Sunday, December 5, 2010

थोत्रे घरको ठाउँमा नयाँ बनाउने

हिँड मेरा दाई हो झम्पल बोकेर
हिँड मेरी दिदी हो डोको बोकेर
कोही काठपात बोक्ने कोही ईंट ओसार्ने
सबको हातले सबको साथले घर भत्काउने
(थोत्रे घरको ठाउँमा नयाँ बनाउने) - २
(यो झरीमा थोत्रे घर ढल्न बेर छैन
घरमा बस्ने हाम्रो ज्यान जान बेर छैन) - २
थोत्रे घर भत्काउन नयाँ जग बसाउन
जुक्ती जान्दो ज्यानले सक्दो सबले सघाउने
(जीवन रक्षा गर्न घर बनाउने) - २

हिँड मेरा दाई हो माटो मुछ्नलाई
हिँड मेरा दिदी हो ढुङ्गा बोक्नलाई
कोही माटो बोक्ने कोही गाह्रो लाउने
सबको हातले सबको साथले घर बनाउने
(हामी सबको निम्ति घर बनाउने) - २
(काम गर्दा कुनै हातमा चोट लाग्न सक्छ
श्रमदेखि डराएर कोही भाग्न सक्छ) - २
कोही विरोध गर्छन् कोही साथ दिन्छन्
ज्यानको बाजी लगाइकन पूरा गराउने
(हाम्रो आफ्नै निम्ति घर बनाउने) - २

बन्दुक बोकी उठ

आमाको छाती गिद्धहरुले लुछिरहेछन्
बैनीको इज्जत दुष्टहरुले लुटिरहेछन्
भाइहरु अझै पर्खालभित्र बन्दी भएछन्
पूरानो कठै यो चलनदेखि मुठ्ठी कस्दैछन्
(के हेरी बस्छौ युवा हो सङ्गठीत भएर जुट) - २
(यस्तो यो चलन फेर्नलाई आज हतियार लिई उठ) - २

ठाउँ-ठाँमा अझै गोलीहरु चलिरहेछन्
सहिदको नाम दिनदिनै यहाँ थपिरहेछन्
अत्याचार यहाँ सौ गुणा बढ्यो रगत बग्दैछ
मान्छेको मासु खाएर सरकार आराम लिँदैछ
(के हेरी बस्छौ युवा हो सङ्गठीत भएर जुट) - २
(यस्तो यो चलन फेर्नलाई आज हतियार लिई उठ) - २

बन्दुकले शासन टिकाउने जाल बुन्दैछन्
देशभरी दमन चलाउने चाल चल्दैछन्
एकजुट भई लौ उठौँ भाइ हो सामन्ती गलाउन
नउठी भएन बन्दुक बोकी यो सरकार ढलाउन
(के हेरी बस्छौ युवा हो सङ्गठीत भएर जुट) - २
(यस्तो यो चलन फेर्नलाई आज बन्दुक बोकी उठ) - २
बन्दुक बोकी उठ बन्दुक बोकी उठ

Saturday, December 4, 2010

चिङकागसङ हो यो विश्वक्रान्तिको

(चिङकागसङ हो यो विश्वक्रान्तिको
आधार किल्ला हो यो जनक्रान्तिको) - २
(हाम्रो नेपाल प्यारो नेपाल) - २
वीरहरुको नेपाल - २
(तरुल होइन दुई ढुङ्गा विचको
डाइनामाइट बनेर पड्कन्छ
जसबाट निस्कने ठूलो गर्जनले
अत्याचार साम्राज्य थर्कन्छ) - २
अत्याचार साम्राज्य थर्कन्छ
(हाम्रो नेपाल प्यारो नेपाल) - २
वीरहरुको नेपाल - २
(न रुक्यो नेपाल नालापानीमा
न झुक्यो बि्रटिश साम्राज्यसँग
कहिँ कतै झुक्दै झुक्दैन
कहाँ झुक्छ शान ति साम्राज्यसँग) - २
कहाँ झुक्छ शान ति साम्राज्यसँग
(हाम्रो नेपाल प्यारो नेपाल) - २
वीरहरुको नेपाल - २

(बढ्दैछ बरु पाइला नरोकी
सुबासको फूल फुलाउन
निष्पट अन्धकार कालो संसारमा
साम्यवादी ज्योति मुस्कुराउन) - २
साम्यवादी ज्योति मुस्कुराउन
(हाम्रो नेपाल प्यारो नेपाल) - २
वीरहरुको नेपाल - २
(चिङकागसङ हो यो विश्वक्रान्तिको
आधार किल्ला हो यो जनक्रान्तिको) - २
(हाम्रो नेपाल प्यारो नेपाल) - २
वीरहरुको नेपाल - २

Tuesday, July 13, 2010

धिरेन अब खलनायक नबन्ने


अभिनेता धीरेन शाक्यले अब नेपाली चलचित्रमा खलनायकका रुपमा अभिनय नगर्ने घोषणा गरेका छन् ।
२०४८ सालबाट अभिनेताको रुपमा चलचित्रयात्रा सुरु गरेका धिरेनले पछिल्लो समयका दुई चलचित्रमा आएको खलपात्रको भुमिका अस्विकार गरेका छन् । नायकको भुमिकामा भन्दा खलनायकको भुमिकामा बढी पारिश्रमिक दिने प्रस्ताव आएको भएपनि उनले सो प्रस्तावलाई ठाडै अस्विकार गरिदिए ।
"पैसा भन्दा ठूलो मेरो करियर हो त्यसैले मैले करियर बिग्रने डरले यस्तो प्रस्ताव अस्विकार गरेको हुँ" धिरेनले बताए । कलाकार भएपछि नकरात्मक र सकरात्मक दुवै भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यतामा भने धिरेन छैनन् । चलचित्र क्षेत्रमा एक दशक बिताएका धिरेनले थुप्रै नेपाली चलचित्रमा खलपात्रको रुपमा अभिनय नगरेका भने हैनन् ।
नायक धिरेन २०४९ सालतिर बनेको चलचित्र 'चट्याङ' मा खलपात्रको रुपमा अभिनय गरेर चर्चामा आएका हुन् । तर पनि अब उनी खलपात्रको रुपमा अभिनय गर्न तयार छैनन् । बिगत केही बर्ष नेपाली चलचित्र क्षेत्रबाट टाढिएर व्यापारमा लागेका धिरेनलाई अहिले केही निर्माता÷ निर्देशकहरुले नायकको रुपमा लिन थालेका छन् ।
धीरेनले पछिल्लो समयमा कर्ण शाक्यको 'पल' चिराजीवी बस्नेत निर्मित 'भुल्नै सकिनँ' शोभित बस्नेतको 'चिनो' 'कन्यादान' आरके थापाको 'दुइ मुटु एक धडकन' जस्ता चलचित्रमा नायकको रुपमा अभिनय गरेका छन् ।

गजल

- सुरेश ज्योतिपुन्ज
जन्मिएपछी यहाँ बुद्ध अर्को फेरि ।
डर सधैं हुने हो कि युद्ध अर्को फेरी ।
रगतैमा हात हजुर नचोप्ने को छ र
दाबी गर्छ आफैँलाई शुद्ध अर्को फेरी ।

भजन गाउनुपर्न हो अझै क-कसको
एउटा छ खुसी हुँदा क्रुद्ध अर्को फेरी ।

कलमैको अब अन्तिम लडाईं साथी
बन्दुक समाउनेकै बिरुद्ध अर्को फेरी ।

नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरी ।
डर सधैँ हुने हो कि युद्ध अर्को फेरि ।

Thursday, July 8, 2010

करेन्टको झट्काबाट मैना सुनारको हत्या : बबी खत्रीले दिएका थिए ठाडो आदेश


रमेश विवश बाजारा/संगीन श्रेष्ठ
एउटी अवोध किशोरी, जसलाई न कुनै पार्टी थाहा थियो न कुनै राजनीति नै । हो उनै किशोरी अर्थात् काभ्रेको खरेल- थोककी मैना सुनारको हत्यामा संलग्न भएका कारण राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चर्चामा आएका छन् नेपाली सेनाका मेजर निराजन बस्नेत । उनै बस्नेत हुन् घरमा बसिरहेकी १५ वर्षिया मैनालाई पक्रेर पाँचखालस्थित तालिम केन्द्रमा ल्याउने र आफ्ना हाकिम महासेनानी बबी खत्रीको आदेशमा मैनालाई बाल्टीको पानीमा चोपल्दै करेन्ट लगाउने । उनै वस्नेतलाई त्यसैगरी करेन्ट लगाइएको भए के हुन्थ्यो अनी तातोपानीमा चोपल्दै उनीमाथि यातना दिइएको भए के हुन्थ्यो तर उनले त्यो सोँच्न समेत सकेनन । आतङ्ककारी भएको भन्दै मैनामाथि यातनाका क्रम दोहोर् याइरहे । अन्ततः मैना सुनारले यो धर्ती छाडिन् । तर मैनाको आत्माले वस्नेतमात्रै होइन खत्री र उनका सहयोगीहरु सुनिल अधिकारी र अमित पुनलाई पछ्याइ- रहेको छ । न्यायको खोजी गर्दै ।
२०६० साल फागुनमा घटेको त्यो हत्याकाण्डले पटक पटक नेपाली साचार जगतमा चर्चा पाउने गरेको छ । र दिनदिनै अखबार र देलिभिजन च्यानल हरुमा छाएको छ यो घटना । वस्नेतलाई शान्ति सेनाबाट फर्काइएपछि उनी चर्चामा आएका हुन् । उनलाई नेपाल प्रहरीको जिम्मा लगाएर नागरिक अदालतमा उभ्याउन सारा संसारले माग गरिरहेको छ । तर नेपाली सेना यो मान्न तयार छैन । उ अझै वस्नेतलाई निर्दोष ठान्दै आइरहेको छ र भनिरहेको छ "उनको कुनै कसुर छैन ।" तर मैनाको परिवार मात्रै होइन सारा संसार यो मान्न तयार छैन ।
मैना सुनार हत्याकाण्डको नालिबेली जान्न चाहने हाम्रा असंख्य पाठकहरुको चाहनालाई ध्यानमा राखी मैना सुनार हत्याकाण्डको विस्तृत जानकारी तल उल्लेख गरेका छौँ ।
यसरी भयो मैना सुनारको हत्या
द्वन्द्व चर्किंदै थियो । मान्छे धमाधम मारिँदै थिए । नेकपा माओवादी र तत्कालिन शाही सेनाबीच जिल्लाका विभिन्न स्थानमा भिडन्त भइरहेका थिए । जिल्लाका दुर्गम भेगमा माओवादी र शहरी क्षेत्रमा शाही सेनाको चलखेल व्यापक थियो । निर्दोष जनताहरु आतङ्ककारीको नाममा मारिने क्रम पनि जारी थियो । सोही क्रममा २०६० माघ २९ गते पोखरीचौरीकी १७ वर्षिया रिना रसाइलीलाई राती घरबाटै पक्राउ गरी घर नजिकै विहानीपख सुरक्षाकर्मीले गोली हानी हत्या गरे । आफ्नी दाइकी छोरीको हत्या भएको सुनेर माइती पुगेकी खरेलथोक-५ की देवी सुनारले घटनाबारे मानवअधिकारवादी र पत्रकारलाई बताइन् र तत्कालिन शाही नेपाली सेनाको नजरमा परिन देवी सुनार । केही दिनपछि सेनाले खरेलथोक-५ कि विमला बिकलाई पक्राउ गरी उनैको सूचनाको आधारमा देवीको खोजीमा सेना लागेको थियो । स्रोतका अनुसार पाँचखालस्थित युद्ध कार्य शान्ति तालिम केन्द्रका कार्यवाहक प्रमुख महासेनानी बबी खत्रीलाई बिमलाले भनेकी थिइन् "देवी सुनार माओवादी हो । उसलाई घरबाटै समाउन सकिन्छ ।" हो यही खबरले १५ वर्षिय बालिका मैना सुनारको पाशविक तरिकाले हत्या भयो । र अहिले यो हत्या प्रकरणले सिङ्गो नेपाली सेना विवादको घेरावन्दीमा परेको छ । महासेनानी बबी खत्रीले आदेश दिए "त्यो देवी सुनारलाई जसरी भए पनि पक्रेर ल्याउनु ।" सोही आदेशलाई पालना गर्दै तत्कालिन सहसेनानी निराजन वस्नेतको नेतृत्वमा सेनाको कोभर्ट टोली ५ फागुन २०६० मा खरेलथोक हिँड्यो । केन्द्रबाट आठ किलोमिटर टाढा रहेको सुनारको घरमा उक्त टोलीले देवीलाई भेटेन । अनी उठायो कक्षा ९ मा पढ्दै गरेकी १५ वर्षिया मैना सुनारलाई । आँखामा पट्टी लगाएर हात बाँधेर मैनालाई केन्द्र ल्यायो उक्त टोलीले । मैनालाई जब तालिम केन्द्र ल्यायो अनि सुरु भयो यातना दिने कार्य ।
अन्तर्राष्ट्रिय कानूनको उलङ्घन मानवअधिकारको हनन र युद्धको नियमसमेत पालना नगरी माओवादी भएको भन्दै मैनामाथि यातना दिन सुरु भयो । सेनाले गठन गरेको "कोर्ट अफ इन्क्वाइरी" को प्रतिवेदनमा समेत "उनीमाथि चरम यातना दिएको" उल्लेख छ । उक्त प्रतिवेदनका अनुसार महासेनानी खत्रीको नेतृत्वमा मैनालाई सुरुमा बाँधेर पिटियो । अनी बाल्टीमा पानी राखेर डुबाउँदै निकालिँदै गरियो । यतिमात्र यातना सहिनन् मैनाले । उनीमाथि पटक-पटक करेन्टका झट्काहरु लगाइए । एक घण्टाभन्दा बढी यातना दिइसकेपछि मैना बेहोस् भइन् र बिस्तारै मुखबाट फिँज काटेर त्यहीँ मृत्युवरण गरिन् ।
उता गाउँमा मैनालाई सेनाले लगेको खबर आगोसरी फैलिसकेको थियो । माइती गएकी देवी घर फर्केर आइन् । तीन दिनपछि तालिम केन्द्रमा गाउँको एक टोली पुग्यो । "हाम्री मैनालाई यहाँ ल्याइएको छ ।" टोलीको जिज्ञासामा महासनेनाी खत्री कड्किए "को मैना मैनाबारे हामीलाई केही पनि थाहा छैन । हामीले यहाँ ल्याएका छैनौँ ।" उनीहरुले मैनासँगै एक महिला यात्रुबस चढेर काठमाण्डौंतिर लागेको समेत बताएका थिए ।
न्यायको खोजी
आफ्नी छोरीलाई सेनाले बेपत्ता बनाएदेखि न्यायको खोजीमा भौँतारिइरहे आमा देवी र बाबु पूर्णबहादुर । तर अहिलेसम्म उनीहरुले न्याय पाएका छ्रैनन् । छोरीलाई न्याय दिलाउन धेरै जोर जुत्ता फटाइसकेका पूर्णबहादुरको सोही चिन्ताले केही समयअघि मृत्यु भइसकेको छ । उनले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । तर आमा देवी अहिले पनि छोरीको न्यायका लागि लागिरहेकी छिन् । उनको निरन्तरतामा कमी आएको छैन । हाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा काम गरिरहेकी देवी कामको सिलसिलामा डोटी पुगेकी छिन् । तर पनि उनको न्यायका लागि चलिरहेको कदम रोकिएको छैन । ९ बैशाख २०६१ मा काठमाण्डौंबाट प्रकाशित एक साप्ताहिकमा पाँचखालस्थित तालिम केन्द्रमा कार्यरत जवानहरुको नाममा पाठकपत्र छापिएको थियो जसमा मैनालाई ब्यारेकमा ल्याएर यातना दिइ मारिएको उल्लेख भएपछि सेनामाथि उनको अवस्था सार्वजनिक गर्न दवाव बढेको थियो र अन्ततः नेपाली सेना मैनालाई तालिम केन्द्रमा पुर् याएर मारिएको स्वीकार्न तयार भयो । तर सेनाले मैनाको शव कहाँ छ भन्नेसमेत जानकारी दिएन ।
हत्या भएको स्वीकार
सेनाले केही समयपछि मैना सुनारलाई ब्यारेकमा ल्याइएको र उनी भाग्न खोज्दा लडेर मृत्यु भएको समेत बताएको अधिकारकर्मी भोजराज तिम_िल्सनाले बताए । तर पछि १ चैत २०६१ मा सेनाको जङ्गी अड्डाले मैनाको हत्या गलत तरिकाले भएको स्वीकार्दै 'कोर्ट अफ इन्क्वायरी' गठन भइसकेको विज्ञप्ति प्रकाशित गरेपछि मैनाको परिवार उनको हत्या भइसकेको स्वीकार्न बाध्य भएको थियो । वैशाख २०६२ मा सेनाका तत्कालिन प्राड विभाग प्रमुख विएकुमार शर्माले सैनिक अदालत गठन भएको र मैना सुनारको हत्याका विषयमा अनुसन्धान भइसकेको बताए । सैनिक अदालतको 'बोर्ड अफ इन्क्वायरी' तत्कालिन उपरथी किरणशम्शेरजबराको अध्यक्षतामा गठन गरिएको थियो र २३ भदौ २०६२ मा फैसला गर् यो जुन पछि मात्र सार्वजनिक भएको थियो । हत्याको नियत नदेखिए पनि अनुसन्धान र मृत्युपछिको 'प्रकृति र प्रकि्रया' गलत भएको ठहर गर्दै सैनिक अदालतले महासेनानी बबी खत्री सहसेनानीद्वय सुनिल अधिकारी र अमित पुनलाई दोषी ठहर गरी ६ महिना कैद सजाय दिएको उल्लेख गर् यो । सैनिक अदालतले महासेनानी बबी खत्रीलाई २ वर्ष बढुवा रोक्का र ५० हजार जरिवाना तथा सहसेनानीहरु सुनिल अधिकारी र अमित पुनलाई १-१ वर्ष बढुवा रोक्का र २५ हजार रुपैयाँ जनही जरिवानाको फैसला समेत गरेको थियो । तर मैनाको परिवार सैनिक अदालतको फैसला स्वीकार्न तयार भएन । सुरुदेखि नै नागरिक अदालतबाट मैना हत्याकाण्डबारे कारवाही प्रकि्रया अगाडी बढाउन माग गर्दै मैनाकी आमा देवी सुनारले २७ कात्तिक २०६२ मा जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय काभ्रेमा मुद्दा दर्ता गरेकी थिइन् । मुद्दामा सैनिक अदालतको कारवाहीको सूचीमा नपरेका तात्कालिन सहसेनानी वस्नेतलाई पनि कारवाहीको माग गरिएको थियो । अनुसन्धानको क्रममा मैनाको शवलाई ९ चैत २०६३ मा पाँचखाल-६ स्थित बुट्यान नजिकैबाट उत्खनन् गरिएको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग र राष्ट्रिय मानवअधिकार आयोगको प्राविधिक सहयोगमा शवको उत्खनन् गरेको थियो ।

