संविधान सभाबाट नयाँ संविधान कोर्न नेपाली जनताको सदियौं देखिको चाहना र त्यसको परिणाम जन्म लिएको संविधान सभामा करिब दुई तिहाई कम्युनिष्ट बर्चश्व रहे पनि त्यो बर्चश्व कम्युनिष्ट आन्दोलनको सदाबहार रोग टुट र फुट अनि स्र्वार्थको राजनीतिले फलदायी हुन सकिरहेको छैन । कम्युनिष्ट आन्दोलनमा देखा परिरहने दक्षिणपन्थी यथास्थितिवाद र उग्रवामपन्थी अधिनायकवाद कम्युनिष्ट आन्दोलनको असफलताका कारक बन्न पुगेका छन् । आफ्नो प्रगति भन्दा अरुको दुर्गतिमा रमाउने प्रवृत्ति कम्युनिष्ट आन्दोलनका लागि आत्मघाती बनिरहेको कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । त्यसैले संविधान सभामा सार्थक र तात्विक भूमिका खेल्न तथा कम्युनिष्ट आन्दोलन सफल बनाउन वामपन्थी एकता आजको आवश्यकता बनेको छ ।
अहिले नेपालको परिवेश केलाउने हो भने कम्युनिष्ट आन्दोलन दक्षिणपन्थी यथास्थितिबादबाट पटक-पटक
घेराबन्दीमा परेको छ । यसका केही व्यवहारीक पक्ष र ना¨ा उदाहरणहरु कसैको सामू छिपेका छैनन् । आफूलाई एउटा कम्युनिष्ट पार्टीको वरिष्ठ नेता भन्न रुचाउने मान्छे मन्त्री पाउँदा प्रतिगमन आधा सच्चिन्छ प्रधानमन्त्री पाउँदा असंवैधानिक कदम पनि संवैधानिक हुन्छ भन्ने मान्यताका साथ सरकारमा िसंहासन छन् । सर्वहारा-श्रमजीवि किसान उत्पीडित सुकुम्बासीहरुको घर आँगनबाट जन्म लिएको कम्युनिष्ट पार्टी र त्यसको झण्डा मुनि बसेर सुकुम्बासीहरुमाथि गोली बर्षाउने खेतीमा लागेका छन् । सर्वहारा नेता सरकारमा अड्डा जमाएर बसेका छन् तर उग्रवादको विकल्प दक्षिणपन्थी अनि कम्युनिष्ट अतिवादको विकल्प सैनिक अतिवाद देख्दै गाउँगाउँबाट शान्तिपूर्ण आन्दोलनमा आएका चप्पले झुत्रे-झाम्रे ख्याउटे र किसानहरुलाई गोली ठोक्न सेना परिचालनको ध्वांश दिन्छन् । एउटा सर्वहारा पार्टीको विरुद्ध तिनै सर्वहारा मुर्दावादको नारा घन्काउँदै सडकमा ओर्लिंदा कुनै संकोच छैन मात्र चिन्ता छ सत्ता र भत्ताको । कम्युनिष्ट पार्टीको वरिष्ठ नेता प्रधानमन्त्री गृहमन्त्री अर्थमन्त्री छन् तर हातमुख जोर्न चामल माग्न गएका जनता लाठी पाउँछन् खेती गर्न मल माग्न गएका जनतालाई उल्टो ढाड जोगाउन धौ धौ पर्छ बस्ने आवास माग्न गएका जनता मृत्युवरणको सामना गर्छ । यही हो कम्युनिष्टपन यहि हो क्रान्तिकारिता जन आन्दोलनका दोषीलाई पुरस्कार दिनु गणतन्त्रको संस्थागत विकासमा वरदान साबित हुन्छ कि अभिशाप
सरकार बनाउन देखी जोगाउन सम्म करोडौंको लगानी गर्न राज्यकोषको दुरुपयोग गर्ने अनि ब्रम्हलुट मच्याउनेहरुले जंगलका जडिबुटीको संरक्षणको निहुँ बनाउँदै आवासको खोजीमा जंगल पुगेकालाई गोली वर्षाउने कार्य न्यायोचित हुन सक्दैन । यदि यो सरकार जंगल सुरक्षा प्रति प्रतिबद्ध छ भने वन मन्त्री नै जंगल फडानी गर्दै िहंड्दा किन चुप लागेको छ प्राकृतिक स्रोत र साधनको संरक्षणमा जिम्मेवार छ भने सरकारका मन्त्री नै चुरे भावर किन दिनका दिन मास्ने धन्दामा लागेका छन् त्यसैले डुंडेझारी नरसंहारमा जसरी सरकारले ुँसम्पत्तिको संरक्षणु भन्ने कृत्रिम शब्द ओकलेको थियो त्यो केवल हात्तिको देखाउने दाँत मात्र थियो भन्ने कुरा यही सरकारले प्रमाणित गरेको छ ।
