Saturday, May 21, 2011

विदेशमा बस्नेले बुद्धका लागि यति काम किन नगर्ने ?


मिलन तिमिल्सिना
बुद्धको नाममा हरेक वर्षमा एकपटक शान्ति र अहिंसाको कुरा हुन्छ । बुद्धको विचार र योगदानको चर्चा हुन्छ । औपचारिक तामझाम र चहलपहलमै बुद्धजयन्तीको कर्म समाप्त हुन्छ । यसवर्ष पनि यस्तै कर्मकाण्डी काम सहित बुद्धजयन्ती मनाईयो । तर दुःखको कुरा जुन गौतम बुद्ध हाम्रो देशमा जन्मिएको भनेर गर्व गरिरहेका छौं त्यसको स्वामित्व भने चलाखीपूर्ण ढंगले हाम्रै छिमेकी भारतले लिन खोज्दैछ ।
भारत र गौतम बुद्धबिचको साइनो भनेको उनले भारतको गयामा तपस्या गरेर बुद्धत्व पाएका हुन् । तर यी ठूल्दाई यतिखेर साम, दाम, दण्ड, भेद लगाएर बुद्ध भारतमै जन्मिएका हुन भनेर भ्रम छर्ने अभियानमा छ । मिडियामा भँगेरे टाउके अक्षरमा बुद्ध भारतमा जन्मिएका हुन भनेर आइरहेको, थुप्रै देशका पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिएको भनेर उल्लेख भएको छ । त्यतिमा त्र हैन, नेपालको कपिलबस्तुमा रहेको लुम्बिनीजस्तै हुबहु संयन्त्र बनाइरहेको भारतले । त्यसैले बुद्ध जयन्ती मनाइरहँदा बुद्ध भारतमा हैन नेपालमा जन्मिएका हुन भनेर स्थापित गर्ने संकल्पमा लाग्नु नेपालीहरुको पहिलो कर्तब्य भएको छ ।
गौतम बुद्ध नेपाली माटोमा जन्मेका यहाँका ऐतिहासिक विभूति हुन् भन्ने कुरा घाम जस्तै छर्लङ्ग भएपनि छिमेकी भारतले यसलाई भ्रममा पार्ने कुचेष्टा गरिरहेको छ । संसारका धेरै मान्छेले मान्ने गौतम बुद्धलाई उसले आफ्नो बनाउने दुस्साहस गरेको छ । यसलाई चिर्न स्वदेशमा रहेकाको भन्दा बिदेशमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण हुन्छ । संसारका हरेक कुनामा बस्ने नेपालीले बुद्ध भारतमा होईन, नेपालमा जन्मेका हुन् भन्ने कटु यथार्थलाई स्थापित गर्न सक्छन् । यसको लागि केही गर्नै पर्दैन आआफ्ना ठाउँबाट यसबारे सानो प्रचारप्रसार नै पर्याप्त हुन्छ । बेलायतमा बस्ने रामकुमार श्रेष्ठको अगुवाईमा यस्तो अभियान शुरु भैसकेको छ जसमा बिश्वभरका हजारौं अभियन्ता जोडिएका छन् । उहाँ लगायतको समूहले सामाजिक सञ्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलवस्तु दिवसको रुपमा मनाउन थालेको छ । बुद्धका महत्वपूर्ण सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचारप्रसार गर्नु अभियानको मुख्य उदेश्य हो । अभियानले बुद्धको जन्मस्थलबारेको भ्रम चिर्दै बुद्ध नेपालमै जन्मेका हुन् भन्नेे कटु यथार्थलाई बिश्वसामु चिनाउने प्रयत्न गरिरहेको छ । उसले बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई पर्यटकीय स्थलको रुपमा मलजल गर्ने प्रयास पनि थालेको छ ।
गौतम बुद्धले प्रतिपादन गरेको धर्म र उपदेशहरु नेपालका साथै भारत, चीन, श्रीलंका, बर्मा, थाईल्याण्ड, भुटान, जापान, मंगोलिया, कोरिया लगायत बिश्वका बिभिन्न देशमा बुद्ध धर्मका रुपमा विस्तार भएका छन् । यी हरेक देशमा बस्ने नेपालीले बुद्ध भारतमा होईन, नेपालमै जन्मेका हुन् भनेर किन नभन्ने ? यस्तै अभियान किन नथाल्ने ? हरेक दिन बुद्धजयन्तीको दिनमा मात्रै गाईने शान्ति र अहिंसाको रागले मात्रै कुनै लछारपाटो लगाउँदैन । हरेक दिनजसो गरिने सानो प्रचार अभियानले विश्वसामु गौतमबुद्धबारेको यथार्थ कुरा छर्लङ्ग पार्न सहयोग पुग्छ ।
भारतले उत्तरप्रदेश अलिगढवा राज्यको सिद्धार्थनगर पीपरहवा क्षेत्रलाई कपिलवस्तु नामाकरण गरेर बुद्ध भारतमै जन्मेका हुन् भन्ने भ्रम छर्न खोजिरहेको छ । उसले बुद्धको वास्तविक मावली गाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोट बीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम गरेको छ । यसको लागि उसले त्यहाँ सबै नक्कली भग्नावशेष बनाएको छ । लुम्बिनी र आसपास क्षेत्रका ढुंगा, माटो र स्तम्भलाई दुरुस्तै कपी गरिएको छ । विश्वका जनतालाई दिग्भ्रमित बनाउन भारतले आफ्ना पाठ्यपुस्तकमा नै बुद्ध भारतमा जन्मेको हो भनेर लेख्ने काम पनि गरेको छ ।
भारतले यति धेरै हर्कत गरिसक्दा पनि नेपाली पक्ष अझै मौन छ । अब सरकार र नेताहरुको भर परेर होईन, राष्ट्रियता जोगाउन सबै नेपाली त्यसमा पनि बिदेशमा रहेका नेपाली कम्मर कसेर लाग्नुपर्छ । किनकी नेपाललाई सन्सारमा चिनाउने एउटा बलियो र महत्वपूर्ण आधार शान्तिका अग्रदूत गौतमबुद्ध हुन जसका रक्षा गर्नु बिश्वभर छरिएर रहेका नेपाल अबैतनिक दूत अर्थात हरेक नागरिकको कर्तब्य हो ।
हामी यहाँ बसेर बुद्ध नेपालमा जन्मेको हो भन्ने विषयलाई संसारले बुझेकै त छौं भनेर ढुक्क छौं । तर लुम्बिनीमाथि भारतले गरेको अपमानले सारा बिश्व नै उसको भ्रममा पर्न सक्ने खतरा छ । उसको हेपाहा प्रवृत्तिलाई चिर्न सकिएन भने भोलि गौतम बुद्धलाई सम्झेर लुम्बिनी आउने पर्यटक भारत पुग्न बेर छैन ।
सबै नेपालीसँगै सन्सारभर रहेका बुद्धका अनुयायीहरुलाई भारतले पार्न खोजेको भ्रम चिर्न अब होस्टेमा हैंसे गर्नैपर्छ । कपिलबस्तु दिवसजस्तै अन्य थुप्रै अभियान चलाउन सकिन्छ जसले गर्दा हरेक देशमा रहेका नेपालीहरुले प्रचार गर्न सकुन कि बुद्ध नेपालमा जन्मिउका हुन्, ती हाम्रा सम्पत्ति हुन् । भारतले भन्दैमा बुद्ध कदापी त्यहाँ जन्मेको मान्न सकिंदैन ।
नक्कली भग्नावशेष बनाएर उत्तरप्रदेशको सिद्धार्थनगर क्षेत्र लुम्बिनी बन्न सक्दैन । बुद्ध कसैका व्यक्तिगत सम्पत्ति होईनन्, तर नेपालका विभूति हुन् । उनी नेपाली भूमीमा जन्मेका हुन् । अहिलेका नेताहरुमा जस्तो बुद्धसँग भारतको कुनै साईनो सम्बन्ध छैन । मात्र अरु देशका जस्तै भारतका अनुयायीहरुले पनि बुद्धलाई मान्न सक्छन् । तर आफ्नो पेवा बनाउन कदापी सक्दैनन् । यो वास्तविक सत्य विश्वसामु फैलाउन सन्सारभर रहेका नेपालीले आजैदेखि सानो पहल किन नथाल्ने ?

