जनवाद संवाददाता
नेकपा (एमाले) जिल्ला कमिटी मकवानपुरले यसै साता मकवानपुर एमालेका दुई हस्ती श्रीधर पोखरेल एवम् बद्री लम्साललाई पार्टीबाट छ महिनाको लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।
एमालेभित्र विगत लामो समयदेखि देखिँदै आएको राजनैतिक खिचातानीले अन्ततः केन्द्रमा मात्र नभई जिल्ला-जिल्लामा पनि गुटबन्दी र कारवाहीको रुप लिएको छ । एमाले जिल्ला कमिटि मकवानपुरले केही महिना यता बद्री लम्साल र श्रीधर पोखरेललाई कारवाही गर्ने चेतावनी दिँदै आएको थियो । पार्टी जिल्ला सभापति रामेश्वर रानाको गुटले अन्ततः कारवाही गरेरै छाड्यो उनीहरुलाई । केन्द्रीय स्तरमा मात्र नभई हरेक जिल्ला-जिल्लामा एमालेभित्रका दुई खेमाविच सँधै टकराव हुने गरेको छ । एमाले फुटेर फेरी जुटेको पार्टी हो । जति फुट र गुटको विचमा देखावटी सहमति भए पनि एमालेभित्र जुङ्गाको लडाईं चलिरहन्छ । तर यो लडाईंले कार्यकर्ता चेपुवामा पर्ने गर्छन् । नेताहरु आफुमै बाझिने गर्दछन् यस्ता नेताबाट कार्यकर्ताले के आश गर्ने श्रीधर पोखरेल र बद्री लम्साललाई पार्टीले निश्कासन गरेपछि मकवापनुरका एमाले शुभचिन्तकहरु घरको न घाटको भएका छन् । हरेक विषयमा सहमती र सहकार्यको विचार प्रस्तुत गर्ने एमालेले किन यस विषयमा सहमती र सहकार्य गर्न जानेन संविधानसभा निेर्वाचनमा मकवानपुर जिल्ला क्षँेत्र नं। १ का उमेद्वार एवम् पार्टीका प्रभावशाली नेता बद्री लम्साललाई पार्टीबाट ६ महिनाको लागि निलम्बन गरेको बारेमा जिज्ञासा राख्दा लम्साल भन्नुहुन्छ "खासै मैले पार्टी हित विपरित विधान विपरित केही गलत काम गरे जस्तो लाग्दैन तर पनि पाटीले कारवाही गर् यो भन्ने सुनेको छु । के हिसाबले कुन नियतले कारवाही गर् यो आफू स्वयम्लाई थाहा छैन ।" लम्साल भन्नुहुन्छ "यो पार्टीभित्रका केही खराब तत्त्वको चलखेल हो । यसले हामीलाई केही असर पर्दैन ।" "तपाईंले त एमालेभित्र रहेर माओवादीको काम गर्नुभयो रे कतै त्यही भएर कारवाही गरेका त हैनन्" भन्ने हाम्रो प्रश्नमा लम्साल भन्नुहुन्छ "राष्ट्रिय राजनीतिमा सहमती र सहकार्य गरेर जानुपर्दछ । वामपन्थी विचार भएकाहरुलाई सँगै लिएर जानुपर्दछ र जनतालाई विश्वासको वातावरण सिर्जना गर्नु पर्दछ भन्दा यदि माओवादीलाई सहयोग गर् यो भनेर कारवाही गर्दछन् भने यसको सुनुवाई जनता स्वयम्ले गर्दछन् ।"
अहिले एमालेभित्रका केही तत्त्वहरु बुटवल महाधिवेसनले पारित गरेको विधान विपरित चलिरहेका छन् । यसकै एउटा अंश हो हामी यो कारवाहीको विषयलाई आन्तरिक विषयको रुपमा छलफल गरी केन्द्रीय अनुशासन विभाग जाने बताउनु हुने लम्सालको एकिकृत नेकपा माओवादी प्रवेश गर्ने मनशाय नरहेको बताउनु भयो । के एमालेले यो कारवाही फिर्ता लिन्छ त यदी कारवाही फिर्ता नलिए के गर्दछन् बदि्र लम्साल एमालेभित्र बद्री