एमाले मकवानपुरमा विवाद दुई नेता निलम्बनमा


जनवाद संवाददाता
नेकपा (एमाले) जिल्ला कमिटी मकवानपुरले यसै साता मकवानपुर एमालेका दुई हस्ती श्रीधर पोखरेल एवम् बद्री लम्साललाई पार्टीबाट छ महिनाको लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।
एमालेभित्र विगत लामो समयदेखि देखिँदै आएको राजनैतिक खिचातानीले अन्ततः केन्द्रमा मात्र नभई जिल्ला-जिल्लामा पनि गुटबन्दी र कारवाहीको रुप लिएको छ । एमाले जिल्ला कमिटि मकवानपुरले केही महिना यता बद्री लम्साल र श्रीधर पोखरेललाई कारवाही गर्ने चेतावनी दिँदै आएको थियो । पार्टी जिल्ला सभापति रामेश्वर रानाको गुटले अन्ततः कारवाही गरेरै छाड्यो उनीहरुलाई । केन्द्रीय स्तरमा मात्र नभई हरेक जिल्ला-जिल्लामा एमालेभित्रका दुई खेमाविच सँधै टकराव हुने गरेको छ । एमाले फुटेर फेरी जुटेको पार्टी हो । जति फुट र गुटको विचमा देखावटी सहमति भए पनि एमालेभित्र जुङ्गाको लडाईं चलिरहन्छ । तर यो लडाईंले कार्यकर्ता चेपुवामा पर्ने गर्छन् । नेताहरु आफुमै बाझिने गर्दछन् यस्ता नेताबाट कार्यकर्ताले के आश गर्ने श्रीधर पोखरेल र बद्री लम्साललाई पार्टीले निश्कासन गरेपछि मकवापनुरका एमाले शुभचिन्तकहरु घरको न घाटको भएका छन् । हरेक विषयमा सहमती र सहकार्यको विचार प्रस्तुत गर्ने एमालेले किन यस विषयमा सहमती र सहकार्य गर्न जानेन संविधानसभा निेर्वाचनमा मकवानपुर जिल्ला क्षँेत्र नं। १ का उमेद्वार एवम् पार्टीका प्रभावशाली नेता बद्री लम्साललाई पार्टीबाट ६ महिनाको लागि निलम्बन गरेको बारेमा जिज्ञासा राख्दा लम्साल भन्नुहुन्छ "खासै मैले पार्टी हित विपरित विधान विपरित केही गलत काम गरे जस्तो लाग्दैन तर पनि पाटीले कारवाही गर् यो भन्ने सुनेको छु । के हिसाबले कुन नियतले कारवाही गर् यो आफू स्वयम्लाई थाहा छैन ।" लम्साल भन्नुहुन्छ "यो पार्टीभित्रका केही खराब तत्त्वको चलखेल हो । यसले हामीलाई केही असर पर्दैन ।" "तपाईंले त एमालेभित्र रहेर माओवादीको काम गर्नुभयो रे कतै त्यही भएर कारवाही गरेका त हैनन्" भन्ने हाम्रो प्रश्नमा लम्साल भन्नुहुन्छ "राष्ट्रिय राजनीतिमा सहमती र सहकार्य गरेर जानुपर्दछ । वामपन्थी विचार भएकाहरुलाई सँगै लिएर जानुपर्दछ र जनतालाई विश्वासको वातावरण सिर्जना गर्नु पर्दछ भन्दा यदि माओवादीलाई सहयोग गर् यो भनेर कारवाही गर्दछन् भने यसको सुनुवाई जनता स्वयम्ले गर्दछन् ।"
अहिले एमालेभित्रका केही तत्त्वहरु बुटवल महाधिवेसनले पारित गरेको विधान विपरित चलिरहेका छन् । यसकै एउटा अंश हो हामी यो कारवाहीको विषयलाई आन्तरिक विषयको रुपमा छलफल गरी केन्द्रीय अनुशासन विभाग जाने बताउनु हुने लम्सालको एकिकृत नेकपा माओवादी प्रवेश गर्ने मनशाय नरहेको बताउनु भयो । के एमालेले यो कारवाही फिर्ता लिन्छ त यदी कारवाही फिर्ता नलिए के गर्दछन् बदि्र लम्साल एमालेभित्र बद्री लम्सालको हैसियत के हो आम जनताको चासोको विषय बनेको छ यतिबेला । एमाले जिल्ला कमिटिले बदि्र लम्साललाई मात्र नभई मकवानपुर एमालेका बामपन्थी धरोहर एवम् पार्टीका प्रभावशाली नेता श्रीधर पोखरेल माथि पनि छ महिने निलम्बनको बिल्ला भिराइदियो । यसै सेरोफेरोमा रहेर श्रीधर पोखरेलल जनवाद साप्ताहिकलाई संक्षिप्त प्रतिकि्रया दिँदै भन्नुभयो "अलग विचारबाट एकलौटी पार्टी चलाउन खोज्ने तत्त्वहरुले यो कारवाही गरेका हुन् । यसले हामीलाई कुनै असर गर्देन । यस विषयमा हामीले पार्टीमा कुरा राख्नेछौँ । यो एउटा निश्चित घेरामा पार्टीलाई साचालन गर्ने एवम् आफ्नो स्वार्थपूर्ति गर्न खोज्नेहरुको अभियान हो । यो अभियानले सिङ्गो पार्टीलाई नै बदनाम गराउने छ । हामी सामूहिक रुपमा यि तत्त्वहरुलाई पाखा लगाउने छौँ ।"
निश्कासनलाई अनौठो नमान्ने पोखरेल भन्नुहुन्छ "कारवाहीका विल्ला भिराउनेहरु जुन नियतवसले आएका थिए त्यही गरे । पदको दुरुपयोग गरेका हुन् । अहम्ताको खोल ओढेर पदको दुरुपयोग गर्नेलाई कार्यकर्ताले बाँकी राख्दैन । पार्टीको नीति बाहिर बसी विधान विपरित काम गरी पार्टीलाई निश्चित स्वार्थमा चलाउनेहरुको खेल हो ।" माओवादी प्रवेश सम्बन्धि जिज्ञासा राख्दा उहाँ भन्नुहुन्छ "हामीले माओवादीलाई सहयोग गर्न खोजेका पनि होइनौँ र एमालेलाई पाखा लगाउन खोजेका पनि होइनौँ । हामीले एमालेलाई कम्युनिष्ट पार्टी बनाउन खोजेका थियौँ तर एमाले कम्युनिष्ट भएको हेर्न नचाहनेहरुले हामीलाई माओवादी प्रवेश गर्दै छ भन्ने हल्ला चलाए । हामीले पटक-पटक भनेका छौँ मुलुकको सम्पूर्ण कार्यदिशा बामपन्थीहरुले मात्र हेर्न सक्छ भनेर सबै वाम पार्टीलाई एकैसाथ लैजाऔँ भन्दा हामीलाई माओवादी भयो भन्छन् भने हाम्रो कुनै आपत्ती छैन । हामी वामपन्थिको कार्यगत एकता चाहन्छौँ । वामपन्थीको एकताको कुरा चलाउँदा कारवाही गरिन्छ भने त हामीले भन्नु त केही छैन ।" वहाँले भन्नुभयो "हामी कार्यकर्ताको विचमा जान्छौँ हाम्रा भनाइहरु राख्छौँ त्यसपछि कार्यकर्ताले नै भन्ने छन् यो कारवाही कत्तिको जाहेज या नाजाहेज ।
"एमाओवादी पार्टी प्रवेश गर्दै हुनुहुन्छ नी" भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ "हामी एमाले छाडेर माओवादीमा गइदियोस् भनेर पार्टीभित्रका केही साथीहरुले जुन सपना देख्नु भएको छ त्यो सपनामा मात्र सिमित छ ।" उहाँले पार्टी प्रवेशलाई बिरालोको उखानमा यसरी प्रस्तुत गर्नुभयो, "बिरालोले यो घरका सबै मान्छे मरे भने म अगेनाको तातोमा बस्ने थिएँ । सबै मरेपछि अगेना कसले तताईदिन्छ थाहा हुँदैन नि । एमालेका साथीहरुलाई पनि यही भएको हो ।" यो कारवाहीलाई छलफल गरेर निश्कर्षमा पुग्ने बताउनु हुने पोखरेलले एमालेभित्रका केही साथीहरुले एमालेलाई पेवा बनाउन खोजेको आरोप लगाउनु भयो ।

सम्पादकिय

निकास कहिले त ?
नेपाली राजनीतिमा पटक-पटक सङ्कट आइपरिरहन्छ । ठूला भनाउँदा राजनीतिक दल र तिनका शीर्ष नेताहरु नेपाली जनतालाई भेंडाबाख्रा सम्झी चराउने कार्य जारी राख्छन् । के नेपाली जनता साँच्चै ति नेताहरुले सोँचे जस्तै हुन् त होइन भने पटक-पटक नेपाली जनतालाई गुमराहमा राख्ने र आफ्नो स्वार्थ अनुकुल परिचालित गर्ने गरिन्छ । नेपाली जनताको अदम्य साहस एवम् रक्तपातपूर्ण संघर्षबाट आएको संविधान निर्माण प्रकि्रयालाई किन ओझेल पारिन खोजिँदै छ समय सिमाभित्र संविधान निर्माण गर्न नसक्ने यि हुत्तिहाराहरुले संसद भवनबाट संविधान निर्माण विधेयकलाई पास गरेका हुन् । नेपाली जनतालाई संविधान के साँढेको फल मात्र हो त होइन भने ख्वै नयाँ संविधान कहिले बन्छ नयाँ संविधान के साँच्चै २०४७ को संविधानलाई नै पुनरागमन गराउने षड्यन्त्र गरिराखेका त छैनन् २०६७ जेष्ठ १४ मा संविधान जनताको माझ पुग्नुपर्ने थियो । तर ठूला दलका नेताहरुको सहमतीमा एक वर्षको समयावधी थप गरी राज्यको ढुकुटीबाट भत्ता पचाउन गरिएको यो खेलले पनि सभासदको एक महिनाको भत्ता वितरण गरिसकेको छ । तर संविधानको 'स' भन्ने अक्षरले अझै स्थान पाएन । राजनीतिक दलका नेताहरु कुसर्ी मोहमा भौँतारिरहे तर समस्याको समाधान हुन सकेन । नेपाली जनताले सभासदलाई भत्ता पचाउन र कुसर्ी मोहमा दौडिन िसंहदरबार छिराएका होइनन् । आम नागरिकलाई सुहाउँदो संविधान निर्माण गर्न पठाएका हुन् । तर के निकास उही सरकार र कुसर्ी मात्र हो होइन भने कहिले बन्छ संविधान नेपालमा विधिको शासन कहिलेबाट हुन्छ एक पक्ष सरकार छाड्न गोहीले आँशु बगाए झैँ गर्दछ । अर्को पक्ष सरकार नपाए काम गर्न नदिने धमास छाड्छ । के यि दुई ढुङ्गाविचको तरुलमै सिमित रहेर बाँच्नु नै आम नेपाली जनताको भाग्य हो । नेताहरुलाई भत्ता नै प्यारो हो भने अब बाँकी एघार महिनाको भत्ता लिई आफ्नो दुनो सोझ्याउने तिर लागे बेस हुन्थ्यो की !

कम्युनिष्टहरुका दुईथरी कार्यदिशा


इन्द्र ब. परियार 'नयन'
हामी कम्युनिष्ट हुनुको नाताले सामान्य सुधारको लक्ष्य मात्र लिएका हुँदैनौ । िसिङ्गो राष्ट्र र विश्वलाई नै हराभरा बनाउने आमूल परिवर्तनको लक्ष्य लिएका हुन्छौँ । त्यो लक्ष्यसम्म पुग्नलाई थुप्रै खुड्किलाहरु चढ्नुपर्ने हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनले २००६ सालदेखि आमूल परिवर्तनको लक्ष्यसम्म पुग्न आफ्नो यात्रा आरम्भ गर् यो । जसले १०४ वर्षे जहानियाँ राणाशासनको पहिलो खुड्किला ३० वर्षे निरंकुश पाचायती व्यवस्थाको दोस्रो खुड्किलो र १२/१५ वर्षे बहुदलिय व्यवस्थाको तेस्रो खुड्किलो पार गर्दे लोकतान्त्रिक गणतन्त्रको चौँथो खुड्किलोसम्म आइपुगेको छ । यहाँसम्म आइपुग्दा राणा शासक पाचायती शासक र बहुदलिय शासकवर्गसँग लड्दै र पराजित गर्दै आउँदा आमूल परिवर्तन तथा रणनैतिक लक्ष्यतिर अगाडी बढ्नुको सट्टा नेपालका कम्युनिष्ट घटकहरु अग्रगामी नभई यथास्थितिवादी तथा पश्चगामी बन्न पुगेका छन् र अधिकांश कम्युनिष्ट पार्टीहरुमध्ये कोही विदेशी दलाल कोही दरबारिया कम्युनिष्ट र कोही कम्युनिष्ट भुरे टाकुरे बनेका छन् । ति पार्टीहरु एमाले एमबी मशाल नेमकिपा माले लगायतका हुन् । यिनीहरुले तेस्रो खुड्किलोसम्म आउँदा रणनैतिक लक्ष्य नयाँ जनवादी क्रान्ती समाजवादी क्रान्ती र साम्यवादी क्रान्तीको लक्ष्यलाई आफ्नो पोल्टाबाट झिकेर साम्राज्यवादी मालिक विस्तारवादी मालिक र सामन्तवादी मालिकलाई भेटी चढाइसकेका छन् जसको कारण नेपालमा नयाँ जनवादी क्रान्तीको लक्ष्य अधुरै रहन गयो ।
तैपनि "जहाँ इच्छा त्यहाँ उपाय" भनेझैँ माओवादी पार्टीले जनवादी क्रान्तीको अभिष्टलाई पूरा गर्नको लागि दश वर्षे जनयुद्ध समेत गर् यो जसको बलमा जनआन्दोलन पनि भयो र तेस्रो खुड्किलो अर्थात् बहुदलिय व्यवस्था भत्कायो र चौँथोमा प्रवेश गर् यो । तर विडम्बना संसदिय कम्युनिष्टहरु पछाडी परिसकेको र भत्किसकेको बहुदलिय व्यवस्थालाई लोकतान्त्रिक गणतन्त्रकको जामा पहिराएर मर्मत गर्न चाहन्छन् भने एनेकपा माओवादी जनताको संघिय गणतन्त्रको राजनीतिक कार्यदिशाबाट अग्रगमनतिर अगाडी बढ्न चाहन्छ । यसरी संसदिय कम्युनिष्टहरुको राजनीतिक कार्यदिशा संसदिय लोकतान्त्रिक गणतन्त्र बनेको छ भने एनेकपा माओवादी को कार्यदिशा जनताको संघिय गणतन्त्र बनेको छ । ति दुई विपरित कार्यदिशामा मुलुक धुर्विकृत भईरहेको छ र एकले अर्कोलाई आ-आफ्नो कार्यदिशामा आत्मसर्मपण वा रुपान्तरण गर्ने/गराउने होड चलिरहेको छ । यि दुई कार्यदिशाको बारेमा चर्चा गर्नुपर्दा संसदिय लोकतान्त्रिक गणतन्त्रको कार्यदिशामा भारतिय विस्तारवादले बास गरेको छ । जुन कार्यदिशाले विदेशी हस्तक्षेपको खुलेर विरोध गर्दैन बरु दलाली गर्छ स्वाधिनता चाहँदैन बरु राष्ट्रघात गर्छ स्वाभिमान चाहँदैन बरु कठपुतली बन्छ जनताको शासन व्यवस्था चाहँदैन बरु नोकरशाही दलाल पूँजिपती र सामन्ती व्यवस्था बचाउन चाहन्छ । यस्तो चरित्र भएको कार्यदिशाले के नेपालमा स्वाधिन र सार्वभौम संविधान निर्माण हुन सक्छ यही कार्यदिशामा संसदिय कम्युनिष्टहरु माओवादी पार्टीलाई आत्मसमर्पण गराउन चाहन्छन् । इतिहासदेखि आफुले श्रमिकवर्गप्रति गरेको कुठाराघातलाई पुनः माओवादी मार्फत कुठाराघात गराएर आफ्नो जघन्य अपराधहरुलाई ढाकछोप गर्न चाहन्छन् । तर माओवादी पार्टी देश र जनताप्रति समर्पित छ र राष्ट्रका समस्याहरुदेखि चिन्तित छ । दुश्मनका षड्यन्त्रदेखि सचेत र सतर्क पनि छ । यो देशलाई भारतिय पाजाबाट कसरी मुक्त गर्न सकिन्छ यो देशका जनतालाई सामन्त दलाल पूँजिपति वर्गको हैकमबाट कसरी छुटकारा दिलाउन सकिन्छ भनेर चिन्तन मनन् गरिरहेको छ । यसै सिलसिलामा तय गरिएको कार्यदिशा जनताको संघिय गणतन्त्र हो । यसको बारेमा चर्चा गर्नुपर्दा यसमा किसान मजदुरवर्गको सुनौलो भविष्य सुनिश्चित छ । उत्पिडित वर्ग उत्पिडित जाति उत्पिडित क्षेत्र र उत्पिडित लिङ्गको मुक्ती गाँसिएको छ । यो कार्यदिशामा आत्मनिर्णयको अधिकार सहित स्वशासनको अधिकार अन्तर्निहित छ । उत्पिडित समुदायको लागि विशेष अधिकार सङ्ग्रहित छ । राष्ट्रिय स्वाभिमानलाई पहिलो प्राथमिकतामा राखेको छ । यही कार्यदिशा मार्फत इतिहासदेखि राष्ट्र र जनताप्रति उत्तरदायी बन्न नसकेका पार्टी र नेताहरुलाई राष्ट्र र जनताप्रति उत्तरदायी बन्न रुपान्तरणको मार्ग खुल्ला गरेको छ । तसर्थ जनताको संघिय गणतन्त्रको कार्यदिशा जनवादी राष्ट्रवादी वामपन्थी संघिय आदि जनपक्षिय शक्तिहरुको धारिलो औजार बनेको छ । यही औजार मार्फत जनताको संघिय गणतान्त्रिक व्यवस्थाको ग्यारेन्टिको लागि पुनः माओवादी संयुक्त मोर्चा निर्माण गरेर सडक सदन र सरकारको तीनवटै मोर्चाबाट निर्णायक संघर्ष गर्ने मनस्थितीमा पुगेको साचार माध्यमबाट सार्वजनिक भइसकेको छ । माओवादी पार्टी देशकै जिम्मेवार पार्टी भएकोले यतिबेला देश र जनताको विषयलाई लिएर गम्भिर बहसमा जुटेको छ । जति जति बेला एनेकपा माओवादी राष्ट्रिय सवाललाई लिएर बैठक बस्ने गर्छ त्यती त्यती बेला विश्व र मुलुककै ध्यान आकृष्ठ हुन्छ । यसपालीको एघार दिने पिवि बैठकभरी पनि यस्तै भयो । माओवादी पार्टीले ऐतिहासिक निर्णय के गर्ला र त्यसको दुरगामी महत्त्व के रहला भनेर चासो दिइरहेको बेलामा हामी सबैलाई पत्रकार सम्मेलन मार्फत उचित जवाफ दिइसकेको छ । राष्ट्रमा समस्या आउँदा देशका जनतालाई गुहार्ने र पार्टीभित्र समस्या आउँदा कार्यकर्तालाई गुहार्ने विशेष निर्णयहरु ऐतिहासिक र दुरगामी नै हुन्छन् । अहिले माओवादी पार्टीभित्र प्रधानअन्तरविरोध के लाई मान्ने भन्ने विषयमा छलफल चलिरहेको छ र यतीबेला प्रधानअन्तरविरोध टुङ्ग्याउन जरुरी पनि छ । तर पिवि बैठकसम्म आउँदा त्यसले मुर्तता पाउन सकेन र यो विस्तारित बैठकले टुङ्गोमा पुर् याउने निर्णय गरेको छ । त्यसैले प्रधानअन्तरविरोध टुङ्ग्याउने विषय आम कार्यकर्ताको सवाल र राष्ट्रकै सवाल बन्न गएको छ । यसको बारेमा अब कार्यकर्ता स्वयम्ले
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन वर्ग विश्लेषण र प्रधानअन्तरविरोध वस्तुगत र आत्मगत अवस्था यि सबै बारेमा सही निश्कर्ष निकाल्नु जरुरी छ र जनताबाट सल्लाह सुझाव लिनु जरुरी छ ।
अहिले बजारमा सेना समायोजन बारे भ्रमात्मक हल्लाहरु फैलाइएका छन् । यो शान्ति प्रकि्रयासँग जोडिएको विषय भएकोले सबैभन्दा चासो र जनसरोकारको विषय बन्न पुगेको छ । जनता फेरी युद्ध चाहँदैनन् पूर्ण शान्ति चाहन्छन् । पूर्ण शान्तिको लागि वृहत् शान्ति सम्झौता पनि भएको छ र अनमिनले प्रमाणित गरेका योग्य जनसेनालाई राष्ट्रिय सेनामा समायोजन गर्ने दस्तावेज पनि बनेको छ । योग्य सेना भनेका उन्नाइस हजार जनसेना हुन् । यदि ति योग्य छैन भनिन्छ भने अनमिनलाई किन प्रमाणिकरण गर्न लगाइयो यदि सेना समायोजन नगर्ने हो भने राज्यको अलग्गै फोस्रको रुपमा स्थापना गर्नुपर्ने माओवादी निर्णय पनि स्थायी शान्ति स्थापना गर्ने उद्देश्य भएकोले वस्तुवादी नै छ ।
सबैभन्दा ठूलो दलको नाताले राष्ट्रिय संयुक्त सरकारको दाबी गर्नु यो पनि मनासिब निर्णय नै हो । इतिहासमै सबैभन्दा बढी भारतिय विस्तारवादको अनावश्यक हस्तक्षेप नेपालमा बढिरहेकोले देशभक्तहरुलाई सह्य हुने कुरै भएन । तसर्थ केन्द्रदेखि स्थानीय तहसम्म राष्ट्रिय स्वाधिनताको पक्षमा संयुक्त मोर्चा बनाउने निर्णय पनि दुरगामी महत्त्वकै छन् । अझ युगान्तकारी निर्णय आउनकै लागि माओवादी पार्टीको विस्तारित बैठकको प्रतिक्षा गर्नुपर्ने भएको छ । त्यतीबेलासम्म सबैले आफ्नो तहबाट सल्लाह सुझाव दिँदै जाऔँ र राष्ट्रियताको आन्दोलनमा सहभागी बनौँ ।

