काठमाडौं, ३२ असार / सरकारले शान्ति र संविधानलाई प्राथमिकता दिँदै आर्थिक वर्ष २०६८/०६९ का लागि ३ खर्ब ८४ अर्ब ९० करोडको बजेट हिजो सार्वजनिक गरेको छ । यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा करिब ४७ अर्ब बराबरले बढी हो । यसअघि मंसीर ४ गते तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेले अध्यादेशमार्फत् ३ खर्ब ३७ अर्ब ९० करोडको बजेट ल्याएका थिए । यो वर्ष पूँजीगत खर्चका लागि १७ प्रतिशत अर्थात् ७२ अर्ब ६१ करोड विनियोजन गरिएको छ । ऋण तथा शेयर लगानी नामक नयाँ शीर्षकमा २५ अर्ब ३८ करोड र सावाँ भुक्तानीका लागि २० अर्ब ३० करोड बजेटमा प्रस्ताव गरिएको छ । सरकारले बजेटमा २ खर्ब ४१ अर्ब ७७ करोड राजस्व संकलन हुने अपेक्षा गरेको छ । सावाँ फिर्ता प्राप्तिबाट ५ अर्ब ९३ करोड र वैदेशिक अनुदानबाट ७० अर्ब १३ करोड प्राप्त गर्ने लक्ष्य सरकारले राखेको छ ।
६७ अर्ब ६ करोड न्यून बजेट हुनेछ । यो न्यून पूर्तिलाई वैदेशिक ऋणबाट २९ अर्ब ६५ करोड जुटाउने योजनामा सरकार छ । राजश्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा पनि न्यून हुने ३७ अर्ब ४१ करोड आन्तरिक ऋणबाट पूर्ति गर्ने योजना सरकारको छ । सरकारले बजेटको कार्यान्वयनबाट यो आर्थिक वर्ष ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ । सरकारले मूल्यबृद्धिलाई ७ प्रतिशतमा सीमित गर्ने अनुमान गरेको छ । तर चालु वर्षको मूल्यबृद्धि १० प्रतिशतको हाराहारीमा छ । भुक्तानी सन्तुलन स्थिति सकारात्मक हुने वित्तीय प्रणालीको तरलताको अवस्था सहज हुने, पूँजी बजारले गति लिने र लगानीको वातावरणमा उल्लेख्य सुधार हुने अपेक्षा बजेटमा गरिएको छ ।
Saturday, July 16, 2011
बजेट दिशाहिनः एकीकृत माओवादी
काठमाडौं, ३१ असार / एकीकृत नेकपा माओवादीले सरकारले ल्याएको बजेटलाई दिशाहिन भएको टिप्पणी गरेको छ ।
संसदमा बजेट सार्वजनिक गरेपछि संविधानसभा भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराई भन्नुभयो-’यो बजेट दिशाहिन छ तर, हामी सरकारमा सहभागी भएकाले नैतिक रुपमा त्यसको विरोध गर्न सक्दैनौं ।’
उहाँले अहिलेको बजेटमा जनतालाई राहत दिने कुनै खास कार्यक्रम नआएको भन्दै भन्नुभयो- ’नहुनु मामा भन्दा कानो मामा जाति ।’ पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले वर्तमान सरकारले ल्याएको बजेटप्रति माओवादी सन्तुष्ट नभएको बताउनु भयो ।
उहाँले संसदमा अर्थमन्त्रीले पढ्नु अगाडि नै बजेटको पूर्ण पाठ सार्वजनिक हुनु गम्भीर त्रुटी भएको भन्दै संसदीय छानविन समिति गठन गर्न माग गर्नुभयो । अर्थमन्त्रीले राजीनामा दिनु पर्छ कि पर्दैन भन्ने प्रश्नमा भने उहाँले छानविनपछि नै भन्न सकिने बताउनु भयो ।
Wednesday, July 13, 2011
परराष्ट्रमन्त्रीले संसदको मानहानी गरेको ठहर
