Thursday, July 8, 2010

घुँडा टेकेर 'अग्लो' हुनेहरु


शोभित नेपाल्, काठ्माण्डौं
पुराना पार्टी र तिनका नेताहरु मन्दिरमा प्रार्थना गरेजसरी घुँडा टेक्छन् अनि आफुहरु अग्लो भएको भ्रम पाल्छन् । अग्रगमन रोक्नको लागि उनीहरुको पहुँच पर्याप्त छैन । त्यसैले ुजदौु भन्दै चाकरीमामा दौडिन सिपालु छन् । सार्वभौम देशका जनता स्वतन्त्र भएको देख्न चाँहदैनन् । तिनीहरु खप्पीस छन् विदेशी आदेशमा स्वदेशी मूल्य र मान्यताको उपहास गर्न । विदेशीको चाकरीमा रमाएका नेताहरु पैसामा बिकेर अर्काको अनुकूलतामा नाच्ने खेल नेपालका लागि नौलो होइन । पाएको जनादेश लत्याएरै पनि विदेशी तालमा नाच्ने थिति पुरानै हो । जनमत गुमेपछि मालिकको सेवामा घुँडा टेक्नु अनि उसकै आशीर्वाद र कृपाले अग्लो भएको महसुश गर्नु पुराना पार्टीहरुको नियति बनॆको छ । संविधानसभाको निर्वाचनमा अनपेक्षित धक्का खाए संसदीय पार्टीहरुले । उनीहरुका नारा र प्रतिबद्धताहरु पुरानै ढर्राको थिए । हुन त राणाशासनको अन्त्यदेखि नै ुनयाँ बोतलमा पुरानो रक्सीु जसरी शासन चलाउँदै हुन् उनीहरुले । ुनानीदेखिको बानीु उनीहरुको चुनावी नारा अग्रगामी र जनभावना समेट्ने खालको भन्दा पनि आफ्नै स्वार्थकेन्द्रित बने । फलस्वरुप चुनावी नतिजा शतप्रतिशत उल्टो आयो उनीहरुको गणितभन्दा । त्यसैले चुनावी परिणाम आएको भोलिपल्टदेखि उनीहरु सहाराको खोजीमा लागे । चुनावी नतिजाबाट पाठ सिक्नुको साटो संविधानसभा विरुद्ध नै प्रतिशोध पाल्ने काम भयो । जनताले दिएको दलीय आकार स्वीकार्नुभन्दा नीच काम गर्नेतिर उद्धत उनीहरु बने । देशको सार्वभौम अस्तित्व संकटमा पारेरै भएपनि विदेशी गुहार्ने काम गरियो । बोली र व्यावहारले देशको सरकार र मन्त्रीमण्डल नै विदेशी भारतीय प्रवक्ता जस्तो देखियो । अर्कोतिर माओवादीले सरकार छोडेपछि र सेनाको बैशाखी टेकेर सरकार बनेको देखाईएपनि भारतीय गुरुयोजनामा बनाईएको प्रमाणित भइसकेको छ । यसरी जनमत र जनादेश रोक्ने दुष्प्रयासमा उनीहरुले सार्वभौमिकता माथि नै धावा बोले । यहाँसम्म कि भारतीय विमानहरुले स्वतन्त्र रुपमा नेपाली आकाशमाथि फन्को मार्न थाले । त्यस विषयमा समेत सरकार मौन बस्यो । सीमाक्षेत्रबाट नेपालीहरु लखेटिएको समेत ुथाहा भएनु परराष्ट्रमन्त्रीलाई । चुनावमा हारेका जनपराजितहरुले सहाराको खोजी गर्ने क्रममा उही पुरानो र अंग्रेजकालदेखिकै ुअसल छिमेकीु लाई रोजेका हुन् । तिनै छिमेकीको कृपा र आशीर्वादले सत्ताको पगरी गुथे । सत्तारोहणपछि त उनीहरु झनै उन्मत्त भए । जनमत र जनादेशको कुनै ख्याल भएन । सरकारमा गएर असल र जनहितका काम गरेर गुमेको जनमत परिपूर्ति गर्नेमा भन्दा ुउपासनाु मा सरकार टिकाउने काम गरिरहे । जङ्गबहादुर ले अंग्रेजको सेवा गरेबापत बाँके बर्दिया कैलाली र काचनपुर चारवटा जिल्ला फिर्ता ल्याएका थिए भने अहिलेका संसदीय पार्टीहरुको भारतभक्तिको फलस्वरुप गुमेको कुसर्ी थमाईयो । हो कुसर्ीको उन्मादमा भोजहरु बाक्लिए अनि त्यही बेलुन फुकाईमा उनीहरु फुकिरहे । सत्ताका लागि उनीहरु भारतीय उपासक बने । तैपनि पिसाबको न्यानोमा झैं आनन्द मानिरहेका छन् अग्लो भएकोमा । देशको सार्वभौमसत्तामा त उनीहरुले धावा बोले नै अग्लो हुनाका