घुँडा टेकेर 'अग्लो' हुनेहरु


शोभित नेपाल्, काठ्माण्डौं
पुराना पार्टी र तिनका नेताहरु मन्दिरमा प्रार्थना गरेजसरी घुँडा टेक्छन् अनि आफुहरु अग्लो भएको भ्रम पाल्छन् । अग्रगमन रोक्नको लागि उनीहरुको पहुँच पर्याप्त छैन । त्यसैले ुजदौु भन्दै चाकरीमामा दौडिन सिपालु छन् । सार्वभौम देशका जनता स्वतन्त्र भएको देख्न चाँहदैनन् । तिनीहरु खप्पीस छन् विदेशी आदेशमा स्वदेशी मूल्य र मान्यताको उपहास गर्न । विदेशीको चाकरीमा रमाएका नेताहरु पैसामा बिकेर अर्काको अनुकूलतामा नाच्ने खेल नेपालका लागि नौलो होइन । पाएको जनादेश लत्याएरै पनि विदेशी तालमा नाच्ने थिति पुरानै हो । जनमत गुमेपछि मालिकको सेवामा घुँडा टेक्नु अनि उसकै आशीर्वाद र कृपाले अग्लो भएको महसुश गर्नु पुराना पार्टीहरुको नियति बनॆको छ । संविधानसभाको निर्वाचनमा अनपेक्षित धक्का खाए संसदीय पार्टीहरुले । उनीहरुका नारा र प्रतिबद्धताहरु पुरानै ढर्राको थिए । हुन त राणाशासनको अन्त्यदेखि नै ुनयाँ बोतलमा पुरानो रक्सीु जसरी शासन चलाउँदै हुन् उनीहरुले । ुनानीदेखिको बानीु उनीहरुको चुनावी नारा अग्रगामी र जनभावना समेट्ने खालको भन्दा पनि आफ्नै स्वार्थकेन्द्रित बने । फलस्वरुप चुनावी नतिजा शतप्रतिशत उल्टो आयो उनीहरुको गणितभन्दा । त्यसैले चुनावी परिणाम आएको भोलिपल्टदेखि उनीहरु सहाराको खोजीमा लागे । चुनावी नतिजाबाट पाठ सिक्नुको साटो संविधानसभा विरुद्ध नै प्रतिशोध पाल्ने काम भयो । जनताले दिएको दलीय आकार स्वीकार्नुभन्दा नीच काम गर्नेतिर उद्धत उनीहरु बने । देशको सार्वभौम अस्तित्व संकटमा पारेरै भएपनि विदेशी गुहार्ने काम गरियो । बोली र व्यावहारले देशको सरकार र मन्त्रीमण्डल नै विदेशी भारतीय प्रवक्ता जस्तो देखियो । अर्कोतिर माओवादीले सरकार छोडेपछि र सेनाको बैशाखी टेकेर सरकार बनेको देखाईएपनि भारतीय गुरुयोजनामा बनाईएको प्रमाणित भइसकेको छ । यसरी जनमत र जनादेश रोक्ने दुष्प्रयासमा उनीहरुले सार्वभौमिकता माथि नै धावा बोले । यहाँसम्म कि भारतीय विमानहरुले स्वतन्त्र रुपमा नेपाली आकाशमाथि फन्को मार्न थाले । त्यस विषयमा समेत सरकार मौन बस्यो । सीमाक्षेत्रबाट नेपालीहरु लखेटिएको समेत ुथाहा भएनु परराष्ट्रमन्त्रीलाई । चुनावमा हारेका जनपराजितहरुले सहाराको खोजी गर्ने क्रममा उही पुरानो र अंग्रेजकालदेखिकै ुअसल छिमेकीु लाई रोजेका हुन् । तिनै छिमेकीको कृपा र आशीर्वादले सत्ताको पगरी गुथे । सत्तारोहणपछि त उनीहरु झनै उन्मत्त भए । जनमत र जनादेशको कुनै ख्याल भएन । सरकारमा गएर असल र जनहितका काम गरेर गुमेको जनमत परिपूर्ति गर्नेमा भन्दा ुउपासनाु मा सरकार टिकाउने काम गरिरहे । जङ्गबहादुर ले अंग्रेजको सेवा गरेबापत बाँके बर्दिया कैलाली र काचनपुर चारवटा जिल्ला फिर्ता ल्याएका थिए भने अहिलेका संसदीय पार्टीहरुको भारतभक्तिको फलस्वरुप गुमेको कुसर्ी थमाईयो । हो कुसर्ीको उन्मादमा भोजहरु बाक्लिए अनि त्यही बेलुन फुकाईमा उनीहरु फुकिरहे । सत्ताका लागि उनीहरु भारतीय उपासक बने । तैपनि पिसाबको न्यानोमा झैं आनन्द मानिरहेका छन् अग्लो भएकोमा । देशको सार्वभौमसत्तामा त उनीहरुले धावा बोले नै अग्लो हुनाका लागि आफ्नै मूल्य र मान्यता पनि क्रमशः च्यात्न थाले । मान्दै आएको थीति र पाल्दै आएको थीति पनि कुल्चिने काम गरियो । न्यायप्रणाली र न्यायालयको निकै बखान गर्नेहरुले सर्वोच्च अदालतका विभिन्न आदेशहरु सोझै ईन्कार गरिरहे । प्रशासनिक नीतिनियमको पनि धज्जी उडाइयो । कर्मचारीहरुलाई आदेश र सम्मान गरेर काम लगाउने तरिका बिसर्िइयो र चुटेर थर्काउने काम मौलायो । यो प्रशासनिक मर्यादाको उलंघन हो । संसदलाई बहस र छलफलको सर्वोत्तम थलो मान्नेहरुले प्रतिपक्ष र उसका आवाजलाई निषेध गर्न खोजेको देखियो । यी र यस्ता कि्रयाकलापहरु अरु केही नभएर घुँडा टेकेर अग्लो भएकाहरुको अयोग्यताको प्रतिफल हो । प्रतिपक्षको असहयोगका बाबजुद सरकार शतप्रतिशत सफल भएको उनीहरुको मपाँईत्व छ । सरकार सफल नभएको र ईतिहासकै सबैभन्दा कमजोर भएको कुरा नेपालको सबै क्षेत्र र संसारले देखेको छ । तैपनि उनीहरु आफु सफल भएको भन्दै भ्यागुतो फुलाई गरिरहेका छन् । विभिन्न नाममा खुलेका पार्टीहरुको उदेश्य जनहित र राष्ट्रहित भन्दा पनि व्यक्तिगत र पार्टीगत स्वार्थमा अडेको देखियो । देशको नयाँ सामाजिक आर्थिक र भौगोलिक संरचना आदिका विषयमा सबै पार्टीका आ-आफ्नै मान्यता र नीतिहरु देखिन्छन् । तर अग्रगमन रोक्नका लागि र अग्रगामी शक्तिहरुलाई निस्तेज पार्नका लागि गरिएको षड्यन्त्रमा विदेशी दबाबमा सबैका नारा र नीति थाती बसाईए । एउटै विदेशी आदेश र दबाबमा नीति र मान्यताका हिसाबले दशतिर फर्किएका दलहरु एकै ठाउँमा बसे सरकार बन्यो अनि शुरु भयो शान्ति-प्रकि्रयालाई बिथोल्ने काम । यसरी संसदीय दलहरुले आफ्नो दलीय मूल्य र मान्यता पनि बचाउन सकेनन् विदेशी दबाबमा घुँडा टेके ।
अर्को भनेको अपराधका सामू घुँडा टेकाइ हो । सरकार साचालन भएकै दिनदेखि अपराधका सामू घुँडा टेक्ने काम भयो । राजधानीमै प्रतिष्ठित र वरिष्ट मानिसहरुको हत्या भयो अपहरण र फिरौतीका धन्दा ह्वात्तै बढ्यो । अरुको त के कुरा सीडीओ कुट्ने मन्त्रीलाई कारवाही हुन सकेन । सरकारका प्रधानमन्त्री अपराधी मन्त्रीसामू निरीह बने अपराधी मन्त्री भने झन् उन्मत्त भईन् । कता कता यस्तो लाग्थ्यो उनलाई अपराध गरेकोमा पश्चाताप् होइन गौरव लागेको छ । मन्त्रीहरुबाटै त्यस्ता खालका अपराधका घटनाहरु निकै भए तर उनीहरुलाई अंकुश लगाउने काम गरिएन मतलब दलहरुलाई सरकार टिकाउनु थियो । त्यसका लागि सरकारले उनीहरुका अपराधसामू घुँडा टेक्यो र अपराधलाई संरक्षण गर्ने काम गरिरह्यो । देशमा अपराधका घटनामा मन्त्रीहरुले घुस लिएर अपराधी छुटाएको समेत आरोप लाग्यो ।
वास्तवमा अहिलेका सत्ताधारी तथा संसदवादी दलहरुमा ठूलो भ्रम रहेछ । मानिसहरु पाजाले टेकेर अग्लो हुने गर्छन् र त्यही मान्यता राख्छन् । तर उल्टो नेपालका संसदवादी दलहरुले घुँडा टेके अनि आपुू अग्लो भएको महसुश गरे । सरकार बनाउनका लागि उनीहरुले विदेशी शक्तिसामू घुँडा टेके अनि टिकाउनका लागि अपराधसामू । विदेशी दबाबकै कारण आफ्नै पार्टीगत नारा उदेश्य मूल्य र मान्यताका विरुद्ध पनि घुँडा टेके । वर्तमान सरकारको यो हविगतबाट बुझ्नुपर्ने के छ भने घुँडा टेकेर कोही पनि ठूलो हुँदैन त्यो त क्षणिक आत्मरित मात्र हो ।

