इन्द्र ब. परियार 'नयन'
हामी कम्युनिष्ट हुनुको नाताले सामान्य सुधारको लक्ष्य मात्र लिएका हुँदैनौ । िसिङ्गो राष्ट्र र विश्वलाई नै हराभरा बनाउने आमूल परिवर्तनको लक्ष्य लिएका हुन्छौँ । त्यो लक्ष्यसम्म पुग्नलाई थुप्रै खुड्किलाहरु चढ्नुपर्ने हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनले २००६ सालदेखि आमूल परिवर्तनको लक्ष्यसम्म पुग्न आफ्नो यात्रा आरम्भ गर् यो । जसले १०४ वर्षे जहानियाँ राणाशासनको पहिलो खुड्किला ३० वर्षे निरंकुश पाचायती व्यवस्थाको दोस्रो खुड्किलो र १२/१५ वर्षे बहुदलिय व्यवस्थाको तेस्रो खुड्किलो पार गर्दे लोकतान्त्रिक गणतन्त्रको चौँथो खुड्किलोसम्म आइपुगेको छ । यहाँसम्म आइपुग्दा राणा शासक पाचायती शासक र बहुदलिय शासकवर्गसँग लड्दै र पराजित गर्दै आउँदा आमूल परिवर्तन तथा रणनैतिक लक्ष्यतिर अगाडी बढ्नुको सट्टा नेपालका कम्युनिष्ट घटकहरु अग्रगामी नभई यथास्थितिवादी तथा पश्चगामी बन्न पुगेका छन् र अधिकांश कम्युनिष्ट पार्टीहरुमध्ये कोही विदेशी दलाल कोही दरबारिया कम्युनिष्ट र कोही कम्युनिष्ट भुरे टाकुरे बनेका छन् । ति पार्टीहरु एमाले एमबी मशाल नेमकिपा माले लगायतका हुन् । यिनीहरुले तेस्रो खुड्किलोसम्म आउँदा रणनैतिक लक्ष्य नयाँ जनवादी क्रान्ती समाजवादी क्रान्ती र साम्यवादी क्रान्तीको लक्ष्यलाई आफ्नो पोल्टाबाट झिकेर साम्राज्यवादी मालिक विस्तारवादी मालिक र सामन्तवादी मालिकलाई भेटी चढाइसकेका छन् जसको कारण नेपालमा नयाँ जनवादी क्रान्तीको लक्ष्य अधुरै रहन गयो ।
तैपनि "जहाँ इच्छा त्यहाँ उपाय" भनेझैँ माओवादी पार्टीले जनवादी क्रान्तीको अभिष्टलाई पूरा गर्नको लागि दश वर्षे जनयुद्ध समेत गर् यो जसको बलमा जनआन्दोलन पनि भयो र तेस्रो खुड्किलो अर्थात् बहुदलिय व्यवस्था भत्कायो र चौँथोमा प्रवेश गर् यो । तर विडम्बना संसदिय कम्युनिष्टहरु पछाडी परिसकेको र भत्किसकेको बहुदलिय व्यवस्थालाई लोकतान्त्रिक गणतन्त्रकको जामा पहिराएर मर्मत गर्न चाहन्छन् भने एनेकपा माओवादी जनताको संघिय गणतन्त्रको राजनीतिक कार्यदिशाबाट अग्रगमनतिर अगाडी बढ्न चाहन्छ । यसरी संसदिय कम्युनिष्टहरुको राजनीतिक कार्यदिशा संसदिय लोकतान्त्रिक गणतन्त्र बनेको छ भने एनेकपा माओवादी को कार्यदिशा जनताको संघिय गणतन्त्र बनेको छ । ति दुई विपरित कार्यदिशामा मुलुक धुर्विकृत भईरहेको छ र एकले अर्कोलाई आ-आफ्नो कार्यदिशामा आत्मसर्मपण वा रुपान्तरण गर्ने/गराउने होड चलिरहेको छ । यि दुई कार्यदिशाको बारेमा