Monday, May 16, 2011

२५५५औँ बुद्ध जयन्ती विशेष कार्यक्रम


बुटवल, ३ जेष्ठ  / भगवान् बुद्धको २५५५ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मंगलबार यहाँ विशेष कार्यक्रमसहित मनाइँदैछ । बुद्ध जन्मस्थल लुम्बिनीमा अहिले बिहान मायादेवी मन्दिर र बुद्धसँग सम्बन्धित क्षेत्रहरुमा सरसफाइ, बुद्ध प्राथना, माआयानी, बज्रयानि, थेरवादी गुरु भिक्षु तथा लामा गुरुहरुबाट धार्मिक पूजा सम्पन्न भएका छन् ।
अहिले बिहान लुम्बिनीमा शान्ति¥याली निकाल्ने तथा बौद्ध र विश्व सम्पदास्थल सम्पदाहरुको फोटो प्रर्दशनी गरिने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
यसै अवसरमा आजै बिहान राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा मुख्य कार्यक्रम हुने छ । कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय शान्ति पुरस्कार जापानको हिरोसिमा र नागासाकीका मेयरद्धयलाई ५० हजार अमेरिकी डलर प्रदान गरिने छ ।
मुख्य कार्यक्रममा सहभागी हुन यहाँ उपराष्ट्रपति परमानन्द झा, मन्त्रीहरुलगायत आएका छन् ।
शान्ति क्षेत्र प्रवेशद्वार शिलान्यास
 भारतबाट कपिलवस्तु प्रवेशको मुख्य नाका चाकडचौडामा अन्तर्राष्ट्रिय शान्तिद्वारको शिलान्यास भएको छ ।  बुद्ध जयन्तीको अवसर पारेर जिल्ला विकास समिति कपिलवस्तुले उक्त कार्यको थालनी गरेको हो ।
भारतले कृत्रिम कपिलवस्तुको रुपमा अलिगढवा क्षेत्रलाई प्रचारप्रसार गरिरहेकै विषयलाई चुनौती दिँदै भारतीय नाकाबाट नेपाल प्रवेशतर्फ प्रवेश गर्ने मुख्य नाकामा प्रवेशद्वारको शिलान्यास गरिएको हो ।
नेपालको प्रवेशद्वारको सिधा दक्षिणमा भारतको नक्कली कपिलवस्तु प्रवेशद्वार रहेको छ । लुम्बिनी विकास कोषका सदस्यसचिव राजेन्द्रबहादुर थापामगर र कपिलवस्तुका प्रजिअ लक्ष्मणकुमार थापाले एक बृहत् समारोहबीच संयुक्तरुपमा सोमबार उक्त प्रवेशद्धारको शिलान्यास गरेका हुन् ।
जिल्ला विकास समिति कपिलवस्तुले चालु आवबाट खर्च हुने गरी उक्त प्रवेशद्वारको लागि रु १३ लाख बजेट उपलब्ध गराएको स्थानीय विकास अधिकारी चिरन्जीवी भण्डारीले बताए ।
उनका अनुसार ६ महिनाभित्रमा निर्माण कार्य पूरा हुने छ । बुद्ध सम्पदाका रुपमा कपिलवस्तुमा ५ दर्जन भन्दा बढी महत्वपूर्ण स्थान रहेता पनि औपचारिक प्रवेशद्वारको निर्माण गरी बौद्ध दर्शनका अनुयायी र अन्य पर्यटकहरुलाई स्वागत गर्ने काम भने यसअघि खासै भएको थिएन ।
बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादवले अिहंसाको प्रतिक तथा शान्तिका नायक महामानव गौतम बुद्धको सन्देश तथा प्रेरणाबाट मुलुकमा मेलमिलाप तथा सहकार्यको संस्कृति विकास हुने विश्वास व्यक्त गर्नुभएको छ । 
मुलुक अत्यन्तै असहज राजनीतिक परिस्थितिबाट गुजि्ररहेको भन्दै राष्ट्रपति यादवले समझदारीका साथ अघि बढ्न पनि सबैलाई आग्रह गर्नुभएको छ । सरकारले यस वर्षको बुद्ध जयन्ती राष्ट्रियस्तरमै पहिलो पटक भव्यताका साथ मनाउन लागेको बताएको छ ।
विश्वमा शान्ति छर्ने बुद्धको नेपालमा भने शान्तिनै धरापमा पर्दै गइकोले शान्तिको खोजिका लागि बुद्ध जयन्ती मनाइदै छ ।
यसै सन्दर्भम्ा नेपाल सरकारले ु२५५५ औं बुद्ध जयन्तीको प्रतिवद्धता शान्तिको लागि नयाँ सविधानमा धर्म निरपेक्षताको सुनिश्चितताु भन्ने मूल नाराका साथ भव्य रुपमा मनाउन सबैम्ा आग्रह गरेको छ ।
आजको दिन सरकारले मुलुकभर सार्वजनिक बिदा दिएको छ ।
नेपालको कपिलबस्तु जिल्लामा जन्मनुभएको गौतम बुद्धलाई बिश्वले शान्ति छर्ने प्रभुत्वको रुपमा मनाउन थालेपछि भारतले अनैतिक तवरले अफ्नो भूमिमा जन्मेको भन्ने दाबि गलत सबित बन्दै गएपनि उसको हस्तक्षेपकारी भूमिकाको सामाना हामी नेपालीले गर्नु परेको छ ।