शुद्धिकरण सहितको वाम एकता आजको आवश्यकता

संविधान सभाबाट नयाँ संविधान कोर्न नेपाली जनताको सदियौं देखिको चाहना र त्यसको परिणाम जन्म लिएको संविधान सभामा करिब दुई तिहाई कम्युनिष्ट बर्चश्व रहे पनि त्यो बर्चश्व कम्युनिष्ट आन्दोलनको सदाबहार रोग टुट र फुट अनि स्र्वार्थको राजनीतिले फलदायी हुन सकिरहेको छैन । कम्युनिष्ट आन्दोलनमा देखा परिरहने दक्षिणपन्थी यथास्थितिवाद र उग्रवामपन्थी अधिनायकवाद कम्युनिष्ट आन्दोलनको असफलताका कारक बन्न पुगेका छन् । आफ्नो प्रगति भन्दा अरुको दुर्गतिमा रमाउने प्रवृत्ति कम्युनिष्ट आन्दोलनका लागि आत्मघाती बनिरहेको कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । त्यसैले संविधान सभामा सार्थक र तात्विक भूमिका खेल्न तथा कम्युनिष्ट आन्दोलन सफल बनाउन वामपन्थी एकता आजको आवश्यकता बनेको छ ।
अहिले नेपालको परिवेश केलाउने हो भने कम्युनिष्ट आन्दोलन दक्षिणपन्थी यथास्थितिबादबाट पटक-पटक
घेराबन्दीमा परेको छ । यसका केही व्यवहारीक पक्ष र ना¨ा उदाहरणहरु कसैको सामू छिपेका छैनन् । आफूलाई एउटा कम्युनिष्ट पार्टीको वरिष्ठ नेता भन्न रुचाउने मान्छे मन्त्री पाउँदा प्रतिगमन आधा सच्चिन्छ प्रधानमन्त्री पाउँदा असंवैधानिक कदम पनि संवैधानिक हुन्छ भन्ने मान्यताका साथ सरकारमा िसंहासन छन् । सर्वहारा-श्रमजीवि किसान उत्पीडित सुकुम्बासीहरुको घर आँगनबाट जन्म लिएको कम्युनिष्ट पार्टी र त्यसको झण्डा मुनि बसेर सुकुम्बासीहरुमाथि गोली बर्षाउने खेतीमा लागेका छन् । सर्वहारा नेता सरकारमा अड्डा जमाएर बसेका छन् तर उग्रवादको विकल्प दक्षिणपन्थी अनि कम्युनिष्ट अतिवादको विकल्प सैनिक अतिवाद देख्दै गाउँगाउँबाट शान्तिपूर्ण आन्दोलनमा आएका चप्पले झुत्रे-झाम्रे ख्याउटे र किसानहरुलाई गोली ठोक्न सेना परिचालनको ध्वांश दिन्छन् । एउटा सर्वहारा पार्टीको विरुद्ध तिनै सर्वहारा मुर्दावादको नारा घन्काउँदै सडकमा ओर्लिंदा कुनै संकोच छैन मात्र चिन्ता छ सत्ता र भत्ताको । कम्युनिष्ट पार्टीको वरिष्ठ नेता प्रधानमन्त्री गृहमन्त्री अर्थमन्त्री छन् तर हातमुख जोर्न चामल माग्न गएका जनता लाठी पाउँछन् खेती गर्न मल माग्न गएका जनतालाई उल्टो ढाड जोगाउन धौ धौ पर्छ बस्ने आवास माग्न गएका जनता मृत्युवरणको सामना गर्छ । यही हो कम्युनिष्टपन यहि हो क्रान्तिकारिता जन आन्दोलनका दोषीलाई पुरस्कार दिनु गणतन्त्रको संस्थागत विकासमा वरदान साबित हुन्छ कि अभिशाप
सरकार बनाउन देखी जोगाउन सम्म करोडौंको लगानी गर्न राज्यकोषको दुरुपयोग गर्ने अनि ब्रम्हलुट मच्याउनेहरुले जंगलका जडिबुटीको संरक्षणको निहुँ बनाउँदै आवासको खोजीमा जंगल पुगेकालाई गोली वर्षाउने कार्य न्यायोचित हुन सक्दैन । यदि यो सरकार जंगल सुरक्षा प्रति प्रतिबद्ध छ भने वन मन्त्री नै जंगल फडानी गर्दै िहंड्दा किन चुप लागेको छ प्राकृतिक स्रोत र साधनको संरक्षणमा जिम्मेवार छ भने सरकारका मन्त्री नै चुरे भावर किन दिनका दिन मास्ने धन्दामा लागेका छन् त्यसैले डुंडेझारी नरसंहारमा जसरी सरकारले ुँसम्पत्तिको संरक्षणु भन्ने कृत्रिम शब्द ओकलेको थियो त्यो केवल हात्तिको देखाउने दाँत मात्र थियो भन्ने कुरा यही सरकारले प्रमाणित गरेको छ ।
यति मात्र होइन कम्युनिष्ट जसले नैतिकता गुमायो सत्ताको लागि जे गर्नपनि तयार भयो राष्ट्रलाई धरौटी राखेर सत्ता जोगाउने धन्दामा लाग्यो दक्षिणपन्थीसंग साँठगाँठ गर्दै वामपन्थीलाई मास्न उद्दत देखियो त्यो कम्युनिष्ट आन्दोलनको वाधक हो । पासपोर्टकाण्डमा घुंडा टेकेको सरकारले नैतिकताको आधारमा राजीनामा दिनु पथ्र्यो तर दायाँ बायाँ सूजाता र गच्छादारसहितको बहुमत अनि टाउकोमा भारतको आशिर्वाद शिरोपर गर्दै सत्तामा टाँसीइरह्यो । जनताको मन जितेर सरकारमा बस्नुको सट्टा विदेशीको गुलामी गरेर सत्ता टिकाईरहनु पक्कै पनि एउटा कम्युनिष्टको लागि लाजमर्दो विषय हो यदि उसमा नैतिकताको खडेरी परेको छैन भने । सदियौं देखीको नेपाली जनताको चाहना संविधान सभाबाट नयाँ संविधान माथि चूनौती िदंदै निर्लज्ज ूम त संविधान सभाको पक्षमा नै थिइनू भन्ने लाजमर्दा अभिव्यक्ति दिने माधव नेपालहरुको कारण उनको मात्र होइन समग्र एमाले र नेपाली कम्युनिष्टहरुको नै बदनाम भएको छ । अझ उनका सल्लाहाकारको पल्टन उनको बोलीको बचाउमा हात धोएर लागेको छ । त्यो उनीहरुको नूनको सोझो गर्नुपर्ने बाध्यता हो वा नियति नै हो उनीहरु नै जानुन् । संविधान बनाउने विशिष्ठ परिस्थितिमा संविधान सभाको पक्षमा नै नरहेका मान्छे प्रधानमन्त्री हुने उनीसंग कुनै नैतिकता छैन र उनी नेतृत्वको सरकारले संविधान बनाउँछ शान्ति प्रकृया तार्किक निष्कर्षमा पुर् याउँछ भन्नेमा उनका दुई चार जना धुपौरे बाहेक अरु कुनै नेपालीको विश्वास छैन ।
राष्ट्रपतिको असंवैधानिक कदमको आडमा बनेको माधव नेतृत्वको दक्षिणपन्थी सरकारका मन्त्रीहरु कुनै असल काम गरेर चर्चा कमाउनुको सट्टा कर्मचारी पिटेर गाडी फुटाएर अनि क्याबिनेट मििटंगमा अश्लिल शब्द बोलेर शान्ति प्रकि्रया बिरुद्ध वक्तव्यबाजी गरेर चर्चामा आउन थाले । बालुवाटार अघोषित दिल्लीको डेरामा परिणत भयो । के। पी। ओली गच्छादार र सुर्यबहादुरहरुको लागि दिल्ली दरबार पानी पधेरो बन्यो ।
संविधान सभाको म्याद थप्नुपूर्व गरिएको सहमति विपरित माधव नेपाल राजीनामा दिन्न भन्दै िहंडिरहेका छन् । आफुले थुकेको थुक आफैंले चाट्ने अनि राष्ट्र र जनतालाई ढाँट्ने र राष्ट्रलाई बन्धक बनाउँदै जाने हो भने राष्ट्रले आगामी जेष्ठ १४ मा पनि संविधान पाउन सक्दैन । अन्ततः राष्ट्र ठूलो द्वन्द्वको भूमरीमा फस्ने खतरा अझै पनि जीवित नै छ । आज हिजो सत्तामा बसेर ब्रम्हलुट मच्याएका र अरबौंको अकुत सम्पत्ति कमाएकाहरु कर्जा जग्गा फिर्ताको कुरा उठाएर सहमतिको लागि बाधक बन्छन् भने भोली तिनीहरुको बचेखुचेको जग्गा पनि बाँकी नरहने स्थिति बन्न सक्छ भन्ने तिर सतर्क हुनु जरुरी छ । राष्ट्र भिडन्तमा जाकियो भने साँढेको जुधाई बाच्छाको मिचाई शिवाय अरु केही हुन सक्दैन । के अहिले राष्ट्रिय राजनीतिको तालाचाबी लिएर बसेका के। पी। ओली र रामचन्द्र पौडेल माधव कुमार नेपाल जस्ताहरुले भोली लडाईंको मारमा पर्ने कार्यकर्ता र आम जनताको टाउको जोगाउन सक्छन् त्यसैले छरिएर रहेका सच्चा वामपन्थी बीचको एकता आजको आवश्यकता बनेको छ जसको कारण दक्षिणपन्थी यथास्थितिवाद र उग्रवामपन्थी अधिनायकवादको बिरुद्ध संघर्ष गर्न सकियोस् । नेकपा एमालेभित्रको कमल थापाहरुको घरमा लुकेर वामएकताका शब्द अलाप्दै िहंड्ने वामदेव गौतमहरुको घर भत्काउने रणनीति एक हद सम्म वामएकताको वाधक हो । माओवादी कार्यकर्तालाई मारेर एमाले बलियो हुने सपना देख्दै जाने हो भने न त एमाले माथि उठ्न सक्छ न त एमाले नै परिणामस्वरुप समग्र कम्युनिष्ट आन्दोलन नै लथालिङ्ग र भताभुङ्ग हुन पुग्छ । सडकमा दक्षिणपन्थीको विरुद्ध चर्का भाषण हान्ने रात परेपछि तीनै दक्षिणपन्थीसंग सहमतिको नाममा घाँटी जोडेर भोज खाने द्वैध चरित्र एमालेमा दिनको घाम जत्तिकै छर्लङ्गै भएको छ । बाबुराम भट्टराई र झलनाथ खनाल भन्दा शेरबहादुर र रामचन्द्र पौडेलहरुलाई आफ्नो घनिष्ट देख्ने ओली प्रवृत्ति यथावत रहने हो भने वामएकताको सपना नदेख्दा हुन्छ । हिजो जंगलका कन्दमूल खाएर संघर्ष गरेका नेतागणहरुको राष्ट्र र जनताले सम्मान गर्नुपर्छ तर नेताहरुले हिजोको संघर्ष र बलिदानको ब्याज असुल्ने गरि बिलासिता र मोजमस्तीको जिन्दगीको सपना देख्छन भने त्यो कसैलाई पनि स्वीकार्य हुन सक्दैन । सत्ता बन्दा मनमोहनसँग अंकमाल गर्दै आँशू चुहाउने सत्ता बाहिर गएपछि त्यही मनमोहनको विरुद्ध चर्का भाषण गर्ने बानी त्यागी राष्ट्रियता र राष्ट्रिय स्वाधिनता पूर्ति आफ्नो सदासर्वदा प्रतिबद्दता देखाउनु जरुरी छ । जन आन्दोलन र जनयुद्धका घाइते सहिद र बेपत्ताहरुको घाउमा मलम पट्टि लगाउन सकिएन भने जुनसुकै क्रान्ति पनि क्षणिक सफलतामा सिमित हुन पुग्छ ।
त्यसैले नेताहरुले निष्ठाको राजनीति गर्नु जरुरी छ । कम्युनिष्टको आवरणमा समग्र कम्युनिष्टको बदनाम गर्दै जाने राजनीति गर्नु भन्दा सन्यास लिएर बस्दा नै कल्याण छ । नेताहरुमा क्रान्तिकारी व्यवहार भाषणमा मात्र सिमित होइन सदाबहार रुपमा सरकारमा हुँदा होस् वा नहुँदा होस् देखिनु पर्दछ । अरुलाई असफल बनाएर आफु सफल हुने सपना केवल सपनामा मात्र सिमित हुन पुग्छ । तर आफू सफल हुनको लागि हरहमेशा दत्तचित्त भएर लागेमा असम्भव हुने कुनै कुरा छैन । त्यसको लागि एकता सहकार्य र सामन्जस्यता अपरिहार्य छ । त्यसैले विगतका संघर्षको संस्थागत विकास गर्नको लागि वामएकता अपरिहार्य छ । वामपन्थी एकताले नै यो सारा सम्भव छ । फेरी नाम मात्रको वाम एकताको कुनै अर्थ छैन । हिजो पुष्पलाललाई कांग्रेसको दलालको आरोप लगाउँदै िहंड्नेहरु आज एक नम्बर कांग्रेसका दलाल भएका छन् । त्यसैले अबको वामएकता शुद्धिकरण सहितको वामएकता हुनुपर्दछ ।

सरकार मुठभेडको षड्यन्त्रमा : माओवादी


जनवाद संवाददाता
काठमाडौं, असार/एकीकृत नेकपा माओवादी ले प्रमुख प्रतिपक्षको सहमतिबिना सरकारको बजेट अधिवेशन बोलाउने निर्णय असंवैधानिक भएको बताएको छ । अधिकारबिहीन सरकारलाई बजेट अधिवेशन बोलाउने नैतिक र संवैधानिक अधिकार नभएको भन्दै माओवादीले बरु तत्काल राजीनामा दिएर राष्ट्रिय सरकारको गठन र अधिवेशन बोलाउने वातावरण बनाउन सरकारलाई भनेको छ ।
सोमबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी समितिको अनौपचारिक बैठकले अधिवेशन बोलाउने सरकारी निर्णय असंवैधानिक भएको ठहर गर्दै देशमा मुठभेड निम्त्याउने षड्यन्त्र भएको निष्कर्ष निकालेको हो । "सरकारले गरेको प्रमुख प्रतिपक्षसितको सल्लाह विपरीत व्यवस्थापिका संसदको वर्षे अधिवेशन बोलाउने एकपक्षीय निर्णय संविधान विपरीत छू बैठकपछि प्रवक्ता दीनानाथ शर्माद्वारा जारी वक्तव्यमा भनिएको छ "सरकारले अविलम्ब राजीनामा गरी राष्ट्रिय सरकारको गठन र अधिवेशन बोलाउने वातावरण बनाउनुको बदला एकपक्षीय रुपमा अधिवेशन डाक्नु मुठभेड निम्त्याउने षड्यन्त्र हो भन्ने कुरा प्रष्ट छ ।" सरकारको सिफारिसमा राष्ट्रपति रामवरण यादवले असार २१ गते बजेट अधिवेशन आह्वान गर्नु भएको छ । माओवादीले यसअघिदेखि नै जेठ १४ गते राति भएको तीनबुँदे सहमति कार्यान्वयन नभएसम्म बजेट अधिवेशन चल्न नदिने निर्णय यसअघि नै गरिसकेको छ । प्रमुख प्रतिपक्ष र संविधानसभाको सबैभन्दा ठूलो दलको आवाजको सुनुवाई गर्नुको सट्टा एकतर्फी बजेट अधिवेशन बोलाउनुले सरकार मुठभेड निम्त्याउने षड्यन्त्रमा रहेको माओवादी भनाइ छ ।
स्थायी समिति बैठकले राज्य पुनस्रंरचना आयोग गठन गर्न माओवादी सैद्धान्तिक रुपमा सहमत रहे पनि अहिलेको सरकार आयोग गठन गर्ने हैसियतमा नरहेको निर्णय गरेको छ । यो सरकारले तत्काल राजीनामा दिएर नयाँ राष्ट्रिय सरकार बन्नुपर्ने र त्यसले मात्रै आयोग गठन गर्न सक्ने माओवादीले धारणा तय गरेको छ ।
"राज्यपुनस्ररचना आयोग राजनीतिक सहमतिका आधारमा गठन हुने आयोग हो । यो अस्थायी सरकार हो । यसको कुनै हैसियत छैन ।" साचारकर्मीसँग प्रवक्ता शर्माले भन्नुभयो "यो गर्नॆ हैसियत सरकारलाई छैन । त्यसकारण राज्य पुनसर्ंरचना आयोग गठन गर्न र संविधान सभाको काम कारबाही अगाडि बढाउनका लागि यो सरकारले छिटोभन्दा छिटो राजीनामा देओस् ।"
माओवादीले संविधानसभाको म्याद थपिएको एक महिना भइसक्दा पनि संविधानसभाको कार्यतालिका बनाएर समितिको रिपोर्टमा छलफल चलाउन आलटाल र बिलम्ब गरेको भन्दै आपत्ति जनाएको छ । ूसंविधान सभाको कार्यतालिका बनाइ संविधान लेखन प्रकि्रया अगाडि बढाउन जोडदार माग गरिन्छू वक्तव्यमा भनिएको छ ।
सोमबार स्थायी समिति बैठकले असोजको पहिलो साता हुने पार्टी केन्द्रिय समितिको विस्तारित बैठकको तयारी चरणमा साउन महिनाभर जिल्ला र भदौमा राज्य समितिको भेला गर्ने निर्णय गरेको छ । भेलाको कार्यतालिका एकदुई दिनमै सार्वजनिक गरिने प्रवक्ता शर्माले जानकारी गराउनुभयो ।

आगामी बजेट ३ खर्ब ३५ अर्बको : कृषि र शिक्षामा जोड


जनवाद संवाददाता
काठमाण्डौं, असार/अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी बजेट ३ खर्ब ३५ अर्ब रहेको सार्वजनिक गर्नु भएको छ । काठमाडौको विशालनगरमा आज पुस्तकालको ४८औँ बार्षिकोत्सवको उद्घाटनका अवसरमा उहाँले त्यस्तो बताउनुभएको हो । कार्यक्रममा मन्त्री पाण्डेले सार्वजनिक गरिने नयाँ बजेटमा चालू वर्षमा रहेका केही राम्रा कार्यक्रमलाई निरन्तरता दिइने शिक्षा र कृषिक्षेत्रको बजेटमा बृद्धि गरिने खुलासा गर्नुभयो । उहाँले ग्रामिण भेगको विकास र बिस्तारका लागि दु्र्तमार्गको निमार्णलाई तीब्रता दिइने बताउनु भयो । कार्यक्रममा मन्त्री पाण्डेले पहाडी भेगमा बनेका विभिन्न हाइड्रोपावरसम्म पुग्न सक्ने मिडिल हाइवे सडक निमार्णलाई सरकारले प्राथमिकतामा राख्ने योजना रहेको पनि बताउनुभयो । उहाँले बसाइ सराइको प्रवृत्तिलाई रोक्न स्थानीय स्तरमा नै सबै सुविधाको उपलब्ध गराउन सन्तुलित विकास निमार्णको कार्यलाई तिब्रता दिइने बताउनुभयो ।
कार्यक्रममा मन्त्री पाण्डेले यस वर्ष सरकारी बिदा बढि भएको भन्दै विदाको नीतिमा परिवर्तन गराउनुपर्ने अडान व्यक्त गर्नुभयो । उहाँले मुलुकमा १०० दिन सरकारी बिदाले आर्थिक क्षेत्रलाइ नराम्रो असर पर्ने चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा।सुधा शर्माले युवा जनशक्तिको विकास गराउन युवालाइ औषतको दुव्र्यवसनबाट जोगाउनुपर्ने बताउनुभयो । उहाँले नेपालको इतिहासलाई संरक्षण गर्न प्राकृतिक स्रोत र साधनको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा विशालनगर हाँडीगाउँ सम्पदा समाजका अध्यक्ष भरत बहादुर केसीलाइ पुस्तकालमा योगदान पुर् याए बापत सम्मान तथा पुरस्कार बितरण गरिएको थियो ।

माओवादी विरुद्ध एमालेको षड्यन्त्र

जनवाद संवाददाता
काठमाडौं, असार/माओवादी नेताहरु विरुद्ध राज्यले नै षड्यन्त्र गरेको प्रमाणित भएको छ । एकीकृत नेकपा माओवादी का पोलिटव्युरो सदस्य अग्निप्रसाद सापकोटालाई भिषा दिएर पनि भ्रमणमा अवरोध गर्ने योजना सरकार सम्बद्ध दलहरुकै निर्देशनमा मानवअधिकारको आवरणमा भएको स्पष्ट भएपछि उक्त कुराको खुलासा भएको हो ।
अमेरिकामा हुन गइरहेको एक गोष्ठीमा माओवादीका तर्फबाट छनौट गरिएका चारजना नेताहरुमध्ये सापकोटालाई भिषा नदिएको कारण भ्रमण स्थगित भएको भन्ने प्रचार गलत भएको सापकोटाको भनाइ छ । सापकोटाका अनुसार अमेरिकाले भिषा नदिएर नभई माओवादी विरुद्ध लागेका विभिन्न व्यक्ति र संस्थाहरुको उक्साहटमा भ्रमण कार्य अवरुद्ध पार्ने षड्यन्त्र थाहा पाएपछि माओवादी पार्टीले नै भ्रमण स्थगित गराएको हो । सापकोटालाई दिइएको भिषामा जुन २४ देखि सेप्टेम्बर २३ २०१० सम्मको म्याद दिइएको छ । सापकोटाको भिषामा आरजे १ उल्लेख गरिएको छ ।
संविधानसभाको निर्वाचन अगावै एमालेको हाइ कमान्डको बैठक बसी वागमतीमा माओवादीको प्रभाव कसरी न्यून गर्ने भन्ने बारे गम्भीर छलफल चलेको थियो । बैठकले माओवादीको प्रभाव क्षेत्र र खासगरी मूल नेतृत्वको कुनै न कुनै रुपमा सामाजिक मर्यादामा आँच ल्याउन सकेमा आफूहरुको प्रभाव विस्तार गर्न सकिने निर्णय निकालेको थियो । सोही छलफलमा सबैभन्दा उत्तम उपाय माओवादी नेताहरुलाई मुद्दा दायर गर्ने र अभियोग दर्ता गराउन सकेमा हुने निष्कर्ष पनि निकालियो ।
सो निर्णयअनुसार नै एमाले निकटको एड्भोकेसी फोरम नामको संस्थालाई माओवादी नेताहरु र मुख्य गरेर अग्निप्रसाद सापकोटासहित केहीलाई अभियोग दर्ता गराउने जिम्मा दिइयो । त्यो जिम्मा एड्भोकेसी फोरमकी मन्दिरा शर्माले अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाइन् र उनले राजधानीबाट नजिक र सबैको पहुँच पुग्ने स्थानको काभ्रेको एक मुद्दामा सापकोटालाई मुछ्ने तयारी गरिन् । उनको गृहकार्यमा एमाले निकटका काभ्रेका पत्रकार र मानवअधिकारवादी भनेर आफूलाई चिनाउनॆहरुको सहयोगमा तयार पारिएको थियो ।
"किन काभ्रेको मुद्दामा जोडियो त" भन्ने प्रश्नमा नेता सापकोटाले भन्नुभयो "यो पूर्णः राजनीतिक पूर्वाग्रह प्रेरित र माओवादीको साख गिराउने योजना मुताविक भएको र राजधानीबाट सबैभन्दा नजिक र मिडियाको पहुँच पुर् याउन सजिलो हुने ठानेर काभ्रेको केशमा मुछिएको रहेछ ।"

माओवादी नेताहरु चीनतिर प्रस्थान

जनवाद संवाददाता
काठमाडौं, असार/एकीकृत नेकपा माओवादीका नेताहरुको उच्च स्तरीय टोली आज पौने ११ बजे चीन प्रस्थान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा माओवादी नेताहरुको टोली चीन गएको हो ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको दश सदस्यीय टोली विहान ल्हासा हुदै बेईजिङ पुग्ने कार्यक्रम रहेको छ । बेइजिङमा रहँदा चिनियाँ सरकारको अन्तराष्ट्रिय व्युरो प्रमुखलगायत चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरुसँग आपसी सम्बन्धका बारेमा गहन छलफल गरिने उपाध्यक्ष प्रकाशले जानकारी दिनुभयो । भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ र नेपालको पूर्वाधार विकासमा चिनियाँ लगानी प्रवद्र्धनका लागि छलफल हुने बताइएको छ ।
भ्रमण टोलीमा विदेश विभाग प्रमुख कृष्णबहादुर महरा हितराज पाण्डे लोकेन्द्र विष्ट सन्तोष बुढामगर खगराज भट्ट पवनमान श्रेष्ठ सत्य पहाडी गंगा दाहाल र कृष्णदेव िसंह दनुवार छन् ।