लागि आफ्नै मूल्य र मान्यता पनि क्रमशः च्यात्न थाले । मान्दै आएको थीति र पाल्दै आएको थीति पनि कुल्चिने काम गरियो । न्यायप्रणाली र न्यायालयको निकै बखान गर्नेहरुले सर्वोच्च अदालतका विभिन्न आदेशहरु सोझै ईन्कार गरिरहे । प्रशासनिक नीतिनियमको पनि धज्जी उडाइयो । कर्मचारीहरुलाई आदेश र सम्मान गरेर काम लगाउने तरिका बिसर्िइयो र चुटेर थर्काउने काम मौलायो । यो प्रशासनिक मर्यादाको उलंघन हो । संसदलाई बहस र छलफलको सर्वोत्तम थलो मान्नेहरुले प्रतिपक्ष र उसका आवाजलाई निषेध गर्न खोजेको देखियो । यी र यस्ता कि्रयाकलापहरु अरु केही नभएर घुँडा टेकेर अग्लो भएकाहरुको अयोग्यताको प्रतिफल हो । प्रतिपक्षको असहयोगका बाबजुद सरकार शतप्रतिशत सफल भएको उनीहरुको मपाँईत्व छ । सरकार सफल नभएको र ईतिहासकै सबैभन्दा कमजोर भएको कुरा नेपालको सबै क्षेत्र र संसारले देखेको छ । तैपनि उनीहरु आफु सफल भएको भन्दै भ्यागुतो फुलाई गरिरहेका छन् । विभिन्न नाममा खुलेका पार्टीहरुको उदेश्य जनहित र राष्ट्रहित भन्दा पनि व्यक्तिगत र पार्टीगत स्वार्थमा अडेको देखियो । देशको नयाँ सामाजिक आर्थिक र भौगोलिक संरचना आदिका विषयमा सबै पार्टीका आ-आफ्नै मान्यता र नीतिहरु देखिन्छन् । तर अग्रगमन रोक्नका लागि र अग्रगामी शक्तिहरुलाई निस्तेज पार्नका लागि गरिएको षड्यन्त्रमा विदेशी दबाबमा सबैका नारा र नीति थाती बसाईए । एउटै विदेशी आदेश र दबाबमा नीति र मान्यताका हिसाबले दशतिर फर्किएका दलहरु एकै ठाउँमा बसे सरकार बन्यो अनि शुरु भयो शान्ति-प्रकि्रयालाई बिथोल्ने काम । यसरी संसदीय दलहरुले आफ्नो दलीय मूल्य र मान्यता पनि बचाउन सकेनन् विदेशी दबाबमा घुँडा टेके ।
अर्को भनेको अपराधका सामू घुँडा टेकाइ हो । सरकार साचालन भएकै दिनदेखि अपराधका सामू घुँडा टेक्ने काम भयो । राजधानीमै प्रतिष्ठित र वरिष्ट मानिसहरुको हत्या भयो अपहरण र फिरौतीका धन्दा ह्वात्तै बढ्यो । अरुको त के कुरा सीडीओ कुट्ने मन्त्रीलाई कारवाही हुन सकेन । सरकारका प्रधानमन्त्री अपराधी मन्त्रीसामू निरीह बने अपराधी मन्त्री भने झन् उन्मत्त भईन् । कता कता यस्तो लाग्थ्यो उनलाई अपराध गरेकोमा पश्चाताप् होइन गौरव लागेको छ । मन्त्रीहरुबाटै त्यस्ता खालका अपराधका घटनाहरु निकै भए तर उनीहरुलाई अंकुश लगाउने काम गरिएन मतलब दलहरुलाई सरकार टिकाउनु थियो । त्यसका लागि सरकारले उनीहरुका अपराधसामू घुँडा टेक्यो र अपराधलाई संरक्षण गर्ने काम गरिरह्यो । देशमा अपराधका घटनामा मन्त्रीहरुले घुस लिएर अपराधी छुटाएको समेत आरोप लाग्यो ।
वास्तवमा अहिलेका सत्ताधारी तथा संसदवादी दलहरुमा ठूलो भ्रम रहेछ । मानिसहरु पाजाले टेकेर अग्लो हुने गर्छन् र त्यही मान्यता राख्छन् । तर उल्टो नेपालका संसदवादी दलहरुले घुँडा टेके अनि आपुू अग्लो भएको महसुश गरे । सरकार बनाउनका लागि उनीहरुले विदेशी शक्तिसामू घुँडा टेके अनि टिकाउनका लागि अपराधसामू । विदेशी दबाबकै कारण आफ्नै पार्टीगत नारा उदेश्य मूल्य र मान्यताका विरुद्ध पनि घुँडा टेके । वर्तमान सरकारको यो हविगतबाट बुझ्नुपर्ने के छ भने घुँडा टेकेर कोही पनि ठूलो हुँदैन त्यो त क्षणिक आत्मरित मात्र हो ।

No comments:

Post a Comment