मापदण्डबिनै सरकारी सुविधा


काठमाडौ, ३ जेष्ठ  / सरकारले निश्चित मापदण्डबिनै पहुँचका आधारमा राज्यको साधन, स्रोत वितरण गरेको देखिएको छ । संसद्को राज्य व्यवस्था समितिको निर्देशनअनुरूप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले तयार पारेको विवरणमा समान हैसियतका व्यक्तिहरूले पनि फरक-फरक सुविधा लिएको पाइएको हो । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा नेताहरूलाई दिएको सुविधामा एक रूपता देखिँदैन भने पहुँचका आधारमा अधिकांशले अनावश्यक सुविधा लिएको विवरणमा छ । राज्यको साधनस्रोत प्रयोगमा एकरूपता ल्याउने र दुरुपयोग रोक्ने सम्बन्धमा समितिले सरकारसँग विवरण मागेको थियो ।
राष्ट्रप्रमुख राष्ट्रपति रामवरण यादव र सरकार प्रमुख प्रधानमन्त्री झलनाथ खनाल तथा उनका सल्लाहकारहरूले लिएको सुविधामा ठूलो भिन्नता छ । विवरणअनुसार राष्ट्रपतिलाई एक जिप, एक कार, मासिक ३ सय १० लिटर तेल, १ सय ९६ सुरक्षाकर्मी, १८ जना निजामती कर्मचारी, पत्रपत्रिका, अतिथि सत्कार खर्च मासिक एक लाख र मोबाइल फोन दिइएको छ ।
प्रधानमन्त्री झलनाथ खनालले दुई कार, जिप दुई, माज्दा पिकप ३, निसान जिप एक, मासिक एक हजार लिटर तेल, सशस्त्रबाट ३८ र नेपाल प्रहरीबाट ५० सुरक्षाकर्मी लिएका छन् । त्यसका साथै प्रधानमन्त्री कार्यालयका लागि बा१झ ८२२० नम्बरको किया रियो कार, बा१झ ८३२९ र ७१६३ नम्बरको स्कार्पियो जिप, बा४च ५३७९ नम्बरको टोयोटा ल्यान्डक्रुजर जिप पनि छ ।
गृह मन्त्रालय स्रोतका अनुसार, कार्यकारी प्रमुख भएकाले प्रधानमन्त्रीको सुविधा बढी भएको हो । तर उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पनि सुरक्षाकर्मीबाहेकको सुविधा राष्ट्रपतिको भन्दा बढी छ । उनले बा१झ ८२१८ नम्बरको गाडी, सशस्त्र प्रहरीबाट टाटा टेल्को गाडी, चालक १, सेना १२, सशस्त्र ८ र प्रहरी २ जना लिएका छन् ।
यसका साथै अर्थमन्त्रीको निजी सचिवालयका लागि भन्दै बा१झ ७९१४ नम्बरको टोयोटा जिप, बा५च ९१५४ र ७३३९ नम्बरका दुई हुन्डाइ सेन्ट्रो कार र बा१झ ८४६९ नम्बरको महिन्द्रा स्कापियो गाडी लिएका छन् । अर्का उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले पनि बा१झ ८२२३ नम्बरको गाडी, बा१झ ५५५३ नम्बरको निसान जिप र सशस्त्रबाट टाटा टेल्को गाडी, चालक १, सेना १२, सशस्त्र ६ र प्रहरी २ जना लिएका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारको सुविधामा अझ ठूलो भिन्नता छ । राष्ट्रपतिका सल्लाहकार सूर्य ढुंगेल, हरि शर्मा र राजेन्द्र दाहालले कार र मासिक सय लिटर तेल सुविधा पाएका छन् । यस अतिरिक्त शर्मा र दाहालले मासिक दुई हजारमा नबढ्ने गरी टेलिफोन सुविधा पाएका छन् । दाहालले पत्रपत्रिका घर भाडाबापत मासिक थप पाँच हजार बुझ्छन् । राष्ट्रपतिका प्रेस सल्लाहकारसमेत रहेका दाहालका अनुसार तीनै जनालाई राज्यमन्त्रीसरह मानिएको छ । राज्यमन्त्रीसरहका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पुरुषोत्तम पौडेलले भने गाडीसहित मासिक १ सय ८० लिटर तेल लिन्छन् । सहायकमन्त्रीसरहका प्रधानमन्त्रीका सल्लाहकारहरू निर्मलकुमार भट्टराई -जनसम्पर्क) र सूर्यबहादुर थापा छेत्री -प्रेस) ले पनि गाडीसहित १ सय ८० लिटर तेल सुविधा लिइरहेका छन् । राष्ट्रपतिका राज्यमन्त्रीसरहका सल्लाहकारभन्दा प्रधानमन्त्रीका सहायकमन्त्री सरहका सल्लाहकारले ८० लिटर तेल बढी लिने गरेका छन् ।
प्रधानमन्त्रीका सचिवसरहकै स्वकीय सचिवहरू दीपकचन्द्र अमात्य र रामबाबु अधिकारीले गाडीसहित ९० लिटर तेल पाएका छन् । मन्त्रीसरह भएकाले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले ६५८२ नम्बरको सवारीसाधान र २०० लिटर तेल सुविधा लिइरहेका छन् । 'राष्ट्रपतिलाई आलंकारिक भनेर हामी सल्लाहकारलाई पनि कम सुविधा दिइएको होला,' राष्ट्रपतिका एक सल्लाहकारले भने । 
पूर्वप्रधानमन्त्रीमा सबैभन्दा बढी सुविधा लिनेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल
छन् । पार्टीकै लडाकुको समेत सुरक्षा लिएका उनले ३३ सुरक्षाकर्मीसहित विभिन्न सुविधा लिएका छन् । सुविधा लिनेमा उपप्रधान र गृहमन्त्री बनिसकेका एमाले नेता केपी ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई समेत उछिनेका छन् । उनले २७ सुरक्षाकर्मी, गाडीलगायतको सुविधा लिएका छन् भने तेल सुविधामा त दाहाललाई पनि उछिनेका छन् ।
नेता ओलीले गृहबाट २ सय र प्रहरीबाट २ सय ५० गरी ४ सय ५० लिटर तेल लिन्छन् । पूर्वप्रधानमन्त्रीले लिएको सुविधा व्यक्तिपिच्छे फरक छ । २०४७ यताका गृहमन्त्रीहरूले लिँदै आएको सुविधामा त ठूलो असमानता छ । कसैले पूर्वप्रधानमन्त्रीभन्दा बढी सुविधा लिएका छन् भने कसैले एक जना प्रहरीमै चित्त बुझाएका छन् । शक्तिका भरमा कतिपय पूर्वमन्त्रीले धेरै सुविधा लिएका छन् ।
पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले सशस्त्रबाट टाटा टेल्को पिकअप, सशस्त्र ७ र प्रहरी ३ जना लिएकी छन् । स्रोतका अनुसार विवरणमा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका नाममा उल्लेख सशस्त्र १० जना, प्रहरी १ जना पनि उनको र कांग्रेस सभापति सुशील कोइरालाको सुरक्षामा खटिएका छन् । कांग्रेस सभापति बनेदेखि कोइरालाले सशस्त्र प्रहरीबाट टाटा टेल्को पिकप, १ सय २० लिटर तेल, १७ जना सशस्त्र र ६ प्रहरीको सुविधा पनि लिएका छन् ।
राज्यव्यवस्था समितिका सभापति रामनाथ ढकालले राज्य सुविधामा एकरूपता, पारदर्शिता आओस् र कसैले पनि दुरुपयोग नगरोस् भनेर छलफल चलाउन लागेको बताए । 'आवश्यकताभन्दा पनि शक्ति प्रदर्शनका लागि सुविधा लिने प्रचलन बढेको देखिन्छ । आवश्यकताका अनुसार राज्यले निश्चित सुविधा दिन्छ, दिनुपर्छ तर त्यसको एउटा निश्चित मापदण्ड बनाइनुपर्छ,' ढकालले भने, 'सुविधाबारे विस्तृत अध्ययनपछि हामी सरकारलाई आवश्यक निर्देशन दिन्छौं ।'
बढी सुविधा लिने पूर्वमन्त्रीमा रामशरण महत पनि अगाडि छन् । उनले सशस्त्रबाट ७ जना, प्रहरीबाट २ जना सुरक्षाकर्मी लिएका छन् । पूर्वमन्त्रीहरू प्रकाशशरण महत, ईश्वर पोखरेल र अर्जुननरसिंह केसीले ३/३ सुरक्षाकर्मी लिएका छन् । जबकि पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, मन्त्रीहरू प्रकाशचन्द्र लोहनी, बाबुराम भट्टराई, पशुपतिशमशेर जबरा, बालकृष्ण खाँड, रामबहादुर थापा, उपेन्द्र देवकोटा, प्रकाशमान सिंहले २/२ सुरक्षाकर्मी लिएका छन् ।
पूर्वमन्त्री पम्फा भुसाल, प्रदीप नेपाल, प्रदीप ज्ञवाली, गोपाल किराँती, लेखराज भट्ट, विद्या भण्डारी, राजेन्द्र महतो, सुरेन्द्र हमाल, शरदसिंह भण्डारी, सर्वदेव ओझा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, सुरेन्द्र चौधरी श्यामसुन्दर गुप्ता, रघुजी पन्त, गिरीराजमणि पोखरेल, राज्यमन्त्री सुरेश मल्लले १/१ सुरक्षाकर्मी लिएका छन् । पार्टीका लडाकुको सुरक्षासमेत लिएका माओवादी नेताहरू सीपी गजुरेल, नारायणकाजी श्रेष्ठले २/२ र मोहन वैद्यले एक सुरक्षाकर्मी लिएका छन् । त्यसैगरी सभासदहरू विश्वनाथ अग्रवाल, सरिता गिरी, कृष्ण यादव, कौशल राय, प्रमोद गुप्ता, रामचन्द्र प्यासी, अजय चौरासिया, देवेन्द्र पटेल, सञ्जय साह, अजय द्विवेदी, ओमप्रकाश शर्मा, जयराम दाहाल, शिवचन्द्र कुशवाहा, प्रभु साह, भरत साह, नारायणप्रसाद अधिकारीले एक/एक सुरक्षाकर्मी लिएका छन् ।
सुविधा लिन पहुँच चाहिन्छ भन्ने उदाहरण हुन्, पूर्वसांसद अमरेशकुमार सिंह । उनले बा१झ ७६४८ नम्बरको गाडी, मासिक १२० लिटर तेल र एक सुरक्षाकर्मी लिएका छन् । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीले र गृहसचिव उमेश मैनालीले २/२ र पूर्वगृहसचिव भक्तबहादुर कोइराला, सचिव मोदराज डोटेलले १/१ सुरक्षाकर्मी लिएका छन् । त्यसैगरी पूर्वगृहराज्यमन्त्रीहरू देवेन्द्रराज कँडेलले ३, रामकुमार चौधरी र रिजवान अन्सारीले २/२ सुरक्षाकर्मी लिएका छन् ।
पूर्वप्रधानमन्त्रीहरु
पुष्पकमल दाहाल :    बा७च१०२९ नम्बरको गाडी, सशस्त्रबाट टाटा टेल्को गाडी, प्रहरीबाट ७९८८ नम्बरको बलेरो जिप, ३०० लिटर तेल, घर भाडा, बिजुलीका लागि मासिक ८० हजार रुपैयाँ सशस्त्र प्रहरी २३, नेपाल प्रहरी १० जना ।
माधवकुमार नेपाल :    बा७च १०३० नम्बरको गाडी सशस्त्रबाट माज्दा जिप, ३०० लिटर तेल, चालक १, सशस्त्र १२ प्रहरी २ जना ।
शेरबहादुर देउवा :    बा६च १०२५ र बा१झ ७५१४ नम्बरका दुई गाडी, मासिक ३०० लिटर तेल, दुई प्रहरी चालक, सशस्त्र २१, प्रहरी ३ जना ।
लोकेन्द्रबहादुर चन्द :    बा२च ९१४५ नम्बरको गाडी, तेल २०० लिटर, सशस्त्र १२, प्रहरी ७ जना ।
सूर्यबहादुर थापा :    बा२च१६०२ र बा१झ ७३६८ नम्बरका दुई गाडी, ३०० लिटर तेल, १४ सशस्त्र, प्रहरी २ जना ।
मरिचमान सिंह :    प्रहरी २ जना ।
पूर्वगृहमन्त्रीहरू
केपी ओली :    बा५च४७१८ नम्बरको गाडी, सशस्त्रबाट टाटा टेल्को पिकअप, प्रहरीबाट ८०८० नम्बरको गाडी, तेल ४५० लिटर, सशस्त्र १७, प्रहरी १० जना ।
भीम रावल :    बा६च ५५५५ नम्बरको गाडी, सशस्त्रबाट टाटा टेल्को गाडी, २०० लिटर तेल, प्रहरी सवारी चालक १, सशस्त्र १५, प्रहरी ६ जना ।
रामचन्द्र पौडेल :    बा१झ८३२८ नम्बरको गाडी, २०० लिटर तेल, चालक १, सशस्त्र १० प्रहरी २ जना ।
बामदेव गौतम :    बा६च ७८१ नम्बरको गाडी, सशस्त्रबाट माज्दा पिकअप, तेल २०० लिटर, सशस्त्र १४, प्रहरी २ जना ।
कृष्णप्रसाद सिटौला :    बा३च २९९४ नम्बरको गाडी, मासिक २०० लिटर तेल, सशस्त्र १०, प्रहरी २, सवारी चालक १ जना ।
खुमबहादुर खड्का :    बा१झ ८२२७ नम्बरको गाडी, मासिक १०० लिटर तेल, प्रहरी सवारी चालक १, सशस्त्र ९ र प्रहरी २ जना ।
पूर्णबहादुर खड्का :    बा५च ७३०४ नम्बरको गाडी, तेल २०० लिटर, सशस्त्र १२, प्रहरी २ जना । साथै गृहको २०५७ भदौ १४ को पत्रले शिक्षा मन्त्रालयबाट बा१झ ५१२४ नम्बरको जिप ।
गोविन्दराज जोशी :    सशस्त्रबाट ७ र प्रहरीबाट २ जना ।
बुद्धिमान तामाङ :    प्रहरी १ जना ।
निरन्जन थापा :    प्रहरी २ जना ।
कमल थापा :    प्रहरी ३ जना ।
दानबहादुर शाही :    प्रहरी १ जना ।

बम पड्काएर मार्दै हिँड्नेको अन्तर्वार्ता बजाएर 'शान्तिको अभियान'?


