सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई
काठमाडौं, २१ वैशाख । एकीकृत नेकपा (माओवादी)ले शान्ति र संविधानका लागि देशव्यापी जनपरिचालन गर्ने भएको छ । जनपरिचालनका लागि माओवादीले जेठ १ देखि १० गतेसम्मको कार्यक्रम तय गरेको छ । मङ्गलबार बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास नयााबजारमा बसेको केन्द्रीय कार्यालयको बैठकले जनचाहाना बमोजिमको शान्ति स्थापना गर्न र जनताको संविधान लेख्नका लागि जनपरिचालन गर्ने निर्णय गर्दै दसदिने कार्यक्रम तय गरेको हो । जनपरिचालनको अन्तिम दिन जेठ १० गते देशका ६ ठूला शहरहरूमा जनसभा गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसाग कुरा गर्नुहुादै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रकाशले शान्ति र संविधानका लागि देशव्यापी जनपरिचालन गर्ने निर्णय भएको जानकारी गराउनुभयो ।
केही दिन अगाडि सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकले शान्ति र संविधानको पार्टीको कार्ययोजना तय गरेको थियो ।
उपाध्यक्ष प्रकाशकाअनुसार माओवादीले जेठ १० गते काठमाडौं, पोखरा, जनकपुर, धनगढी, विराटनगर र नेपालगञ्जमा शान्ति र संविधानका लागि विशाल जनसभाहरू गर्ने भएको छ । सभालाई अध्यक्ष प्रचण्डसहित शिर्ष नेताहरूले सम्बोधन गर्नुहुने छ । केन्द्रीय कार्यालयले काठमाडौंमा अध्यक्ष प्रचण्ड, जनकपुरमा उपाध्यक्ष डा. बाबुराम भट्टराई, धनगढीमा उपाध्यक्ष नरायणकाजी श्रेष्ठ, प्रकाश, पोखरामा महासचिव रामबहादुर थापा, बादल, विराटनगरमा सचिव सिपी गजुरेल र नेपालगन्जमा स्थायी समिति सदस्य लिलामणि पोख्रेलले संवोधन गर्ने गरी कार्यविभाजन गरेको प्रकाशले जानकारी दिनुभयो । सभा गर्नुअघि माओवादीले प्रचारात्मक कामहरू गर्ने भएको छ ।
मङ्गलबार बसेको कार्यालयको बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी हुन बाँकी १८ जना मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ । माओवादीले ७ मन्त्री र ११ राज्यमन्त्री गरी १८ जना नेतालाई सरकारमा पठाउन बाँकी छ । केन्द्रीय कार्यालयले बुधबारसम्म पार्टीको तर्फबाट सरकारमा सहभागी हुने नेताहरूको नाम टुङ्गो लगाएर प्रधानमन्त्री समक्ष पठाउने गरी अध्यक्षलाई म्याण्डेट दिएको छ । यसैगरी बैठकले शान्ति र संविधानका लागि कांग्रेस र एमालेसाग भईरहेको वार्ताको समीक्षा गर्दै वार्तालाई तिव्रता दिने निर्णयसमेत गरेको छ । माओवादीले शान्ति र संविधानको कार्यदिशा लिएलगतै शान्ति र संविधानका लागि अन्य राजनीतिक दलहरुसाग वार्ता थालेको छ ।
No comments:
Post a Comment