यति मात्र होइन कम्युनिष्ट जसले नैतिकता गुमायो सत्ताको लागि जे गर्नपनि तयार भयो राष्ट्रलाई धरौटी राखेर सत्ता जोगाउने धन्दामा लाग्यो दक्षिणपन्थीसंग साँठगाँठ गर्दै वामपन्थीलाई मास्न उद्दत देखियो त्यो कम्युनिष्ट आन्दोलनको वाधक हो । पासपोर्टकाण्डमा घुंडा टेकेको सरकारले नैतिकताको आधारमा राजीनामा दिनु पथ्र्यो तर दायाँ बायाँ सूजाता र गच्छादारसहितको बहुमत अनि टाउकोमा भारतको आशिर्वाद शिरोपर गर्दै सत्तामा टाँसीइरह्यो । जनताको मन जितेर सरकारमा बस्नुको सट्टा विदेशीको गुलामी गरेर सत्ता टिकाईरहनु पक्कै पनि एउटा कम्युनिष्टको लागि लाजमर्दो विषय हो यदि उसमा नैतिकताको खडेरी परेको छैन भने । सदियौं देखीको नेपाली जनताको चाहना संविधान सभाबाट नयाँ संविधान माथि चूनौती िदंदै निर्लज्ज ूम त संविधान सभाको पक्षमा नै थिइनू भन्ने लाजमर्दा अभिव्यक्ति दिने माधव नेपालहरुको कारण उनको मात्र होइन समग्र एमाले र नेपाली कम्युनिष्टहरुको नै बदनाम भएको छ । अझ उनका सल्लाहाकारको पल्टन उनको बोलीको बचाउमा हात धोएर लागेको छ । त्यो उनीहरुको नूनको सोझो गर्नुपर्ने बाध्यता हो वा नियति नै हो उनीहरु नै जानुन् । संविधान बनाउने विशिष्ठ परिस्थितिमा संविधान सभाको पक्षमा नै नरहेका मान्छे प्रधानमन्त्री हुने उनीसंग कुनै नैतिकता छैन र उनी नेतृत्वको सरकारले संविधान बनाउँछ शान्ति प्रकृया तार्किक निष्कर्षमा पुर् याउँछ भन्नेमा उनका दुई चार जना धुपौरे बाहेक अरु कुनै नेपालीको विश्वास छैन ।
राष्ट्रपतिको असंवैधानिक कदमको आडमा बनेको माधव नेतृत्वको दक्षिणपन्थी सरकारका मन्त्रीहरु कुनै असल काम गरेर चर्चा कमाउनुको सट्टा कर्मचारी पिटेर गाडी फुटाएर अनि क्याबिनेट मििटंगमा अश्लिल शब्द बोलेर शान्ति प्रकि्रया बिरुद्ध वक्तव्यबाजी गरेर चर्चामा आउन थाले । बालुवाटार अघोषित दिल्लीको डेरामा परिणत भयो । के। पी। ओली गच्छादार र सुर्यबहादुरहरुको लागि दिल्ली दरबार पानी पधेरो बन्यो ।
संविधान सभाको म्याद थप्नुपूर्व गरिएको सहमति विपरित माधव नेपाल राजीनामा दिन्न भन्दै िहंडिरहेका छन् । आफुले थुकेको थुक आफैंले चाट्ने अनि राष्ट्र र जनतालाई ढाँट्ने र राष्ट्रलाई बन्धक बनाउँदै जाने हो भने राष्ट्रले आगामी जेष्ठ १४ मा पनि संविधान पाउन सक्दैन । अन्ततः राष्ट्र ठूलो द्वन्द्वको भूमरीमा फस्ने खतरा अझै पनि जीवित नै छ । आज हिजो सत्तामा बसेर ब्रम्हलुट मच्याएका र अरबौंको अकुत सम्पत्ति कमाएकाहरु कर्जा जग्गा फिर्ताको कुरा उठाएर सहमतिको लागि बाधक बन्छन् भने भोली तिनीहरुको बचेखुचेको जग्गा पनि बाँकी नरहने स्थिति बन्न सक्छ भन्ने तिर सतर्क हुनु जरुरी छ । राष्ट्र भिडन्तमा जाकियो