काठमाडौ, अषाढ २९ / व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिले परराष्ट्रमन्त्री उपेन्द्र यादवले संसदको मानहानी गरेको ठहर गरेको छ । बुधबार समितिको बैठकमा बोलाइएपनि बिना सूचना परराष्ट्रमन्त्री यादव अनुपस्थित रहेकाले समितिले त्यस्तो ठहर गरेको हो ।समितिले राजदूतलाई फिर्ता बोलाउने र नयाँ पठाउने विषयमा परराष्ट्रबाट भएको निर्णयका विषयमा छलफल गर्न मन्त्रीलाई बोलाएको थियो । दुई घण्टा कुर्दा पनि समिति बैठकमा मन्त्री नआएपछि बैठक स्थगित गरिएको थियो । साउन १ गते बिहान ८ बजेलाई फेरि बैठक बोलाइएको छ । परराष्ट्र सचिव मदन भट्टराई बैठकमा पुगेका थिए ।
बंगलादेशका राजदूत प्रदीप खतिवडाको चार महिना अवधि बाँकी छँदै त्यहाँ हरिकुमार श्रेष्ठलाई नयाँ राजदूतका रुपमा प्रस्ताव गरेको तथा राजदूत खतिवडाले पठाएको वैदिशक भत्ता कर परराष्ट्रले किन स्विकार नगरेको विषयमा स्पष्टिकरण लिन समितिले मन्त्रीलाई बोलाएको थियो ।
ठूला परियोजनाहरुलाई अगाडि बढाउन विशेष समिति बन्ने
काठमाडौं, २९ असार / सरकारले अगामी बजेटमार्फत ठूला परियोजनाहरुलाई अगाडि बढाउन छुट्टै विशेष समिति बनाउने योजना ल्याउने भएको छ ।
राष्ट्रिय योजना आयोगकका उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले ठूला परियोजनालाई अगाडि बढाउन सम्बन्धीत मन्त्रालयमै छुट्टै विशेष समिति बनाएर काम गर्ने जानकारी दिनुभयाने । विद्यमान सरकारी संयन्त्रको क्षमत विस्तार हुन नसक्दा पुजिगत खर्च हुन नसकेर विकास निर्माणमा प्रतिकुल असर परेको भन्दै उपाध्यक्ष देबकोटाले छुट्टै विशेष समिति बनाउनु परेको उहाँको भनाई छ ।
वुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उपाध्यक्ष देवकोटाले सरकारी संयन्त्रको खर्च गर्ने क्षमता विस्तार हुन नसकेकोले पुजिगत खर्च हुन नसकेको दावी गर्नुभयो । उहाँले भन्नुभयो-’१० अर्ब खर्च गर्ने संयन्त्रलाई २५ अर्ब खर्च गर्न दिँदा काम हुन नसकेको हो । अब पनि क्षमता विस्तार र पुर्नसंरचना गर्न सकेनौ भने अवस्थामा सुधार हुन सक्दैन ।’
उपाध्यक्ष देवकोटाले आगामी बजेट शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउँदै आर्थिक समाजिक रुपान्तरण गर्ने तर्फ लक्षित हुने जानकारी दिनुभयो ।
साक्षात्कार कार्यक्रममा गरिबी निवारण कोषका उपाध्यक्ष विद्याधर मल्लिकले सरकारले ल्याउन लागेको बजेटको आकार ठूलो भएको भन्दै सरकारको राजस्व, बैदेशिक सहयोग र आन्तरिक ऋणको अनुमान बास्तविक नभएको दावी गर्नुभयो ।
हेटौँडा सिमेन्टको उत्पादन सुचारु
२९ असार, मकवानपुर । गत दुई महिनादेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको उत्पादन सुचारु भएको छ ।
वैशाख अन्तिम सातादेखि बन्द भएको उद्योगको रमिलको हाइटेन्सन (एचटी) मोटर मर्मतपछि उत्पादन सुचारु भएको हो । उद्योगमा रहेको एचटी मोटर भारतीय प्राविधिकहरू झिकाएर मर्मत सम्भार गरिएको हो ।
पुरानै एचटी मोटर मर्मतसम्भार गरी तत्कालका लागि सञ्चालनमा ल्याइएकोले पुनः समस्या आउनसक्ने सङ्केत गर्दै उद्योगका महाप्रबन्धक सरोजकुमार श्रीवास्तवले किल र रमिल सञ्चालनमा ल्याई उत्पादन प्रक्रिया सुरु गरिएको बताउनुभयो
Saturday, May 21, 2011
विदेशमा बस्नेले बुद्धका लागि यति काम किन नगर्ने ?
