व किर्तिमान नेपालकै खगेन्द्र थापा मगरले हात पारेका थिए ।