Wednesday, May 4, 2011

मधेसीदलद्धारा सर्वोच्चको आदेशको उलंघन


विश्वमा नै विश्वासीलो र भरपर्दो रुपमा लिइएको फोटो सहितको मतदाता परिचयपत्र वारे विवाद उठेपछि सर्वोच्च अदालतले समेत यसलाई निरन्तरता दिन भनेको थियो ।


काठमाडौं, २१ वैशाख । फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि निर्वाचन आयोगबाट खटिएका कर्मचारीलाई केही मधेसवादी दलका कार्यकर्ताले अवरोध पुर् याएका छन् । मतदाता नामावली संकलनमा अवरोध पुर् याएपछी नामावली सङ्कलनमा कठीनाइ परेको छ । 

अवरोध पछी कर्मचारीहरुले भरपर्दो सुरक्षा व्यवस्था नभएसम्म आफूहरु नामावली सङ्कलन कार्यमा नजाने जनाएका छन् । मधेसी दलका कार्यकर्ताले नागरिकता वितरण गरेर मात्र फोटोसहितका मतदाता नामावली सङ्कलन गर्न भन्दै मोरङको दक्षिण क्षेत्र सिसवनी जहदा मझारेलगायतका दर्जन गाउँबाट कर्मचारीलाई सदरमुकाम फिर्ता पठाएका छन् ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रीक तराइ मधेस लोकतान्त्रीक पार्टी नेपाल सद्भावना पार्टी लगायतका दलका कार्यकर्ताले फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि अनिवार्य नागरिकताको प्रावधान राखेर निर्वाचन आयोगले मधेसी जनतालाई मताधिकारबाट विाचत गर्न खोजेको जिकीर गरेका छन् । ति दलका कार्यकर्ताले मतदाता नामावली संकलनका लागी आयोग कर्मचारीले लगेका विभिन्न सामग्री केही समय नियन्त्रणमा लिएर फिर्ता गरेको बताइएको छ ।

तराइका जिल्लाहरुका नागरिकले नागरिकता नपाएको भन्दै नागरिकता टोलिले तराइका जिल्लाहरुमा २५ लाख नागरिकता वितरण गरेको थियो । अहिले पनि नागरिकता जिल्ला प्रशासनवाट वितरण भइरहेकोमा त्यसलाई सहजीकरण गर्नतिर भन्दा मतदाता संकलनमा अवरोध पुर् याउनुलाई अर्थपुर्ण रुपमा हेर्न थालिएको छ । विश्वमा नै विश्वासीलो र भरपर्दो रुपमा लिइएको हाल लागु फोटो सहितको मतदाता परिचयपत्र वारे विवाद उठेपछि सर्वोच्च अदालतले समेत यसलाई निरन्तरता दिन भनेको थियो ।

स्मरणीय छ गत संविधानसभा चुनावमा तराइका विभिन्न मतदान केन्द्रमा मतदाता संख्या भन्दा बढी मत खसेको थियो भने गैर मतदाता एवं भारतिय नागरिकले समेत मतदान गरेको प्रमाण सहितका खवरहरु वाहिर आएको थियो ।

1 comment:

  1. वास्तवमा मधेसी दलका नेताहरु वास्तविक रुपमा तराईका जनताहरु हक र अधिकारको लागि भन्दा आफ्नो अपराधलाई वैधानिकता दिन र तराईमा अस्थिरता उत्पन्न गराई तराईलाई भारतको हातमा सुम्पनको लागि नै राजनीतिक दलमा आवद्ध भएका हुन् । यो कुरा हामी नेपाली जनताहरु र स्वयम् तराईबासीहरुलाई पनि दिउँसोको घाम जत्तिकै छर्लङ्ग भैसकेको छ । अब नेपाल सरकार र यहाँका कानूनले तुरुन्तै सम्पूर्ण मधेसवादको नाममा खोलिएका दलहरुमाथि प्रतिवन्ध लगाई मधेसी नेता भनाउँदाहरुलाई कडा कारवाही गर्नुपर्छ र यसको लागि सम्पूर्ण नेपाली जनताले सशक्त दबाब दिनुपर्छ ।

    ReplyDelete