१ चैत्र, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि राजाका फोटो भएका नोटको कारोबार नगर्न सर्वसाधारण, बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
बैंकले कात्तिकको पहिलो साता पाँच महिनाभित्र राजाका फोटो भएका तथा झुत्रा नोट विस्थापित गर्ने निर्णय गरे अनुरूप यस्तो निर्देशन दिएको हो । चल्तीमा रहेका नेपाली रुपैयाँको सुरक्षाका लागि पूर्वराजाको फोटो भएका नोट र अन्य झुत्रा नोट हटाउन लागेको भन्दै बैंकले सर्वसाधारणलाई हिजो सम्म आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थामा नोट साट्न आग्रह गरेको थियो ।
राष्ट्र बैंकले आजदेखि राजा भएको नोट अन्य बैंक तथा वित्तीय संस्थाले साटेमा त्यसको सट्टा भर्ना दिन आफू बाध्य नहुने जनाएको छ । यद्यपी राजाको फोटो रहेको नोटहरु नेपाल राष्ट्र बैंकले तोकेका बैंकहरुमा साट्न मिल्ने बैंकले जनाएको छ । त्यसका लागि नेपाल राष्ट्र बैंक, बाणिज्य बैंक, एभरेष्ट बैंक, बंगलादेश बैंकका सबै शाखालाई नोट साट्ने अधिकार दिईएको छ ।
No comments:
Post a Comment