काठमाडौँबाट स्याटेलाइटको माध्यमबाट प्रसारण हुने च्यानल हिमालय टेलिभिजनले बिहीबार राति प्रसारण गरेको कार्यक्रम कुनै ‘एक्सक्लुसिभ’ काम हैन, यो त अपराधलाई प्रोत्साहन दिने एउटा निन्दनीय कुकृत्यमात्रै हो। नेपालको सार्वभौमसत्तामाथि नै धावा बोल्दै राज्यद्रोहको अभिव्यक्ति प्रसारण गर्नु दण्डनीय अपराध हो। यो अपराधलाई  ’समृद्धि र शान्तिको अभियान’ भन्ने ट्यागलाइन नारा राख्दैमा छोप्न सकिन्न।  प्रेस स्वतन्त्रताको दुहाइ दिएर पनि यसबाट बच्न पाइन्न।  किनभने कुनै पनि देशमा प्रेस स्वतन्त्रता निराकार हुँदैन। राष्ट्र र राष्ट्रियताविरुद्ध अपराध गर्न कुनै पनि देशले प्रेसलाई छुट दिँदैन। 
च्याउ झैँ उम्रिएका नेपाली टिभी च्यानलहरुले आफूलाई अरुभन्दा पृथक देखाउने होडबाजी गरिरहेका छन्। यसै क्रममा दुई वर्षअघि कात्तिकमा चेङ अग्रवालको नाममा लाइसेन्स पाएर गत वर्षदेखि प्रसारण थालेको हिमालय टेलिभिजनले एक्सक्लुसिभ प्राइम स्टोरीको नाममा बिहीबार एउटा अन्तर्वार्ता प्रसारण गर्‍यो। अन्तर्वार्ता प्रसारण हुनु दुई दिनअघिदेखि नै पत्रपत्रिकाहरुमा सो टेलिभिजनले यस्तो विज्ञापन छापेको थियो-
अन्तर्वार्ता भगत सिंहको थियो। सामान्य मानिसलाई यो भगत सिंह भनेको को हो थाहा नहुन सक्छ। तर नेपाल प्रहरीको मोस्ट वान्टेड लिस्टमा रहेका अपराधी हुन् यिनी।
गत चैत १३ गते लु १ ख ३६६६ नम्बरको बुटवल भैरहवा सडक खण्डमा चल्ने  माइक्रोबस यात्रु खचाखच भरिएको अवस्थामा विस्फोट भयो। त्यसमा सवार दुई निर्दोष यात्रुको ज्यान गयो। कयौँ घाइते भए। माइक्रो बस पूर्ण रुपमा क्षतिग्रत भयो। यो आक्रमणको जिम्मा यही भगत सिंह समूहले लिएको थियो। यो माइक्रोमा टाइम बमसहितको झोला भैरहवा बसपार्कबाट राखेर बीच बाटोबाटै फरार भएका तीन जनालाई प्रहरीले पछि पक्रेको थियो। उनीहरुले पनि आफू भगत सिंह कै समूहमा आवद्ध रहेको बयान दिएका थिए।
‘अब हामी भगत सिंहको जीवनको पहिलो टेलिभिजन अन्तर्वार्ता लिन अज्ञात स्थलतर्फ लाग्दैछौँ’ भनी रमाई रमाई टेलिभिजनमा बोल्ने पात्रले के त्यो माइक्रोमा चढेर बित्थामा ज्यान गुमाउनु परेकाको आत्माको पीडालाई अलिकति पनि बुझ्ने चेष्टा गरे ?  एक्सक्लुसिभको लेप लगाएर पर्दामा त्यो अपराधीको अन्तर्वार्ता बजाउने निर्णय गर्दा त्यो आक्रमणमा ज्यान गुमाएकाको परिवार र अंगभंग भएकाहरुको पीडा महसूस गरेर  अलिकति पनि इमान डगमगाएन ?
त्यो माइक्रोमा गरिएको आक्रमणमात्र हैन, अन्य कयौँ आपराधिक विस्फोटको जिम्मा उनको समूहले लिएको छ। ती मध्ये गएको महिना भएका घटना मात्र यस्ता छन्-
२०६७ साल चैत ११ गते रौतहटको भेडियाई गा.वि.स २ स्थित चोकमा बा १ ख ५७२१ न. को यात्रुबाहक बसमा  सकेट बम बिष्फोट, १२ जना यात्रु घाइते। जिम्मा जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगत सिंह) ले लिएको।
२०६७ साल चैत १२ गते बांकेको गनापुर गा.वि.स ७ स्थित ना.४ ख १३३२ न.को बसमा  बम बिष्फोट, ६ जना घाइते। विस्फोटबाट बस पूर्णरुपमा क्षतिग्रस्त भयो। जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष भगत सिंहले फोनबाट विस्फोटको जिम्मा लिए।
२०६७ साल चैत १३ गते बुटवलको मिलनचोकमा भैरहवाबाट बुटवल आउँदै गरेको यात्रुवाहक माइक्रोबसमा बम विस्फोट भयो जसमा १५ जना घाइते भए। जिम्मा उही भगत सिंहले लिए।
(यसमा जनधनको क्षति नभएको र विस्फोट हुनुअघि नै सुरक्षाकर्मीले निस्क्रिय पारेको बमको घटना राखिएको छैन। त्यस्ता घटना दर्जनभन्दा बढी छन् उनको समूहले जिम्मा लिएका)
यस्तो आपराधिक समूहका नाइकेको कुरालाई टेलिभिजनमा पहिलो अन्तर्वार्ता भन्दै हिन्दी भाषामा नेपालको राजधानीबाट प्रसारण हुने टेलिभिजनमा राख्‍नुको औचित्य के ? उनको यो अन्तर्वार्ता प्रसारण नभएको भए के बिग्रन्थ्यो ? के त्यो दिनै पर्ने कार्यक्रम थियो ? यो अन्तर्वार्ता प्रसारण हुँदा देश र समाजलाई राम्रो हुन्थ्यो कि नहुँदा ? यस्तो अन्तर्वार्ता प्रसारण गरेर प्रेस स्वतन्त्रताको रक्षा भयो ठान्नुहुन्छ तपाईँहरु ? यो प्रेस स्वतन्त्रताको उपभोग हैन, अराजकताले सीमा नाघेको हो। हामीले भुल्नु हुन्न, यही प्रेसले तत्कालीन माओवादी द्वन्द्वलाई चरम सीमामा पुर्‍याउन अतुलनीय सहयोग गरेका थिए। माओवादी मर्दा ‘हत्या’ र माओवादीले प्रहरी मार्दा ‘मृत्यु’ शब्द लेखेर जो मरे पनि जनता कै छोरा मरेको तथ्यलाई भेदभाव गरेर द्वन्द्वलाई अझ भड्काउने काम कसले गरेको थियो ? अहिले त्यस्तै गल्ती यी टेलिभिजन च्यानलहरुले गर्न खोज्दैछन्। जनताका छोराछोरी प्रहरीलाई निर्मतापूर्वक मारेर ‘भट्टेडाँडामा साहसिक आक्रमण’ भनेर भंगेरा टाउके शीर्षक र फोटो हालेर उतिबेला समाचार छाप्नु जस्तो गल्ती थियो, अहिले यो मान्छे मारेर मैले पडकाएको हुँ भनेर जिम्मा लिँदै हिँड्ने भगत सिंहको अन्तर्वार्ता प्रसारण गर्नु पनि उस्तै गल्ती हो। अझ बढी गल्ती हो। किनभने उतिबेला माओवादीले आफूलाई विद्रोही पक्ष भन्थ्यो र प्रहरीलाई राज्य पक्ष। यहाँ त भगत सिंहले मारेका कुनै पनि पक्षका हैनन्, मात्र सर्वसाधारण, जो बस चढेर आफ्नो गन्तव्यतर्फ लाग्दै थिए।
स्वतन्त्रतासँगै जिम्मेवारी पनि जोडिएर आउँछ। हो, २०१७ सालमा महेन्द्रको कूपछि  ३० वर्षमा प्रेसले निकै दुःख पायो। सत्तासीनले नरुचाएको विषय प्रकाशन गर्न नदिने, त्यस्तो विषय छापिएमा पत्रिकाको दर्ता नै खारेज गर्ने, प्रेस नै बन्द गर्ने र सम्पादकहरूउपर मुद्दा चलाउने घटनाहरु भए। तर ०४७ सालको संविधानले त्यसलाई रोक्यो। अझ नेपालको अन्तरिम संविधान २०६३ ले त पत्रपत्रिका र छापाखानलाई मात्र हैन, टेलिभिजन, रेडियो र अनलाइनलाई समेत सुरक्षा प्रदान गरेको छ। तर यो स्वतन्त्रता पूर्णरुपेण भने होइन। सार्वभौमसत्ता, अखण्डता, राज्यद्रोह, हिंसात्मक कार्यलाई दुरुत्साहन गर्ने  जस्ता कामलाई संविधानले पनि निषेध गरेको छ। माथिको विज्ञापनले त्यो निषेधको खुलेआम उल्लङ्घन गरेको छ। ‘पूरै नेपाल कब्जाको तयारीमा’ भनेर टेलिभिजनले एउटा अपराधीलाई उसको हैसियतभन्दा बढीको स्तर त दिएको छ नै, संविधानले निषेध गरेको राज्यद्रोह र हिंसात्मक कार्यलाई दुरुत्साहन गरेको छ।
मान्छे मर्ने गरी बम राख्‍ने अनि फोन गरी जिम्मा लिने अपराधीको अन्तर्वार्ता प्रसारण गरेर हिमालय टेलिभिजनले आफ्नो नारामा भने जस्तो समृद्धि र शान्तिको अभियान पूरा हुन्छ भने वैशाख ८ गतेसम्म सञ्चार मन्त्रालयले लाइसेन्स दिएका सबै २८ वटै टेलिभिजनलाई उनकै अन्तर्वार्ता प्रसारण गर्न लगाउँ। देशभरका एफएमहरुमा बिहान बेलुकी भजनको ठाउँमा उनकै अन्तर्वार्ता बजाउन लगाउँ। हैन, त्यसो हुँदैन भने यो अन्तर्वार्ता प्रसारण गर्नुको औचित्य के ? यस्तै गैर जिम्मेवारी लहडले भएको अधिकार पनि गुमाउनु पर्ने स्थिति आउन सक्छ। सचेत होऔँ।
को हुन् भगत सिंह ?
भगत सिंहको सक्कली नाम अर्जुन सिंह हो। सिंह प्रहरीका ‘मोस्ट वान्टेड’ हुन्। उनीविरुद्ध आधा दर्जन मुद्दा नेपाल प्रहरीमा दर्ता छन्। महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक चक्रबहादुर बमको हत्या प्रयासको अभियोगमा २०६४ जेठ २ मा उनी पक्राउ परेका थिए। तर कांग्रेसका नेताहरूको जमानीमा उनी छुटेका थिए। गत असोजमा उनलाई भारतीय सीमा सुरक्षा प्रहरी एसएसबीले भारतको रूपैडियादेखि करिब डेढ किलोमिटर टाढा पचपकरीमा पेस्तोलसहित पक्राउ गरेको थियो। एसएसबीले रुपैडिया थानामार्फत् जिल्ला कारागार बहराइच चलान गरेको थियो। अवैध हतियार राखेको आरोपमा कारागार चलान गरिएपनि जिल्ला अदालत वहराइच चिफ जुडिसियल मजिस्ट्रेट कोर्टबाट उनलाई रिहा गरिएको थियो। दुई जना भारतीय नागरिकको रोहवर र जमानतमा सिंह छुटेका थिए। नेपालमा हत्या, हिंसा र अपहरणमा संलग्न रहेको अभियोगमा मोस्ट वान्टेड सूचिमा रहेका सिंहलाई सुपुर्दगी गर्न नेपाल प्रहरीले भारतसँग आग्रह गरेको थियो तर भारतले बुझाउन मानेन।
भारतमा बसेर सिंहले लामो समयदेखि नेपालगन्जमा हत्या, अपहरण, लुटपाट र चन्दा असुलीमा संलग्न रहँदै आएको बाँके प्रहरीको दावी छ। संभवतः हिमालय टेलिभिजनले भारत मै गएर यो अन्तर्वार्ता रेकर्ड गरेको हो।
मधेसी नेताहरु भारत भ्रमणमा फर्किएपछि माथि उल्लेख गरिएका भगत सिंहले जिम्मा लिएका विस्फोटका घटना भएकोले यो विस्फोटको जिम्मा मधेसी नेताहरुले लिनुपर्ने र उनीहरुकै मिलेमतोमा यस्ता घटना भएको आरोप सभासद बबन सिंहले संसदको बैठकमा लगाएका थिए।

