जनवाद संवाददाता
काठमाण्डौं, असार/अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी बजेट ३ खर्ब ३५ अर्ब रहेको सार्वजनिक गर्नु भएको छ । काठमाडौको विशालनगरमा आज पुस्तकालको ४८औँ बार्षिकोत्सवको उद्घाटनका अवसरमा उहाँले त्यस्तो बताउनुभएको हो । कार्यक्रममा मन्त्री पाण्डेले सार्वजनिक गरिने नयाँ बजेटमा चालू वर्षमा रहेका केही राम्रा कार्यक्रमलाई निरन्तरता दिइने शिक्षा र कृषिक्षेत्रको बजेटमा बृद्धि गरिने खुलासा गर्नुभयो । उहाँले ग्रामिण भेगको विकास र बिस्तारका लागि दु्र्तमार्गको निमार्णलाई तीब्रता दिइने बताउनु भयो । कार्यक्रममा मन्त्री पाण्डेले पहाडी भेगमा बनेका विभिन्न हाइड्रोपावरसम्म पुग्न सक्ने मिडिल हाइवे सडक निमार्णलाई सरकारले प्राथमिकतामा राख्ने योजना रहेको पनि बताउनुभयो । उहाँले बसाइ सराइको प्रवृत्तिलाई रोक्न स्थानीय स्तरमा नै सबै सुविधाको उपलब्ध गराउन सन्तुलित विकास निमार्णको कार्यलाई तिब्रता दिइने बताउनुभयो ।
कार्यक्रममा मन्त्री पाण्डेले यस वर्ष सरकारी बिदा बढि भएको भन्दै विदाको नीतिमा परिवर्तन गराउनुपर्ने अडान व्यक्त गर्नुभयो । उहाँले मुलुकमा १०० दिन सरकारी बिदाले आर्थिक क्षेत्रलाइ नराम्रो असर पर्ने चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा।सुधा शर्माले युवा जनशक्तिको विकास गराउन युवालाइ औषतको दुव्र्यवसनबाट जोगाउनुपर्ने बताउनुभयो । उहाँले नेपालको इतिहासलाई संरक्षण गर्न प्राकृतिक स्रोत र साधनको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा विशालनगर हाँडीगाउँ सम्पदा समाजका अध्यक्ष भरत बहादुर केसीलाइ पुस्तकालमा योगदान पुर् याए बापत सम्मान तथा पुरस्कार बितरण गरिएको थियो ।
No comments:
Post a Comment