भने साँढेको जुधाई बाच्छाको मिचाई शिवाय अरु केही हुन सक्दैन । के अहिले राष्ट्रिय राजनीतिको तालाचाबी लिएर बसेका के। पी। ओली र रामचन्द्र पौडेल माधव कुमार नेपाल जस्ताहरुले भोली लडाईंको मारमा पर्ने कार्यकर्ता र आम जनताको टाउको जोगाउन सक्छन् त्यसैले छरिएर रहेका सच्चा वामपन्थी बीचको एकता आजको आवश्यकता बनेको छ जसको कारण दक्षिणपन्थी यथास्थितिवाद र उग्रवामपन्थी अधिनायकवादको बिरुद्ध संघर्ष गर्न सकियोस् । नेकपा एमालेभित्रको कमल थापाहरुको घरमा लुकेर वामएकताका शब्द अलाप्दै िहंड्ने वामदेव गौतमहरुको घर भत्काउने रणनीति एक हद सम्म वामएकताको वाधक हो । माओवादी कार्यकर्तालाई मारेर एमाले बलियो हुने सपना देख्दै जाने हो भने न त एमाले माथि उठ्न सक्छ न त एमाले नै परिणामस्वरुप समग्र कम्युनिष्ट आन्दोलन नै लथालिङ्ग र भताभुङ्ग हुन पुग्छ । सडकमा दक्षिणपन्थीको विरुद्ध चर्का भाषण हान्ने रात परेपछि तीनै दक्षिणपन्थीसंग सहमतिको नाममा घाँटी जोडेर भोज खाने द्वैध चरित्र एमालेमा दिनको घाम जत्तिकै छर्लङ्गै भएको छ । बाबुराम भट्टराई र झलनाथ खनाल भन्दा शेरबहादुर र रामचन्द्र पौडेलहरुलाई आफ्नो घनिष्ट देख्ने ओली प्रवृत्ति यथावत रहने हो भने वामएकताको सपना नदेख्दा हुन्छ । हिजो जंगलका कन्दमूल खाएर संघर्ष गरेका नेतागणहरुको राष्ट्र र जनताले सम्मान गर्नुपर्छ तर नेताहरुले हिजोको संघर्ष र बलिदानको ब्याज असुल्ने गरि बिलासिता र मोजमस्तीको जिन्दगीको सपना देख्छन भने त्यो कसैलाई पनि स्वीकार्य हुन सक्दैन । सत्ता बन्दा मनमोहनसँग अंकमाल गर्दै आँशू चुहाउने सत्ता बाहिर गएपछि त्यही मनमोहनको विरुद्ध चर्का भाषण गर्ने बानी त्यागी राष्ट्रियता र राष्ट्रिय स्वाधिनता पूर्ति आफ्नो सदासर्वदा प्रतिबद्दता देखाउनु जरुरी छ । जन आन्दोलन र जनयुद्धका घाइते सहिद र बेपत्ताहरुको घाउमा मलम पट्टि लगाउन सकिएन भने जुनसुकै क्रान्ति पनि क्षणिक सफलतामा सिमित हुन पुग्छ ।
त्यसैले नेताहरुले निष्ठाको राजनीति गर्नु जरुरी छ । कम्युनिष्टको आवरणमा समग्र कम्युनिष्टको बदनाम गर्दै जाने राजनीति गर्नु भन्दा सन्यास लिएर बस्दा नै कल्याण छ । नेताहरुमा क्रान्तिकारी व्यवहार भाषणमा मात्र सिमित होइन सदाबहार रुपमा सरकारमा हुँदा होस् वा नहुँदा होस् देखिनु पर्दछ । अरुलाई असफल बनाएर आफु सफल हुने सपना केवल सपनामा मात्र सिमित हुन पुग्छ । तर आफू सफल हुनको लागि हरहमेशा दत्तचित्त भएर लागेमा असम्भव हुने कुनै कुरा छैन । त्यसको लागि एकता सहकार्य र सामन्जस्यता अपरिहार्य छ । त्यसैले विगतका संघर्षको संस्थागत विकास गर्नको लागि वामएकता अपरिहार्य छ । वामपन्थी एकताले नै यो सारा सम्भव छ । फेरी नाम मात्रको वाम एकताको कुनै अर्थ छैन । हिजो पुष्पलाललाई कांग्रेसको दलालको आरोप लगाउँदै िहंड्नेहरु आज एक नम्बर कांग्रेसका दलाल भएका छन् । त्यसैले अबको वामएकता शुद्धिकरण सहितको वामएकता हुनुपर्दछ ।