खनालद्वारा अन्य मन्त्रीहरुसँग छलफल


जनवाद संवाददाता
काठमाण्डौं, असार/नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मंगलबार एमाले बाहेकका दलका मन्त्रीहरुसँग छलफल गर्नुभएको छ ।
वर्तमान सरकार शान्ति र संविधान निर्माणमा असफल भएकोले राष्ट्रिय सहमतिको सरकार गठनको लागि बाटो खोल्नु पर्ने बताउँदै आउनु भएका खनालले मन्त्रीहरुसँग गरेको छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ ।
अध्यक्ष खनालको निजी सचिबालयले भने तीन दलीय सम्झौता कार्यान्वयन र बजेट अधिवेशन लगायतका विषयमा मन्त्रीहरुसँग धारणा बुझिएको बताएको छ । खनाल निबास डल्लुमा भएको छलफलमा सरकारको कामकारबाही र राष्ट्रिय सहमतिको लागि खेल्नुपर्ने भूमिकाको विषयमा कुराकानी भएको बताइएको छ ।
हिजो नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीसँग छलफल गर्नुभएका अध्यक्ष खनालले आज उपप्रधानमन्त्री विजयकुमार गच्छदारका साथै नेपाली कांग्रेस तमलोपा माले लगायतका मन्त्रीहरुसँग छलफल गर्नुभएको हो ।

तार टेलिफोन लाईनमा वृ_िद्ध

जनवाद संवाददाता
हेटौंडा असार/नेपाल टेलिकमको तारसहितको पीएसटीएन ल्यान्ड लाइन टेलिफोन प्रयोगकर्ता पनि बढेका छन् । मोबाईल फोनको बढ्दो लोकपि्रयता र प्रयोग गर्न सहज भएपनि ल्यान्ड लाइन फोन प्रति सर्वसाधारणको रुचि कायमै रहेको छ । जेठ महिनामा नेपाल टेलिकम हेटौंडा शाखाले एकसय ११ ल्यान्ड लाइन टेलिफोन लाइन बिक्री गरेको छ ।
नेपाल टेलिकम हेटौंडा शाखाले चौघडामा पनि छुट्टै एक्स्चेन्ज स्थापना गरेपछि चौघडा क्षेत्रमा ल्यान्ड लाइन फोनको बिक्री बढेको हो । चौघडामा छुट्टै एक्स्चेन्ज स्थापना भएपछि त्यस क्षेत्रमा टेलिकमले पाँचसय टेलिफोन लाईन वितरण गर्न सक्ने छ । अहिले चौघडा क्षेत्रमा करिब दुईसय ल्यान्ड लाइन टेलिफोन लाईन जडान भएका छन् । टेलिकम हेटौंडा शाखाको आठ हजार टेलिफोन लाइन साचालन गर्न सक्ने क्षमता रहेकोमा छ हजार पाँचसय लाइन जडान भएका छन् । नेपाल टेलिकम हेटौंडा शाखाले अहिले आफ्ना सबै सेवा माग अनुसार तत्काल उपभोक्तालाई वितरण गरिरहेको छ । सीडीएमए पि्रपेडको सेट अभावका कारण भने केही समयदेखि उपभोक्ताको माग अनुसार नयाँ लाइन वितरण गर्न सकेको छैन । नयाँ सेटहरु आएपछि सीडीएमए पि्रपेडको वितरण पनि उपभोक्ताको माग बमोजिम नै हुने टेलिकमले जनाएको छ ।

राहत शिक्षकको आन्दोलन फिर्ता

जनवाद संवाददाता
हेटौंडा असार/राज्यले बढाएको तलब भत्ता सुविधा उपलब्ध गराउन राज्यलाई नै दवाव दिने जिल्ला शिक्षा कार्यालय ठप्प पार्न आएका राहत शिक्षकहरु माग पुरा हुने आवश्वासन पाएपछि विद्यँलय फर्किएका छन् । असार ९ गतेदेखि जिल्ला शिक्षा कार्यालय मकवानपुरमा धर्ना दिँदै आएका राहत शिक्षकहरु असार १५ गते मंगलबारदेखि विद्यँलय फर्किएका हुन् ।
शिक्षकहरुले सांकेतिक आन्दोलन गर्दै आएका थिए । असार ३ गतेदेखि सँंकेतिक आन्दोलन गरिरहेका जिल्लाका राहत शिक्षकहरुलॆ असार ९ गते जिल्ला शिक्षा कार्यालय ठप्प पारेर धर्ना दिने क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको थियो । त्यसयता शान्तिपूर्ण रहेको शिक्षा कार्यालय ठप्प पारेर धर्ना दिने कार्यक्रमको छैठौं दिन सरकारले राहत शिक्षकको माग पुरा गर्न सहमत भएको हो ।

फरक दृष्टी

प्रधानमन्त्री माधवकुमार नेपाल सुरक्षित छन् त ?
प्रधानमन्त्री माधव नेपालकै सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि अपहरणको आरोप लागेको छ । नेपालका व्यक्तिगत सुरक्षाकर्मी मन बस्नेत र उनकी पत्नि कल्याणी िसंह माथि ज्ञानेश्वरका पवनराज जोशीले करिब पाँच घण्टा अपहरण गरेको आरोप लगाएका छन् । उनले आफूलाई बस्नेत दम्पतिले पहिले देखि धम्क्याउँदै आएको पनि दाबी गरे । आरोपी बस्नेतबाट अहिलेसम्म कुनै प्रतिकि्रया आएको छैन ।
यसरी प्रधानमन्त्रीको सबैभन्दा नजिक रहेर काम गर्ने सुरक्षाकर्मीमाथि नै यसरी आरोप लागेपछि माधव नेपालले पनि केहि बोल्नु पर्ने हो तर अहिले सम्म आफ्नो इच्छामा माखो पनि मार्न नसकेका माधव नेपालले कुनै एक्सन गरिहाल्छन् कि भनेर सोँच्नु आफैप्रति बेइमानी बाहेक त केहि होइन तैपनि देशकै प्रधानमन्त्री भएका नाताले सोध्न मन लाग्यो यसरी अपहरण काण्डमा मुछिएका सुरक्षाकर्मीबाट माधव नेपाल सुरक्षित छन् त हुनत यो देशमा माधव नेपाललाई माया गर्न कोही छैन । एकिकृत माओवादी किन माया गथ्र्यो उसले राजीनामा मात्रै होइन प्रत्येक शब्दमा हरुवा कठपुतली तथा नालायक भनेर टिप्पणी गर्ने गर्दछ । कांग्रेस आफूभित्र प्रधानमन्त्रीका विषयमा सहमति भएको भए घोक्रेठ्याक लगाइसक्थ्यो ।आफ्नो पार्टीका अध्यक्ष यो सरकारको औचित्य समाप्त भयो भन्दै हिँड्न थालिसके । अब मधेशीवादी दललाई सत्ता बाहेक अरु चिजको माया हुने कुरा भएन । सिमा पारीको पनि भर पर्न उचित नहोला । त्यसै यो देशमा उनलाई माया गर्ने हामी मात्रै भए पछि उनको सुरक्षाको विषयमा चिन्तित पनि हामी नभए को होला !!!

जन बिचार

मैना सुनारको हत्यारालाई कारवाही गर्न नसक्नुको रहस्य के होला ?
जीवन गुरुङ्ग, व्यवसायी पोखरा
मैना सुनारको हत्यारा अहिले पनि खुलेआम हिँड्दै छ । मैना हत्याको आरोपितलाई सरकारले कारवाही गर्नुको सट्टा सम्मान र कदरपत्र प्रदान गरेको छ । हाम्रो मुलुकमा सेना लोकतान्त्रिक नभएसम्म मैना सुनारको हत्यारालाई कारवाही हुँदैन त्यसमार्थी पनि अहिलेको सरकार त खुंखार हत्यार भन्दा कम छैन । यस्ता नालायक सरकारले कसरी गरोस् हत्यारालाई कारवाही ?
हरिप्रसाद सन्जेल, शिक्षक काठमाण्डौँ
मैना सुनारलाई जुन कायरतापूर्वक हत्या गरियो त्यस हत्या भएको बेलामा नेपालका राजनैतिक दल र हत्याराविचको सम्बन्ध निकटतम् भएका कारण र सरकारले सेना होइन सेनाले सरकार चलाएका कारण मैना सुनारको हत्यारालाई सरकारले कारवाही नगरी संरक्षण गरेको छ ।
पुष्कर पाठक, राजनीतिक विश्लेषक
हाम्रो देशमा विधिको शासन छैन । यहाँ मनपरितन्त्र लागु हुन्छ । सरकार नालायक छ । देशमा सेना सर्वेसर्वा छ । जबसम्म सेना जनतामा निहित हुँदैन सरकारले सेनासामु घुँडा टेकिरहन्छ तबसम्म मैना सुनारको हत्यारालाई कारवाही हुँदैन ।
गरिमा कोइराला (मोडल), धरान
काभ्रे खरेल थोककी १५ वर्षिय अवोध मैना सुनारको हत्यामा सरकार निकट स्रोतको सङ्लग्नता रहेको एवम् सेनाले कायरतापूवर्क विभत्स तरिकाले गरिएको हत्यालाई पर्दा पछाडी राख्न खोज्ने सत्तासिन दलको यस घटनामा साँठगाँठ भएका कारण मैना हत्यारालाई कारवाही हुन नसकेको हो ।
सुदिप अर्याल 'राज' कर्मचारी हेटौँडा
अहिले हाम्रो देशमा रक्षक नै भक्षक भएको छ । जनताको सुरक्षा गर्नुपर्ने सरकार तथा सुरक्षाकर्मीहरुबाट नै जनताले दुःख यातना तथा पिडा पाइरहेको छ जनताको निर्मम हत्या भइरहेको छ ।
राजतन्त्र र प्रतिगमनको पक्षँधर भएर जनआन्दोलन दबाउन सशक्त भूमिका खेल्नेहरुलाई कारवाहीको साटो सम्मान दिन्छन् बढुवा गर्छन् । आफ्नो मर्यादाको सिमा नाघेर सिडिओ तथा एलडिओहरुमाथि सार्वजनिक स्थानमा नै हातपात गर्छन् हाम्रा देशका मन्त्रीहरु । यस्ता नालायक सरकारले के कारवाही गर्ला र मैना हत्यारालाई ?

मकवानपुरका उदयीमान कलाकार ः अमिर गौतम


आमा चण्डिका गौतमको कोखबाट जेठ २६ गते गढी गा।वि।स। वडा नं। ७ मा जन्मिएका नयाँ पुस्तामा चिरपचिरत अमिर गौतम नेपाली संगित क्षेत्रमा मात्र नभई पछिल्लो समयमा ठूलो पर्दामा समेत देखिएका छन् ।
आमभाज्या¨मा रहेको श्री शारदा मा।वि।बाट माध्यमिक शिक्षा आर्जन गरेका अमिर त्यतिबेलाका भलिबलका चर्चित खेलाडी पनि हुन् । खेल जगतलाई नचाहँदा नचाहँदै पनि चटक्कै माया मारेर २०६० को दशकमा म्युजिक भिडियोमा प्रवेश गरेका अमिरले त्यसै समयमा नेपाली संगित क्षेत्रका हस्ती गायक दिपेशकिशोर भट्टराईको बाँच्छु तिम्रै लागि भन्ने गीतमा मोडलिङ्ग गरेर आफ्नो कलाकारितालाई रङ्गमन्चमा प्रवेश गराएका थिए । उक्त म्युजिक भिडियोले नेपाली युवा पुस्ताको मन जित्न सफल भएपछि अमिर एकाएक चर्चित बने । जीवनलाई नमेटिने बाटो बताउने अमिर कलाकारितामा प्रवेश गर्नुलाई सौख मान्नुहुन्छ । हँसिलो मुहार अग्ला कदका अमिरले हालसम्म दुई दर्जन हाराहारीको म्युजिक भिडियोमा आफ्नो अभिनय पस्किसकेका छन् भने अमिर गौतमले अभिनय गर्नुभएको ठूलो पर्दाको चलचित्र मिशन पैसा अपार सफलता पाएको छ । म्युजिक भिडियोबाट ठूलो पर्दाको चलचित्रमा लाग्नु भएको गौतम चलचित्रमा अभिनय गर्नु म्युजिक भिडियो भन्दा धेरै कठिन रहेको बताउनु हुन्छ ।
रङ्गमन्चमा नाम जमाइसकेका गौतम साथीहरुको सहयोग र प्रेरणाबाट यस क्षेत्रमा होमिएको बताउनु हुन्छ । नेपाली चलचित्र जगतमा देखिँदै आएको विकृतीलाई ठाडै अस्वीकार गर्ने गौतम छिट्टै सामाजिक चलचित्र निर्माण गर्ने सोँचमा रहेको बताउनुहुन्छ ।
अमिर गौतमको यो अभियानलाई ूजनवादू साप्ताहिक पत्रिकाको तर्फबाट पनि शुभकामना छ ।

ब्राजिल, अर्जेन्टिना, जर्मनी र पोर्चुगलको संभावना


दक्षिण अपि्रुकामा जारी १९औँ विश्वकप फुटबलमा डिफेन्डीङ च्याम्पीयन तथा अघिल्लो विश्वकप विजेता इटाली पहिलो चरणबाटै बाहिरिएको छ । विहीबार समुह एफको अन्तिम खेलमा स्लोभाकियासंग ३-२ ले पराजित भएपछि इटालीको विश्वकप यात्रामा पहिलो चरणबाटै पूर्णविराम लागेको हो ।
आइतबार भएको पि्र-क्वार्टर फाइनल खेल अन्तर्गत इङग्ल्याण्डलाई ४-१ गोलको भारी अन्तरले हराउदै जर्मनी अन्तिम आठमा पुगेको छ । जर्मनीले पहिलो हाफ अघि इङ्ग्ल्याण्डविरुद्ध दुई गोल गरेको थियो । २०औँ मिनेटमा मिरोस्लाभ क्लोसले गोल गरे भने पोडोलस्किले ३२औं मिनेटमा गोल गरेका थिए । इङ्ग्ल्याण्डका मथेव अप्सनले ३७औं मिनेटमा गोल फर्काएर समर्थकलाई सान्त्वना दिलाए । तर दोस्रो हाफमा थोमस मुलरले ३ मिनेटको अन्तरमा दुई गोल गर्दै इङल्याण्डको विश्वकप यात्रालाई टुङ्ग्याइदिए ।
त्यस्तै सोही दिनको अर्को खेलमा अर्जेन्टिना मे_िक्सकोलाई ३-१ गोल अन्तरले हराउदै अन्तिम आठमा पुगेको छ । अर्जेन्टिनालाई जित दिलाउन कार्लोस टेभेजले दुई गोल गरेका थिए भने अर्का एक गोल गोाजालो हिगुइनले गरेका थिए । मे_िक्सकोको तर्फबाट जविएर हर्नान्डेजले सान्त्वना गोल गरेका थिए ।
सोमबार भएको खेलमा नेदरल्याण्ड र ब्राजिल दक्षिण अपि्रुकामा जारी विश्वकप फुटबलको अन्तिम आठमा प्रवेश गरेका छन् । सकरसिटी रंगशालामा भएको पछिल्लो खेलमा चिलीलाई ३-० को स्वाद चखाउँदै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । पराजयपछि चिलीको अघिल्लो चरणको यात्रामा पूर्णविराम लाग्यो ।
त्यसैगरी गयराति डर्बमा भएको खेलमा स्लोभानियालाई २-१ गोल अन्तरले पराजीत गर्दै नेदरल्याण्डले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । नेदरल्याण्डलाई जित दिलाउने क्रममा खेलको १८ औँ मिनेटमा अरजेन रुवेनले र ३८औँ मिनेटमा सेन्युडरले गोल गरेका थिए । उता स्लोभानियाका लागि एक मात्र सान्त्वना गोल भेटेकले खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत गरेका थिए ।
पि्र-क्वार्टरफाइनल अन्तर्गत गए रातीको खेलमा पाराग्वेले जापानलाई टाइब्रेकरमा ५-३ ले पराजित गरी अन्तिम ८ मा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन सकेन र खेल पेनाल्टी शुटबाट निर्धारण गरिएको थियो ।

माओवादीमा आधारित वृत्तचित्र प्रदर्शनमा रोक

भारतका बिभिन्न राज्यहरुमा नक्सलवादको कि्रयाकलाप बढ्न थालेपछी भारतिय सेंसर बोर्डले नेपाली माओवादिमा आधारित वृत्तचित्र लेम्स अफ द स्नो को प्रदर्शनमा रोक लगाएको छ । आशीष श्रीवास्तव तथा आनन्द स्वरुप वर्माले निर्देशन गरेको यस वृत्तचित्रमा माओवादी छापामारहरुद्वारा तानाशाहीको बिरुद्ध युद्ध गरी राजतन्त्रको अन्त्य गरेको देखाइएको छ । यस वृत्तचित्रको निर्माण नेपाली मानवाधिकार सङ्गठन ग्रुप अफ इन्टरनेशनल सोलिड्यारिटी नेपालले गरेको हो । वृत्तचित्र १२५ मिनट लामो छ ।

कन्यादानको गीत सार्वजनिक

शोभित बस्नेतले हिजो मंगलबार आफूले निर्देशन गरेको चलचित्र ुकन्यादानु को ३ गीत सार्वजनिक गरे । शम्भुजित बास्कोटाको संगीत रहेको गीतमा आनन्द अधिकारी माण्डबी त्रिपाठी शिब परियार टिका प्रसाईं र सिने गुरुङले स्वर दिएका छन् । सार्वजनिक गरिएका गीतका गीतकार प्रकाश सायमी गजेन्द्र रन्जित र शिब शर्मा रहेका छन् । राजधानीको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गरी गीतको सार्वजनिकसँगै उनले चलचित्रको बारेमा पनि जानकारी गराएका थिए । सलोन फिल्म्स प्रालिको ब्यानरमा बिजय कुमार दलीको प्रस्तुती रहेको सो चलचित्र असार ३२ गते शुक्रबारबाट उपत्यका बाहिरका हलहरुमा प्रदर्शन हुँदैछ ।
चलचित्रमा विराज भट्ट धिरेन शाक्य राजना शर्मा शुभेच्छा थापा अर्जुन कार्की जयकिशन बस्नेत सिर्जना बस्नेत कुशल थापा कंचन रेग्मी शोभित बस्नेत उत्तम केसी र सुभाष गजुरेलले अभिनय गरेका छन् । मोहनकृष्ण श्रेष्ठ र गजेन्द्र रिाजत निर्माता रहेको सो चलचित्रको कथा साचारकर्मी ध्रुब लम्सालले लेखेका हुन् ।

बेचिएकी किशोरीको कथामा फिल्म

कोलकाताको कोठीमा सौतेनी बाबुद्वारा बेचिएकी तेह्र बर्षीया किशोरीको कथामा आधारित अंग्रेजी उपन्यासको फिल्म बन्ने भएको छ ।
अमेरिकी प्याट्रिसिया म्याक्कर्मिकद्वारा लिखित मार्मिक उपन्यास ुसोल्डु लाई ओस्कार विजेता जेपी ब्राउनले निर्देशन गर्न लागेका हुन् । उक्त फिल्मकी मुख्य पात्र लक्ष्मीको भूमिकालाई सुहाउने गैर व्यावसायिक कलाकारको खोजी भइरहेको छ । उक्त फिल्मको निर्माण ुवान्स इन अ ब्लु जस्ता हलिउड फिल्म बनाइसकेकी जेन चाल्सले गर्दैछिन् । ब्राउनले यसअघि एम्मी अवार्ड समेत हात पारेका छन् । एकदेखि दुई पेजसम्मका छोटो-छोटो कथामा बुनिएको सोल्ड क्विल अवार्ड २००७ क्यालिफोर्निया यङ रिडर मेडल २००७ जस्ता पुरस्कार पाउनुका साथै सन् २००७ कै नेसनल बुक अवार्ड फाइनलिस्ट भएको थियो ।
ुसोल्डु नेपाली संस्करण ुबेचिएकीु शीर्षकमा केही सातापछि बजारमा आउँदै छ । यसलाई नेपालका महिलाको क्षेत्रमा कार्यरत अमेरिकी महिलाको संस्था दिदी प्रोजेक्ट सिस्टस्र हेल्पिङ सिस्टस्र ले नेपालीमा अनुवाद गर्न लागेको हो ।

