- राष्ट्र बैंकले भने सर्वसाधारणलाई सस्ती भएकाले यथावत चल्न दिने निर्णय गरेको जनाएको छ ।
- 'राजपत्रमा सूचना जारी नगरी काम सुरु गरिएको रहेछ,' अख्तियार स्रोतले भन्यो, 'त्यसैले यसलाई रोक्न निर्देशन दिएका हौं ।'
काठमाडौ, चैत्र ३ - अख्तियारको हस्तक्षेप पछि राष्ट्र बैंकले चैतदेखि राजाको तस्बिर अंकित नोट नचल्ने निर्णय परिवर्तन गरेको छ । केन्द्रीय बैंकले बिहीबार गरेको निर्णय अनुसार अबदेखि राजाको तस्बिर अंकित नोट पनि चल्ने भएको छ । साटिरहनु नपर्ने भएको छ ।
अख्तियारले नोट साट्नपूर्व जानकारी नदिएको भन्दै डेपुटी गभर्नर सहित अन्य पदाधिकारीसँग जानकारी मागेकोे थियो । 'राजपत्रमा सूचना जारी नगरी काम सुरु गरिएको रहेछ,' अख्तियार स्रोतले भन्यो, 'त्यसैले यसलाई रोक्न निर्देशन दिएका हौं ।' डेपुटी गभर्नर सहित विभिन्न विभागका चार पदाधिकारी अख्तियार गएका थिए ।
राष्ट्र बैंकले भने सर्वसाधारणलाई सस्ती भएकाले यथावत चल्न दिने निर्णय गरेको जनाएको छ । 'सबैलाई सास्ती भएकाले राजाको तस्बिर अंकित नोट चल्ने दिने निर्णय गरेका छौं,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने ।
चैत १ गतेबाट दुई सरकारीका साथै तीन निजी बैंकमा राजाका तस्बिर अंकित नोट साट्न सुरु भएको थियो । नोट नै नचल्ने हल्ला भएर सर्वसाधारणको ठूलो लाम बैंकमा लागेको थियो ।
गणतन्त्र स्थापना पछि बनेको सरकारको २०६२ जेठ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले राजाका तस्बिर अंकित नोट चलनचल्तीबाट क्रमशः हटाउँदै जाने निर्णय गरेको थियो । निर्णयलाई कार्यान्वयन गर्दै केन्द्रीय बैंकले फागुन मसान्तबाट राजाका तस्बिर भएका नोट चलनचल्तीबाट हटाउने तयारी गरेको थियो । बैंकमा जम्मा भएको नोट मात्र साट्दा राजाका तस्बिर अंकित नोट नहट्ने भएपछि तोकिएका केन्द्रमा मात्र साट्न सकिने व्यवस्था गरियो । 'अर्को व्यवस्था नभएसम्मका लागि बजारमा नोट यथावत चल्नेछन्,' ज्ञवालीले भने । केन्द्रीय बैंकका अनुसार बुधबारसम्म बजारमा ८ अर्ब रुपैयाँ बराबरको राजाका तस्बिर अंकित नोट छन् । यो रकम बराबरको नयाँ नोट छापिसकिएको भए पनि अब साटेर चलाइने काम रोकिनेछ । केन्द्रीय बैंकले वित्तीय संस्था मार्फत नै यसलाई विस्थापन गर्दै जाने जनाएको छ ।
राजाको तस्बिर हटाएर नयाँ नोट प्रचलनमा आइसकेपछि पनि ६० देखि ७० अर्ब रुपैयाँको हाराहारीमा राजाका तस्बिर
अंकित नोट बजारमा थिए । यसलाई बिस्तारै प्रयोगबाट हटाएर गत माघसम्ममा २८ अर्ब रुपैयाँको पुरानो नोट मात्र बजारमा उपलब्ध थिए । केन्द्रीय बैंकले आयु सकिएका नोटलाई प्रणालीबाट बाहिर ल्याएर ँनयाँ नोट पठाउने गरेको छ । यसबाहेक आर्थिक वर्ष २०६६/०६७ को मौदि्रक नीति मार्फत राष्ट्र बैंकले सफा नोट नीति लिएको छ । नोट पुरानो भएपछि यसमा प्रयोग भएका सुरक्षा चिह्न मेटिने र नक्कली प्रयोगमा आउन सक्ने सम्भावना रहेकाले विभिन्न मुलुकले समयसमयमा पुराना नोट प्रतिस्थापन गर्ने गर्छन् ।
No comments:
Post a Comment