काठमाडौँ, ३१ वैशाख / ‘कोही नछुटौं, कोही नदोहोरिऔं, अक्सर बसोबास गरेकै स्थानबाट आफ्नो विवरण लेखाऔं’ भन्ने नाराका साथ ११औं राष्ट्रिय जनगणना-२०६८ आजदेखि सुरु भएको छ ।
जनगणनाका लागि मुलुकका ३ हजार ९ सय गाविसमा साढे आड हजार सुपरीवेक्षक परिचालन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।जनगणनामा खटिएका कर्मचारीले घर मूली, पूरुष र महिलाको तथ्याङ्क संकलन गरिने विभागका निर्देशक रुद्र सुवालले जानकारी दिनुभयो ।
तथ्याङ्कमा यसपटक मातृ-शिशु मृत्युदर र तेस्रो लिंगीकोसमेत संख्या उल्लेख गरिने सुवालले जानकारी दिनुभयो । पहिलो चरणमा जेठ १ देखि १८ र दोश्रो चरणमा असार ३ देखि १३ गतेसम्म अभियान सञ्चालन गरिने विभागले जनाएको छ । सङ्कलित तथ्याङ्क गलत नहोस भन्नका लागि आवस्यक सचेतता अपनाइएको विभागले जनाएको छ ।
नेपालमा पहिलो पटक विसं १९६८ सालमा जनगणना सुरु गरिएको थियो ।
No comments:
Post a Comment