डुँडेझारीमा बन्दुकहरु भुके

अनुपम नवोदित
साथी स्वाभीमानी छानामुिन
नीचाभिमानी पराजीत वथानहरु
सुरापानमा मगनमस्त हुँदै
कालापत्थरको वखान गरिरहेका थिए
जलवायु परिवर्तनको राग अलापिरहेका थिए
त्यति नै वेलाउता कैलालीको डुँडेझारीमा
चिसो चिसो क्यानभासमा
एक आङ लाउन नपाउने
भोका नांगा जिन्दगीहरु
एक फूसको थात नपाउने
दमित आत्माहरुवाट
शोषित तनवाट पीडित मनवाट
आगोको भुङ्ग्रोसरी भूकम्पको लाभासिर
तातो तातो आक्रोश पोखिए
साथी सँधै आकाश ओढ्ने धर्ती ओछ्याउने
निर्जीवसरि जिन्दगी धान्ने पीडितहरुले
सालको रुखलाई छानो बनाई
आङभरि सालका पातहरु ओडेर
आºनो जीवनको परवाह नगरी
आक्रोशका फोहराहरु छोडेर
गर्जिए दमित मनहरु डुँडेझारीमा
शान्ति प्रकि्रयाको राग अलाप्ने
विदेशीको बुई चढेर फरमानहरु जारी गर्ने
कठपुतली ठिमाहा सन्तानका शासकहरुको
ठाडो आदेशमा निरंकुश शाही तन्त्रको
स्मरण गराउँदै
युद्धका खाटा वसिसकेका घाउहरुमा उकुच पल्टाउँदै
निर्दयी बन्दुकहरु भुके
भोकानांगाका छातिमा ताकी ताकी गोलीहरु ठोकिए
त्यसैले
युद्धका घाउहरु वल्झाउने कायरहरुका विरुद्धमा
मानवसागरले बढार्ने लक्ष्य राखी
विद्रोहको मशाल दन्काउँदै
बदलाका मुठ्ठीहरु कस्दै
डुँडेझारीमा जिन्दगीको वली दिने
शान्तिकालका महान शहीदहरुप्रित
रगत मिसिएको एक मुठी माटो उठाउँदै
भावपूर्ण श्रद्धााजली ।
भुत्याहा चैनपुर चितवन

Wednesday, June 23, 2010

अवैध धन्दाको राजधानी बन्दैछ पदमपोखरी, प्रशासनले कारवाही गर्दैन ः स्थानीय बासिन्दा

रमेश विवश बाजारा/कुमार गौतम
हेटौँडा असार-नेपालको बहुचर्चित स्थान मध्ये मकवानपुरको पदमपोखरी पनि नेपाली जनताको लागि अपरिचित क्षेत्र होइन । हरेक स्थानको आ-आफ्नो पृष्ठभूमी हुन्छन् जस अनुसार हेटौँडा नगरपालिकासँग सिमाना जोडिएको पदमपोखरी एक दशक पहिला चेलिबेटी बेचविखनमा नेपालकै बहुचर्चित क्षेत्रभित्र परेको थियो । समाजका असल नागरिकको पहलमा त्यस क्षेत्रलाई चेलिबेटी बेचविखन क्षेत्रबाट छुटकारा दिलाउन राष्ट्रिय स्तरमै ठूलै समय एवम् पहलकदमी चालेको यथार्थता प्रष्ट छ ।
अहिले पछिल्लो समयमा पदमपोखरी अवैध धन्दाको राजधानी बन्दैछ । लागु औषध सेवन गर्नेदेखि लागु औषध व्यापार गर्नेको ठूलो ग्याङ् छ पदमपोखरीमा । जिल्लामा ग्याङ् फाइट गरेर जिल्लाबासीमाझ आतङ्क फैलाउने कार्यमा मात्र नभई स्थानीय व्यापारीसँग हप्ता उठाउने कार्यमा पनि त्यस क्षेत्र अग्रपङक्तीमा रहँदै आएको छ । पदमपोखरीलाई अवैध धन्दाको अखडा बनाई कारोबार गर्नेहरु अधिकांशसँग चाइनिज पेस्तोल नलकटुवा बन्दुक रहेको जानकारीमा आएको छ । यहाँ अवैध हतियारहरुको प्रशस्त कारोबार हुन्छ । लागुऔषध ओसारपसारको मुख्य राजमार्ग नै मान्छन् पदमपोखरीलाई । स्थानीय जनता त्यहाँका चुल्ठेमुन्द्रे ग्याङस्टरहरुसँग त्राहित्राही भएर बाँच्न विवश छन् । दैनिकीजसो लुटपाटका घटना हुन्छन् । चोरी डकैतीको सिलसिला क्रमिक रुपले बढ्दो छ । स्थानीय बासिन्दाले ढुक्कको श्वास फेर्ने कहिले त मकवानपुर जिल्ला र जिल्ला बाहिर दिन प्रतिदिन मोटरसाइकल चोरी हुने प्रकि्रया बढ्दो छ । चोरी भएका अधिकांश मोटरसाईकल पदमपोखरी नै पुग्ने गरेको जानकारीमा आएको छ । मोटरसाईकल चोरीमा पदमपोखरीको नाम अग्रपङ्क्तीमा आउने गरेको छ ।
मकवानपुर जिल्लामा प्रशासनको पहुँच नपुगेको भन्न मिल्दैन । यहाँ जिल्ला इलाका वडा मात्र नभई बिकट भेगमा पनि प्रहरी चौकीहरु प्रशस्त छन् । तर प्रशासनले गर्ने कामप्रती सन्तुष्टी व्यक्त गर्नेहरु कमै पाइन्छ । पदमपोखरी र त्यस क्षेत्रभित्र फस्टाएको अवैध धन्दाको बारेमा पदमपोखरी प्रहरी चौकीका इाचार्ज हरिकुमार श्रेष्ठ भन्नुहुन्छ "पदमपोखरीमा लागु औषध सेवन र व्यापारको घटना अहिलेसम्म जानकारीमा आएको छैन ।" श्रेष्ठकै अनुसार पदमपोखरीमा कुनै त्यस्ता गैरकानूनी कि्रयाकलाप भएको छैन । तर यस कुरालाई जिल्लाबासी र त्यहाँका स्थानीय बासिन्दा मान्न तयार छैनन् । पदमपोखरीमा चोरीका मोटरसाइकल प्रशस्त भएको तर ति मोटरसाइकलहरुलाई नियन्त्रणमा लिने प्रयास नभएको कुरा श्रेष्ठ आफैँले स्वीकार्नु भयो ।
श्रेष्ठले भन्नुभयो "चोरीका बाइक छ्यापछ्याप्ती छन् तर तिनलाई कारवाही गर्न माथिबाट आदेश आएको छैन ।" वहाँले गुनासो गर्नुहुन्छ "राजनैतिक दवावका कारण पनि हामीले त्यस्ता अपराधीलाई कारवाही गर्न सकेका छैनौँ ।"
श्रेष्ठ भन्नु हुन्छ "पदमपोखरीमा कुनै त्यस्तो गैरकानूनी कार्य भएको छैन ।" तर स्थानीय बासिन्दा भन्छन् "त्यस्ता गैरकानूनी काम गर्ने समूहलाई प्रहरीले आश्रय दिएको छ । त्यसकारण कारवाही गर्न मान्दैन प्रहरी प्रशासन ।" खास कुरा के हो त यस्ता गैरकानूनी कार्यमा संलग्नहरुसँग प्रहरीको साँठगाँठ हो होइन भने यस्ता आपराधिक कार्य हुने अखडामा किन ध्यान जाँदैन प्रहरीको त्यहाँका प्रहरी जवान प्रायः क्यारेमबोर्ड खेल्नमै व्यस्त हुन्छन् । तर श्रेष्ठ भन्छन् "हामी जम्मा आठ जवान मात्र छन् । नियमित गस्ती गर्ने स्रोतको कमी छ ।"
प्रहरी चौकी आसपासमा गैरकानूनी रुपमा भित्रिएका अवैध हातहतियार प्रदर्शन गर्दै हिँड्छन् ग्याङ्स्टरहरु । जनताले देख्छन् तर प्रशासनले किन देख्दैन गाँजा चरेस नाइट्राभ्याट नाइट्रोसन फे_िन्सडाइल जस्ता लागु औषध मात्र नभई अति मूल्यवान ब्राउन सुगरको समेत सेवन एवम् कारोबार हुने गरेकोमा जनताको नजर पुग्छ तर प्रशासनको नजर किन पुग्दैन राष्ट्रिय स्तरकै मस्ट वान्टेड डनु हरुको भेला हुन्छन् तर प्रशासन कारवाही होइन संरक्षण दिन्छ आखिर किन के प्रशासन गुण्डाराजहरुको सेवक हो होइन भने कारवाही खोई सिमित व्यक्तिका कारण पदमपोखरी इतिहासमै बदनामीको शिकार भयो तर आफू सिमित रहेन । यसले पदमपोखरी मात्र नभई सम्पूर्ण मकवानपुरबासीलाई पनि उही बदनामीको संज्ञा नदेला भन्न सकिन्न । त्यसैले आफु र आफ्नो समाज निर्माणमा हामी सबै सहकार्य गरौँ ।

करेन्ट सट हुँदा एक घाइते


जनवाद संवाददाता
हेटौँडा असार-नेपाल विद्युत प्राधिकरणको मुल गेट अगाडी रहेको तीन तले भरमा ६६ केभी प्रशारण लाईन सट हुँदा उक्त घरमा निर्माण सम्बन्धी काम गर्ने बारा पिपरा निवासी एक मजदुर गम्भिर घाइते भएका छन् ।
दिउँसो पानी परिरहेको समयमा नरेन्द्रबहादुर महर्जनको तीन तले घरको छतमा काम गरिरहेका मजदुरले उक्त घरको छतमा रहेको फलामको पाइपलाई एकातिर तह लगाएर राख्न खोज्दा उक्त पाइपले विरगाजतिर लगिएको ६६ केभीको प्रशारण लाइनको तारलाई छुँदा करेन्ट लागेको थियो । करेन्ट लागी सख्त घाइते भएका उक्त मजदुरलाई हेटौँडा अस्पतालले उपचारको लागि भरतपुर रिफर गरेको थियो । हाल घाइतेको भरतपुर अस्पतालमा उपचार भैरहे पनि उसको स्वास्थ्य अवस्था भने चिन्ताजनक नै रहेको अस्पताल स्रोतले जनाएको छ । पानी परेको समयमा रकेन्ट सट भएका कारण उक्त घरको अधिकांश विद्युतिय उपकरण जलेर नष्ट भएको छ भने करेन्ट सट हुँदा भयङ्कर ठूलो विष्फोटको आवाज आई उक्त घरको छतको ढलान लगाएत केही स्थानहरु चर्किएको छ । विद्युत प्राधिकरण अगाडी भएको यस घटनाको जिम्मेवार पक्ष को त विद्युत प्राधिकरण या घर मालिक या स्वयम् पिडित पक्ष ६६ केभी को विद्युत लाईन प्रवाह भएको तारदेखि उक्त घरको छतको दुरी जम्म डेढ मिटर मात्र छ । उक्त घर मालिकलाई ६६ केभी प्रशारण लाइनसँगै जोडेर घर निर्माण गर्न अनुमती कस्ले दियो उक्त घर मालिकलाई घटना घटेको एक हप्ता बितीसक्दा पनि उक्त घटनाको जिम्मेवारी कसले लिने भन्ने कुराको तथ्य जानकारी अझै बाहिर आएको छैन । उक्त घटनाको जिम्मेवार कसले लिने र घटनामा घाइते भएको मजदुरलाई क्षतीपूर्ती कसले दिने
घटनाको विषयलाई लिएर विद्युत् प्राधिकरणमा बुझ्न जाँदा प्राधिकरणका लेखाप्रमुखले ूप्रशारणलाइन प्रवाह भएको तारको २५ मिटर वरीपरी घर बनाउन प्रशासनले पनि रोक लगाएको छ । तर के गर्नु घर बनाउनेहरुले टेर्दैनन् ।ू प्राधिकरणका कर्मचारी हरुका अनुसार पहिलेदेखि नै प्रशारण लाइनको तार भएको वरपर घर बनाउन नपाउने सूचना जारी गरेर प्रशासनबाट नै अनुमतीमा रोक लगाएको कारण उक्त घटनाको दोषी प्राधिकरण नरहने बताएका छन् ।६६ केभी विद्युत प्रवाह भएको जोखिमपूर्ण र खतरनाक स्थानमा घर बनाउने घर मालिक उक्त स्थानमा घर बनाउनको लागि नक्सा पास गर्ने निकाय र उक्त स्थानमा घर बन्न लाग्दा पनि निर्माण कार्य रोक्न पहल नगरी मुक दर्शक बनेर बस्ने प्रशासन तथा स्वयम् विद्युत् प्राधिकरण यि चारै पक्ष पूर्ण रुपमा दोषी देखिएको छ यस घटना घट्नुमा ।
आगामी दिनहरुमा फेरी पनि यस्ता घटनाहरु घट्न नदिन सम्बन्धित सबै पक्ष सजग र सचेत हुनु अवाश्यक छ ।

सम्पादकिय

सन्चार क्षेत्रलाई राजनैतिक वन्दी नबनाइयोस्
हाम्रो देशको विगत र वर्तमान पत्रकारिताको इतिहासलाई हेर्दा पत्रकारहरुलाई उपयोग गरेर फाइदा लुट्नेमा सबैभन्दा बढी राजनैतिक दलका नेता र कार्यकर्ताहरु बढी पाइन्छ । राजनैतिक दलले आ-आफ्नो कर्तुतहरु लुकाउन आफु निकटको साचार क्षेत्रलाई उपयोग गर्ने गरेको कुरा समय-समयमा चर्चामा आइरहेको छ । साचारकर्मीको भाव दर्द र कला कौशलताको फाइदा लुट्दै नयाँ इतिहास लुट्ने दौरानमा कुनै पनि राजनीतिक दल अछुतो भने पक्कै छैन । के साचारकर्मी र स्वतन्त्र प्रेस कुनै न कुनै राजनीतिक दलको पेवा हो त होइन भने किन यहाँ पार्टी विशेष समाचारको प्रभाव पर्छ साचारकर्मी र साचार क्षेत्र भनेको सत्य तथ्य सूचनालाई हरेक ठाउँउमा स्वार्थ विहिन रही सम्प्रेषण गर्ने दायित्व हो । तर लाग्छ यहाँ पक्कै पनि त्यो हुन सकिरहेको छैन । राजनीतिक पार्टी विशेष र राजनैतिक व्यक्ति विशेषको परिधिमा रही समाचार सम्प्रेषण गर्दा समाजलाई सत्य तथ्य समाचार सम्प्रेषण नहुन सक्छ । साचारकर्मी भनेको वौद्धिक अभ्यासी हो । कुनै दलको कार्यकर्ता होइन न त कुनै व्यक्तिको पेवा पनि तर यहाँ त्यो हुँदैन । यहाँका प्रकाशन नेता र दलसँग नङ् र मासुको सम्बन्ध राख्छन् । यहाँ खराब नेताको गुणगान लेखिन्छ जय जकार लेखिन्छ तर ग्रामिण भेगका समाचारले स्थान पाउँदैन । हामी देश र जनताको भलो चाहने मान्छे कुनै दल र नेताको लंगौटी बनेर कलम चलाउने प्रकि्रयाको खुलेरै विरोध गर्छौं । हामी कुनै दल र नेता विशेष भन्दा समाज रुपान्तरणलाई बढी प्राथमिकता दिन्छौं भ्रष्टाचार रहित समाजको निर्माणमा सदा लेखिरहने छौँ । जनताको भाव मर्म र विचारले रचिएको नयाँ जनवाद निर्माणमा सदा कलम चलाइरहने छौँ । हामी इतिहास बदल्ने सोँच र संकल्पलाई सदा सम्मान गर्दछौं । कुनै राजनीतिक दल र दल विशेष नेताको राम्रालाई राम्रै र नराम्रालाई खेदो खन्नेछौँ भन्ने प्रतिवद्धता पनि जाहेर गर्दछौँ । प्रकाशनको दौरानमा हुने कुनै पनि वाधा व्यवधानलाई आत्मसाथ गर्दै सत्य तथ्य समाचार प्रकाशन गर्न एवम् सूचनाको पहुँच नपुगेका बस्तीमा सूचनाको दियो बाली निरन्तर पुगिरहन कुनै पनि संघर्ष हाम्रा लागि मान्य छ । अहिले साचार क्षेत्रलाई राजनैतिक एवम् दल विशेष नेताले आफ्नो वन्दी बनाइरहेको स्पष्ट हुन्छ । अतः जनवाद यि नेता एवम् राजनैतिक दलबाट टाढा रही समाजमा यथार्थ सूचना प्रवाह गर्न सबैलाई हातेमालो अभियानमा सहकार्य गर्न हार्दिक अनुरोध गर्दछु ।