मिलन तिमिल्सिना
बुद्धको नाममा हरेक वर्षमा एकपटक शान्ति र अहिंसाको कुरा हुन्छ । बुद्धको विचार र योगदानको चर्चा हुन्छ । औपचारिक तामझाम र चहलपहलमै बुद्धजयन्तीको कर्म समाप्त हुन्छ । यसवर्ष पनि यस्तै कर्मकाण्डी काम सहित बुद्धजयन्ती मनाईयो । तर दुःखको कुरा जुन गौतम बुद्ध हाम्रो देशमा जन्मिएको भनेर गर्व गरिरहेका छौं त्यसको स्वामित्व भने चलाखीपूर्ण ढंगले हाम्रै छिमेकी भारतले लिन खोज्दैछ ।
गौतम बुद्ध नेपाली माटोमा जन्मेका यहाँका ऐतिहासिक विभूति हुन् भन्ने कुरा घाम जस्तै छर्लङ्ग भएपनि छिमेकी भारतले यसलाई भ्रममा पार्ने कुचेष्टा गरिरहेको छ । संसारका धेरै मान्छेले मान्ने गौतम बुद्धलाई उसले आफ्नो बनाउने दुस्साहस गरेको छ । यसलाई चिर्न स्वदेशमा रहेकाको भन्दा बिदेशमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण हुन्छ । संसारका हरेक कुनामा बस्ने नेपालीले बुद्ध भारतमा होईन, नेपालमा जन्मेका हुन् भन्ने कटु यथार्थलाई स्थापित गर्न सक्छन् । यसको लागि केही गर्नै पर्दैन आआफ्ना ठाउँबाट यसबारे सानो प्रचारप्रसार नै पर्याप्त हुन्छ । बेलायतमा बस्ने रामकुमार श्रेष्ठको अगुवाईमा यस्तो अभियान शुरु भैसकेको छ जसमा बिश्वभरका हजारौं अभियन्ता जोडिएका छन् । उहाँ लगायतको समूहले सामाजिक सञ्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलवस्तु दिवसको रुपमा मनाउन थालेको छ । बुद्धका महत्वपूर्ण सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचारप्रसार गर्नु अभियानको मुख्य उदेश्य हो । अभियानले बुद्धको जन्मस्थलबारेको भ्रम चिर्दै बुद्ध नेपालमै जन्मेका हुन् भन्नेे कटु यथार्थलाई बिश्वसामु चिनाउने प्रयत्न गरिरहेको छ । उसले बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई पर्यटकीय स्थलको रुपमा मलजल गर्ने प्रयास पनि थालेको छ ।
गौतम बुद्धले प्रतिपादन गरेको धर्म र उपदेशहरु नेपालका साथै भारत, चीन, श्रीलंका, बर्मा, थाईल्याण्ड, भुटान, जापान, मंगोलिया, कोरिया लगायत बिश्वका बिभिन्न देशमा बुद्ध धर्मका रुपमा विस्तार भएका छन् । यी हरेक देशमा बस्ने नेपालीले बुद्ध भारतमा होईन, नेपालमै जन्मेका हुन् भनेर किन नभन्ने ? यस्तै अभियान किन नथाल्ने ? हरेक दिन बुद्धजयन्तीको दिनमा मात्रै गाईने शान्ति र अहिंसाको रागले मात्रै कुनै लछारपाटो लगाउँदैन । हरेक दिनजसो गरिने सानो प्रचार अभियानले विश्वसामु गौतमबुद्धबारेको यथार्थ कुरा छर्लङ्ग पार्न सहयोग पुग्छ ।
भारतले उत्तरप्रदेश अलिगढवा राज्यको सिद्धार्थनगर पीपरहवा क्षेत्रलाई कपिलवस्तु नामाकरण गरेर बुद्ध भारतमै जन्मेका हुन् भन्ने भ्रम छर्न खोजिरहेको छ । उसले बुद्धको वास्तविक मावली गाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोट बीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम गरेको छ । यसको लागि उसले त्यहाँ सबै नक्कली भग्नावशेष बनाएको छ । लुम्बिनी र आसपास क्षेत्रका ढुंगा, माटो र स्तम्भलाई दुरुस्तै कपी गरिएको छ । विश्वका जनतालाई दिग्भ्रमित बनाउन भारतले आफ्ना पाठ्यपुस्तकमा नै बुद्ध भारतमा जन्मेको हो भनेर लेख्ने काम पनि गरेको छ ।
