काठमाडौं, २० वैशाख । प्रधानमन्त्री झलनाथ खनालले आगामी संविधानमा प्रेस स्वतन्त्रता राखिने बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घको २३ औँ महाधिवेशन आज उद्घाटन गर्दै उहाँले सा कुरा बताउनु भएको हो । दुईदिने सो सम्मेलनमा महासङ्घका करिब नौ हजार साधारण सदस्यबाट निर्वाचित करिब १३ सय प्रतिनिधिले भाग लिइराखेका छन् ।
उहाँले उक्त कार्यक्रममा सरकार प्रेस स्वतन्त्रता रक्षाकालागि कटिबद्ध रहेको पनि बताउनु भएको थियो । शान्ति र संविधानका लागि सहमतिको अर्काे विकल्प नभएको चर्चा गर्दै प्रधानमन्त्री खनालले राजनीतिक सहमतिबाटै वर्तमान गतिरोधको अन्त्य गर्न सकिने बताउनु भयो ।
प्रधानमन्त्री खनालले शान्ति र संविधानका लागि एकीकृत माओवादीको केन्द्रीय समितिबाट गरिएको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री खनालले प्रेस स्वतन्त्रता सेनानीबाट महाङ्घका पूर्वसभापति तारानाथ दाहाल वरिष्ठ पत्रकारद्वय कर्णबहादुर कार्की र पूर्णकान्त झालाई सम्मान गर्नुभयो । प्रधानमन्त्री खनालले महासङ्घका कार्यालय सचिव शेषराज खतिवडालाई दीर्घसेवा सम्मानबाट सम्मान गर्नुभएको थियो ।
महासंघको २३ औं महाधिवेशन आज अपरान्हबाट सुरु भएको छ । शान्ति सहमति र संविधानः नेपाल पत्रकार महासङ्घको अभियान भन्ने नाराका साथ महाधिवेशनले आगामी तीन वर्षका लागि अध्यक्ष उपाध्यक्ष महासचिव सचिवलगायत ३१ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्नेछ ।

No comments:
Post a Comment