काठमाडौं, ३० बैशाख / नेपालको अछाम जिल्लामा हीरा खानी र दैलेखमा पेट्रोलको खानी हुनसक्ने संसदीय समितिले ठहर गरेको छ। व्यवस्थापिका संसदको अर्थ र सम्बन्ध समितिले स्थलगत अध्ययनपछि हिजो राजधानीमा सार्वजनिक गरेको रिपोर्टमा अछामको खप्तड गाविसमा हीरा बनाउन प्रयोग गरिने 'तुर्मालिन' ढुंगा फेला परेको जनाएको हो। सो स्थानमा 'इसन-स्ट्रोन' नामक बहुराष्ट्रिय कम्पनीले उत्खनन कार्य जारी राखेको छ । संसदीय अध्ययन समितिका संयोजक सभासद शेरबहादुर कुवँरले जमिनमा ४० फिट खन्दा ६ क्यारेट सम्मको पत्थर भेटिएकोले त्यहाँ १० क्यारेट सम्मको हिरा रहेको आफुहरुले ठहर गरेको बताए। समितिले सो स्थानको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ।
यसैगरी दैलेखको श्रीस्थान, नाभिस्थान, कोरिला, धुलेश्वर र पाहुकास्थान लगायतका आसपासमा पेट्रोल खानी हुनसक्ने भन्दै यसबारे गम्भीर अध्ययन गर्न समितिले सरकारलाई सुझाव दिएको छ। सभासद भरतकुमारी रेग्मी संयोजकत्वको समितिले गरेको अध्ययनले ती गाविसका खोलामा पेट्रोल भेटिएको ठहर गरेको हो। अध्ययन टोलीमा सहभागी सभासद निर्मला प्रसाइँले आफुहरुले स्थानीय खोलाको पानीमा पेट्रोलको मात्रा भेटाएको जानकारी गराइन्।

No comments:
Post a Comment