जो पायो त्यहीलाई सुरक्षा सुविधा


काठमाडौ, २ जेष्ठ / जनशक्ति अभावमा प्रभावकारी सुरक्षा व्यवस्था कायम हुन नसकेको दाबी गरिए पनि प्रहरीका रासन ठेकेदारदेखि संन्यासीसम्मले सरकारबाट सुरक्षा सुविधा लिइरहेका छन् ।
संसद्को राज्यव्यवस्था समितिको निर्देशनअनुरूप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले तयार पारेको विवरणमा पहुँचका आधारमा यस्ता व्यक्तिले सुरक्षा सुविधा लिएको देखिएको हो ।
राज्यको साधनस्रोत प्रयोगमा एकरूपता ल्याउन र दुरुपयोग रोक्न समितिले सरकारसँग विवरण माग गरेको थियो । मुख्यसचिव माधवप्रसाद घिमिरेले विभिन्न मन्त्रालयसँग माग गरी तयार पारेको विवरणमा सयभन्दा बढी सुरक्षाकर्मी अनावश्यक रूपमा परिचालित भएको देखिएको छ ।
विवरणअनुसार पर्साका प्रहरीका रासन ठेकेदार विनोद शाहको व्यक्तिगत सुरक्षाका लागि २०६७ असोजदेखि तीन प्रहरी खटिएका छन् । धनुषाका अर्का रासन ठेकेदार दीपेन्द्र ठाकुरलाई २०६७ माघदेखि एक प्रहरी दिइएको छ ।
प्रहरीको सुरक्षा सुविधा लिनेमा साधुसन्त पनि छन् ।सुनसरी चतराधामस्थित रामनन्द पीठका जगतगुरु रमानद्यचार्य पीठाधीश्वर कृष्ण दासले २०६७ भदौदेखि र सुनसरी चतराकै पीठाधीश्वरका बालसन्त मोहनशरण महाराज जगतगुरुले २०६६ जेठदेखि एक/एक सुरक्षाकर्मी लिएको विवरणमा छ । त्यसैगरी महन्थ लक्ष्मीनारायण मठ मटियानी महोत्तरीका साधु जगरनाथ दासले २०६७ पुसदेखि एक सुरक्षाकर्मी लिएका छन् ।
सुरक्षा सुविधा लिनेमा कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरी पनि छन् । उनले पूर्वयुवराज पारस शाहसँग झगडा हुनुभन्दा निकैअघि २०६६ देखि नै दुई सुरक्षाकर्मी लिएका छन् । पहुँचका आधारमा जिल्लास्तरीय नेताले समेत सुरक्षा सुविधा लिएको विवरणमा छ ।
सिराहका एमाले जिल्ला अध्यक्ष लीला श्रेष्ठ र सप्तरीका एमाले नेता जगदीशप्रसाद साहले २०६७ असोज १२ देखि एक/एक प्रहरी लिएका छन् । सिराहकै कांग्रेस सभापति सीतादेवी यादवले २०६७ भदौ २३ देखि एक प्रहरी लिएकी छन् ।
कांग्रेस पर्साका सभापति राजेन्द्र अमात्यले २०६७ मंसिरदेखि, तरुण दलका बारा अध्यक्ष लोकेश सिंहले २०६७ वैशाखदेखि, पर्साका एमाले नेता अशोक टिमानीले २०६७ पुसदेखि, रूपन्देही मधेसी जनअधिकार फोरमका जिल्ला सचिव सन्तोष पाण्डेले २०६७ माघदेखि एक/एक प्रहरी लिएका छन् । शरणार्थी नेता टेकनाथ रिजालले समेत २०६५ कात्तिकदेखि एक प्रहरी लिएका छन् ।
सुरक्षा सुविधा लिने उद्योगपति, व्यापारी, डाक्टरहरू पनि उल्लेख्य रूपमा छन् । सुरक्षा सुविधा लिने उद्योगी व्यापारीमा अधिकांश पर्सा जिल्लाका छन् । पर्साका उद्योगपतिहरू सञ्जय केडियाले २०६७ देखि र विनोद अग्रवालले २०६६ फागुनदेखि दुई प्रहरी लिएका छन् भने पवन अग्रवालले २०६७ असोज, अनिल रुगटाले २०६७ असार, गणेश लाठ, रतन अग्रवाल र सत्यनारायण क्यालले २०६६ चैतदेखि एक/एक प्रहरी लिएका छन् ।
पर्साकै उद्योगपति अशोक वैद्यले २०६७ असोज, राजेश अग्रवालले २०६७ मंसिर, अनिल अग्रवालले २०६७ असार, वीरेन्द्र संगडाई, अशोक लाठ र ज्योतिलाल साहले २०६६ मंसिर, उद्योगपति विश्वनाथ साहले २०६५ कात्तिक, गोपाल केडियाले २०६७ जेठ, उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सकारियाले २०६७ जेठदेखि एक/एक सुरक्षाकर्मी लिएका छन् ।
एमडीएस ट्रेडर्स पसार्का सज्जन तिवारीले २०६६ असोज, पर्साकै व्यापारी राजेन्द्र गुप्ताले २०६६ मंसिर, मनोज चौधरीले २०६७ असार र डाबर नेपाल पर्साका महाप्रबन्धक इन्द्रमिल गुप्ताले २०६६ माघदेखि एक/एक सुरक्षाकर्मी लिएका छन् ।
सुरक्षा लिने अन्य उद्योगी व्यापारीमा गोरखा डिपार्टमेन्ट स्टोर सुनसरीका बलराम आचार्य, इन्भेस्टमेन्ट बैंकका ज्योति पाण्डे, रूपन्देहीका उद्योगपति इस्तिहाज अहमद, उद्योग वाणिज्य महासंघ रूपन्देहीका अध्यक्ष महेन्द्र श्रेष्ठ पनि छन् ।
यी सबैले एक/एक सुरक्षाकर्मी लिएका छन् । लामो समयदेखि सुरक्षा सुविधा लिने चिकित्सकमा बीएन्डबीका डाक्टरद्वय जगदीशलाल वैद्य र अशोक बाँस्कोटा छन् । उनीहरू दुवैले २०६३ जेठदेखि एक/एक सुरक्षाकर्मी लिएका छन् ।
सगरमाथा अञ्चल अस्पताल, सप्तरीका डाक्टर मुरलीप्रसाद सिंह, राजविराजका डाक्टरहरू कल्पना बछार र कमलेशप्रसाद सिंहले २०६६ वैशाख तथा टेकनाथ मण्डल र लक्ष्मण मण्डलले २०६७ असोजदेखि एक/एक सुरक्षाकर्मी लिएका छन् । 
भरतपुर क्यान्सर अस्पतालका डाक्टर भक्तमान श्रेष्ठले २०६७ असारदेखि दुई, सोही अस्पतालका प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले २०६७ भदौ, भरतपुर मेडिकल कलेजका निर्देशक नटराजप्रसादले २०६७ जेठ, मोरङका डाक्टर यमबहादुर रोकाले २०६७ कात्तिकदेखि एक/एक सुरक्षाकर्मी लिएका छन् ।
पर्साका डाक्टरहरू मुकेश अग्रवालले ०६६ वैशाख, रवीन्द्र सिंहले ०६७ कात्तिक, जेनुदिन अन्सारीले ०६७ साउनदेखि एक/एक र एडभान्स अस्पतालका एक डाक्टरले ०६७ भदौदेखि दुई सुरक्षाकर्मी लिएका छन् ।
पूर्वराजालाई अझै सुरक्षा
पूर्वराजा र परिवारका सदस्यले उल्लेख्य सेवा, सुविधा पाइरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले १ सय १२ सुरक्षाकर्मीसहित टाटा टेल्को पिकप, निर्मल निवासका लागि टाटा सुमो र इन्धन सुविधा लिइरहेका छन् । पूर्वराजपरिवार सदस्यहरू दिलाशा राणा, शोभा शाही र विमला शाहलाई २०६५ असारदेखि ५/५ सुरक्षाकर्मी दिइएको छ । राजपरिवारकै स्व. रवीन्द्र शाहलाई २०४७ सालभन्दा अघिदेखि पाँच सुरक्षाकर्मी दिइएकामा उनीहरू अहिलेसम्मै परिचालित छन् ।