संविधान निर्माणको सवाल शोषक र शोषितवर्ग बिचको राजनैतिक संघर्ष हो ।


इन्द्र ब. परियार-नयन
एकादेशको प्रजातन्त्रवादी पार्टी नेपाली कांग्रेस अहिले विदेशी दलालमा परिणत भइसक्यो । सोही बेलाको अब्बल दर्जाको क्रान्तिकारी कम्युनिष्ट पार्टी एमाले भाई कांग्रेसमा परिणत भइसक्यो ।
यसरी कांग्रेसले राष्ट्रियतामाथि धावा बोल्यो भने एमालेले जनतन्त्र अर्थात् किसान मजदुरमाथि नै घात गर् यो । अहिले यी दुबै पार्टीहरु अब्बल दर्जाका शोषक वर्गीय पार्टीमा रुपान्तरित भई हिजोका पाचहरुका ठाउँमा पदस्थापन भएका छन् र पाचायती निरंकुशताको अनुशरण गर्दैछन् । त्यो भनेको प्रथमतः अग्रगमनको राजनीतिलाई निषेध गर्नु हो ।
जनता सँधै अग्रगमनको पक्षधर हुन्छन् र परिवर्तन खोजिरहन्छन् । जनताले सधैँ न्याय समानता र स्वतन्त्रता चाहन्छन् । जुन राजनैतिक पार्टीले यि मुद्दाहरु संबोधन गर्छ त्यसलाई नै जनताले समर्थन र साथ दिइरहन्छन् । यो इतिहाससिद्ध तथ्य हो । हिजो राणा शासनको विरुद्ध उभिँदा कांग्रेस अग्रगमनको पक्षधर देखिएको थियो र त जनताले साथ दिए । हिजो पाचायती व्यवस्थाको विरुद्ध वर्गसंघर्ष गर्ने एमाले कम्युनिष्ट जस्तो देखिएको थियो र त जनताले काखी च्यापे । तर आज ति पार्टीहरु दक्षिणपन्थी दलाल र घोर प्रतिगामी कित्तामा बिलय भइरहेका छन् । जसको कारण राष्ट्रप्रेमी जनतन्त्रप्रेमी पक्षधर जनता राष्ट्रियता र जनतन्त्रको झण्डा बोकी अविराम जनतामा गुहार माग्ने माओवादीलाई साथ र समर्थन गर्न राजी भए जुन तथ्य दशवर्षे जनयुद्ध र संविधानसभा चुनाव हुँदै त्यस यताको राष्ट्रिय स्वाभिमानको आन्दोलनमा देखिँदै आएको छ । यही अग्रगमनको राजनीतिलाई निषेध गर्न निर्वाचनमा पराजित भएका कठपुतली भ्यागुताहरु डिलमुनी बसेर भावी जनताको संघीय गणतन्त्रको कान्ला उक्लिने निरर्थक उप्रुाइ गरिरहेका छन् तसर्थ अग्रगमनका पृष्ठपोषकहरु एकठाउँमा उभिएर पश्चगामी तथा प्रतिगामी राजनीतिलाई निषेध गर्न टड्कारो आवश्यकता बनिसकेको छ ।
दोस्रो भनेको शान्ति प्रकि्रयालाई भङ्ग गर्नु हो । किनभने कांग्रेस एमाले लगायतका संसदीय पार्टीहरुले पूर्व राजासँग मिलेर माओवादीका नाममा हजारौँ जनताको रगत पिएको स्वाद अझै बिसे्रका छैनन् र अझै कुनै न कुनै तरिकाद्वारा जनताको रगत पिइरहने अभिलाषामा छन् । तर रक्त पिपासु कठपुतली सरकारलाई शान्ति प्रकि्रया नै बाधक बनिदियो । त्यसैले उनीहरु कुनै पनि बहानामा शान्ति प्रकि्रया भङ्ग गर्ने दिनानुदिनको षड्यन्त्रमा तल्लिन छन् । यसको अलावा माओवादी पार्टी मुलुकमा युद्ध होइन शान्ति चाहिन्छ िहंसा होइन राष्ट्रमा सिर्जना चाहिन्छ भनेर कठपुतलीहरुको अन्याय र अत्याचारको सिमा हदभन्दा बढी सहेर बसेको छ । यो धैर्यताको बाँध अब फुट्नुपर्ने भएको छ । तसर्थ सम्पूर्ण शान्तिगामी शक्तिहरु मिलेर धैर्यताको बाँध फुटाऔँ र शान्ति विरोधी तत्त्वहरुलाई चिहानमा पुर् याई सुख र शान्तिको निर्माण गरौँ ।
तेस्रो भनेको जनताको संघिय गणतान्त्रिक संविधान बन्न नदिनु हो । नेपाली इतिहासमै पहिलो चोटी महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनपछि नेपालका बहुजाति र बहुक्षँेत्रले आ-आफ्नो स्वशासन सहित संघियताको सुनिश्चितता हुने महिला दलित मुस्लिम लगायतका लिङ्ग तथा समुदायको क्षतिपूर्ति सहित विशेषाधिकारको ग्यारेन्टी हुने संविधान निर्माणको महान संघारमा हामी उत्पीडित नेपाली उभिएका छौँ । तर २४० वर्षे शाह वंशीय सामन्ती राजतन्त्रका हिमायती संसदिय फोहरी खेलका नायक पार्टीहरुले संविधान सभालाई बाध्यताबस माने तापनि जनताको संघिय गणतान्त्रिक संविधान निर्माणमा बाधक देखिएका छन् जुन कुरा कठपुतली सरकारका प्रधानमन्त्रीले नै जनतालाई भेंडाबाख्रा सरह ठानी जे भन्दा जे बोल्दा पनि हुन्छ भन्दै कठपुतली मुकुण्डो उघार्दै "संविधानसभा हामीले चाहेकै थिएनौ" भनेर संस्थागत र प्रतिनिधी शब्दरुपी विष वमन गरेकैबाट पुष्टी भैसकेको छ । तसर्थ यो कठपुतली सरकार रहुन्जेल संविधानसभाको म्याद थपिसके पनि संविधान बन्दैन भन्ने कुरा घाम जत्तिकै छर्लङ्गै छ जसको कारण जनताको संघीय गणतान्त्रिक संविधान चाहने शक्तिहरु एकै ध्रुवमा गोलबद्ध हुनुपर्ने आवश्यकता बनेको छ ।
चौँथो भनेको कठपुतली सरकारलाई निरन्तरता दिनु हो । "कहीँ नभएको जात्रा हाँडीगाउँमा" भनेको जस्तै अहिले विश्वमै नभएको जात्रा नेपालमा भएको छ । किनभने सरकार चलाउन शान्ति कायम गर्न र जनताको संविधान निर्माण गर्न एकिकृत नेकपा माओवादी लाई जनताले संधिवानसभा मार्फत प्राधिकार सुम्पेका थिए । अहिले जनताबाट जितेको पार्टी सडकछाप जस्तै भएको छ र जनताले लत्याई रछ्यानमा पुर् याएको भाइरसहरु सरकार र सत्तामा पुगेका छन् । त्यसैले नेपालमा माथिको उखान लागु भएको छ । यो उखान लागु भएको देखेर पूर्व राजा ज्ञानेन्द्र पनि दङग परेका छन् र यही मौका छोपी देशलाई विनासकारी धार्मिक साम्प्रदायिक युद्धतिर धकेल्न धार्मिक दौडाहामा बुर्कुसी मारिरहेका छन् । यसो गर्न पूर्व राजालाई यि कथित लोकतन्त्रका हिमायती कठपुतली सरकारको देन र आशिर्वाद नै छ । यो संसदिय पार्टीहरुको सके राजतन्त्रलाई पुनस्र्थापित गराएर शोषकवर्गीय सत्ता र कठपुतली सरकार बचाउने कसरत र नसके विदेशीलाई यो सुन्दर राष्ट्र सुम्पिने धृष्टता नै हो । त्यसैले "आए आँप गए झटारो" भने जस्तै बचे लुटको स्वर्ग नत्र राष्ट्र नै स्वाहा पार्ने राष्ट्रघाती चिन्तन र प्रवृत्ती हावी रहुन्जेल न राष्ट्रिय सहमती नै बन्छ न भएका सहमतीहरु नै कार्यान्वयन हुन्छ । यो त क्रान्तिकारी शक्तिलाई अलमलाउने र जनतालाई निराश बनाउने चाल तथा कठपुतली सरकार टिकाउने दाउ मात्र हो । तसर्थ राष्ट्रिय सहमतिका साधकहरुले कठपुतली सरकारलाई गेट आउट गराउन दरिलो मोर्चा कस्न जरुरी छ ।
निकास
रक्तपातपूर्ण राजनीति महान जनयुद्ध गरे पनि रक्तपातविहिन शान्तिपूर्ण राजनीति गरे पनि एनेकपा माओवादी ले निरन्तर राष्ट्रियतालाई शिरैमा राख्दै आएको छ । जनतन्त्रलाई मनमै सजाएको छ । जनजीविकाको ग्यारेन्टी गर्न किसान मजदुरलाई राजनैतिक साधना दिलाएकै छ । तर यतिले मात्र पूर्ण विजय संभव छैन । किनभने यतिबेला शान्तिपूर्ण राजनैतिक संघर्ष चरम उत्कर्षमा पुग्दैछ तथा शोषकवर्ग र शोषितवर्ग बिचको शान्तिपूर्ण राजनीतिक संघर्ष करिब करिब अन्त्य पनि हुँदै छ । किनकी नेपालका दलाल नेता र पार्टीहरुलाई भारतीय विस्तारवादले सिधै नेतृत्त्व प्रदान गरेको छ जसको कारण शान्ति र संविधान निर्माणमा सोझै असर परेको छ । यसरी रुप पक्षमा शान्ति र संविधान निर्माणमा झगडा भएको जस्तो देखिए पनि सारमा अध्यक्ष क। प्रचण्डले भन्नु भएको जस्तै रुपमा देशभित्रका दलहरु भित्र लडाईं भए जस्तो तर भित्री कुरा भारतिय विस्तारवादसँग नै राष्ट्रियताको सवालमा पैंठेजोरी परेको छ । तसर्थ यो राष्ट्रिय स्वाभिमानकै लडाईं भएकोले अब एउटा वर्ग विशेषको मात्र सवाल रहेन । यो सम्पूर्ण राष्ट्रवादीहरुको सवाल हो । त्यसैले समूहगत जातिगत दलगत स्वार्थदेखि माथि उठेर राष्ट्रिय स्वाभिमानलाई लक्ष्य बनाई नेपाल आमालाई बचाउन राष्ट्रवादी मोर्चा बलियो बनाउनै पर्ने भएको छ ।

ठूलाबडाको बोली बन्दूकको गोली

शिवराज बस्ताकोटी
दश वर्षे जनयुद्ध र ६२-६३ को जनआन्दोलनबाट के उपलब्धि भयो त जनताले के पाए जनताले देशको लागि के गुमाए नेताले के पाए देशको के गुमाए वास्तवमा भन्ने नै हो भने जनताले जति गुमाए जति जनता गुमे बेपत्ता भए घाइते भए विस्थापित भए कसको लाग भए कि भए यी विषयहरु संगै नेताहरु किन यतिभातीँ अन्जा भैरहेछन् कति शहिद परिवार बेपत्ता परिवार घाइते परिवामाथि के गुजि्ररहेछ कहिकतै कुनै नेताहरुलाई चासो छैन ।
यहाँ देशले के पायो जनताले के पाए नेताहरुले के पाए यस बोरमा सबैको ध्यान जानु जरुरी छ । आखिर फाइदा कसलाई पुगिरहेछ दश वर्षे जनयुद्ध जन-आन्दोलन यी दुवै अवस्थामा जनता नै मरे चाहे जनता हुन आखिर गरिब मात्र मरे । निर्धन मात्र जनता हुन् आखिर गरिब मात्र मरे । निर्धन मात्र मरे । तर हिजो जनआन्दोलन जनयुद्धमा जसले दमन गर्न आफ्नो हैकम शासन सत्ता चलाउन प्रयास गरे आज देश परिवर्तन भयो गणतन्त्र आयो देशले एउटा करबट बदल्यो तैपनि जनता त्यहि करबटमा झन् झ्न च्यापिदै निसासिएर जीवन धान्न बाध्य हुनु परेको छ ।
के राजसंस्था फाल्नु मात्रै उपलब्धि हो त होइन किनभनेम हिजा ज्ञानेन्द्रकै आसेपासे भरौटे चरौटे बैठके हुक्के चिलिमे फुल चढाउने देखि लिएर मोहोर चढाउने यात्रा तय गरेकाहरुले नै राजा ज्ञानेन्द्रलाई पाखा लगाउने भुमिका निर्वाह गरे किन गरे भने अव जनताको राजसंस्थाप्रति विश्वास टुट्यो भन्ने यिनलाई विश्वास भयो । विश्वास टुटाउने भूमिका पनि यिनैबाट भयो तव फेरि बाँदर छलाङ हानेर स्वयम्भुका बाँदरझैँ जन आन्दोलनको हाँगा समाउँदै आन्दोलनमा पछि-पछि भाषण गर्ने बेला अघि अघि बढ्दै छेपारे छेपारोको जस्तो गरी राजनीतिक रंग फेर्दै जनताको माझमा विगतलाई विस्रन आग्रह गर्दै वतर्मानमा कटिबद्ध लाग्ने छौं भन्दै भविष्यमा देश र जनताप्रति हुने कुनै पनि गद्धारी गर्ने छैंनौं भनी शपथ खाए । जनताले पनि पत्याए । नेपालका जनता महान् विचारका छन् भन्ने कुरा विश्वसामु देखाइदिए तर यी राजनीतिक पिपाशुहरुले जनतालाई त के विश्वलाई पनि आफ्नो राम्रो पहिचान दिन पनि सकेनन् ।
अव त नेपाली जनताले त के विश्वले नै यिनको विश्वास गर्ने अवस्था पनि रहेन दुई दुई वर्षसम्म तछाड मछाड सम्पत्ति फिर्ता विघटन समायोजन प्याकेज सहमतिका लागि सहमति भन्दा-भन्दै विदेश भ्रमण चाकरी चाप्लुसी उद्घाटनमा मात्र व्यस्त रहे राज्य कुन खाडमा पुगिसक्यो यिनलाई के थाहा ।
भनाइ नै छ आगे चेते चेते नाई पिछे चेते होते नही । अव पनि यस्तै गरी अघि बढ्दै गए भने १ वर्ष पनि कति हो र माथि कै भनाइ लागु नहोला भन्न सकिन्न र जनता हिजो जति ढुक्क थिए अव त्यति ढुक्क र विश्वास गर्ने ठाउँ पनि यी नेताहरुले राखेनन् । शब्द परिवर्तन गर्दैमा ढाँचा परिवर्तन गर्दैमा देश परिवर्तन हुँदैन सोच परिवर्तन हुनुपर्छ । आफै परिवर्तन हुन सकिरहेका छैनन् यो देशमा जहिले पनि विश्वमै यथासोचमा रहन चाहने र अग्रगमन परिवर्तन चाहने हककै लडाइँ हुन्छ यहाँ परिवर्तनको संघारमा राष्ट्र पुग्न थाल्यो कि कतै कतैबाट भित्रै प्रवेश गरेर भए पनि राष्ट्रलाई नै यथास्थितिमा राख्न चाहनेमहरुले कुनै न कुनै रुपमा भाँजो हाल्ने जुन प्रवृत्ति छ त्यसले गर्दा उनीहरु अग्रगमनमा एउटा खुट्टा राख्छन् अर्काे खुट्टा दिमाग र यथास्थितिलाई नै छोड्न नसक्ने झैं दोधारे अवस्थामा नै स्थापित हुन चाहन्छ । भित्र एउटा कुरा सोच्छन् बाहिर व्यवहार बोली अर्को हुन्छ ।
यहाँ बाहिर गणतन्त्रको घण्टी बजाउने भित्रभित्रै अकैै्र ऐसआराम हो वा विगतलाई छोड्न नसक्ने ती नेताहरुलाई आफैमा गणतन्त्रप्रति विश्वास नभए जस्तो छ । यो संविधान सभा यो नयाँ संविधान निर्माणमा जब यो देशका प्रमुखहरुकै चाहना रहनेछ कसैलाई खुसी पार्न गणतन्त्रको पुजारी बन्नकै लागि मात्र हो भने अव जनताले कसरी विश्वास गर्ने बुढाबुढीले भन्छन् ठूलाको इमान्दारको बोली बन्दुकको गोली सानाको बोली आज आए भोली भोली आए । भोली आए भने जस्तो यहाँ देखिएन । यहाँ त ठीक उल्टो हुँदैछ यो देशका नेताहरुको चर्तिकला देख्दा इमान्दार पनि बेइमानी हुने सम्भावना बढ्दै गयो । ठुलाको जिब्रो त चिप्लिन्छ भने हाम्रो किन चिप्लिन्न भन्न सक्ने अवस्था सिर्जित हुने भयो । यो एउटा
राष्ट्रको महा रोग भयो माफ माग्नु क्षमा माग्नु जति महान् हुन्छ त्यति जिब्रो चिप्लियो भन्नु महान् हुँदैन ।
सवारी हाँक्दा यात्रुहरुलाई मेसिनरी पार्टपुर्जा टुट्यो फुट्यो स्टेरिङ फेल भयो ब्रेक लागेन वा बेरिङ गयो एक्सीलेटरको तार छिन्यो गियर खराव भयो भन्यो भने यात्रुहरु पनि चुप लाग्छन् दुर्घटनालाई स्वीकारर्द छन् । यदी ब्रेकमा गोडा राखेको चिप्लियो उता हेरेको स्टेरिङ कन्ट्रोल भएन र चिप्लियो भने क्षमा दिइदैनन् उल्टै झपार्छन् भने यो राष्ट्रलाई हाँकेर हिँडेका राष्ट्र चालकले बोली चिप्लियो जिब्रो नै लर्बरायो भन्नु कहाँ सम्मको गैर जिम्मेवारीपन हो । यहाँ जनतातते चिप्लो हुँदैछ । भैसक्यो शहिदका सपना चिप्लिए घाइते बेपत्ता परिवारको आशा भरोसा चिप्लियो जनताका चाहना चिप्लिए संविधानको समयावधि चिप्लियो यहाँ कहाँ को के कुरामा चिप्लिएनन् र जिब्रो न चिप्लियोस् जनताले गणतन्त्र आए पछि यी सबै नेताहरुले सत्ता चलाए पछि दिगो शान्ति नयाँ संविधान बन्ला देशले कोल्टो फेर्ला भन्ने त परै जावोस् । झन् कुकुर बिरालो जस्तै आफ्नै पार्टीभित्रै दबाएर ड्याङरर कुकुर भुकाइ गर्छन् भने यिनले देश बनाउँछ न देश र जनतालाई माया मान्छन् भन्ने कुरालाई अव कसरी र कसले विश्वास गर्ने कमसेकम यी नेताहरुले कति ठाउँमा कुकुर बिरालो संगै कति मिलेर बसेको देख्नु पर्ने हो देखनन् कि खोई कुन्नी जब माथि नै त्यस्तो हुन्छ भने तल कार्यकर्ता जनतामा के प्रभाव पर्ला । यिनले सोचेका छन् त बुद्धिको बिर्काे खुले पो त
- पोखरा कास्की