चर्चा गर्नुपर्दा संसदिय लोकतान्त्रिक गणतन्त्रको कार्यदिशामा भारतिय विस्तारवादले बास गरेको छ । जुन कार्यदिशाले विदेशी हस्तक्षेपको खुलेर विरोध गर्दैन बरु दलाली गर्छ स्वाधिनता चाहँदैन बरु राष्ट्रघात गर्छ स्वाभिमान चाहँदैन बरु कठपुतली बन्छ जनताको शासन व्यवस्था चाहँदैन बरु नोकरशाही दलाल पूँजिपती र सामन्ती व्यवस्था बचाउन चाहन्छ । यस्तो चरित्र भएको कार्यदिशाले के नेपालमा स्वाधिन र सार्वभौम संविधान निर्माण हुन सक्छ यही कार्यदिशामा संसदिय कम्युनिष्टहरु माओवादी पार्टीलाई आत्मसमर्पण गराउन चाहन्छन् । इतिहासदेखि आफुले श्रमिकवर्गप्रति गरेको कुठाराघातलाई पुनः माओवादी मार्फत कुठाराघात गराएर आफ्नो जघन्य अपराधहरुलाई ढाकछोप गर्न चाहन्छन् । तर माओवादी पार्टी देश र जनताप्रति समर्पित छ र राष्ट्रका समस्याहरुदेखि चिन्तित छ । दुश्मनका षड्यन्त्रदेखि सचेत र सतर्क पनि छ । यो देशलाई भारतिय पाजाबाट कसरी मुक्त गर्न सकिन्छ यो देशका जनतालाई सामन्त दलाल पूँजिपति वर्गको हैकमबाट कसरी छुटकारा दिलाउन सकिन्छ भनेर चिन्तन मनन् गरिरहेको छ । यसै सिलसिलामा तय गरिएको कार्यदिशा जनताको संघिय गणतन्त्र हो । यसको बारेमा चर्चा गर्नुपर्दा यसमा किसान मजदुरवर्गको सुनौलो भविष्य सुनिश्चित छ । उत्पिडित वर्ग उत्पिडित जाति उत्पिडित क्षेत्र र उत्पिडित लिङ्गको मुक्ती गाँसिएको छ । यो कार्यदिशामा आत्मनिर्णयको अधिकार सहित स्वशासनको अधिकार अन्तर्निहित छ । उत्पिडित समुदायको लागि विशेष अधिकार सङ्ग्रहित छ । राष्ट्रिय स्वाभिमानलाई पहिलो प्राथमिकतामा राखेको छ । यही कार्यदिशा मार्फत इतिहासदेखि राष्ट्र र जनताप्रति उत्तरदायी बन्न नसकेका पार्टी र नेताहरुलाई राष्ट्र र जनताप्रति उत्तरदायी बन्न रुपान्तरणको मार्ग खुल्ला गरेको छ । तसर्थ जनताको संघिय गणतन्त्रको कार्यदिशा जनवादी राष्ट्रवादी वामपन्थी संघिय आदि जनपक्षिय शक्तिहरुको धारिलो औजार बनेको छ । यही औजार मार्फत जनताको संघिय गणतान्त्रिक व्यवस्थाको ग्यारेन्टिको लागि पुनः माओवादी संयुक्त मोर्चा निर्माण गरेर सडक सदन र सरकारको तीनवटै मोर्चाबाट निर्णायक संघर्ष गर्ने मनस्थितीमा पुगेको साचार माध्यमबाट सार्वजनिक भइसकेको छ । माओवादी पार्टी देशकै जिम्मेवार पार्टी भएकोले यतिबेला देश र जनताको विषयलाई लिएर गम्भिर बहसमा जुटेको छ । जति जति बेला एनेकपा माओवादी राष्ट्रिय सवाललाई लिएर बैठक बस्ने गर्छ त्यती त्यती बेला विश्व र मुलुककै ध्यान आकृष्ठ हुन्छ । यसपालीको एघार दिने