लम्सालको हैसियत के हो आम जनताको चासोको विषय बनेको छ यतिबेला । एमाले जिल्ला कमिटिले बदि्र लम्साललाई मात्र नभई मकवानपुर एमालेका बामपन्थी धरोहर एवम् पार्टीका प्रभावशाली नेता श्रीधर पोखरेल माथि पनि छ महिने निलम्बनको बिल्ला भिराइदियो । यसै सेरोफेरोमा रहेर श्रीधर पोखरेलल जनवाद साप्ताहिकलाई संक्षिप्त प्रतिकि्रया दिँदै भन्नुभयो "अलग विचारबाट एकलौटी पार्टी चलाउन खोज्ने तत्त्वहरुले यो कारवाही गरेका हुन् । यसले हामीलाई कुनै असर गर्देन । यस विषयमा हामीले पार्टीमा कुरा राख्नेछौँ । यो एउटा निश्चित घेरामा पार्टीलाई साचालन गर्ने एवम् आफ्नो स्वार्थपूर्ति गर्न खोज्नेहरुको अभियान हो । यो अभियानले सिङ्गो पार्टीलाई नै बदनाम गराउने छ । हामी सामूहिक रुपमा यि तत्त्वहरुलाई पाखा लगाउने छौँ ।"
निश्कासनलाई अनौठो नमान्ने पोखरेल भन्नुहुन्छ "कारवाहीका विल्ला भिराउनेहरु जुन नियतवसले आएका थिए त्यही गरे । पदको दुरुपयोग गरेका हुन् । अहम्ताको खोल ओढेर पदको दुरुपयोग गर्नेलाई कार्यकर्ताले बाँकी राख्दैन । पार्टीको नीति बाहिर बसी विधान विपरित काम गरी पार्टीलाई निश्चित स्वार्थमा चलाउनेहरुको खेल हो ।" माओवादी प्रवेश सम्बन्धि जिज्ञासा राख्दा उहाँ भन्नुहुन्छ "हामीले माओवादीलाई सहयोग गर्न खोजेका पनि होइनौँ र एमालेलाई पाखा लगाउन खोजेका पनि होइनौँ । हामीले एमालेलाई कम्युनिष्ट पार्टी बनाउन खोजेका थियौँ तर एमाले कम्युनिष्ट भएको हेर्न नचाहनेहरुले हामीलाई माओवादी प्रवेश गर्दै छ भन्ने हल्ला चलाए । हामीले पटक-पटक भनेका छौँ मुलुकको सम्पूर्ण कार्यदिशा बामपन्थीहरुले मात्र हेर्न सक्छ भनेर सबै वाम पार्टीलाई एकैसाथ लैजाऔँ भन्दा हामीलाई माओवादी भयो भन्छन् भने हाम्रो कुनै आपत्ती छैन । हामी वामपन्थिको कार्यगत एकता चाहन्छौँ । वामपन्थीको एकताको कुरा चलाउँदा कारवाही गरिन्छ भने त हामीले भन्नु त केही छैन ।" वहाँले भन्नुभयो "हामी कार्यकर्ताको विचमा जान्छौँ हाम्रा भनाइहरु राख्छौँ त्यसपछि कार्यकर्ताले नै भन्ने छन् यो कारवाही कत्तिको जाहेज या नाजाहेज ।
"एमाओवादी पार्टी प्रवेश गर्दै हुनुहुन्छ नी" भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ "हामी एमाले छाडेर माओवादीमा गइदियोस् भनेर पार्टीभित्रका केही साथीहरुले जुन सपना देख्नु भएको छ त्यो सपनामा मात्र सिमित छ ।" उहाँले पार्टी प्रवेशलाई बिरालोको उखानमा यसरी प्रस्तुत गर्नुभयो, "बिरालोले यो घरका सबै मान्छे मरे भने म अगेनाको तातोमा बस्ने थिएँ । सबै मरेपछि अगेना कसले तताईदिन्छ थाहा हुँदैन नि । एमालेका साथीहरुलाई पनि यही भएको हो ।" यो कारवाहीलाई छलफल गरेर निश्कर्षमा पुग्ने बताउनु हुने पोखरेलले एमालेभित्रका केही साथीहरुले एमालेलाई पेवा बनाउन खोजेको आरोप लगाउनु भयो ।
No comments:
Post a Comment