भारतले यति धेरै हर्कत गरिसक्दा पनि नेपाली पक्ष अझै मौन छ । अब सरकार र नेताहरुको भर परेर होईन, राष्ट्रियता जोगाउन सबै नेपाली त्यसमा पनि बिदेशमा रहेका नेपाली कम्मर कसेर लाग्नुपर्छ । किनकी नेपाललाई सन्सारमा चिनाउने एउटा बलियो र महत्वपूर्ण आधार शान्तिका अग्रदूत गौतमबुद्ध हुन जसका रक्षा गर्नु बिश्वभर छरिएर रहेका नेपाल अबैतनिक दूत अर्थात हरेक नागरिकको कर्तब्य हो ।
हामी यहाँ बसेर बुद्ध नेपालमा जन्मेको हो भन्ने विषयलाई संसारले बुझेकै त छौं भनेर ढुक्क छौं । तर लुम्बिनीमाथि भारतले गरेको अपमानले सारा बिश्व नै उसको भ्रममा पर्न सक्ने खतरा छ । उसको हेपाहा प्रवृत्तिलाई चिर्न सकिएन भने भोलि गौतम बुद्धलाई सम्झेर लुम्बिनी आउने पर्यटक भारत पुग्न बेर छैन ।
सबै नेपालीसँगै सन्सारभर रहेका बुद्धका अनुयायीहरुलाई भारतले पार्न खोजेको भ्रम चिर्न अब होस्टेमा हैंसे गर्नैपर्छ । कपिलबस्तु दिवसजस्तै अन्य थुप्रै अभियान चलाउन सकिन्छ जसले गर्दा हरेक देशमा रहेका नेपालीहरुले प्रचार गर्न सकुन कि बुद्ध नेपालमा जन्मिउका हुन्, ती हाम्रा सम्पत्ति हुन् । भारतले भन्दैमा बुद्ध कदापी त्यहाँ जन्मेको मान्न सकिंदैन ।
नक्कली भग्नावशेष बनाएर उत्तरप्रदेशको सिद्धार्थनगर क्षेत्र लुम्बिनी बन्न सक्दैन । बुद्ध कसैका व्यक्तिगत सम्पत्ति होईनन्, तर नेपालका विभूति हुन् । उनी नेपाली भूमीमा जन्मेका हुन् । अहिलेका नेताहरुमा जस्तो बुद्धसँग भारतको कुनै साईनो सम्बन्ध छैन । मात्र अरु देशका जस्तै भारतका अनुयायीहरुले पनि बुद्धलाई मान्न सक्छन् । तर आफ्नो पेवा बनाउन कदापी सक्दैनन् । यो वास्तविक सत्य विश्वसामु फैलाउन सन्सारभर रहेका नेपालीले आजैदेखि सानो पहल किन नथाल्ने ?
Monday, May 16, 2011
२५५५औँ बुद्ध जयन्ती विशेष कार्यक्रम
बुटवल, ३ जेष्ठ / भगवान् बुद्धको २५५५ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मंगलबार यहाँ विशेष कार्यक्रमसहित मनाइँदैछ । बुद्ध जन्मस्थल लुम्बिनीमा अहिले बिहान मायादेवी मन्दिर र बुद्धसँग सम्बन्धित क्षेत्रहरुमा सरसफाइ, बुद्ध प्राथना, माआयानी, बज्रयानि, थेरवादी गुरु भिक्षु तथा लामा गुरुहरुबाट धार्मिक पूजा सम्पन्न भएका छन् ।
अहिले बिहान लुम्बिनीमा शान्ति¥याली निकाल्ने तथा बौद्ध र विश्व सम्पदास्थल सम्पदाहरुको फोटो प्रर्दशनी गरिने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
यसै अवसरमा आजै बिहान राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा मुख्य कार्यक्रम हुने छ । कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय शान्ति पुरस्कार जापानको हिरोसिमा र नागासाकीका मेयरद्धयलाई ५० हजार अमेरिकी डलर प्रदान गरिने छ ।
मुख्य कार्यक्रममा सहभागी हुन यहाँ उपराष्ट्रपति परमानन्द झा, मन्त्रीहरुलगायत आएका छन् ।
शान्ति क्षेत्र प्रवेशद्वार शिलान्यास
भारतबाट कपिलवस्तु प्रवेशको मुख्य नाका चाकडचौडामा अन्तर्राष्ट्रिय शान्तिद्वारको शिलान्यास भएको छ । बुद्ध जयन्तीको अवसर पारेर जिल्ला विकास समिति कपिलवस्तुले उक्त कार्यको थालनी गरेको हो ।