"जनवाद" जनवादकै निम्ति बनोस्


कौशल पाण्डे
सिङ्गो देश जनवाद प्राप्तीको नयाँ अभियानमा लागिरहेको बेलामा "जनवाद" नै हातमा लिएर संगीन जी जस्ता जागरुक युवाहरु पत्रकारिता क्षेत्रमा देखिनु भएको छ । यसबाट के आशा गर्न सकिन्छ भने निश्चय पनि जनवाद प्राप्तिको लागि उठिरहेका जनताको अभियानले यसबाट साथ पाउने छ ।
एकथरी मानिसहरु पत्रकारिता पेशाबारे टिप्पणी गर्दा ज्यादै गाह्रो पेशा हो भन्ने गर्छन् । पेशाको दृष्टीकोणले हेर्दा अरु-अरु पेशाभन्दा यो अली फरक त होला तैपनि यो पेशा त पेशै हो । अरु पेशा भन्दा यो पेशामा पाइने भिन्नता भनेको यसले बढी सामाजिक अन्तरकि्रयामा भाग लिनु पर्दछ । सामाजिक अन्तरकि्रयामा भाग लिनुको अर्थ पत्रकारितामा लाग्नेले बढी मात्रामा समाजलाई बुझ्ने अवसर प्राप्त गर्दछ । इमान्दारिपूर्वक पत्रकारिता गर्नेले त समाजभित्र रहेका तमाम अन्तरविरोधहरु राम्ररी केलाउन र बुझ्न सक्छ । त्यसैले एउटा सक्षम पत्रकारले सामाजिक अगुवाको भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरामा दुई मत नहोला । पत्रकारहरु बौद्धिक अभ्यासी हुन् । बौद्धिक अभ्यास गर्ने क्रममा उनीहरुले आफु बसेको समाजको बनौट बारे पनि थाहा पाउनु पर्ने हुन्छ । वर्गीय समाजमा विभिन्न सामाजिक वर्गहरु स्वभाविकै रुपमा हुने गर्दछ । पत्रकारितामा लाग्नेहरुले समाजमा विद्यमान वर्गहरुमध्ये कुन चाहिँ वर्गको हित हुने गरी चल्ने भन्ने बारे यकिन गर्न सक्नु पर्छ । यसको निम्ति एउटा सक्षम पत्रकार हुन र तदनुरुपको वौद्धिक अभ्यासलाई अगाडी बढाउन उनीहरुले आफू कुन दर्शनमा उभिएर प्रस्तुत हुने हो यसबारे स्पष्ट हुनु जरुरी छ । त्यसैले मलाई के लाग्छ भने पत्रकारहरुले आफ्नो जीवन दर्शन किटान गर्नैपर्छ र आफ्नो मान्यता र आस्था निर्धारण गर्नैपर्दछ । एकथरी पत्रकारिता क्षेत्रमा लागेकाहरु आफूलाई विशेष मानिस भएको बुझ्ने गर्दछन् । वास्तवमा यस्तो धारणा राख्नेहरुले जीवनलाई नबुझेकै हुन् । अझ कोहीकोही त समाजमा हुने नहुने काम गरेर ढाडे पल्टिएकाहरुको अगाडी गिडगिडाउन पाउँदा आफूले पराक्रम गरेको पनि ठान्ने गर्छन् । साँच्चि नै भन्नुपर्दा अहिलेको बजारमा त्यस्तैहरुको बिगबिगी भएको जस्तो पनि देखिन्छ । केलाएरै हेर्ने हो भने त्यो केही पनि होइन । मुख्य कुरा त तपाईंले गरेको पत्रकारिताबाट जनताको मनमा ठाउँ पाएको हुनुपर्छ । मलाई लाग्छ तपाईं युवाहरु पनि यही कुरा बुझेर नै यस क्षेत्रमा लाग्न खोज्नु भएको छ । यसमा तपाईंहरु सफल हुनुहोस् । तपाईंहरुको कामबाट हामी अली अघीकाहरु बढी से बढी आशावादी हुन सक्ने स्थिती बन्यो भने त्यो नै तपाईंहरुको सफलता हो ।
अन्तमा यदाकदा पत्रिका निकाल्नु मात्रै ठूलो कुरा होइन त्यसलाई निरन्तरता दिनु महत्त्वपुर्ण कुरा हो । यो कुरा तपाईंहरुले पनि बुझ्नु भएको छ । जनहितलाई नै आधार बनाएर तपाईंहरु काम
गर्नुहोस् । जनताले यो "जनवाद" रुपी विरुवालाई निश्चय पनि गोडमेल गर्ने छ र एकदिन न एकदिन तपाईंहरु निश्चय पनि फक्रनु हुनेछ ।

जन विचार

राष्ट्रिय सहमतीको सरकार निर्माण नहुनुको मुख्य कारण के होला ?
इन्द्रबहादुर परिया 'नयन'
जिल्ला सेक्रेटरी, एनेकपा माओवादी
एकिकृत नेकपा माओवादी पार्टी बाहेक अन्य राजनीतिक दलहरुभित्र दक्षिणपन्थी सोँच प्रतिगामी चिन्तन र राष्ट्रघाती भावना भएका नेताहरु हावी भएकाले समग्र पार्टीहरु नै स्वतन्त्र निर्णय राष्ट्रिय हितको निर्णय गर्न नसक्ने भएका छन् जसको कारण राष्ट्रिय सहमतीको सरकार बन्न नसकेको हो । देश बाहिरबाट निर्देशित र परिचालित भएका पार्टी र नेताहरुकै कारण राष्ट्रिय सहमतीको सरकार बन्न नसकेको हो ।
माइकल रामचन्द्र अर्याल
जिल्ला सभापती, नेपाली कांग्रेस
२०६७ जेठ १४ गते गरिएको तीन बुँदे सहमती कार्यान्वयन गर्न ठूला राजनीतिक दलले आनाकानी गर्नु नै राष्ट्रिय सहमतीको सरकार निर्माण हुन नसक्नु हो ।
केदार न्यौपाने
नेता, नेकपा एमाले
सर्वप्रथम त तीन दलको दृष्टीकोणमा फरक छ । संविधानका आधारभुत सिद्धान्त माथी सहमती नहुनु ठूला दलले आफू अनुकुल संविधान बनाउन खोज्नु एवम् साझा आन्दोलनको बलमा ल्याएको संविधान निर्माणलाई पार्टी विशेष बनाउन खोज्नु एउटा दलले अर्को दललाई सहमति र सहकार्य नभई क्रस गर्न खोज्नु नै मुख्य कारण हो । केही गरी संविधान बनेन भने शक्तिको आधारमा सरकार चलाउने खेलको सम्भावना देखिनु संविधान निर्माण प्रकि्रया आफैँमा विमेल भएको एवम् संविधानको मत नमिलेसम्म राष्ट्रिय सरकार निर्माण नहुने भएकाले यस्को मुख्य दोषि तीन ठूला राजनैतिक दल हुन् ।
भीमसेन महत
जिल्ला सचिव, नेकपा माले
विशेष गरी ठूला राजनीतिक दलको आ-आफ्नै खाले स्वार्थ जोडिएको छ । स्वभाविक रुपमा एकिकृत नेकपा माओवादी को नीतिगत भिन्नता छ । दश वर्षे जनयुद्धको बल एवम जनताको धेरै मत पाएकाले उसको अहमता हुनु एकातिर छँदैछ भने अर्कोतर्फ एमाले कांग्रेस संविधानप्रति उत्तरदायी नदेखिनु नै राष्ट्रिय सहमतीको सरकार निर्माण नहुनुको मुख्य कारण हो अर्कोतर्फ ठूला राजनीतिक दलको सैद्धान्तिक मत भिन्नता नै प्रमुख कारण हो ।

फरक दृष्टी

नेपालको राजनीति वृत्तमा अत्याधिक चर्चा पाएको अक्षर : स
नेपाली राजनीति वृत्तमा आजकल देवानागरीको स अक्षरले एउटा तरङ्ग नै ल्याएको छ । बहुदलीय व्यवस्थामा जसले जसरी प्रयोग गरेपनि हुने जसरी विश्लेषण गरे पनि हुने अक्षर ुसु ले जनतालाई भने अन्योलमा पारेको छ । यति धेरै बजार पाएको स को अर्थ सहमति सरकार वा संविधान हो भन्ने कुराको चुरो फुकाउन निकै नै गाह्रो भएको छ जनतालाई । यो अक्षर जनतालाई घुमाउने कुनै तान्त्रिक मन्त्र पो हो की भन्ने लाग्न थालेको छ राजनीतिक दलहरु र त्यसका शीर्षनेताहरुका दिनहुँ जसो फेरिने अभिव्यक्तिले । देवानागरिको स अक्षर प्रतिको दलहरुको बुझाइमा वास्तविकता जनताप्रतिको धोका सिवाय केहि बन्न नसकेको आभास छ जनतालाई । दलहरुको इतिहास भुल्ने प्रवृत्ती र सत्ता मोहकै कारण दलहरुबाट बारम्बार बलात्कृत बनेको यो स अक्षरले जनतालाई कहिलेसम्म लठ्याइरहने हो त्यो भने हेर्न बाँकी नै छ । हुन त राजनीतिमा सबैभन्दा चर्चा पाएको स को मर्मलाई दलहरुले आत्मसाथ गर्नसके जारी गतिरोधको अन्त्य पनि स अक्षरनै हुने कुरा पनि नकार्न सकिन्न । यद्यपि दलहरुको लिँडेढिपि र जुङ्गाको लडाइका कारण सङकटमा परेको स माथि थप प्रहार हुने खतरा पनि उत्तिकै छ । जसले सिङ्गो मुलुक र मुलुकवासिको भविष्य समेत खाडलमा पार्दैछ ।
मुलुकमा धेरै खाले परिवर्तनहरु भए जसमध्ये पछिल्लो परिवर्तन माओवादीले सुरु गरेको १२ वर्षे शसस्त्र जनयुद्ध होस् वा १९ दिने ऐतिहासिक जनआन्दोलनको मुख्य उपलब्धि थियो संविधानसभा । संविधानसभाबाट जनताले अपेक्षा गरे अनुसारकै संविधान जारी हुने र मुलुकमा स्थिरता र दिगो शान्ति कायम हट्नेछ भन्ने जनताको तिब्र आशा संविधानसभाको दुई वर्ष समयावधि बिचमा बहुचर्चित स को अपब्याख्याकै कारण विश्वासमा परिणत हुन सकेन । फेरि अनेक अनर्थ भोगेको अक्षर ुसु ले संविधानसभाले मृत्युवरण गर्दै गर्दा फेरि एउटा ऐतिहासिक मौका पायो र मृत्युकै मुखमा पुगेको संविधानसभाले पुनर्जीवन पायो । तर यसरी फेरि अर्को पटक मध्यरातमा ठाऊँ पाएको स ले सूर्योदयसँगै अनेक लााछना बेहोर्न पुग्यो । तर अझै स अक्षरको खोल ओडेर हामी नेपाली जनतालाई झुक्याइ रहेका यी नेताहरुलाई अझै पनि यसरी खुल्ला छोडिदिने हो भने यो देशमा न त सहमतिको वातावरण नै बन्छ न त सरकार परिवर्तनको शिलशिला नै रोकिन्छ न त देश र जनताले नयाँ संविधान नै पाउँछन् ।
यही स अक्षरको अर्थले देशमा हरेक दिन असुरक्षा िहंसा लुटपाट अपहरण र धम्कीका घटनाले प्रश्रय पाइरहँदा समेत दलहरुलाई देशको बिग्रँदो अवस्था प्रति एक रत्ती चिन्ता छैन । देशका नेताहरु र जनताहरु स को अर्थ खोज्ने काममा व्यस्त भएको यस अवस्थामा यी अपराधिक कार्यले फस्टाउने एउटा राम्रो अवसर पाइरहेको छ । हरेक दिन देश झन् झन् दयनीय अवस्थातिर जाकिरहेको छ । देशलाई निकास दिने र नयाँ संविधान दिने नाउँमा देशलाई यी नेताहरुले दलदलको खाडलमा धकेलेका छन् ।
अझै पनि स को अर्थमा नै अल्झिरहने हो भने यो देशमा एउटा अर्को बिद्रोह हुने सम्भावनालाई पनि नकार्न सकिँदैन । यसरी सधैँ विद्रोहबाट के देशको अवस्थामा परिवर्तन आउँला अनि नेपाली जनता कसरी यो विश्व सामु आफूलाई नेपाली हुनुको गर्वका साथ प्रस्तुत गर्लान् त्यो भने अन्योलको नै विषय छ ।

मकवानपुरमा फस्टायो कुरिलो खेती

जनवाद संवाददाता
हेटौंडा-जिल्ला बनस्पति कार्यालय हेटौडाले असार मसान्तसम्ममा १० हजार कुरिलोको विरुवा उत्पादन गर्ने भएको छ ।
चालु आर्थिक बर्षमा कुरिलोका ३० हजार विरुवा उत्पादन गर्ने लक्ष्यको एकतिहाई मात्रै करिब दशहजार विरुवा उत्पादन हुने भएको हो । ूकुरिलो खेतिका लागि मकवानपुर जिल्ला अत्यन्तै सम्भावनायुक्त भएकोले बनस्पति कार्यालयले यति ठुलो परिमाणमा विरुवा उत्पादन गर्ने लक्ष्य लिएको थियो कार्यालय प्रमुख वेदनिधी शर्माले भन्नु भयो ूतर हामीले लक्ष्य अनुसारको उत्पादन गर्न सकेनौं ।
उनका अनुसार कृषि कार्यालयले उत्पादन गरिएको कुरिलोका विरुवा छिट्टै कृषकलाई वितरण गर्नेछ । वनस्पति कार्यालयले जिल्लाका फापरबारी हाँडिखोला क्षेत्रलाई कुरिलो सम्भावित क्षेत्रमा राखेको छ । त्यसैगरि अन्य क्षेाकका किसानलाई पनि यसतर्फ आर्कषित गराउन कृषि कार्यालय लागेको छ ।

राहत शिक्षक आन्दोलनमा

जनवाद संवादादाता
हेटौँडा-राहत शिक्षक संघर्ष समिति मकवानपुरको आह्वानमा मकवानपुर जिल्लाका सम्पूर्ण राहत शिक्षकहरुले असार ३ र ४ गते गत कार्तिक ११ को सम्झौता कार्यान्वयनका दवावस्वरुप हातमा कालो पट्टी बाँधी विरोध जनाएका थिए । राहत संघर्ष समितिले असार ४ गते नै एभोकाडो होटल गई शिक्षा मन्त्रालयका सचिव क्षेत्रीय शिक्षा निर्देश जिल्ला शिक्षा अधिकारी लगायतका पदाधिकारीहरुसँग भेटी ज्ञापनपत्र समेत पेस गरेका छन् ।
यसै सन्दर्भमा उक्त समितिले असार ४ गते हेटौँडा क्याम्पसमा पेसागत हकहितसम्बन्धी विभिन्न शिक्षक पेसागत संघसङ्गठनहरुसँग अन्तरकि्रया सम्पन्न गर् यो । संघर्ष समितिका अध्यक्ष देवीराम लामाको सभाध्यक्षतामा सम्पन्न उक्त अन्तरकि्रया समितिका सचिव डी।पी।गौतमले गरेका थिए । समितिका सहसचिव हरि पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका उक्त अन्तरकि्रयामा समितिका उपाध्यक्ष गोविन्द पोखरेलले अन्तरकि्रयाको औचित्यबारे प्रकाश पारेका उक्त कार्यक्रममा शिक्षक युनियन मकवानपुरका उपाध्यक्ष मुकुन्द न्यौपानेले राहत शिक्षक संघर्ष समिति र यसका आन्दोलनको औचित्य भएको बताएका थिए । यसैगरी नेपाल शिक्षक सङ्गठन का उपाध्यक्ष भवनाथ नेपाल नेपाल शिक्षक संघका सचिव मदन लामिछाने अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष तारानाथ खतिवडा लगायतकाहरुको उपस्थिति रहेको थियो ।
आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान १०ः०० बजे जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी कार्यक्रम रहेको छ ।

सोलारको कारण गाउँ झलमल्ल

जनवाद संवादादाता
हेटौँडा-पश्चिम मकवानपुरको बिकट भार्ता गाविसका दुईवटा गाउँका ५१ घरपरिवारमा सौर्यउर्जा जडान गरिएको छ ।
जिल्ला विकास समिति तथा स्थानीय सामुदायिक वन समूहको संयुक्त लगानीमा भार्ता-७ रुपराङ र दुगराङ गाउँमा सौर्यउर्जा जडान गरिएको हो ।
जिल्लामै सबैभन्दा कम साक्षरता प्रतिशत रहेको भार्ता गाविसमा सौर्यउर्जा वितरण गरिएपछि बालबालिकाको पढाईमा सहयोग पुग्ने स्थानीय युवा महेश चेपाङले बताउनुभयो । भार्तामा अल्पसंख्यक चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको छ । सौर्यउर्जा जडान गरेपछि रुपराङ र
दुगराङका बासिन्दाले ३ वटा सौर्य चीम रेडियो र क्यासेट जस्ता विद्युतीय उपकरण प्रयोग गरेको सौर्य उर्जा बिस्तार समितिका अध्यक्ष राम बहादुर थिङले बताउनुभयो ।
जिल्ला विकास समिति मकवानपुरले सौर्य उर्जा बिस्तार कार्यक्रमको लागि २ लाख ६० हजार आर्थिक सहयोग तथा स्थानीय सामुदायिक वनको २ लाख २९ हजार लगानीपछि सौर्य उर्जा जडान गरिएको गाउँ विकास समितिका सह लेखापाल टंकबहादुर मुक्तानले बताउनुभयो । अन्धकारमा बसेका बासिन्दाहरु सोलार जडान पछि खुशी भएका छन् ।

मकवानपुरमा सवारी दुर्घटना दुईको मृत्यु

जनवाद संवादादाता
हेटौँडा-पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-११ थानाभर्याङमा मंगलबार विहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
काठमाण्डौंबाट बीरगाजका लागि छुटेको बा२ख २४७४ नम्बरको बस र सोही दिशातर्फ आईरहेको ना३ख ८६८९ नम्बरको टि्रपरमा ठक्कर खाँदा २ जना तराई मुलका पुरुषकॊ घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखुत हुन नसकेको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते बसका चालक मकवानपुर चुरियामाई-४ का २८ बर्षिय सिाजव थिङ बारा सिमरा-६ का १९ बर्षिय पुरुषोतम लम्साल गुणाह-७ का २० बर्षिय श्यामबाबु शाह भारत राँचीका ३० बर्षिय सुमरा यादवको भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अन्य घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार भएको छ भने घटनामा संलग्न टि्रपर र चालकलाई बीरगंजबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

माओवादी र एमाले सहमतीय प्रणालीमा सहमती


जनवाद संवादादाता
काठमाडौं, असार-सत्तारुढ प्रमुख दल एमाले र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी सहमतीय प्रणालीको पक्षमा सहमत भएका छन् । बहुमतीय राजनीतिले देशलाई बन्धक बनाएको भन्दै दुई दल सहमतीय प्रणालीमा सहमत भएका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नयाँ बजारमा मङ्गलबार बिहान भएको दुई दलका शीर्षनेताहरुबीचको बैठकमा यस्तो सहमति भएको हो । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै एमाले अध्यक्ष झलनाथ खनालले सहमतीय प्रणाली अनिवार्य भएकाले बहुमतीय प्रणाली त्याग्ने सहमति भएको बताए । राष्ट्रिय संयुक्त सरकार नबनाई शान्ति प्रकि्रया र नयाँ संविधानले टुङ्गो नपाउने हुँदा सहमतिका आधारमा नयाँ राष्ट्रिय संयुक्त सरकार बनाउनु पर्नेमा दुबै दल सहमत भएको उनको भनाइ छ । उनले तीन वुँदे सहमति कार्यान्वयनका लागि सबै पार्टीहरु जिम्मेबार हुनुपर्नेमा जोड दिए । बैठकमा सहभागि माओवादीका सचिव पोष्टबहादुर बोगटीले छलफल सकारात्मक भए पनि तत्काल निकास निस्कने जस्तो नभएको जानकारी दिए । उनले सहमतिका लागि एमालेभन्दा कांग्रेस नै बाधक भएको टिप्पणी गरे । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सहमति नहुने अडानमा रहेको माओवादी र सेना समायोजन शान्ति प्रकि्रयाको स्पष्ट खाका तयार नभएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने अडानमा रहेको एमालेका शीर्षनेताबीच मङ्गलबार छलफल भएको हो । दुई दलको शीर्षनेताबीच हुने छलफलमा एमाले अध्यक्ष झलनाथ खनाल नेता भरतमोहन अधिकारी र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बरिष्ठ उपाध्यक्ष मोहन बैद्य सचिव पोष्टबहादुर बोगटी लगायतका नेता सहभागि भएका थिए ।