पिवि बैठकभरी पनि यस्तै भयो । माओवादी पार्टीले ऐतिहासिक निर्णय के गर्ला र त्यसको दुरगामी महत्त्व के रहला भनेर चासो दिइरहेको बेलामा हामी सबैलाई पत्रकार सम्मेलन मार्फत उचित जवाफ दिइसकेको छ । राष्ट्रमा समस्या आउँदा देशका जनतालाई गुहार्ने र पार्टीभित्र समस्या आउँदा कार्यकर्तालाई गुहार्ने विशेष निर्णयहरु ऐतिहासिक र दुरगामी नै हुन्छन् । अहिले माओवादी पार्टीभित्र प्रधानअन्तरविरोध के लाई मान्ने भन्ने विषयमा छलफल चलिरहेको छ र यतीबेला प्रधानअन्तरविरोध टुङ्ग्याउन जरुरी पनि छ । तर पिवि बैठकसम्म आउँदा त्यसले मुर्तता पाउन सकेन र यो विस्तारित बैठकले टुङ्गोमा पुर् याउने निर्णय गरेको छ । त्यसैले प्रधानअन्तरविरोध टुङ्ग्याउने विषय आम कार्यकर्ताको सवाल र राष्ट्रकै सवाल बन्न गएको छ । यसको बारेमा अब कार्यकर्ता स्वयम्ले
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन वर्ग विश्लेषण र प्रधानअन्तरविरोध वस्तुगत र आत्मगत अवस्था यि सबै बारेमा सही निश्कर्ष निकाल्नु जरुरी छ र जनताबाट सल्लाह सुझाव लिनु जरुरी छ ।
अहिले बजारमा सेना समायोजन बारे भ्रमात्मक हल्लाहरु फैलाइएका छन् । यो शान्ति प्रकि्रयासँग जोडिएको विषय भएकोले सबैभन्दा चासो र जनसरोकारको विषय बन्न पुगेको छ । जनता फेरी युद्ध चाहँदैनन् पूर्ण शान्ति चाहन्छन् । पूर्ण शान्तिको लागि वृहत् शान्ति सम्झौता पनि भएको छ र अनमिनले प्रमाणित गरेका योग्य जनसेनालाई राष्ट्रिय सेनामा समायोजन गर्ने दस्तावेज पनि बनेको छ । योग्य सेना भनेका उन्नाइस हजार जनसेना हुन् । यदि ति योग्य छैन भनिन्छ भने अनमिनलाई किन प्रमाणिकरण गर्न लगाइयो यदि सेना समायोजन नगर्ने हो भने राज्यको अलग्गै फोस्रको रुपमा स्थापना गर्नुपर्ने माओवादी निर्णय पनि स्थायी शान्ति स्थापना गर्ने उद्देश्य भएकोले वस्तुवादी नै छ ।
सबैभन्दा ठूलो दलको नाताले राष्ट्रिय संयुक्त सरकारको दाबी गर्नु यो पनि मनासिब निर्णय नै हो । इतिहासमै सबैभन्दा बढी भारतिय विस्तारवादको अनावश्यक हस्तक्षेप नेपालमा बढिरहेकोले देशभक्तहरुलाई सह्य हुने कुरै भएन । तसर्थ केन्द्रदेखि स्थानीय तहसम्म राष्ट्रिय स्वाधिनताको पक्षमा संयुक्त मोर्चा बनाउने निर्णय पनि दुरगामी महत्त्वकै छन् । अझ युगान्तकारी निर्णय आउनकै लागि माओवादी पार्टीको विस्तारित बैठकको प्रतिक्षा गर्नुपर्ने भएको छ । त्यतीबेलासम्म सबैले आफ्नो तहबाट सल्लाह सुझाव दिँदै जाऔँ र राष्ट्रियताको आन्दोलनमा सहभागी बनौँ ।
No comments:
Post a Comment