भारतले कृत्रिम कपिलवस्तुको रुपमा अलिगढवा क्षेत्रलाई प्रचारप्रसार गरिरहेकै विषयलाई चुनौती दिँदै भारतीय नाकाबाट नेपाल प्रवेशतर्फ प्रवेश गर्ने मुख्य नाकामा प्रवेशद्वारको शिलान्यास गरिएको हो ।
नेपालको प्रवेशद्वारको सिधा दक्षिणमा भारतको नक्कली कपिलवस्तु प्रवेशद्वार रहेको छ । लुम्बिनी विकास कोषका सदस्यसचिव राजेन्द्रबहादुर थापामगर र कपिलवस्तुका प्रजिअ लक्ष्मणकुमार थापाले एक बृहत् समारोहबीच संयुक्तरुपमा सोमबार उक्त प्रवेशद्धारको शिलान्यास गरेका हुन् ।
जिल्ला विकास समिति कपिलवस्तुले चालु आवबाट खर्च हुने गरी उक्त प्रवेशद्वारको लागि रु १३ लाख बजेट उपलब्ध गराएको स्थानीय विकास अधिकारी चिरन्जीवी भण्डारीले बताए ।
उनका अनुसार ६ महिनाभित्रमा निर्माण कार्य पूरा हुने छ । बुद्ध सम्पदाका रुपमा कपिलवस्तुमा ५ दर्जन भन्दा बढी महत्वपूर्ण स्थान रहेता पनि औपचारिक प्रवेशद्वारको निर्माण गरी बौद्ध दर्शनका अनुयायी र अन्य पर्यटकहरुलाई स्वागत गर्ने काम भने यसअघि खासै भएको थिएन ।
बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादवले अिहंसाको प्रतिक तथा शान्तिका नायक महामानव गौतम बुद्धको सन्देश तथा प्रेरणाबाट मुलुकमा मेलमिलाप तथा सहकार्यको संस्कृति विकास हुने विश्वास व्यक्त गर्नुभएको छ ।
मुलुक अत्यन्तै असहज राजनीतिक परिस्थितिबाट गुजि्ररहेको भन्दै राष्ट्रपति यादवले समझदारीका साथ अघि बढ्न पनि सबैलाई आग्रह गर्नुभएको छ । सरकारले यस वर्षको बुद्ध जयन्ती राष्ट्रियस्तरमै पहिलो पटक भव्यताका साथ मनाउन लागेको बताएको छ ।
विश्वमा शान्ति छर्ने बुद्धको नेपालमा भने शान्तिनै धरापमा पर्दै गइकोले शान्तिको खोजिका लागि बुद्ध जयन्ती मनाइदै छ ।
यसै सन्दर्भम्ा नेपाल सरकारले ु२५५५ औं बुद्ध जयन्तीको प्रतिवद्धता शान्तिको लागि नयाँ सविधानमा धर्म निरपेक्षताको सुनिश्चितताु भन्ने मूल नाराका साथ भव्य रुपमा मनाउन सबैम्ा आग्रह गरेको छ ।
आजको दिन सरकारले मुलुकभर सार्वजनिक बिदा दिएको छ ।
नेपालको कपिलबस्तु जिल्लामा जन्मनुभएको गौतम बुद्धलाई बिश्वले शान्ति छर्ने प्रभुत्वको रुपमा मनाउन थालेपछि भारतले अनैतिक तवरले अफ्नो भूमिमा जन्मेको भन्ने दाबि गलत सबित बन्दै गएपनि उसको हस्तक्षेपकारी भूमिकाको सामाना हामी नेपालीले गर्नु परेको छ ।
विश्वमा शान्ति छर्ने बुद्धको नेपालमा भने शान्तिनै धरापमा पर्दै गइकोले शान्तिको खोजिका लागि बुद्ध जयन्ती मनाइदै छ ।
यसै सन्दर्भम्ा नेपाल सरकारले ु२५५५ औं बुद्ध जयन्तीको प्रतिवद्धता शान्तिको लागि नयाँ सविधानमा धर्म निरपेक्षताको सुनिश्चितताु भन्ने मूल नाराका साथ भव्य रुपमा मनाउन सबैम्ा आग्रह गरेको छ ।
आजको दिन सरकारले मुलुकभर सार्वजनिक बिदा दिएको छ ।
नेपालको कपिलबस्तु जिल्लामा जन्मनुभएको गौतम बुद्धलाई बिश्वले शान्ति छर्ने प्रभुत्वको रुपमा मनाउन थालेपछि भारतले अनैतिक तवरले अफ्नो भूमिमा जन्मेको भन्ने दाबि गलत सबित बन्दै गएपनि उसको हस्तक्षेपकारी भूमिकाको सामाना हामी नेपालीले गर्नु परेको छ ।
Subscribe to:
Posts (Atom)