Sunday, May 15, 2011

मनकामनामा परेवा उडाउन निषेध


गोरखा, जेष्ठ २ / मनकामना दर्शनका लागि आउँदै हुनुहुन्छ ? परेवा लिएरचाहिँ नआउनुहोला । परेवासहित आउनुभयो भने तपाईंलाई केबलकारबाट ओर्लनेबित्तिकै प्रहरी र मनकामना क्षेत्र विकास समितिका कर्मचारीले फर्काइदिने छन् । र्फकन नमाने तपाइले परेवा केबलकारको माथिल्लो स्टेसनमा राखेपछि मात्र मन्दिर दर्शन गर्न पाउनुहुने छ ।
लामो समयदेखि भक्तजनले उडाएका परेवा मर्ने गरेको र तिनको सुलीले मन्दिर वरपर दुर्गन्ध फैलेपछि उडाउन नपाइने पुरानो नियममा कडाइ गरिएको हो । मनकामना क्षेत्र विकास समिति, प्रशासन कार्यालय र मनकामना गाविसले परेवा उडाउन रोक्दै २०६५ सालमा गरेको निर्णयमा कडाइ गरेको समितिकी कार्यकारी अधिकृत खिलमाया थापाले बताइन् ।
'पहिलेदेखिकै नियम भए पनि धेरैजसो भक्तजनले थाहा नभएको भन्दै लिएर आउने गरेका थिए,' उनले भनिन्, 'प्रहरी र कर्मचारीले मानवीय हिसाबले छाड्ने गरेका थिए । तर परेवाको फोहोरले मन्दिर वरपर हैजा नै आउने खालको वातावरण सिर्जना भएपछि पूरै चेकजाँच गरेर मात्र भक्तजनलाई मन्दिर प्रवेश गराउन थालिएको छ ।' परेवा ल्याए/नल्याएको जाँच गर्न पैदल यात्रा गर्ने नाका र केबलकारबाट उत्रने ठाउँमा प्रहरी र कर्मचारी खटाइएको छ । मन्दिर आसपासका क्षेत्रमा परेवाको व्यापार गर्नसमेत रोक लगाएको समितिले जनाएको छ ।
दैनिक उडाइने परेवा मन्दिरमा बनाएको खोरमा अट्दैनन्, करिब सय जोर मात्र अट्छन् । तर मन्दिर वरपर अहिलेसम्म तीन सय जोरभन्दा बढी परेवा छन् । शुक्रबार र शनिबारबाहेक मन्दिरमा दैनिक पचास जोरभन्दा बढी परेवा आउने गरेको थापाले बताइन् । 'शुक्रबार र शनिबार त्यसको तुलनामा दोब्बर हुन्छ । जसले गर्दा रोग भित्रिन नदिन परेवा उडाउन नपाइने नियम राख्नुको अर्को विकल्प हामीसँग थिएन,' उनले भनिन् ।
कतिपय भक्तजनले प्वाँखै उम्रन सुरु नभएका परेवासमेत ल्याएर छाड्ने गरेकाले मरेर दुर्गन्ध फैलेको गाविस सचिव नारायण सापकोटाले बताए । 'उड्न सुरु गरेका कतिपय परेवा पनि तराईका हुँदा रहेछन् । तिनलाई यहाँको हावापानी नमिलेर मर्ने गरेका छन्,' सापकोटाले भने, 'दैनिक दस जोरभन्दा बढी परेवा मर्ने गरेकाले मन्दिर क्षेत्र दुर्गन्धित हुने गरेको छ ।'
समितिले परेवा उडाउन नपाइने नियमबारे चितवन, धादिङ र गोरखाका प्रशासन तथा मन्दिर छिर्ने नाकामा रहेका संघसंस्थालाई पत्राचार गरेको छ । परेवाको व्यापार गर्ने र लुकिछिपी मन्दिरमा उडाउनेलाई कारबाही गर्नेसमेत निर्णय गरिएको समितिले जनाएको छ ।

लादेनको हत्या र अमेरिकी साम्राज्यवाद


- केदारनाथ गौतम 

दस वर्ष लामो विश्वव्यापी प्रयास, हजारौंहजार सैनिक-गैरसैनिक नागरिकको क्षति एवं खरबौं डरलरको खतिपछि अन्ततः अलकायदा नामक अतिवादी संगठनका प्रमुख ओसामा बिन लादेनको हत्या गर्न 'ठूलो सफलता' प्राप्त भएको दावी अमेरिकाले गरेको छ ।

अमेरिकी सेनाले अलकायदाका संस्थापक नेता ओसामा बिन लादेनलाई मारेको सर्वाजनिक भएलगत्तै नेपालमा समेत जनपद र सशस्त्र प्रहरी बलले देशभर सुरक्षा सतर्कता बढाएको बताइएको छ । अमेरिकी दूतावास, अमेरिकी नागरिक नियोगहरू र उनीहरूसँग कार्यगत एकता गर्ने देशका दूतावासहरूको सूची बनाएर सुरक्षा निकायले सोमबार अपराहृनदेखि निगरानी बढाएको हो । अमेरिकी राजदूतावास, रिक्रिएसन सेन्टर, राजदूतका निवास लगायत संवेदनशील निकायहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

लादेनविरुद्ध कारबाही चिसिँदै गएका बेला गत अगस्तमा अमेरिकी गुप्तचरहरूले 'ठूलो उपलब्धि' स्वरूप दस वर्षदेखि 'मोस्ट वान्टेड' बनिरहेका लादेनबारे निकै विश्वासिलो कुरिअरबाट नाम र ठेगाना पत्ता लगाए । सोही आधारमा पाकिस्तानको राजधानी इस्लामाबादेखि ३५ माइल टाढा अमेरिकी प्रतिआतंकवाद कारबाही केन्द्रनजिकैको सुरक्षित र भव्य संरचनासहितको कम्पाउन्डमा ओसामा बसिरहेको किटान गरेपछि सीआईएको आठ महिना लामो गुप्तचरी पश्चात अमेरिकी सेनाद्वारा गरिएको कारबाहीमा बिन लादेन मारिए । हेलिकप्टरबाट अमेरिकी सेना र गुप्तचर टोलीले कारबाही गर्दा केही समय भिडन्त भएको अमेरिकी अधिकारीहरूले दावी गरे तापनि लादेनलाई पूर्णतः निशस्त्र अवस्थामा पक्राउ गरी हत्या गरिएको थियो ।

लादेन सहित अल कायदाका सबैजसो वरिष्ठ नेताहरूले बाहिरी विश्वसँग कुरिअरमार्फत् नै सम्पर्क कायम राख्ने गरेको कुरा अमेरिकाले युद्धबन्दी राखेको क्युबाको ग्वान्तानामो खाडीस्थित कारागारका बन्दीलेसोधपुछका क्रममा खुलासा गरेका थिए ।पाकिस्तानस्थित उत्तरी अब्बोत्तावादमा अमेरिकी स्थल सेनाको कारबाहीमा लादेनको टाउकोमा गोली हानेर मारिएको समाचार एजेन्सीहरूले प्रवाहित गरेका छन् । आक्रमणमा बिन लादेनका छोरासहित चार युवक पनि मारिएको अमेरिकी सरकारी स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । लादेनका छोरा हाज्मा पनि अल कायदाका वरिष्ठ सदस्य भएको अमेरिकी दावी छ । आक्रमणमा उनका थुप्रै सहयोगी र महिलाहरू समेत मारिएको बताइन्छ । लादेनको हत्याका लागि एक महिनाअघिदेखि नै एक उच्च सैन्य-अधिकारीको नेतृत्वमा सैन्यटोली परिचालन गरिएको अमेरिकी सैन्य-अधिकारीले उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति बराक ओबामालेे 'आतंकाकारी लादेनको मृत्युबाट आफूलाई गर्वबोध भएको' बताएका छन् । 'आतंककारीबाट पीडित विश्वसमुदायलाई न्याय दिलाउन' अमेरिका सफल भएको' भन्दै ओबामाले 'विश्वभरका मुलुकलाई शान्तिपूर्ण बनाउने अभियान ढिलै भए पनि सफल भएको' उल्लेख गर्दै आˆनो अभियान जारी रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सन् २००१ को सेप्टेम्बर ११ मा न्युर्योकस्थित ट्वीनटावर हमलाका 'मुख्य योजनाकार' आरोपित बिन लादेन अमेरिकाको सर्वाधिक खोजीका -मोस्ट वान्टेड) व्यक्ति थिए । यसै कारण एक दशकसम्म पाकिस्तान र अफगानिस्तानमा अमेरिकी सेना र गुप्तचर बलले बिन लादेनको डरलाग्दो छायाँ पछ्याइरहेको थियो । यसै क्रममा पूर्वी अफगानिस्तानको तोराबोरा पहाडनजिक भिषण भिडन्तमा अमेरिकी सेनाले हार खाएको थियो ।

अमेरिकी प्रशासनले लादेनको हत्यालाई 'विश्वकै महत्त्वपूर्ण र ठूलो उपलब्धि' का रूपमा प्रचार गरिरहेको अवस्थामा टाइम म्यागेनिजनका संवाददाता टोनी क्यारनले टाइम डट कममा आफूले दस वर्षअघि २००१ मा लादेनका नाममा लेखेको समवेदना-लेखको अशंसहित घटना विश्लेषण गर्दै लेखेका छन्- 'त्यस बेला लादेन पक्राउ पर्नु वा मारिनुलाई अमेरिका र आतंकवादविरुद्धको युद्धमा निणर्ांयक घडी भन्न सकिन्थ्यो तर आज त्यो घटना समग्र आतंकवादविरोधी लडाइँको एउटा सानो प्रसंगभन्दा बढ्ता केही होइन ।'

चार वर्षअघि नै कुरिअर प्राप्त गरेको दावी गर्ने अमेरिकी अधिकारीहरूले वास्तविक स्थान कहाँ छ भन्ने कुरा पत्ता लगाउँदै इस्लामावादेखि १ घन्टा गाडीमा हिँडेपश्चात गत अगष्टमा पुगिने अब्बोत्तावाद कम्पाउन्ड फेला पारेको उल्लेख गरेका छन् । पहाडी क्षेत्रको डाँडामा निर्मित १२ फिट अग्लो पक्की पर्खालले घेरेर काँडेतार समेत लगाइएको उक्त क्षेत्रका निवासी को हुन सक्छन् भनेर सीआईएका एजेन्टहरूको केही साता स्याटेलाइट फोटो र गुप्ततरी सूचना-अध्ययनपश्चात त्यहाँ बिन लादेन नै लुकेको हुन सक्ने 'बलियो सम्भावना' सेप्टेबरदेखि नै 'सुनिश्चित गरेको' सीआईएका वरिष्ठ अधिकारीले उल्लेख गरेको छन् । टेलिफोन र इन्टरनेट सुविधा प्रयोग नगरिएको उक्त स्थानमा बस्नेहरू सुरक्षाप्रति ज्यादै सचेत थिए । अलकायदा नेताविरुद्ध 'मिसन' सुरु गर्न सूचना पर्याप्त भएको निश्चयपश्चात पनि थप केही महिना गुप्तचरी जारी राखिएको थियो । कारबाही अगाडिका ६ हप्तासम्म ओबामाले राष्ट्रिय सुरक्षा सल्लाहकारहरूका ५ वटा बैठक राखेका थिए । अमेरिकी राष्ट्रपति ओबामाले गत शुक्रबार राष्ट्रिय सुरक्षा सल्लाहकार थोमस डोनिलन, प्रतिआतंकवाद सल्लाहकार जोहन ओ ब्रेनसहित वरिष्ठ सल्लाहकारसँग हृवाइटहाउसको कूटनीतिक कक्षमा छलफल गरेका थिए । विस्तृत तयारीका साथ कारबाहीको औपचारिक निर्देशनमा हस्ताक्षरपश्चात पनि ओबामा प्रशासनले पाकिस्तानी सरकारलाई उसैको भूमिभित्र गरिने यति ठूलो कारबाहीबारे कुनै जानकारी गराउनु आवश्यक ठानेन । अमेरिकी वरिष्ठ प्रशासकीय अधिकारी भन्छन्- 'त्यहाँ कारबाहीको विषयमा हामीले अन्य मुलुकसँग शेयर गरेनौं, यो कुनै अचम्मको कुरै होइन ।'

