जनवाद संवाददाता
काठमाडौं, असार/माओवादी नेताहरु विरुद्ध राज्यले नै षड्यन्त्र गरेको प्रमाणित भएको छ । एकीकृत नेकपा माओवादी का पोलिटव्युरो सदस्य अग्निप्रसाद सापकोटालाई भिषा दिएर पनि भ्रमणमा अवरोध गर्ने योजना सरकार सम्बद्ध दलहरुकै निर्देशनमा मानवअधिकारको आवरणमा भएको स्पष्ट भएपछि उक्त कुराको खुलासा भएको हो ।
अमेरिकामा हुन गइरहेको एक गोष्ठीमा माओवादीका तर्फबाट छनौट गरिएका चारजना नेताहरुमध्ये सापकोटालाई भिषा नदिएको कारण भ्रमण स्थगित भएको भन्ने प्रचार गलत भएको सापकोटाको भनाइ छ । सापकोटाका अनुसार अमेरिकाले भिषा नदिएर नभई माओवादी विरुद्ध लागेका विभिन्न व्यक्ति र संस्थाहरुको उक्साहटमा भ्रमण कार्य अवरुद्ध पार्ने षड्यन्त्र थाहा पाएपछि माओवादी पार्टीले नै भ्रमण स्थगित गराएको हो । सापकोटालाई दिइएको भिषामा जुन २४ देखि सेप्टेम्बर २३ २०१० सम्मको म्याद दिइएको छ । सापकोटाको भिषामा आरजे १ उल्लेख गरिएको छ ।
संविधानसभाको निर्वाचन अगावै एमालेको हाइ कमान्डको बैठक बसी वागमतीमा माओवादीको प्रभाव कसरी न्यून गर्ने भन्ने बारे गम्भीर छलफल चलेको थियो । बैठकले माओवादीको प्रभाव क्षेत्र र खासगरी मूल नेतृत्वको कुनै न कुनै रुपमा सामाजिक मर्यादामा आँच ल्याउन सकेमा आफूहरुको प्रभाव विस्तार गर्न सकिने निर्णय निकालेको थियो । सोही छलफलमा सबैभन्दा उत्तम उपाय माओवादी नेताहरुलाई मुद्दा दायर गर्ने र अभियोग दर्ता गराउन सकेमा हुने निष्कर्ष पनि निकालियो ।
सो निर्णयअनुसार नै एमाले निकटको एड्भोकेसी फोरम नामको संस्थालाई माओवादी नेताहरु र मुख्य गरेर अग्निप्रसाद सापकोटासहित केहीलाई अभियोग दर्ता गराउने जिम्मा दिइयो । त्यो जिम्मा एड्भोकेसी फोरमकी मन्दिरा शर्माले अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाइन् र उनले राजधानीबाट नजिक र सबैको पहुँच पुग्ने स्थानको काभ्रेको एक मुद्दामा सापकोटालाई मुछ्ने तयारी गरिन् । उनको गृहकार्यमा एमाले निकटका काभ्रेका पत्रकार र मानवअधिकारवादी भनेर आफूलाई चिनाउनॆहरुको सहयोगमा तयार पारिएको थियो ।
"किन काभ्रेको मुद्दामा जोडियो त" भन्ने प्रश्नमा नेता सापकोटाले भन्नुभयो "यो पूर्णः राजनीतिक पूर्वाग्रह प्रेरित र माओवादीको साख गिराउने योजना मुताविक भएको र राजधानीबाट सबैभन्दा नजिक र मिडियाको पहुँच पुर् याउन सजिलो हुने ठानेर काभ्रेको केशमा मुछिएको रहेछ ।"
No comments:
Post a Comment