लादेनको स्मृतिस्थल निर्माण हुन सक्ने र त्यसैका अगाडि कसम खाएर अलकायदाका थप सदस्य जन्मन सक्ने आशंकालेे लादेनको शवलाई अमेरिकी सेनाले समुद्रमा बगाइदिएको बताइएको छ ।

विश्वका केही मुलुकमा झिनो भूमिगत सञ्जाल भएको भनिएको र समकालीन विश्वमा चलिरहेका हत्या-आतंकको कहालीलाग्दो त्रासदीका तुलनामा नगन्य मात्र रहेका एकाध वारदात -ती पनि हालसम्म अपुष्ट) का आधारमा विश्वभर यति चर्को होहल्लाका साथ हजारौं सैनिक-गैरसैनिक नागरिकको हताहती र खरबौं डलरको क्षतिपछि अमेरिकाले एउटा व्यक्तिको हत्या गरेर 'सर्वश्रेष्ठ उपलब्धि' हासिल गरेको दावी गर्नुलाई विश्व मानवजातिले नै हास्यास्पद घटनाका रूपमा लिएको छ/लिनुपर्छ । अझ हास्यास्पद त के छ भने आफूलाई कथित विश्वमहाशक्ति राष्ट्र दावी गर्दै आएको अमेरिका 'संसारकै सर्वाधिक खतरनाक आतंककारी मारेर ऐतिहासिक सफलता पाएको' दावीपछि चाहिँ झनै त्रसित बन्न पुगेको छ र उच्च सतर्कता अपनाइएको घोषणा गरेको छ । साम्राज्यवादी अमेरिकालाई चिनियाँ नेता माओ त्से तुङले दशकौंअघि दिएको 'कागजी बाघ' को संज्ञा यस घटनाबाट अझै शानदार ढंगले प्रमाणित भएको छ ।

लादेन सही थिए र उनका क्रियाकलाप जायज थिए भनेर कदापि भन्न सकिन्न तर आफूलाई विश्वमै मानवअधिकार र कानुनी राजको ठेकेदार दावी गर्दै विश्वभरका मुक्तिकामी जनता समेतलाई 'आतंककारी' को 'लाइसेन्स' बाँड्दै हिँड्ने अमेरिकाले अतिवादी लादेनलाई 'विश्वकुख्यात आतंककारी' घोषणा गर्नु र एउटा व्यक्तिको नृशंशतापूर्ण हत्यापछि आफ्नो 'ऐतिहासिक विजय' को झुटो दावी गर्नु जति लज्जास्पद कुरा हो, अन्तिम संस्कार गरिसकिएको दाबी गरिएका लादेनको लाशबाट अमेरिका स्वयं झन् भयभित एवं त्रसित बनिरहेको देखिनु त्योभन्दा बढ्ता हास्यास्पद कुरा भएको छ । बरु यति बेलाको विचारणीय कुरा के हो भने स्वयं अमेरिकी साम्राज्यवाद लादेनभन्दा हजारगुणा बढ्ता आतंककारी छ किनकि लादेनले गरे-गराएका भनिएका हत्या-आतंकको तुलनामा अमेरिकाले विश्वभर गरे-गराएका हत्या-आतंक-विध्वंस र मानताविरोधी जघन्य अपराधहरूको लामो सूचीले यही तथ्यलाई प्रमाणित गर्दछ । यसतर्फ चाहिँ विश्वभरकै मिडिया, विश्लेषक एवं अधिकारकर्मीहरूको पटक्कै ध्यान नजानु आश्चर्यजनक विडम्बना भएको छ । निशस्त्र अवस्थामा पक्राउ परे भनिएका लादेन -वा विश्वकै कुनै पनि नागरिक) को हत्या गर्ने अधिकार न त अमेरिकी कानुनले कसैलाई दिएको छ न त अन्तर्राष्ट्रिय कानुनले नै ।

केही वर्षअघि जैविक हतियार रहेको आरोपमा सार्वभौमसत्तासम्पन्न राष्ट्र इराकमाथि बलजफ्ती नृशंसतापूर्ण आक्रमण गरेर इराकी राष्ट्रपति सद्दाम हुसेनलाई फाँसी दिलाएको अमेरिकाले अहिले फेरि निशस्त्र अवस्थामा भेटिएका लादेनको हत्या गरेर मानवताको धज्जी उडाएको छ । अमेरिकाले आजका मितिसम्म पनि न त इराकमा जैविक हतियार भेटिएको पुष्टि गर्न सकेको छ न त ११ सेप्टेम्बरको हमलामा लादेनको संलग्नतालाई नै आधिकारिक ढंगले प्रमाणित गर्न सकेको छ । राष्ट्रसंघ, सुरक्षा परिषद्, नेटो आदिजस्ता विश्वसंस्थालाई औजारका रूपमा प्रयोग गर्दै कहिले तीबाट स्वीकृति लिएजस्तो देखाएर त कहिले तिनका निर्णय-निर्देशनको अवज्ञा समेत गरेर अमेरिकी साम्राज्यवादले विश्वका दर्जनौं राष्ट्रमाथि अहिले पनि आतंक मच्चाइरहेकै छ । विश्वभर 'प्रजातन्त्र', 'कानुनी राज' र 'मानवअधिकारको रक्षा' जस्ता उपदेश दिँदै दुनियाँलाई 'लाइसेन्स' बाँडिरहेको अमेरिका स्वयंले चाहिँ संविधान, नियम र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनका आधारभूत प्रावधानहरू समेतको न्यूनतम परिपालना गर्नुपर्छ कि पर्दैन ?

Saturday, May 14, 2011

पेट्रोल र हीरा खानी पत्ता लाग्यो

काठमाडौं, ३० बैशाख / नेपालको अछाम जिल्लामा हीरा खानी र दैलेखमा पेट्रोलको खानी हुनसक्ने संसदीय समितिले ठहर गरेको छ। व्यवस्थापिका संसदको अर्थ र सम्बन्ध समितिले स्थलगत अध्ययनपछि हिजो राजधानीमा सार्वजनिक गरेको रिपोर्टमा अछामको खप्तड गाविसमा हीरा बनाउन प्रयोग गरिने 'तुर्मालिन' ढुंगा फेला परेको जनाएको हो। सो स्थानमा 'इसन-स्ट्रोन' नामक बहुराष्ट्रिय कम्पनीले उत्खनन कार्य जारी राखेको छ । संसदीय अध्ययन समितिका संयोजक सभासद शेरबहादुर कुवँरले जमिनमा ४० फिट खन्दा ६ क्यारेट सम्मको पत्थर भेटिएकोले त्यहाँ १० क्यारेट सम्मको हिरा रहेको आफुहरुले ठहर गरेको बताए। समितिले सो स्थानको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ।

यसैगरी दैलेखको श्रीस्थान, नाभिस्थान, कोरिला, धुलेश्वर र पाहुकास्थान लगायतका आसपासमा पेट्रोल खानी हुनसक्ने भन्दै यसबारे गम्भीर अध्ययन गर्न समितिले सरकारलाई सुझाव दिएको छ। सभासद भरतकुमारी रेग्मी संयोजकत्वको समितिले गरेको अध्ययनले ती गाविसका खोलामा पेट्रोल भेटिएको ठहर गरेको हो। अध्ययन टोलीमा सहभागी सभासद निर्मला प्रसाइँले आफुहरुले स्थानीय खोलाको पानीमा पेट्रोलको मात्रा भेटाएको जानकारी गराइन्। 

शान्ति र संविधानको यात्राबाट माओवादी पार्टी विचलित भएको होइनः दीनानाथ शर्मा, प्रवक्ता - एनेकपा -माओवादी

० मन्त्रिमण्डल विस्तारमा तपाईंको पार्टीले सिफारिस गरेका मन्त्रीहरूले नै सपथ ग्रहण गरेनन् नि, यसको कारण के होला ?
हाम्रो पार्टीबाट सरकारमा महिलाको तर्फबाट ३३ प्रतिशत सहभागिता भएन भन्ने एकजना माननीयको भनाइरहेको छ । अर्का एक साथीले मधेसका मुद्दा सम्बोधन गर्नुपर्ने भन्ने कुरा उठाउनु भएको छ । यस सन्दर्भमा कतिपयको व्यक्तिगत असन्तुष्टिहरू पनि देखापरेका छन् र पनि यो समस्याको समाधान छिट्टै हुन्छ ।

० माओवादी पार्टीभित्र नै मन्त्रिमण्डलमा सहभागी हुदा भागवन्डा मिलेन भनेर चर्को विवाद बाहिर आइरहेको छ नि ?
यो हाम्रो पार्टीको लागि दुःखको कुरा हो । पार्टीमा त्यस्तो हुनुहुन्थेन, जे भयो, त्यो गलत छ ।

० माओवादी पार्टीले भर्खरै मात्र शान्ति र संविधान निर्माणको बाटोमा लाग्ने निर्णय गरेको छ, के तपाईंहरूले अब जनविद्रोहको कार्यक्रम त्यागेकै हो त ? 
हाम्रो पार्टी शान्तिप्रक्रियामा आएदेखि अहिलेसम्मको कार्यदिशा भनेको शान्ति र संविधान नै हो । शान्ति र संविधान सुनिश्चित भएन भने यसका विरुद्ध कसैले षड्यन्त्र गर्‍यो भने नेपाली जनताले त्यसको विरुद्ध विद्रोह गर्छन् । त्यसको नेतृत्व एकीकृत माओवादीले गर्छ । हामी जनताले गर्ने विद्रोहको लागि नेतृत्व दिन तयार हुनुपर्छ । बाह्रबुादे सहमतिदेखि अहिलेसम्मको हाम्रो यात्रा भनेको शान्ति र संविधानकै यात्रा हो । शान्ति र संविधानको यात्राबाट माओवादी पार्टी विचलित भएको होइन ।

० तपाईंहरू शान्ति र संविधानको लागि कहिलेसम्म कुर्नुहुन्छ त ?
शान्ति र संविधान निर्माणको लागि सबैभन्दा ठूलो पार्टी हुनुको नाताले हामी बढी जिम्मेवारीका साथ अगाडि बढ्नुपर्छ । यो हाम्रो केन्द्रीय समितिको पछिल्लो निर्णय पनि हो । अन्य दलहरूले शान्ति र संविधानको कुरा गरेको हुनाले उनीहरूले शान्ति र संविधानलाई सुनिश्चित गर्ने दिशामा पहलकद्मी गर्छन् कि भनेर हामीले बाटो हेरेका थियौ तर अन्य पार्टीहरू नेपाली जनताले आशा गरेअनुसारको शान्ति र संविधानलाई सुनिश्चित गर्ने दिशातर्फ नलागेपछि अब हामीले बढी जिम्मेवारीबोध गरेर अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा हाम्रो पार्टी पुगेको छ । बाकी रहेको छोटो समयमा पनि हाम्रो अन्तिम प्रयास शान्ति र संविधानको लागि नै केन्दि्रत गर्ने योजना बनाएका छौ । हामी, अहिले त्यही दिशामा अगाडि बढिरहेका छौ ।

० संविधान जारी हुने भनिएको दिन जेठ १४ आउन अब २० दिन पनि बाकी छैन, योबीचमा शान्ति र संविधान निर्माण प्रक्रियाले पूर्णता पाउने सम्भावना देखिएको छैन । यस्तो अवस्थामा तपाईंहरू कसरी अगाडि बढ्नुहुन्छ ?
समय थोरै छ, तैपनि राजनीतिक सहमतिको आधारमा जेठ १४ को समस्यालाई राजनीतिक निकास दिन सकिन्छ । जेठ १४ आउादैमा आकाशै खस्ने, पाताल नै डुब्ने भन्ने हुादैन । त्यसलाई राजनीतिक सहमतिको आधारमा निकास दिन सकिन्छ । त्यो निकास भनेको संविधानसभाले अहिलेसम्म गरेका कामकारवाहीहरूको मस्यौदा संविधान जनताको अगाडि सार्वजनिक गरेर दिन सकिन्छ । सहमतिमा पुग्न बाकी रहेका विषयहरूमा राजनीतिक सहमतिको आधारमा समाधान गर्ने प्रयास गर्नुपर्छ । सेना समायोजनलगायत शान्ति प्रक्रियाका बाकी रहेका कामलाई व्यवस्थित रूपले अगाडि बढाउने काम गर्नुपर्छ । त्यसको लागि राजनीतिक दलहरूबीच सहमति बन्न सक्यो भने निकास निकाल्न सकिन्छ ।

० तपाईंकै पार्टीका नेताहरू यो सरकारले शान्ति र संविधान निर्माणको प्रक्रियालाई पूर्णता दिन सक्दैन, काग्रेसलगायत मधेसवादी दललाई समेत मिलाएर सहमतिको सरकार बनाउनुपर्छ भन्ने अभिव्यक्तिहरू दिइरहनुभएको छ नि ?
यो सरकारलाई नै राष्ट्रिय सहमतिका सरकारको रूप दिनुपर्छ भन्ने हाम्रो नेताको भनाइ हो । यस सरकारमा नेपाली कााग्रेसलगायत मधेसवादी दलहरूसमेत सहभागी भएर अहिले तत्कालको राजनीतिक संकटलाई निकास दिने प्रयास गर्नुपर्छ । त्यसबाट मात्र अहिलेसम्म जनताले संघर्ष गरेर प्राप्त गरेका उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न सकिन्छ । राष्ट्रिय सहमतिको सरकार बन्न नसके पनि दलहरूबीच र राजनीतिक सहमतिबाट मुलुकलाई निकास दिनुपर्छ भने ध्येयका साथ ती विषयहरू अगाडि आएका हुन् ।

० पार्टी सरकारमा सहभागी भए पनि जनअपेक्षित काम गर्न सकिरहेको छैन नि ?
सरकारले भर्खरै मात्र पूर्णता पाएको छ । यसले भर्खरै मात्र आˆनो कामकारवाहीहरू अगाडि बढाएको छ । सरकार जादा-नजादै काम भएन भन्न त मिल्दैन । सरकारले कसरी आˆनो कामकारवाही अगाडि बढाउाछ, त्यो हेर्न बााकी नै छ । यो सरकारले शान्ति र संविधानलाई सुनिश्चित गर्नको लागि, आर्थिक, सामाजिक रूपान्तरण गर्नको लागि जनअपेक्षाहरूलाई पूरा गर्न, महागी नियन्त्रण गर्न, लोडसेडिङ घटाउन, बेरोजगारी समस्यालाई कमसेकम न्यूनरूपमा भए पनि नियन्त्रण गर्नको लागि भर्खरै बनेको सरकारले के-कति काम गर्छ, त्यो हेर्दै जानुपर्छ ।

० माओवादीले अब छिट्टै सेना समायोजन र संविधान निर्माणको सन्दर्भमा ठोस योजना ल्याउने बताएको छ, त्यो योजना कस्तो हुन्छ, केही बताइदिनुस् न ?
अब आउने योजना पनि शान्ति र संविधानलाई सुनिश्चित गर्ने गरी नै आउने हो । सेना समायोजनको लागि पनि अन्तर्राष्ट्रिय अभ्यास र योजनाअनुसार नै कार्यक्रम आउाछ । सबैले प्रतीक्षा गरेको आगामी जेठ १४ को निकास के हुन सक्छ भन्ने बारेमा हाम्रो पार्टीको ठोस योजना ल्याउने भनेर अध्यक्ष प्रचण्डले भन्नुभएको छ । केही दिनभित्र त्यो कार्ययोजना बाहिर आउाछ ।

० अहिले माओवादी पार्टीभित्र केन्द्रदेखि तल्लो तहसम्म गुट, उपगुट सिर्जना भएको देखिन्छ नि, यस विषयमा के भन्नुहुन्छ ?
लोकतन्त्रमा विचार, आस्थाहरू फरक-फरक हुन सक्छन् । अहिले हाम्रो पार्टीले दलीय प्रतिस्पर्धालाई स्वीकार गरेको छ । विभिन्न विचारहरूलाई खेल्न, फुल्न देऊ भन्ने मान्यताको आधारमा पार्टी अगाडि बढिरहेको छ । एउटा राम्रो फूलबारी हुनुको लागि त्यहाा विभिन्न रङ्गीचङ्गी फूलहरू हुनुपर्छ । त्यसपछि मात्र फूलबारीले सुन्दरता पाउाछ । त्यसकारण एउटा पार्टीभित्र पनि विचारको विकासको लागि विभिन्न विचारहरू आउनु स्वभाविक हो, त्यसलाई अन्यथा मान्न सकिादैन । पार्टीभित्र विचारको आधारमा विचार समूहहरू पनि स्वभाविक रूपले जन्मिन्छन्, त्यसलाई स्वाभाविक मान्नुपर्छ । पार्टीले फरक विचार राख्न पाउने अनुमतिसमेत दिएको छ । हाम्रो पार्टीको केही समय अगाडि भएको स्थायी समितिको बैठकले विभिन्न विचार, समूहको विचारहरूलाई पार्टीभित्र चलखेल गर्न दिने, प्रतिस्पर्धा गर्न दिने र प्रतिस्पर्धामा श्रेष्ठता कायम गर्न कसैलाई अवरोध सिर्जना नगर्ने भनेका छौा । हाम्रो पार्टीभित्र अधिकतम जनवादको अभ्यास भएको छ भन्ने अर्थमा यसलाई बुझ्नुपर्छ । विचार समूहहरूमाथि प्रतिबन्ध लगाइयो, दमन गरियो भने त्यसको परिणाम स्वभाविकरूपमा राम्रो आउादैन । यो कति ठीक, कति बेठीक भन्नेबारेमा हामी पछि मूल्यांकन गर्छौं ।

० माओवादी नेताहरूमाथि अहिले पद र पजेरोको पछि लागेको आरोप लागेको छ नि, यस विषयमा के भन्नुहुन्छ ?
माओवादी पार्टी जोगीहरूको पार्टी होइन, यो सन्त-महन्तहरूको पार्टी पनि होइन । यो समाजलाई सम्पूर्णरूपमा रूपान्तरण गरेर अगाडि जानुपर्छ भन्ने मान्यता बोकेको पार्टी माओवादी पार्टी हो । काठमाडौ सडकमा पैदल हिाडेर काम गर्नुपर्छ भन्ने आग्रह पुरातनवादी आग्रह हो । समयसापेक्ष अगाडि बढ्नुपर्छ । हिजो भूमिगत कालमा एउटा मिटिङ गर्न उनान्साठी दिनसम्म पनि हामी हिाडेका थियौ । अहिलेको वस्तुगत स्थितिले गाडी चढ्नुपर्ने भएको छ । गाडी चढ्ने भन्ने कुरा गर्नु पिछडिएको मानसिकता हो । एकीकृत माओवादीका नेताहरू आवश्यक पर्दा पद त्याग्न पनि सक्छन्, गाडी, सुविधा त्याग्न पनि सकिन्छ, आवश्यक पर्दा त्यसको उपयोग राम्रोसाग गर्न पनि जान्दछन् ।

० भन्नाले नेपाली क्रान्तिलाई पूर्णतामा पुर्‍याउन माओवादी अझै पनि दृढ संकल्पित छ भन्न खोज्नुभएको हो ?
हो, राष्ट्रिय अभिभारा एकीकृत माओवादीको काधमा मात्रै छ । यो समाजलाई रूपान्तरण गर्ने, परिवर्तन गर्ने दायित्व पनि हाम्रै काधमा रहेको छ । हामी आˆनो जिम्मेवारी पूरा गर्न दृढ छौ । हामीबाट राष्ट्र र जनताले ठूलो आशा गरेको छ । इतिहासले समयको जिम्मेवारी पूरा गर्न हामी इमानदारीपूर्वक प्रतिबद्ध हुनुपर्छ । आफूलाई केन्द्रमा राखेर होइन, राष्ट्र र जनतालाई केन्द्रमा राखेर माओवादी आˆनो दायित्व पूरा गर्न प्रतिबद्ध छ । 

 क्षेप्यास्त्र साप्ताहिकबाट